म घरमा थिएँ जिन्दगी भने सफरमा थियो
यो फूल गुच्छा मेरो हैन उसैको रहरमा थियो
केही माग्यो दिलले दिमाग सँग बिद्रोह गरेर
जुन कुरा अन्त कतै थिएन मेरै घरमा थियो
त्यो माझीलाई त्रिशुलीले कसरी बगायो होला
पौडन नसक्ने ढुङ्गा भने त्यहीँ बगरमा थियो
भाग्यले यसरी ठग्यो म नारी भएकै कारण
जस्तो पिपलमा थिएन जटा लहरा बरमा थियो
बुझ्ने हो भने आफै भित्र हुन्छ आफ्नो दुस्मन
हेर्नुहोस काँडा पनि त गुलावको अघरमा थियो ।