जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

पराजुलीको श्वेत पर्वत सार्वजनिक

जनमत जनमत
प्रकाशित ५ माघ २०७८, बुधबार
विविध, साहित्य संक्षेप भित्र
0
पराजुलीको श्वेत पर्वत सार्वजनिक

नेपाल प्रज्ञा पतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले एक समारोहबीच नियात्राकार विष्णु प्रसाद शर्मा पराजुलीको खोजमुलक तेस्रो नियात्रा कृति ‘श्वेत पर्वत’को लोकार्पण गरे ।
पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले पराजुलीले पुस्तकमा उठाएको मानव सभ्यताको प्रारम्भ हिमाली क्षेत्रमा भएको कुरामा दुईमत नभएको सही हो भने । उनले काली गण्डकी क्षेत्र परापूर्वकालदेखि व्यापारिक र धार्मिक मार्ग रहेको क्षेत्र हो भन्दै कालीगण्डकी उपत्यका दामोदर कुण्ड, मुक्तिक्षेत्र, रुरुक्षेत्र, हरिहर क्षेत्र, कागवेनी, म्याग्दीबेनी, मोदीवेनी, सेतीबेनी जस्ता तीर्थस्थल भएको क्षेत्र हो भने । उनका अनुसार यहाँ पाईने शालीग्रामको धार्मिक र भौगर्भिक महत्व रहेको छ ।
‘श्वेत पर्वत’मा उल्लेखित गण्डकी क्षेत्रको विविध आयामवारे चर्चा गर्दै डा. गुरुङले लेखक पराजुलीले प्राचीन मानव सभ्यता, त्यहाँको धर्म, संस्कृति, सम्पदा, भुगोलबारे चर्चा गर्दै लोपोन्मुख अवस्थामा रहेका मठ, मन्दिर, विहार, गुम्बाको संरक्षणकालागि पनि सुझाव दिएको बारे उल्लेख गर्दै विज्ञले दिने सुझाव त्यति नै हो गर्ने त सरकारले हो भने । लेखकले पुस्तकमा विदेशी लेखकले केही प्राचीन ग्रन्थ अवैध रूपमा युरोप पु¥याएकोमा दुःख मानेको प्रति लक्षित गर्दै प्राचीन केही कुरा उनीहरुले लगे तापनि विदेशी लेखकले नेपाललाई विश्वमा चिनाएका छन् भने । उनले थप्दै भने ‘ पराजुलीले ओझेलमा परेका सांस्कृतिक विषयलाई उठाएका छन् । त्यो राम्रो पक्ष हो । देशले संस्कृतिमाथि उभिएर राजनीति गर्नु पर्नेमा ठीक उल्टो राजनीतिको पछाडि संस्कृति कुदेको छ । त्यो गलत हो ।’ पराजुलीको श्वेत पर्वत गण्डकी प्रदेशको लागि मार्गदर्शन बन्न सक्ने धारण राख्दै लेखकलाई महत्वपूर्ण कृति दिएकोमा बधाई समेत दिए ।


पुस्तकको समीक्षा गर्दै अर्का वक्ता प्रा. राम कृष्ण रेग्मीले यस पुस्तकबाट ज्ञान हस्तान्तरण हुने बताए । पराजुलीको पुस्तकको दुई–तीन पृष्ठ मात्र पढ्दा पनि त्यो क्षेत्रमा कस्तो सभ्यता र संस्कृति, कुन जातिको बसोबास रहेछ र त्यहाँ के खेति हुन्छ, कस्तो रहनसहन र कस्तो प्रकृति रहेछ भन्ने थाह पाईन्छ भने । ‘श्वेत पर्वतमा ज्ञानको अलवा कौतुहलता, प्रादेशिक अवस्था, प्राकृतिक स्रोत, जीर्णावस्थामा रहेका चोर्तेन एवम् गुम्बा र संरक्षणकालागि गर्नु पर्ने कार्य बारे विवरणात्मक जानकारी छ । यसमा सांस्कृतिक पक्ष र हिमाली सभ्यता मात्र होइन हाम्रो भाकलको प्रचलन, बरदान पाइने आशामा बाँचेको गाउँले जीवन, उचाइमा उकालो चढ्दा हुने दुःख, समस्या र अपनाउनु पर्ने होसियारीका बारे पनि मिहिनसाथ लेखिएको कुरा रेग्मीले जानकारी दिए । उनले सो पुस्तकलाई पुरै वा त्यसका विभिन्न खण्डका कुनै शिर्षकलाई छनौट गरेर शैक्षिक संस्थाले पाठ्य पुस्तकमाको रुपमा पनि राख्न सकिने धारणा राख्दै युवाहरूले पढ्नै पर्ने पुस्तक हो भने । र रेग्मीले युवालाई पढने संस्कृति विकास गर्न पनि सुझाव दिए ।


कृतिमाथि चर्चा गर्दै रेग्मीले पुस्तकमा कतै ऊन र नुनको कुरा छ भने कतै प्रकृतिपूजा, बोन , बौद्ध, शाक्त, शैव एवम् हिन्दु धर्म, दर्शन, संस्कार र संस्कृतिका कुरा रहेका छन् त्यसैले विष्णुजीको यो पुस्तक यस क्षेत्रको सङ्ग्रहनीय ग्रन्थ हो भने । हिमालय,हिमाली सभ्यतालाई हामीले विर्सन थालेको मा लेखकले सम्झाइदिएका छन् उनले भने । पुस्तकमा ऋग्वेदभन्दा पहिलेको विषय पनि भएको, खोजको लागि विद्धत वर्गलाई अनुरोध गरेको कुरा रेग्मीले प्रस्ट पारे । प्रकृति पूजाका कुरा गर्दा लेखकले मौसम परिवर्तनको कुरा, डोजरले पुराना पदमार्ग भत्काएको कुरा गरेर सरकारी निकायलाई पुरातात्विक सम्पदाको संरक्षण गर्न सचेत पार्न विर्सेका छैनन् । लेखक चिन्ता मात्र व्यक्त गरेर चुप बस्दैनन् उनी सुझाव दिन पनि पछि पर्दैनन् उनले थपे । जोमसोमबाट तिलिचो तालसम्म डोजरले उधिन्दा त्यसबाट हुने क्षति, त्यसले पार्ने प्रभावलाई ध्यानमा राखि त्यसो गर्नु भन्दा लेखकले केवलकारको विकल्प दिएको बारे रेग्मीले चर्चा गरे । पुस्तक अनुसन्धानात्मक कृति हो भन्ने कुरा लेखकले उल्लेख गरेको स्रोतबाट थाह हुन्छ । पुस्तक पठनीय छ र सङ्ग्रहनीय छ भन्दै यो पुस्तकलाई गण्डकी प्रदेशले स्रोतको रुपमा लिँदा राम्रो हुने भन्दै रेग्मीले लेखकलाई शुभकामना दिए ।


त्यसरी नै सो समारोहका अर्का वक्ता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव जगत उपाध्यायले ‘पराजुलीले जागिर नै परित्याग गरी नेपालको विकट हिमाली क्षेत्रको साहसिक पदयात्रा गरी हिमालयको दक्षिण र हिमालयभन्दा उत्तरमा रहेका हिमाल, हिमाली गाउँ, हिमाली उपत्यका, वनस्पति, जीवजन्तु, जनजीवन, धर्म, दर्शन र परम्पराबारे अनुसन्धानात्मक खोज गर्दै लेखेको कृति हो–श्वेत पर्वत’ भने । पदयात्रा गरेर मेहनतकासाथ नियात्रा कृति लेखेर उनले नेपाललाई चिनाएका छन्, उनले भने । उपाध्यायका अनुसार पुस्तकमा लेखकले देखेको कुरा मात्र उल्लेख नगरी सन्दर्भ सामग्री समेत अध्ययन गरी खोज तथा उत्खनन् गरी प्रस्तुत गरेका छन् भने ।


उपाध्यायका अनुसार अनुसार ‘पुस्तकमा हिमालय क्षेत्रको वैदिककालको वर्णन छ, त्यसको ठाउँ– ठाँउमा उद्धरण छ, ३२८ पृष्ठ बाहेक ३२ पृष्ठका रङ्गिन आकर्षक तस्वीर छन् जसले प्राकृतिक, सांस्कृतिक एवम् धार्मिक महत्व बोकेका छन् । यस नियात्रामा नियात्रा लेखनको परम्परामा नविनतम प्रबृत्ति छ, यो नविन पक्ष हो । विषय चयन, नियात्रात्मक निवन्ध लेखन शैली र अनुसन्धानात्मक भएको कारण यो कृति पुरस्कृत लायक छ । पुस्तकमा अलग–अलग विषयमा उनिएका विषयहरू पाठ्यक्रममा राख्न लायक पनि छन् ।’ वैदिक सभ्यताभन्दा पहिलेको सभ्यतालाई मात्र लेखकले उठाएका छैनन् भन्दे ती विषयलाई उठाउदा अनुसन्धानलाई आधार बनाएको हुनाले पुस्तक आधिकारिक हुन पुगेको छ भने । अनुसन्धानलाई आधार बनाउँदा बनाउँदै पनि साहित्यिक आलङ्कारिक ढङ्गमा पनि नयाँ स्वाद दिन लेखक पछि परेका छैनन् भन्दै उपाध्यायले लेखकको लेखाइ अझ परिस्कृत र प्राञ्जल हुँदै जावस भन्ने शुभकामना दिए ।


लोकार्पण समारोहमा कथाकार श्रीरामसिंह वस्नेतले पराजुलीले कसैको सहयोग विना आफ्नै चाहना, सोख र खर्चमा विकट उच्च हिमाली क्षेत्रको यात्रा गरेको र यात्रामा गरेका अनुभवलाई स्रोत सामग्रीको समेत प्रयोग गरी अनुसन्धानमुलक कृति पाठक सामु ल्याएको भने । बस्नेतले पराजुलीले खुट्टाले पद यात्रा गर्दै हात पनि चलाए । त्यसैले यो उनको तेस्रो नियात्रा कृति ‘श्वेत पर्वत’ पनि उनले खुट्टा र हात दुवै चलाएर सिर्जना गरिएको कृति हो । यस कृतिले नेपाली नियात्रा साहित्यमा ठूलो योगदान गरेको भन्दै सो कार्यक्रममा सबैलाई स्वागत गरे ।


सो समारोहमा लेखक पराजुलीले आपूmले ऋग्वैदिककाल तथा सिन्धु सभ्यताको प्रारम्भिक चरणभन्दा पहिलेदेखि यस क्षेत्रमा घुमन्ते जातिको बसोबास थियो । यस क्षेत्रमा भएको जीवन शैली, संस्कृति, प्रकृतिपूजा, नारी सम्मान, वैदिक ग्रन्थमा हिमाल र मानव समाजवारे भएको विवरणको आधारमा यस क्षेत्रमा कम्तिमा पनि १० हजार वर्ष पहिले देखि मानव सभ्यताको विकास भएको थियो भन्ने कुरालाई सन्दर्भ सामग्री, त्यस क्षेत्रमा भएको जीवन चक्र आदिको आधारमा तर्क पेश गरिएको छ भने । उनले यो समग्र क्षेत्रनै भौगोलिक, प्राकृतिक, सास्कृतिक, दार्शनिक र धार्मिक क्षेत्रको विश्वविद्यालय हो भन्ने कुरा पुस्तकमा रहेको जानकारी गराए ।

प्राचीन मानव सभ्यताको इतिहासलाई बुद्ध, जनक, सीता, गार्गी, याज्ञवल्क्यसँग जोडन सके मानव सभ्यताको इतिहासमा पनि नेपलानै प्रथम हुन सक्छ भन्दै हिमालयको दक्षिणभाग मानव बसोबासको लागि संसारकै सबैभन्दा उत्तम भएको कुरा पुस्तकमा उल्लेख गरिएको कुरा उनले कार्यक्रममा व्यक्त गरे । उनले त्यो इतिहास खोज्न र जोडन स्थानीय, र प्रदेश तथा विश्वविद्यालयलाई गनुरो गरे ।
उनले सम्पूर्ण पाठक वर्गलाई पुस्तक पढेर सुझाव दिन पनि आग्रह गरे ।

कार्यक्रमको सभापतित्व भुँडीपुराण प्रकाशनका केशव पराजुलीले गरेका थिए भने सञ्चालन साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले गरेका थिए ।
पराजुलीका अन्य नियात्रा कृतिमा ‘तिब्बत यात्रा’ २०७२ र ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’ २०७४ मा प्रकाशित भइसकेका छन् ।


Tags: विष्णु प्रसाद शर्मा पराजुली
अघिल्लो पोष्ट

‘पनौतीको बाह्रवर्षे मकरमेला’ लोकार्पण

पछिल्लो पोस्ट

श्रद्धाञ्जली नलेख्नु

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
श्रद्धाञ्जली नलेख्नु

श्रद्धाञ्जली नलेख्नु

कृष्णप्रकाश श्रेष्ठको  स्मृति ग्रन्थ

कृष्णप्रकाश श्रेष्ठको स्मृति ग्रन्थ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मेलवादेवी  ठुमरीकी रानीसित जोडिएका प्रसङ्गहरु

मेलवादेवी ठुमरीकी रानीसित जोडिएका प्रसङ्गहरु

१० बैशाख २०७८, शुक्रबार
जनमत कविता – डा रजनी ढकाल

जनमत कविता – डा रजनी ढकाल

१० बैशाख २०८०, आईतवार
तिमी हुनुको अर्थ

तिमी हुनुको अर्थ

१० बैशाख २०७९, शनिबार
दीपा राईको एकल कविता वाचन

दीपा राईको एकल कविता वाचन

१० बैशाख २०८०, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक