जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

पारिजात दिदीसित बिताएका केही क्षण

हरिहर खनाल हरिहर खनाल
प्रकाशित ३० फाल्गुन २०७८, सोमबार
स्मृतिमा स्रस्टा भित्र
0
पारिजात दिदीसित बिताएका केही क्षण

दुईहजार चौवालिस साल असोज नौ गते । साँझ करिव पाँच बजेको हुँदो हो । आकाश धुम्म परेको छ र पानी पर्लापर्ला जस्तो वातावरण छ । म घरधन्दाबाट फुर्सद लिएर भर्खरै सुस्ताउन थालेको मात्र के हुन्छु दुईजना युवकहरू मेरो आँगन टेक्न आइपुग्छन् । म स्वाभाविक रूपमा बाहिर निस्कन्छु तिनीहरू शिष्टता निभाउने काममा मलाई अभिवादन गर्छन् । सामान्य औपचारिकताको निर्वाह पछि म आफ्नो अनुहारमा एउटा प्रश्न अड्याएर त्यता दृष्टि फ्याँक्छु । आगन्तुक मध्ये एकजना शिवा चौलागाईं भन्दै आफ्नो परिचय दिन्छन् । अर्का चाहिं मेरा विद्यार्थी लक्ष्मण श्रेष्ठ हुन् । चितवन पारिजात दिदी आउनुभएको र मलाई लिन पठाउनुभएको कुरा उनीहरू मसित सहर्ष बताउँछन् । म त्यो खबरले केही आल्हादित हुन्छु ।

झण्डै आधा घण्टापछि म भरतपुर हाइटको चितवन होटलमा पुग्छु । दिदी त्यही एउटा कोठा लिएर आराम गर्दै हुनुहुँदोरहेछ । लक्ष्मण, शिवा र म तीनैजना कोठामा प्रवेश गर्छौं र के देख्र्छौं भने होटलको त्यो ठूलो कोठामा दुई साइडमा दुइवटा ठूला पलङ्ग छन् । ती पलङ्गहरूमाथि विल्कुलै सफा, सेता तन्ना बिछ्याइएका छन् । त्यसमध्ये उत्तरकोमा दिदी पल्टिरहनुभएको छ र उहाँको झिनु शरीर झण्डै त्यो पलङ्गमा बिलाउन खोजेको छ ।

भेटघाटको पूर्व मूहर्तमा गरिने सामान्य शिष्टाचारको आदान प्रदान पछि म दिदीको यात्राबारे जानकारी लिने उत्सुकता देखाउँछु । दिदी विराटनगरसम्म जाने क्रममा हिँड्नु भएको र त्यो मौकाको फाइदा उठाउँदै चितवनको साहित्यिक जगतसित पनि विचारको आदानप्रदान गर्ने जमर्कोस्वरूप दश र एघार गते चितवनमा बस्ने इच्छा बताउनुहुन्छ । थप उहाँ हाल उत्साह (मासिक)को सम्पादन कार्यमा पनि संलग्न रहनुभएको हुनाले पत्रिकाको प्रचार प्रसार पनि व्यापक होओस् भन्ने उहाँको आन्तरिक इच्छा बुझ्न मलाई कठिनाइ पर्दैन । छोटो समयमा कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिएला भन्ने एउटा गहन प्रश्नले अँचेट्छ मलाई । झण्डै डेढ घण्टा पछि, भोलिपल्ट बिहानको खाना खान निम्ता दिएर म उहाँबाट विदा हुन्छु ।

असोज दश गते विहानैदेखि म उहाँको आगमनको खबर छोड्न केही मित्रहरूकहाँ पुग्छु । खासगरेर इन्द्रप्रसाद रेग्मी, घनश्याम पौड्याल, डिल्ली घिमिरे, प्रकाश चापागाईं, रवि ‘निर्जीव’ आदि लेखकहरू र अरू केही पाठकहरूलाई म आफूकहाँ निम्त्याउँछु ।

दिउँसो भेटघाट र आपसी कुराकानीले मलाई एउटा सानोतिनो अनौपचारिक साहित्यिक कार्यक्रमको आयोजना गर्न उत्सुक बनाउँछ । दिदीको स्वीकृति लिइसकेपछि हामीहरू उहाँलाई नारायणगढको होटेल रिभर भ्यूमा बस्ने व्यवस्था मिलाउँछौं र म भोलिपल्टको कार्यक्रमको व्यवस्थामा जुट्छु ।

असोज एघार गते एघार बजेको लागि एउटा ससानु साहित्यिक भेटघाट कार्यक्रमको आयोजना गर्ने खबर साथीहरूलाई दिएर विदा भएको मलाई केही संताप बढ्छ । होटल रिभर भ्यूमा दिदी बस्नुभएको कोठामा नै कार्यक्रम सञ्चालन गर्ने विचार गरिएको हो सुरुमा । तर पारिजातको नामले सहभागीको संख्यामा अवश्य नै बृद्धि गर्नेछ भन्ने कुराले मलाई पिरोल्यो । कार्यक्रममा आएका मानिसहरूलाई ठाउँ पुर्‍याउन नसकिएला कि भन्ने स्थिति बोध हुँदा असजिलो महसुस हुनु स्वाभाविकै हो । मेरो संताप बढ्नुको मुख्य कारण यही थियो । तसर्थ मैले भोलिपल्ट बिहान मित्र लक्ष्मीचरण श्रेष्ठलाई भेटेँ । उहाँको घरको ठूलो कोठा उपलब्ध गराइदिन आग्रह गरेँ । उहाँले मेरो आग्रहलाई सहर्ष स्वीकार गर्नुभयो र ठीक बाह्रबजे दिउँसो हाम्रो कार्यक्रम सुरु भयो ।

यसरी, शिरीषको फूलबाट बहुचर्चित हुनुभएकी र उपन्यास निर्माणको क्रममा महत्ताहीन, बैंसको मान्छे, अन्तरमुखी, पर्खालभित्र र बाहिर, तोरीबारी बाटा र सपनाहरू, उसले रोजेको बाटो र अनिंदो पहाडस“ग पछि परिभाषित आ“खाहरूसम्मको औपन्यासिक निर्माणको चरमचूलीमा पुग्नुभएकी कमजोर शारीरिक अवस्थाभित्र एउटा बलियो मुटु दरिलो आँट र ज्यूँदो साहस बोकेर निरन्तर अगाडि बढ्नु भएकी साहित्यिक रथी सुश्री पारिजातको सम्मानमा अपर्झट र अति सूक्ष्म रूपमा भए पनि चितवनका साहित्यिककर्मीहरूको तर्फबाट हामीहरूले एउटा स्वागत समारोहको आयोजना गर्‍यौं । समारोहको उद्घोषणको जिम्मा यसै टिप्पणीकर्ताको भागमा परेको थियो र झण्डै तीनघण्टा लामो त्यो बसाईमा दशजना स्रष्टाले आफ्ना भाव व्यक्त गरे । सर्वश्री रविकिरण निर्जीवको कविता पाठबाट सुरु भएको उक्त कार्यक्रममा सविता चितवन, प्रकाश चापागाईं, जीवन रेग्मी, मित्रलाल ढकाल, भीष्म श्रेष्ठ, इन्द्रप्रसाद रेग्मी, एस.टी. क्षेत्री, घनश्याम पौड्यालका साथै यी पङ्क्तिका लेखकको पनि रचना पाठ गरिएको थियो । उक्त कार्यक्रमलाई हाम्रा अतिथि सुश्री पारिजातले आफ्ना बहुमूल्य उद्गारहरू व्यक्त गर्दै आफ्नो सद्भावना देखाउनु भयो । यसरी एउटा उपयोगी दिनको उपयोगी तवरले बिताएको क्षण गुज्रियो जसको स्मृति मेरो मानसपटलमा सदा रहनेछ ।

उक्त कार्यक्रमबाट फर्केपछि म निक्कै घोत्लिएँ, धेरै बेरसम्म निदाउन सकिन, मनमा अनेक प्रश्नहरू उठे । म धेरै तर्कशील हुन पुगेँ ।

पारिजातको शारीरिक अवस्था देखेर जो कोही पनि एकछिन स्तब्ध हुनसक्छ । एकछिन सोच्न थाल्छ – के यही हो त्यो व्यक्तित्व जो आज देशमा मात्र नभएर विदेशमा समेत अथवा राष्ट्रिय रूपमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो लेखनीको बलमा एउटा हैकम जमाउन सफल छ । के ती यिनै हातहरू हुन् जो सेतो कागजमा आफ्ना सुन्दर आकृतिहरू बनाउँदै युगवोध र युग चेतनाका लहरहरू उराल्दै विद्युत प्रवाहित गराउँछन् ? मलाई लाज लाग्यो – मैले आफ्नो उद्घोषणको क्रममा उहाँलाई शारीरिक रूपमा कमजोर अथवा अपाङ्ग भनेँ । मैले मात्र होइन अरू पनि थुप्रै सहभागीहरूले त्यसै भने, जो सुकैले पनि भन्छन् जो एउटा यथार्थ हो कटु सत्य हो । तर उहाँ आफूलाई अपाङ्ग छु भन्ने कुरा स्वीकार्नु हुन्न । उहाँको विचारमा शारीरिक बनावटका आधारमा मानिसको मूल्याङ्कन हुनु नितान्त खराब कुरा हो । शारीरिक रूपबाट कमजोर देखिने मानिस यदि मानसिक रूपबाट सक्षम र सचेत छ भने विल्कुलै अपाङ्ग होइन । हेर्दा हट्टाकट्टा देखिने प्रशस्त बहुबल भएको बलिष्ठ व्यक्ति पनि मानसिक रूपबाट दुर्बल छ भने साँचो अर्थमा अपाङ्ग त त्यो नै हो ।

दिदीका विचारहरूबारे हामीले गम्भीरतापूर्वक सोच्यौं भने हामीले बुझ्ने छौं कि उहाँले हामीलाई अत्यन्त राम्रो कुरा भन्नुभएको छ । बाहिरबाट हेर्दाखेरी सग्ला हातखुट्टा र बलिष्ठ शरीर देखिएतापनि दुर्बल मनस्थिति भएकाहरूलाई के यो एउटा हाँक होइन र ? आउनोस् एकछिन सोचौं, अपाङ्ग शरीरभित्रको एउटा सचेत दिमागले युगको गोरेटोमा आफ्ना कदमहरू कसरी अगाडि बढाउँदैछ त्यो हेरौं र बुझौं ।

जनमतको पारिजात विशेषाङ्कबाट


Tags: पारिजातहरिहर खनाल
अघिल्लो पोष्ट

पारिजातलाई कसरी सम्मान गर्ने ?

पछिल्लो पोस्ट

सर्जक भैरवबहादुर थापाको सम्मान

हरिहर खनाल

हरिहर खनाल

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
सर्जक भैरवबहादुर थापाको सम्मान

सर्जक भैरवबहादुर थापाको सम्मान

गजल

गजल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’

प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’

२२ फाल्गुन २०७९, सोमबार
सफल नियात्राकार घनश्याम राजकर्णिकार

सफल नियात्राकार घनश्याम राजकर्णिकार

२३ फाल्गुन २०८०, बुधबार
महिला लेखिकाहरुको गुणात्मक बृद्धि होस् : भुवन ढुङ्गाना

महिला लेखिकाहरुको गुणात्मक बृद्धि होस् : भुवन ढुङ्गाना

२२ फाल्गुन २०७७, शनिबार
पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार घोषणा

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार घोषणा

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक