जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

सूक्ष्मदर्शी आँखो

पुन्य कार्की पुन्य कार्की
प्रकाशित ३ बैशाख २०७९, शनिबार
निबन्ध भित्र
0
सूक्ष्मदर्शी आँखो

प्रकृतिका विराट रुप नियाल्ने सूक्ष्मदर्शी आँखा छैनन् हामीसित । हामी खाली स्थूल आकारमा जीवन खोज्छौँ । वस्तुको आवरणको चमक हेर्छाै । तर त्यसभित्रको सूक्ष्मपत्र नियाल्न अशक्त छौँ हामी । आकार र आवरणभित्र अविष्टित सूक्ष्म चैतन्यको सत्ता जहाँपनि अरुप छ, अदृश्य छ । चर्मचक्षुको पारवार क्षमताभन्दा त्यो सयहात पर छ । अगोचर दुनियाँ नियाल्न भित्री आँखा चाहिन्छ । त्यसलाई परख गर्न अर्कै पवित्र मनको खाँचो छ । अनुभूतिको स्तरमा त्यसलाई रसास्वदन गर्न अर्कै हृदय सत्ताको खाँचो छ । हाम्रो फोहोरी मनले अरुप चैतन्यको शिखर स्वाद कसरी छुन सक्छ र ?

हाम्रा आँखाले शरद ऋतुको मन्दमन्द हावामा वयली खेलिरहेको सुरम्भ्य हरियालीयुक्त धानको फाँट त देख्न सक्तछ, तर धानका फूलहरुमा चलिरहेको परागक्रिया देख्न सक्तैनन् । फूलको कालीन वहार ठम्याउने आँखा छन् हामीसित तर रङ्गको रहस्य खोतल्ने चैतन्यका आँखा छैनन् । हाम्रा आँखाले मकैका बोटमात्र देख्छ, हद्द देखे, घोगो, खोस्टा, ढोड र धानचमरको झुत्तोसम्म देख्छौँ । तर धानचमर र घोगामा पलाएको कलिलो जुँगावीचको अपूर्व प्रणय लिला, तिनको रतिक्रियाबाट सृजित कलिला दानाहरुको हार्दिक उपस्थितिले हामीलाई विमोहित गर्दैन, हामीलाई रौं रौंमा रोमाञ्चित गर्दैन ।

राति दूर आकाशका तारागणबाट आएको तार सुन्न हामी असर्थ छौँ । अँध्यारोमा ताराले के भनिरहेको होला ? हाम्रा कर्णविवरणमा त्यो सन्देश ठोक्किन सकेको छैन । अस्तित्वका हर लयहरुलाई, हर ध्वनिहरुलाई सुन्न समात्न हामी असमर्थ छौँ । मानौँ हाम्रा समस्त इन्द्रिय वेकम्मा बनेका छन् । पङ्गु भएका छन् । हृदयसत्ता जड बनेको छ, निस्पन्द संवेदनाहीन बनेको छ । हृदयको कोमलताको पाटो सुकेर कठोर बनेको छ । हाम्रो घ्राणशक्ति पनि मरेको छ । माटोको सुगन्ध, हिमाली वायूको मीठो ताजा सुगन्ध हाम्रो नासापुटमा त ठोक्किएला, तर त्यसको अनमोल सुगन्ध अथ्र्याउन असमर्थ छ नाक ।

छिनछिनमा उठ्ने र विलाउने लेकाली भुइँकुहिरोको सन्देश, निर्झर वर्षाको रागात्मक ध्वनि, वसन्तको कोकिलकण्ठी आवाजले हामीलाई ब्युँझाउन त्यस्तो कुन तत्व लिएर आएको छ ? त्यो उपर कान दिन सकेका छैनौँ । बूढी आमाका अनुहारमा समयको कलमले कोरेका चाउरी अक्षरले के बोलिरहेछन् ? चाउरी अक्षरको वर्णमाला हामी सन्तानले पढेकै छैनौं । बाउको थोते गिजा, झोल्लिएको पाखुराको छाला र केश झरेको तालुले के बोल बोलिरहेछ ? हामी बुझ्न असमर्थ छौँ । हातपाउ गिरेका आफ्ना पितृमातृकुलका आहत अनाहत ध्वनी बुझ्ने नसक्ने हामी अपाहिज सन्तति धन्न दुई खुट्टा टेकेर उभिएका छौँ । दृश्यलाई हेरेर सुन्ने चेतनाको विकास भएन हामीमा । विषयलाई छामेर विषयीमा डुब्ने क्षमता आएन हामीमा ।

