जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन सम्पन्न

जनमत जनमत
प्रकाशित १७ पुष २०७८, शनिबार
विविध, साहित्य संक्षेप भित्र
0
निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन सम्पन्न

साहित्यिक पत्रकार संघ र ॐ आदि फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार काभ्रेको पनौतीस्थित कुशादेवीमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चालिसभन्दा बढी साहित्यकार एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै ॐ आदि फाउन्डेसनका संयोजक क्याप्टेन रामेश्वर थापाले बालगुरु आदित्यबाट युग परिवर्तनका लागि मानव जगतलाई चेतना फैलाउने काम भएको बताए । गुरु आदित्यबाट विना हिंसा युग परिवर्तन सम्भव रहेको र आध्यात्मिक चेतको संचार सबैमा हुनु पर्छ भन्ने ज्ञान प्रदान भएको थापाले प्रष्ट पारे । कार्यक्रममा ॐ आदि फाउन्डेसनका वरिष्ठ सल्लाहकार लक्ष्मी प्रसाईंले कुशादेवीमा आदित्य मोक्षधाम निर्माण हुनु पर्ने कारण, यसको उपादेयता र महत्वमाथि प्रकाश पारेका थिए । आदित्य चमत्कारिक बालगुरु भएको र उनका उपदेश सबैका लागि मार्गदर्शन हुने उनको भनाइ थियो । उनले आफूले गुरु आदित्यसँग २०७१ सालमा साक्षात्कार गर्न पाएको र गुरुकै निर्देशनमा शान्ति र प्रेमको सन्देश दिनका लागि निर्माण थालिएको बताए । उनका अनुसार यहाँ ३६ फिट अग्लो स्तम्भ निर्माण हुनेछ । प्रसाईंले वरिष्ठ इन्जिनियर डा. संगिता सिंहको टिमले धाम निर्माणको काम गरिरहेको जानकारी पनि दिए । 

कार्यक्रममा पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले पनौती आफैंमा पवित्रधाम भएकोमा आदित्य मोक्षधामको निर्माणपछि यो आध्यात्मिक गन्तव्य हुने उल्लेख गर्दै नगरपालिकाले सक्ने सबै सहयोग गर्ने बताए । उनले माघ १ गतेदेखि पनौतीमा हुने मकरमेलामा आउन सबैलाई निमन्त्रणा पनि गरेका थिए ।

आदित्य मोक्षधाम बालगुरु आदित्यकै निर्देशनमा निर्माण हुन लागेको र यसका लागि साढे पाँच अर्बको लागत लाग्ने कार्यक्रममा कोषाध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार यहाँ अहिले २ करोड ६ लाख खर्च भइसकेको छ ।

कार्यक्रममा साहित्यक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम जरुरी रहेको र यसका लागि साहित्यिक पत्रकार संघ सधैं तयार रहेको बताए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, वरिष्ठ समालोचक प्रमोद प्रधान, प्रा.डा. गार्गी शर्मा, वरिष्ठ नियात्राकारहरु रामप्रसाद पन्त र युवराज नयाँघरे, अनेसासका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, पत्रकार एवं साहित्यकार डा. दामोदर पुडासैनी र वरिष्ठ समाजसेवी राजेन्द्रबहादुर श्रेष्ठलगायतले आआफ्नो मन्तव्य राखेका थिए । उनीहरुले आदित्य मोक्षधाम निर्माणमा सबैको सहयोग जरुरी भएको बताएका थिए ।कार्यक्रममा उपस्थितहरुले बालगुरु आदित्यका उपदेशहरु वाचन गरेका थिए भने कविहरु हिरण्यकुमारी पाठक, कल्पना खरेल, नीता श्रेष्ठ र पारु तिमिल्सिनाले गुरु विषयक विभिन्न रचनाहरु वाचन गरेका थिए ।

कार्यक्रममा प्रा.डा. सावित्री मल्ल, सुलोचना मानन्धर, मणि लोहनी, ठाकुर बेलबासे, दिव्य गिरि, मुरारी सिग्देल, प्रद्युम्न जोशी, शशी थापा पण्डित, ज्ञानमणी नेपाल, तारा के. सी., नीरु श्रेष्ठ, ललिता सिग्देल, शान्ति सापकोटा, उमेश पाण्डे, इलु शर्मा, बुनु श्रेष्ठ, भगिरथ काफ्ले, कमला श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।


Tags: आदित्य मोक्षधाम
अघिल्लो पोष्ट

सागर भित्रकाे पहाड

पछिल्लो पोस्ट

भगिराज इङ्नाम र विमला तुम्खेवा सम्मानित

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
भगिराज इङ्नाम र  विमला तुम्खेवा सम्मानित

भगिराज इङ्नाम र विमला तुम्खेवा सम्मानित

रैथाने संगीतज्ञ झुमा लिम्बु सम्मान

रैथाने संगीतज्ञ झुमा लिम्बु सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

विनायकपुर

विनायकपुर

५ जेष्ठ २०८०, शुक्रबार
काभ्रेका नौ ब्यक्तिहरु प्रतिभा सम्मानित हुँदै

काभ्रेका नौ ब्यक्तिहरु प्रतिभा सम्मानित हुँदै

६ जेष्ठ २०८१, आईतवार
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए असल हुन्छ

५ जेष्ठ २०८०, शुक्रबार
‘रिटिङ रिटिङ’ गीतका सर्जक एलपी जोशीको निधन

‘रिटिङ रिटिङ’ गीतका सर्जक एलपी जोशीको निधन

४ श्रावण २०८१, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक