अनुभुतीकाे पर्याय दुःख हाे
दुःखकाे पर्याय वेदना
वेदनाकाे पर्याय बिछाेेड
बिछाेडकाे पर्याय आँसु
र आँसु
बा’काे बिछाेडमा थुप्रै बगेका छन्
मन नुनिलो सागर बनेकाे छ
र बा त्यही मनमा हुनुहुन्छ
तर बाँचुन्जेल निश्चल अडिग मेराे बा
अहिले भने
सागर भित्रकाे पहाड हुनु भएकाे छ
अहिले
बा छुटेका छन्
बा काे आड छुटेकाे छ भराेसा छुटेकाे छ
समात्दै आएकाे फादर्स फिङ्गर छुटेकाे छ
आश्रित हुने एक विश्वास टुटेकाे छ
मैले मलाई हेर्ने ऐना फुटेकाे छ
टेक्ने धरती अझै छिन् तर
शिर माथिकाे छाना टुटेकाे छ
छाना हटेपछि देखिने
ती तारा पिल्पिलाएका हुन् या मेरा आँखा !
लाग्छ अब भने बा
त्यहीँ कतैकाे एक तारा हुनु भएकाे छ
बा
सागर भित्रकाे पहाड हुनु भएकाे छ
मन भन्छ सानाे हूँ
आत्मविश्वासले समातुँ बा’का औँलाहरू
फुर्किएर चढुँ बा’का काँधमा
उँचिएर छोऊँ आकाश र लेखुँ गगनमा !
तर
सागर भित्रकाे पहाड भएपछी
भन्दिनुस् न बा ! म के लेखुँ ?
अहिले
मसँग लेख्ने कुनै अक्षर छैन शब्द छैनन्
त्यसैले हात जाेडिएका छन् अञ्जुली बनेकाे छ
अञ्जुलीमा आँसु झरिरहेका छन्
म अस्पष्ट बर्बराउँदै भनिहेकाे छु
श्रद्धाञ्जली बा !
हार्दिक श्रद्धाञ्जली ।।