हाम्रा आँखा कुनै राजामहाराजले खडा गरेको मिनार हेर्न त सक्षम छन् तर त्यस मिनारको गर्भगह्वरमा नजाने कति अदना अनुहारका रगत, मासु, पसिना र हड्डी खुड्डी हराएका छन्, छोपिएका छन्, पुरिएका छन्, तिनलाई देख्न सक्दैनौँ । फलानाले बनाएको दरवार भन्छौँ, चिलानाले बनाएको देवल भन्छौ । यसले बनाएको मन्दिर उसले बनाएको सत्तलपाटी भन्दै व्यक्तिको यश र कीतिगार्था त गाउँछौ ! तर एकदिन उसले एउटा इँटा उठायो कि उठाएन होला ? एक दिन एउटा ढुङ्गो चिट्यो कि चिटेन होला ? एकदिन सावेलको बीँड समायो, समाएन होला ? त्यसलाई ठम्याउन असमर्थ छौँ । यसका असली स्रष्टाहरुको सत्ता अनाम गर्तमा छोपिएका छन् भन्ने दृश्य देख्न हामी असमर्थ छौँ ।

कसैले रचना गरेको विपुल ऐश्वर्यको सत्तामा आम मानिसका कष्टका कति विद्रुप पलहरु छिपेका हुन्छन्, छोपिएका हुन्छन् । तिनलाई देख्ने तागत छैन हाम्रा चैतन्य चक्षुमा । कसैको उन्मुक्त हाँसो कसैको रोदन सत्तामाथि उभिएको हुन्छ भन्ने सत्य भुलेका छौँ । यी यावत सन्दर्भ हेर्न देख्न एक सूक्ष्मदर्शी आँखो चाहिन्छ । चैतन्यको परम् ज्योतिले खुलेको आँखो चाहिन्छ । तर हाम्रा आँखामा विषयवस्तु मात्र छ, विषयीभाव छैन ।

सूक्ष्मदर्शी आँखा नभएपछि मान्छे शरीरलाई केवल शरीरमात्र देख्छ । खरानीको थुप्रो देख्न सक्तैन । छोरोलाई देख्छ, बैरी देख्न सक्तैन । कागजका पोथा पढेर सूक्ष्मदर्शी आँखो खुल्दोरहेनछ । एक पागल हातमा फित्ता लिएर रोड नापेको नापेई छ दिनरात । घामपानी, भोकतिर्खा उसलार्ई कुनै कुराको वोध छैन । एक कुम्लेलाटो विगत चालिस वर्षदेखि तरकारी बजारमा कुहिएर फालेका आलुभाण्टा कोबीका टुक्रा, थोत्रा कागज, प्लाष्टिक बटुलेर कुम्लो बनाएको बनाई छ । यिनको जीवन अद्योपान्त पढ्ने, पर्गेल्ने र निचोड निकाल्ने सूक्ष्मदर्शी आँखो भए यी जीवनहरु हाम्रो लागि जीवन सिक्ने ग्रन्थ बन्थे । शास्त्र बन्थे । रहस्यको आख्यान उपाख्यान हुन्थ्यो ।

थियो त सूक्ष्मदर्शी आँखो बुद्धपुरुषहरुसित थियो । थियो त सूक्ष्मदर्शी अाँखो कविहरुसित थियो, ऋषिहरुसित थियो । वैज्ञानिक आविष्कारकहरुसित थियो । पौराणिक मिथकहरुमा पढेको छु, इन्द्रका शरीरभरि खोपिएका आँखा कुन आँखा थिए ? ती आँखा केका प्रतीक थिए ? त्यो जान्न आज उत्सुक छु । शिवको तेस्रो नेत्रले के को संकेत गरेको होला ? त्यो बुझ्न आज आतुर छु । मलाई शिवको भृकुटीमा खोपिएको आगो फाल्ने आँखो मनपर्छ ।

आज्ञाचक्रमा आवेष्टित यो आँखो सायद ज्ञानको, विवेकको र शक्तिको आँखो होला । त्यो तेस्रो आँखो हरव्यक्तिको भृकुटीमा छ भनिन्छ । तर त्यो खोल्न नसकेको कारण हामी अन्धा भएका छौँ । विवेकहिन भएका छौँ, सूक्ष्मदर्शी हुन नसकेर स्थूलदर्शी बनेका छौँ । चित्र देख्ने तर चरित्र नदेख्ने भएका छौँ । आउनुस् सूक्ष्मदर्शी त्यो तेस्रो नयन खोल्ने बाटो खोजौँ ।


Tags: पुन्य कार्की
अघिल्लो पोष्ट

मलाई क्षमा गर ओ समय

पछिल्लो पोस्ट

अर्को झ्याइँकुटीको परिक्रमा

पुन्य कार्की

पुन्य कार्की

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
अर्को झ्याइँकुटीको परिक्रमा

अर्को झ्याइँकुटीको परिक्रमा

पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान

पारिजातको २९ औं स्मृति सभामा पारिजात स्मृति सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गीत

गीत

४ जेष्ठ २०७९, बुधबार
कान समात्यो

कान समात्यो

४ जेष्ठ २०७९, बुधबार
शिरीषको फूल उपन्यासभित्र उपन्यासकार पारिजात

शिरीषको फूल उपन्यासभित्र उपन्यासकार पारिजात

५ जेष्ठ २०८१, शनिबार
मीना आर्चायको आत्मकथा ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’

मीना आर्चायको आत्मकथा ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’

५ असार २०८१, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक