जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना जनमत समीक्षा

हिमाली क्षेत्रको भौगोलिक अध्ययन श्वेत पर्वत

डा जयप्रसाद लम्साल डा जयप्रसाद लम्साल
प्रकाशित २ बैशाख २०७९, शुक्रबार
जनमत समीक्षा भित्र
0
हिमाली क्षेत्रको भौगोलिक अध्ययन श्वेत पर्वत

केही समय अगाडि नियात्रा लेखनका पारखी विष्णुप्रसाद शर्मा पराजुलीले लेख्नु भएको डोल्पो र तिब्बत यात्रा पढेको थिएँ । भर्खरै उहाँकै तेश्रो नियात्रा वर्णन श्वेत पर्वत पढने अवसर पाएँ । श्वेत पर्वत नियात्रामा चार खन्ड रहेका छन: धवलागिरी परिक्रमा पदयात्रा देवचुली वरपरको परिक्रमा पदयात्रा मुस्ताङ परिक्रमा पदयात्रा र मनाङ परिक्रमा पदयात्रा । यी चार खण्ड भित्र सम्बन्धित स्थानको भौगोलिक अवस्था, त्यहाँ रहेका स्रोत, त्यहाँको सुन्दरता,त्यहाँको धार्मिक तथा पर्यटकीय महत्वर त्यहाँको जनजीवन बारेमा अनेकन सूचना पाइन्छन् । भौगोलिक अवस्थाको वर्णनमा सम्बन्धित क्षेत्रमा रहेका विभिन्न हिमाल र तिनको उचाइसमेत बताइएको छ । यी कुराबाट समग्र नेपालका स्रोत र सुन्दरताको झलक पाउन सकिन्छ । श्वेत पर्वत पढ्दा हिमाली क्षेत्रको पदयात्रा के कसरी गर्नुपर्ने रहेछ र त्यहाँको दृश्यावलोकनको आनन्द कस्तो हुनेरहेछ भन्ने कुराको पनि जानकारी हुन्छ ।


श्वेत पर्वतको पहिलो खण्डमा धवलागिरी परिक्रमा पदमार्गको यात्राको वर्णन छ । नेपालका पदयात्रा मार्ग मध्येमा धवलागिरी परिक्रमा पदयात्रा निकै कठिन र जोखिमको हुने रहेछ । यो मार्गमा पदयात्रा गरिसकेका पदयात्रीलाई साहासी पदयात्री मानिने रहेछ । यस पदयात्रामा लेखकले एक रात गलत ठाउँमा बास बसेका कारण आफ्नो जीउ जोखिममा परेको कुरा बताउनुभएको छ । यस खण्डमासेतो भएकाले सँस्कृतमा धवलागिरी नाम हुन गएका धवलागिरी पर्वत शृङ्खलाको सेतो जगमगका बारेमा बताइएको छ । यस खण्डमा धवलागिरी पर्वत क्षेत्रमा रहेका मगर जातिको जनजीवनका बारेमा पनि बताइएको छ । लेखकले मगर जाति नेपालको पुरानो जमानाका इन्जिनियर जाति हुन् भनेर बताउनु भएको छ । मगर जातिले पहिले धवलागिरी क्षेत्रमा खानीबाट फलाम, ताँबा र स्लेट ढुङ्गा निकालेर उपभोग गर्नेगरेका रहेछन् । बिगतका ती खानी यतिबेला भने अलपत्र अवस्थामापुगेछन् । मगर जाति अप्ठारो ठाउमा कुलो काटेर पानी चलाउने र ढुङ्का काटेर पर्खाल लगाउने काममा पनि सिपालु हुने हुँदा लेखकले तिनलाई नेपालका पुराना इन्जिनियर भनेको कुरा चित्त बुझ्दो छ ।


दोस्रो खण्डको देवचुली वरपरको परिक्रमा पदयात्रा वर्णनमा लेखकलेआँखा अगडि देखिने अनेकन् हिमालको सुन्दरताका बारेमा उल्लेख गर्नुभएको छ । यस यस खण्डमा लेखकलेअन्नपूर्ण आधार सिविरबाट निलो आकासको पृष्टभूमिमा देखिने माछापुछ्रे, गन्दर्भचुली, गङ्गापूर्ण, हिउँचुली, अन्नपूर्ण, अन्नपूर्ण दक्षिण, अन्नपूर्ण प्रथम आदि कञ्चन सेता हिमालको दृश्यको आनन्द उल्लेख छ । यो अलौकिक दृश्य हेर्न विदेशी पर्यटक बोकेर दिनमा धेरै पटकहेलिकोप्टर आउने जाने गर्दा रहेछन् । लेखक यहाँका अनेकन सुन्दरता हेरेर नेपालको प्रकृतिक सुन्दरता महत्व र विविधताका बारेमा अत्यन्त कम लेखिएको बताउनुहुन्छ ।


श्वेत पर्वतको तेस्रो खण्डमा मुस्ताङ परिक्रमा पदयात्राको यात्राको वर्णनमा मुस्ताङका विभिन्न गाउँ वस्ति, उपत्यका, तीर्थस्थलहरू, गुफा, गुम्बा, हिमाल आसपासका सुन्दर दृश्य र थकाली जातिको जनजीवनका बारेमा बताइएको छ । लेखकले उल्लेख गरेअनुसार मुस्ताङबाट बगेर आउने कालीगण्डकीको किनार प्राचीन कालमा तिब्बत र भारत बिच ओहोरदोहोर गर्ने कोरिडोर रहेछ । यो कोरिडोर चिनको पश्चिम मुलुकसँग व्यपार गर्ने रेसम मार्गभन्दा पुरानो भएको लेखकको अनुमान छ । तीन मुलुक जोडने यस कोरिडोरको मुस्ताङ खण्डमा टुकुचे, मार्फा, जोमसोम, समर, चराङ, ल्होमान्थाङ आदि पुराना बस्ति रहेका छन् । यी वस्तिमा तीन देश: तिब्बत नेपाल र भारतका बिच व्यपार हुने माल वस्तु: नुन उन र अन्नको गोदाम गरिन्थे । कोरिडोरको आसपास रहेका मुक्तिनाथ कागबेनी दामोदर कुन्ड हिन्दू धर्मका पवित्र तीर्थस्थल हुन् । मुक्तिनाथलाई बुद्धमार्गीले पनि त्यतिकै श्रद्धा गर्दृछन् । यी तीर्थस्थलमा भारत भूमिका तवस्वी र सर्वसाधारण आउने गर्दथे । नेपाल र भारतका तीर्थयात्री कालिगण्डकी कोरिडोर भएर नेपाल र चीनको कोरला नाका पार गरेर कैलास पर्वतको तिर्थ गर्न पनि जान्थे । मुस्ताङका विभन्न ठाउँमा बालुवाको गेगरेन थिचिएर जमोट भएका ठुला ढिस्का र भिरमा अनेकन गुफा रहेका छन् । यी गुफाअवलोकन गरेरलेखकमुस्ताङ मानव सभ्यताको पुरानो इतिहास भएको कुरा बताउनु हुन्छ । यस खण्डमा थकाली जातिका विभिन्न समुदायले परापूर्व कालदेखि गरिआएका व्यपार व्यवसाय र तीनको स्थानीय जनजीवनका बारेमा पनि बताइएको छ । ती जातिका महिलाको हर क्षेत्रको क्रियाशीलता र दक्षता प्रशंसनीय छ ।


अन्तिम खण्डमा मनाङ परिक्रमा पदयात्राको वर्णन छ । यसमा मुख्यगरी मनाङको मनाङ उपत्यका चामे र दुर्गम हिमाली वस्ति नार र फु का बारेमा बताइएको छ । यात्राका क्रममा दिखने नदी नाला झरनाका दृश्यले सबै दुख समस्या भुलाइ दिन्छन् । लेखक भन्नुहुन्छ: सेता हिमाल, सेता झरना, निलो आकाश र नाउर चर्ने हरिया पाटन र लेक औधी आकर्षक देखिन्छन् । पखेरामा चर्दै गरेका नाउर, चौँरी, भेडाबाख्रा, माने घूमाउँदै गरेका मनाङका परिवार, गलैचा बुन्दैगरेका आमाहरूको दृश्य साँच्ची पाइनसक्नु हुन्छ । विदेशीहरू त्यो दृश्य देखेर कोही अति खुसी भएर मन थाम्न नसकेर रुने कोही उफ्रदै नाच्ने गरेको देखेको छु । त्यहाँको त्यो दृश्यले हृदयको ढोका एक्कासी ह्वाङ्ग खोलिदिँदा मानिस खुसीले मन थाम्न सक्तैनन् । यस खण्डको अन्त्यमा मनाङ आसपासका गुरुङ जातिको जनजीवनका बारेमा बताइएको छ ।


श्वेत पर्वतको लेखनमा केबल देखेको कुराको वर्णन मात्र छैन । विभन्न सन्दर्भ सामग्रीका आधारमा देखेको कुराको विश्लेषण पनि गरिएको छ । हिमालय पर्वत र मुस्ताङका मुक्तिनाथ, कागबेनी, दामोदरकुण्ड जस्ता पवित्र हिन्दू तीर्थस्थलका बारेमा अनेकन प्राचिन हिन्दू धर्मग्रन्थ: पुराणहरू, महाभारत, उपनिषद् आदिमा उल्लेख भएका कुराका आधारमा विश्लेषण गरिएको छ । कतिपय कुरा बुद्ध र बोन धर्मका आधारमा पनि विश्लेषण गरिएको छ । कतिपय कुरा भने नेपाल घुमेर यहाँको यथार्थ जानकारी पाएका नामी स्वदेशी तथा विदेशीले नेपालका बारेमा लेखेका कुराका अधारमा पनि विश्लेषण गरिएको छ । यो नियात्रा वर्णन पढनका लागि भाषा सरल छ । यस पुस्तकमा पदयात्राका क्रममा रुटमा पर्ने विभन्न स्थान देखिने नक्सा र यात्रामा देखिने अनेकन कुराका तस्विर पनि समावेश छन् । यो नियात्रा वर्णन पढदा साहित्य अध्ययनको आनन्द मात्र नभएर नेपालका बारेमा धेरै कुरा जानकारी हुन्छ । श्वेत पर्वत केबल नियात्रा वर्णन मात्र नभएर गण्डकी प्रदेशको हिमाली क्षेत्रको भौगोलिक अध्ययन पनि हो । यस सफल लेखनका लागि लेखक विष्णुप्रसाद पराजुलीज्यूलाई हार्दिक वधाइ ।


Tags: डा जयप्रसाद लम्सालविष्णुप्रसाद शर्मा पराजुलीश्वेत पर्वत
अघिल्लो पोष्ट

नयाँ वर्ष

पछिल्लो पोस्ट

राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९

डा जयप्रसाद लम्साल

डा जयप्रसाद लम्साल

सम्बन्धित पोष्टहरू

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा
जनमत समीक्षा

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

१४ पुष २०८१, आईतवार
‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा
जनमत समीक्षा

‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा

७ भाद्र २०८१, शुक्रबार
निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा
जनमत समीक्षा

निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा

१९ चैत्र २०८०, सोमबार
मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा
जनमत समीक्षा

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९

राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९

मलाई क्षमा गर ओ समय

मलाई क्षमा गर ओ समय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

काठमाडौँ

काठमाडौँ

४ जेष्ठ २०७९, बुधबार
प्रज्ञा-प्रतिष्ठानमा नेपाल चीन साहित्यिक अन्तरक्रिया

प्रज्ञा-प्रतिष्ठानमा नेपाल चीन साहित्यिक अन्तरक्रिया

५ जेष्ठ २०८१, शनिबार
बङ्लादेश नेपाल फ्रेण्डसिप सोसाइटीको पुनर्गठन

बङ्लादेश नेपाल फ्रेण्डसिप सोसाइटीको पुनर्गठन

४ जेष्ठ २०८०, बिहीबार
केही मुक्तकहरू

केही मुक्तकहरू

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक