जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

राणाकालीन कालरात्रीमा हराएकी प्रतिभा पूर्णमाया मानन्धर

सुलोचना मानन्धर सुलोचना मानन्धर
प्रकाशित १६ कार्तिक २०७८, मंगलवार
विविध, स्मृतिमा स्रस्टा भित्र
0
राणाकालीन कालरात्रीमा हराएकी प्रतिभा पूर्णमाया मानन्धर

काठमाडौंको मुटु मानिने वसन्तपुरसँगै जोडिएको झोछेँमा राणाकालमा जन्मेकी एक प्रतिभाशाली सर्जक थिइन् पूर्णमाया मानन्धर । त्यो बेला छोरीको बिहे बच्चैमा गरिदिन्थे । उनको पनि सात वर्ष पुग्दा नपुग्दा नै नजिकैको आशादेव मानन्धरसँग बिहे भएछ । माइती र घर दुवै सम्पन्न व्यापारीको घर भएकोले बालककालमा राम्रोसँग नै हुर्किने मौका पाइन् । केही अभाव भोग्नु परेन । राणाकालमा छोराले समेत पढ्न नपाउने बेला छोरीले पढ्न पाउने कुरा त दुर्लभ हुने नै भयो । पूर्णमायाको भने भाग्यकै कुरा भन्नुपर्छ – बाबुआमाले घरैमा शिक्षक राखेर साक्षर बनाए । घर र माइतीबीच उनलाई खासै फरक पनि अनुभव भएनछ । सानोमा त प्राय: माइतीमै बस्ने र चाडबाडमा मात्र घरमा बस्ने भएकोले उनले प्रशस्त मौका पाइन् – पढाईसँगै अनेक सीपहरु सिक्न पनि । सुसंस्कृत पारवारिक वातावरणका कारण सानैदेखि नै धर्मकर्ममा पनि उत्तिकै भिज्ने अवसर मिल्यो । बुद्ध दर्शनमा उनको सानै बेलादेखि आस्था थियो । जीवन र समयको बारेमा सानैमा नै धेरै कुराहरु सिकिन् । एक सुशील सुसंस्कृत छोरी, बुहारी गृहिणीको रुपमा घरमा पनि उनको मान्यता रह्यो, कहिल्यै अपमान सहनु परेन । सिलाई, बुनाई, पाककलासँगै अन्य विशेष सीपहरु समेत सिकेकी, जानेकी भएर उनी परिवार र आफन्तहरुको बीचमा पनि हाई हाई नै भइन् । उनको तस्वीर भेटिएको छैन । त्यसैले उनको रुप ठ्याक्कै कस्तो थियो भन्न सकिन्न । तर उनलाई चिन्न भ्याएका पाका आफन्तहरुका अनुसार उनी सुन्दर शालिन् थिइन् । मूल कुरा उनी एक सचेत सर्जक थिइन् । उनका अति सुन्दर अक्षर भने उनका नातिनीहरु – हामीले समेत देख्न पायौँ ।

सय–डेढसय वर्ष अगाडिको कुरा भइसक्यो । समयको दुरी झन् झन् बढ्दै गइरहेको छ । यो बढ्दो दूरीबाट हेर्न, अध्ययन गर्न खोजिरहेछु ती नारी प्रतिभालाई । कुनै सुन्दरी बाहिर हिँडडुलसम्म गर्न नसक्ने राणाशासनको त्यो बेला आफ्नो सीप र क्षमताको प्रदर्शन कसरी गर्न सक्थिन् र ! पूर्णमाया रुप, गुण, सीप र शीलले समेत सम्पन्न भएको कुरा भने अनुमान मात्र होइन, उनको संगत गर्न भ्याएका आफन्तहरु घरमा भेटिएका विविध सामग्री र मैले पाएको श्रुति ज्ञान अनुसार पनि उनी एक प्रतिभाशाली कवयित्री रहेको कुराको पुष्टि हुन्छ ।

उनी साक्षर मात्र होइन साँच्चै शिक्षित थिइन् । धर्म ग्रन्थहरु समेत हस्तलिखित हुने गरेको र छापा र साहित्यको प्रचार हुन नसकेको त्यो बेला त्यति आफ्नै हातले कविता र गीत कोर्ने प्रेरणा र आत्मबल कसरी जुर्यो होला ? उनी गीत लेख्ने मात्रै हैन, गीतको लय समेत आफै हाल्थिन् र घरभित्र गाउने र गुन्गुनाउने गर्थिन् । उनकै गीत र लय पक्डेर छोरी गंगादेवी र छोरा पद्मदेव मानन्धर नजानिदो ढङ्गले प्रभावित हुँदै गए र आमाका ती गीत गाउन र कविता बाँच्न थाले घरभित्र । घरबाहिर त महिला प्रतिभाको सामाजिक कदर हुनसक्ने स्थिति नै कहाँ थियो र ! कहिल्यै बाहिर छापामा भने आउन नसकेका उनका गीत र कविता घरको कुनामा यत्रतत्र छरिन थाले । कति त भान्छामा जिरा मरिच पोको पारेर नष्ट पनि भए होलान् । कतिलाई मुसाले खाए, कतिलाई किराले । मेरो हातसम्म आइपुग्दा कविताका ससाना टुक्राहरु मात्र भेटें । मेरी ठूली दिदी सुदर्शनामार्फत् कति कविता गीतलाई पुरा सुन्न पाएँ । कुनै कापीको किनारा खिइएर गइसकेका थिए । एउटा संग्रहका छरिएका पानाहरुलाई कसैले फेरि सियो धागोले सिएको पनि भेटियो । कसले होला, अहिलेसम्म थाहा पाउन सकेको छैन । कापी भेटे पनि लेखककै नाम भने लेखिएको छैन । र पनि जेठी नातिनी र उनकै छोरी गंगादेवीको भनाई अनुसार ती गीत कविता थिए पूर्णमायाका ।

उनका बाबु आमाको नामको खोजी हुन सकेको छैन तर एक भाइ थिए उनका – द्वारिकाबहादुर मानन्धर, जो आफै पनि सुशिक्षित र साहित्यप्रेमी एवं कवि पनि थिए । व्यापार व्यवसायको काममा लागेको र तराईको हनुमान नगरमा प्रशस्त जग्गा जमिन भएको र उबेला हात्ती समेत पाल्ने गर्थे रे । पछि उनको काठमाडौंको घरको व्यापार ब्यवसायमा पारवारिक बाधा अड्चन र सम्पत्तिमा झै–झगडा सुरु भएपछि काठमाडौंको पैत्रिक अंश पनि त्यागेर उतै तराईमा नै घरजम बसाउन थालेछन् । श्रीमती पनि उतैकी भएछन् । उनी त्योबेलाको होनहार कवि हुनसक्ने अवस्था भएपनि उनको बसाई काठमाडौंमा हुन नसक्नुले सम्भवत: अन्य त्योबेलाका समकालीन कविहरुसँग खास सम्बन्ध पनि हुन सकेनन् । सात आठजना सन्तानको हुर्काईमा आफ्नै एउटा सानो संसार बनाएर बसे । उनको इतिहास लेखिदिने र सम्झने पनि कोहि भएनन् आखिरमा । अहिले यो पंक्तिकारलाई लाग्दैछ – उनको साहित्यिक योगदानको अनि उनले लेखेका कविताको सानै पुस्तिका भए पनि निकाल्नु जरुरी छ ।

त्योबेलाको नारी मात्र होइन, द्वारिकाबहादुर पुरुष कवि भए पनि उनको नाम पनि इतिहासमा रहन सकेन जस्तै प्रतिभाशाली भएपनि । सम्भवत: उनका कविताहरु पनि कुनै पनि सम्भवत: कुनै पनि नेपाली पत्र पत्रिकामा निस्कन सके सकेनन् ? उनी पनि कम्तिमा चार भाषाका विज्ञ थिए । हिन्दी र संस्कृत भाषा पनि जानेका, हिन्दी भाषाको पनि प्रयोगकर्ता र ज्ञाता भएकोले दुरीले छिमेकी देश भारत नजिक पनि भएकोले बरु हिन्दीमा कुनै रचनाहरु छापिएको हुनुपर्छ भनी अनुमान गर्न सकिन्छ । यो त कवयित्री पूर्णमायाको भाईको बारेमा संक्षिप्त कुरा भयो । पूर्णमायालाई राम्ररी चिन्नको निम्ति पनि उनकै भाईको परिचयको एउटा आधार मात्र हो यो । उनको सानोबेलाको दिदी भाईको साहित्यिक वातावरणमा एक आपसमा सरसल्लाह र प्रेरणा मिल्थ्यो होला ।

द्वारिकाबहादुर र पूर्णमायाको पुराना हस्ताक्षर कविताको बोलिचाली चिठ्ठीपत्र आदिले देखाएको कुरा हो दिदी र भाइको सम्बन्ध धेरै नै अगाध स्नेहपूर्ण हुनुपथ्र्यो । यद्यपि दुरीले टाढा बस्थे एकआपसमा । केही माध्यमबाट चिठ्ठीपत्र हुन्थे त्यसैले नै तिनले कोरेका कतिपय अक्षरहरु अक्षर नै भएर रहे । किराले मुसाले पनि खान सकेनन् तीन पुस्ता पछिकाको हातसम्म प्रमाणको रुपमा रहन गयो । ती दुई दिदी भाइको आपसको सम्बन्धका ती नै झुत्रा भइसकेका र पूर्णमायाका छोराछोरी हुँदै नातिनीहरुले समेत गाउन सक्ने ती पुराना गीतको हरफहरुको आधारमा नै यति विलक्षण प्रतिभाकी धनी स्रष्टाको संक्षिप्त जीवन परिचय यहाँ दिन सकेको हो ।

नेपालभाषा साहित्य इतिहासको समयकालको अध्ययनमा पूर्णमाया नारी हस्ताक्षर शून्य जगतमा एउटा पिलपिले ताराको रुपमा देखा पर्छिन् । जुनबेला नारीले कविता लेखेर पनि आफ्नो नाम लेख्नसक्ने साहसै पनि गर्नसक्ने बेला थिएन । त्यसैले त्यो बेला न नारीले लेखेको कविता भेटिन्थे नत रचनाकारको नाम नै । नेपालभाषा साहित्यको पुनर्जागरणकाल नै भनौं त्यो बेला घर परिवारमै सीमित भएकी एक नारी कवि झोछेंकी पूर्णमाया पछि बल्ल इतुम्बहालकी लक्ष्मीनानी उपासिका (१०१८–१०९८) देखापर्छिन् ।
पूर्णमायाको कविताका एउटा सानो अंश:
हे पूर बासी धर्मया पासापिं,
त्री र तनया शरणवने सहस्र विनति याय् रे
ध न जन सम्पति छन्हु वानाथके मानि रे
यो मा यो बा मचाखाचा थ्व मोहजाल रे
य या गु येने मदु योम्हनाप च्वनेमदु …
अनुवाद:
हे पू र बासी धर्मका साथीहरु,
त्रि र त्नको शरणमा जाऔं सहस्र बिन्ती गर्छु रे
ध न जन सम्पत्ति एकदिन छोड्नु नै छ रे
आ मा बा छोरा छोरीको मोहजाल सबै चिनौं है
माया लागेका कुराहरु पनि केही सँगै लान पाइँदैन है…
(यहाँ आफ्नै नाम पूर्णमाया मानन्धर एउटा एउटा अक्षरको प्रयोगबाट एउटा सुन्दर अर्थपूर्ण काव्यात्मक वाक्य बनेको छ एक पंक्तिमा एउटा अक्षरबाट अर्थ लगाइएको छ ।)

अन्य कविताका अंशहरु पनि भेटेका छन् । यहाँ उदाहरणको निम्ति एउटा नै पर्याप्त लाग्छ । पूर्णमायाको अर्को पक्ष उनी चारवटा भन्दा बढी भाषाका ज्ञाता थिइन् । नेपालभाषा त उनको मातृभाषा नै भयो, उनले नेपालभाषामा कविता पनि लेखिन् । नेपाली भाषा नजान्ने त कुरै भएन । उनको आध्यात्मिक पक्ष बुद्ध दर्शन, बुद्ध दर्शन साहित्यमा पनि पारंगत थिइन् । उनले घरमा संकलन गरेका हस्तलिखित लामो लामो धर्म ग्रन्थहरु – नेपालभाषा, तिब्बति भाषा र पाली भाषा आदिमा थिए । हरेक दिन तिनको अध्ययनसँगै शील पालना गर्ने पनि हुन्थ्यो रे (पारिवारिक सूत्रबाट थाहा भएको कुरा) त्यो बेलाका अवतारी लामा रिम्पोचेहरुको दीक्षासमेत लिएको र कयौं दिनसम्म शीलमा बस्ने (नौनि ब्रत बस्ने) पनि गर्थिन् रे । यस कुराबाट पनि स्पष्ट हुन्छ उनले घरैमा बसेर तिब्बति भाषाको पनि स्वअध्ययन गर्न सकिन् । त्यस्तै पाली भाषा पनि जानिन्, हुनसक्छ हिन्दी भाषासँगै मैथिली, भोजपुरी आदि पनि । तर अन्य भाषाबारे तथ्य नभएकोले एकिन गर्न यहाँ मिल्दैन ।

तात्कालिन समाजमा परिवार, छिमेक र आफन्तहरु बीचमा एक ज्यादै असल र समझदार नारीको रुपमा समकालीनहरुको मूल्यांकन थियो । अब त समकालीनहरु पनि कुनै जिउँदो अवस्थामा छैनन् । उनीसँग विभिन्न भाषा साहित्यको समेत ज्ञान आध्यात्मिक ज्ञान पनि भएकोले ज्यादै तेजिली नारी भएकोले कसैको घरमा समस्या आईपर्दा र झैं–झगडा पर्दा एकआपसमा मिलाइदिने सल्लाहकारको भूमिका निभाउन समेत पुग्थिन् रे । उनकै बुहारी (मेरी आमा चन्द्रमाया)को मूल्यांकन अनुसार उनी एक ज्यादै असल र समझदार सासुआमा थिइन् । जबकि हाम्रो जस्तो समाजमा सासुको बारेमा कुरा नकाट्ने बुहारी बिरलै पाइन्छ र घर घरमा सासूले बुहारीलाई दु:ख दिएको र चित्त दुखाएको कुरा सुनिन्छन् पनि ।

अर्को एउटा अचम्म मान्नुपर्ने कुरा उनी आफन्त त्यो बेलाका जानिफकारहरुसँग ‘पासा खेल्न’मा माहिर थिइन् रे । उनीसँग खेल्दा सदाजस्तै उनले नै जित्थिन् रे । त्यो उनको अर्को नदेखिएको प्रतिभा थियो ।

हस्तकलामा उनी पारंगत नै थिइन् । उनले बनाएका तकिया, कुशन, चकटी आदि विभिन्न प्रकारका आकारका पानबुट्टे, सुरोटका आकारहरुमा पछिसम्म रहे । लबेदा सुरुवालमा समेत फूलबुट्टा आकारमा राखेको भेटियो जाडोमा लगाउने कपडा । उनकै आफ्नो त्यो बेलाका गाउको फरियाहरु र आफैले बनाएका चोलोहरु पनि देख्न पाएँ । कपडामा फूलबट्टा भर्ने र रंगले छपाउने समेत सीप जाँगर रहेथ्यो ।

यी आदि कारणले यहाँ पूर्णमायाबारे एक त्यो बेलाकी बिलक्षण प्रतिभाकी धनी थिइन् भन्ने कुरा अनुमान गर्न सकिन्छ । यो त नारीहरुको निम्ति एउटा गर्वको कुरा पनि हो । अन्तमा म उनकै एक कान्छी नातिनीको रुपमा आफैलाई पाउँदा उनलाई चिन्न नपाए पनि उनीबारे यति मात्र बर्णन गर्न पाएकोमा पनि धन्य भएकी छु ।


Tags: जनमतसुलोचना मानन्धर धिताल
अघिल्लो पोष्ट

ग्वंगः सिरपा सम्मानबाट प्रकाश र राेदन सम्मानित

पछिल्लो पोस्ट

चार गजलहरू

सुलोचना मानन्धर

सुलोचना मानन्धर

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
चार गजलहरू

चार गजलहरू

पागल

पागल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साइनो कविता : सिद्धान्त र सिर्जनपरम्परा

साइनो कविता : सिद्धान्त र सिर्जनपरम्परा

५ असार २०८१, मंगलवार
साहित्य समाजको ऐना हो इल्या भट्टराई

साहित्य समाजको ऐना हो इल्या भट्टराई

४ जेष्ठ २०७९, बुधबार
खगेन्द्र संग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’

खगेन्द्र संग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’

४ जेष्ठ २०८०, बिहीबार
स्रष्टा समाजको विचार गोष्ठी, दुई स्रष्टा पुरस्कृत

स्रष्टा समाजको विचार गोष्ठी, दुई स्रष्टा पुरस्कृत

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक