जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

साहित्य समाजको ऐना हो इल्या भट्टराई

जनमत जनमत
प्रकाशित १३ मंसिर २०७८, सोमबार
अन्तर्वार्ता, मनोभावना भित्र
0
साहित्य समाजको ऐना हो इल्या भट्टराई

२०१२ मङ्सिर १३ गते कालिकास्थान, काठमाडौंमा जन्मिएका आख्यानकारका रुपमा आफूलाई पोख्दै आएकी इल्या भट्टराई नेपाली भाषा–साहित्यका एजना सक्रिय लेखिका हुन् । वि.सं. २०४२ सालमा ‘गन्थन एक इन्जिनियरकी श्रीमतीको’ लेख प्रकाशित गराएर देखापरेकी यिनका प्रकाशित कृतिहरुमा मन मनै त हो (कथा, २०६०), लफबराको वरिपरि (नियात्रा, २०६१), अनि …. (कथा, २०६२), निःशब्द प्रश्नहरु (कथा, २०६३), युरोपको नौलो परिवेश (नियात्रा, २०६५), कसले के बुझ्यो (बालकथा, २०६६), जीवनका रङ्गहरु (कथा, २०६८), म साँच्चिकै हराइछु (नियात्रा, २०७४) र त्यो एउटा बिहान (कथा, २०७४) आदि छन् । अध्यापन सेवामा पनि आफूलाई समर्पित तुल्याइसकेकी यिनी नियात्रा र कथा लेखनमा समर्पित हुन पाउँदा खुसी व्यक्त गर्ने गर्छिन् । नेपाल इन्जिनियर श्रीमती समाजकी महासचिवसम्म भइसकेकी यिनले समाजद्वारा प्रकाशित ‘मनको कुरा जस्ताको तस्तै’ स्मारिकाको सम्पादन पनि गरिसकेकी छन् । नियात्रा लेखनमा आफ्नोपन र परिचय दिएर आफूलाई नियात्राकारका रुपमा चिनाइसकेकी यिनले आफ्ना कथाहरुमा समसामयिक विषयवस्तुहरु सम्प्रेषण गर्न सिपालु छिन् । साहित्यको उच्चतालाई नमन गर्दै यिनी लेख्छन् –“राजनीतिले देशलाई धराशायी पार्दै लगेता पनि लेखनद्वारा देशलाई, देशको सम्मानलाई उचाल्नुपर्ने अवस्था छ ।” यिनी वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितका सुपुत्री पनि हुन् ।

१.तपाईंको साहित्य लेखनको थालनी कसरी भयो ? कृपया बताइदिनुहुन्छ कि ?
वास्तवमा साहित्य–लेखनको जग साहित्य–पठनबाट हुँदो रहेछ । मेरा पिताजी साहित्यको मर्मज्ञ हुनुभएको हुँदा हाम्रो घरमा साहित्यिक किताबहरु चारैतिर छरपस्टिएका हुन्थे । तिनै किताबहरु बुझे पनि नबुझे पनि पढ्ने बानी गर्दै म हुर्किएकी थिएँ । पछि २०४२ मा हामी पोखरामा भएको बेला नेपाल इन्जिनियर्स एसोेसिएसनको पोखरा शाखाले आफ्नो पत्रिका निकाल्न लागेको थियो । त्यही बेला माथि आकाशमा हरेक सत्तरी वर्षमा पृथ्वीमाथि आइपुग्ने पुच्छ«ेतारा “हेली” देखिएको थियो । सो ताराका बारे कतिपय इन्जिनियर भएका व्यक्तिहरुलाई समेत जानकारी नभएको हुँदा मलाई मेरा श्रीमान्ले त्यसबारे केही लेख्न भन्नुभएको थियो । त्यो ताराका बारे आफूलाई थाहा भएका कुराहरु लेख्दा जम्माजम्मी एक प्याराग्राफ मात्र भयो । अब केही नलेखौं भने श्रीमान्ले अह्राएका एउटा काम पनि फत्ते गर्न नसकेको भन्ने एउटा चुनौतीजस्तै भयो मलाई त्यतिखेर । त्यही भएर मैले इन्जिनियरकी श्रीमती भएर आफूले बारम्बार भोग्नुपरेको घटनालाई नै लेख्ने विचार गरेँ र हास्यव्यङ्गात्मक पाराले लेखेँ । त्यो लेखलाई पढ्ने प्रायः सबै इन्जिनियरज्यूहरुले निकै मन पराइदिनुभयो । यसरी त्यही लेखले नै मेरो पछिको मार्ग कोरिदिएको थियो ।

२.साहित्यको सिर्जना गर्ने भावना र प्रेरणा कसरी र को–बाट प्राप्त गर्नुभयो ?
आफ्नो पिताजी नै त्यस्तो उच्चस्तरको साहित्यकार भएको हुँदा मेरो अवचेतन मनले परोक्ष रुपमा निश्चय नै उहाँबाट प्रेरणा प्राप्त गरेको होला । तर प्रत्यक्ष रुपमा चाहिँ मेरा श्रीमान् श्री दीपक भट्टराईकै प्रेरणा तथा घचघच्याइबाट म साहित्य–सिर्जनाको बाटोमा हिँडेकी हुँ ।

३.साहित्य सेवामा निरन्तर रूपमा लागिरहनुभएकी तपाईं यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? कृपया बताइदिनुहोस् ।
म बाल्यावस्थादेखि नै साहित्यको पाठक भएता पनि साहित्य–सिर्जनामा धेरै पछि मात्र हात हालेँ । २०४२ देखि फाट्टफुट्ट रुपमा लेख्दै आएकी थिएँ । २०६० सालमा बल्ल पहिलो पुस्तक निकाले“ । त्यसपछि निरन्तर लेख्दै आएकी छु । यसरी साहित्यमा पूर्ण रुपमा २०६० देखि लागेता पनि साहित्यले मलाई यो छोटो अवधिमा धेरै दिएको छ । त्यसैले म निकै सन्तुष्ट छु ।

४.नेपाली साहित्यमा महिला लेखिकाहरूको भूमिका र अग्रसारिता सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
साहित्य समाजको ऐना हो, अनि महिलाहरु समाजका आधा भाग हुन् । फेरि साहित्य एक अर्थमा समाजका भोगाइ तथा बचाइहरुलाई भावुक कल्पनाका ताना र बानाले बुनेर अभिव्यक्त गर्ने एउटा माध्यम पनि हो । मलाई लाग्दछ स्वभावैले भावुक महिलाहरुले आफ्ना भोगाइ र बचाइलाई साहित्यका माध्यमबाट सशक्तरुपमा व्यक्त गर्न सक्दछन् । त्यसकारण महिला लेखकले देखाएको समाजको ऐना अरु बढी सशक्त हुन्छ । तर विडम्बना, घर–गृहस्थीप्रतिको जिम्मेवारी, सन्तानप्रतिको जिम्मेवारी, अनि सामाजिकता निर्वाहको जिम्मेवारी आदि सबै जिम्मेवारी निर्वाह गर्दागर्दै साहित्य–सिर्जनाको जिम्मेवारी निर्वाह गर्नु महिलाहरुका लागि एउटा विलासिताजस्तो भइदिन पुग्छ । त्यसैले यो क्षेत्रमा महिलाहरुको उपस्थिति अत्यन्तै न्यून छ । बढीभन्दा बढी महिला लेखकहरु आएमा त्यसले समाजलाई निकै राम्रोसित डो¥याउने छ जस्तो मलाई लाग्दछ । महिलाहरुले अवसर नपाएका मात्रै हुन् । भावना तथा विचारमा महिलाहरु निकै सशक्त छन् ।

५.साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिकरूपमा जनसमक्ष पुर्याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यकासाथ प्रस्तुत गरिन्छ ।” यस भनार्इंप्रति तपाईंको के धारणा छ ?
मैले अघि नै भने“ साहित्य भनेको समाजको ऐना हो, त्यसैले समाजमा जेजस्तो भइरहेको हुन्छ त्यसलाई साहित्यले पक्कै पनि उजागर गर्दछ । आफूभित्र एउटा वाद वा चिन्तन बोकेको साहित्यकारले आÏना अनुभूतिहरु पोख्दा ती अभिव्यक्तिमा उसका चिन्तनहरु अवश्यै झल्किन्छन् । जानी–नजानी उसले आÏना धारणाहरुलाई नै साहित्यका रुपमा अभिव्यक्त गरिराखेको हुन्छ । विश्वका ठूल्ठूला साहित्यकारहरुले आ–आÏना चिन्तन बोकेर लेखेका साहित्य कालजयी हुन पुगेका छन् ।

६.हालका विभिन्न साहित्यिक प्रतिष्ठानको साहित्यिक गतिविधि र साहित्यिक धारा सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
यी साहित्यिक प्रतिष्ठानहरुबारे मलाई खासै त्यति ज्ञान त छैन । तर पनि यत्तिका धेरै प्रतिष्ठानहरु खोलिनुको अर्थ ती प्रतिष्ठानहरुद्वारा साहित्यकै अभिवृद्धि हुनु हो जस्तो लाग्छ । त्यस अर्थमा यस्ता प्रतिष्ठानहरु बढ्नु पक्कै पनि राम्रो कुरो हो । तैपनि केही प्रतिष्ठानहरुले मात्र आफ्नो प्रचारको लागि फलानो–फलानोलाई यो पुरस्कार दिने भनी घोषणा गर्ने तर पुरस्कारचाहि“ नदिने अथवा विवादास्पद निर्णय गरी पुरस्कार दिने गर्दा त्यो पक्कै पनि नराम्रो हुन पुग्दछ ।
विभिन्न साहित्यकारहरुले विभिन्न धारामा साहित्यलाई डो¥याए पनि नेपाली साहित्यलाई नै बलियो बनाइराखेको हुँदा त्यसले नेपाली साहित्यलाई समृद्ध बनाउन मद्दत गरेको छ । यसमा मेरो विशेष केही भन्नु छैन ।

७.तपाईंलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरू को–को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?
लियो तोल्स्तोय, चेखव, माक्सिम गोर्की, शरत्चन्द्र, प्रेमचन्द, कृष्णचन्द्र, मन्टो, आचार्य चतुरसेन, राङ्गेय राघव, शिवानी आदिका पुस्तकहरु निकै पढेकी थिए“ । त्यही भएर होला मलाई यी लेखकहरु निकै मन पर्छन् । शिवानीको लेखनशैली मलाई निकै आकर्षक लाग्छ । स्वदेशमा श्री मदनमणि दीक्षितको तथा ताना शर्माको भाषाशैली निकै मनपर्छ । मनु ब्राजाकी तथा महेशविक्रम शाहका कथाहरु लोभलाग्दा लाग्छन् ।

८.तपाईंलाई सधैं सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानिकन उल्लेख गरिदिनुहोस् ?
मेरो सबैभन्दा पहिलो प्रकाशित रचना वि.सं. २०४२ मा नेपाल इन्जिनियर्स एसोसिएसनको जर्नलमा प्रकाशित ‘गन्थन एक इन्जिनियरकी श्रीमतीको’ भन्ने रचना हो । मेरा आफ्ना रचनाहरु सबै मलाई उस्तै नै लाग्छन् । आफूलाई साह्रै मनपर्ने त्यस्तो रचना अझै मैले लेख्न बाँकी नै छ ।

९.तपाईंलाई सधैं सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानिकन उल्लेख गरिदिनुहोस् ?
साहित्यको पथमा भर्खरै पाइला चालेकाले होला साहित्यसम्बन्धी त्यस्तो रोचक घटना त केही छैन । तर मेरो पहिलो रचना प्रकाशित भएपछि इन्जिनियरहरुका विभिन्न जमघटहरुमा उक्त लेखको रचनाकार म नै हु“ भन्ने थाहा पाएपछि विभिन्न इन्जिनियरहरुद्वारा पाएको प्रतिक्रिया “ओहो ! त्यो तपाईंले लेखेको ? खूब रमाइलो छ बा !” भन्ने उद्गारहरु सम्झिँदा मलाई अहिले पनि रमाइलो लाग्छ ।

१०.यस बाहेक तपाईंको साहित्य सम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताइदिनुहोस् ।
नेपाली साहित्यका पाठकहरु अत्यन्तै न्यून छन् । विदेशी साहित्यलाई अत्यन्त महँगो मूल्य तिरेर पनि किनेर पढ्ने पाठकहरु नेपाली किताबहरु किनेर पढ्दैनन् । विशेष गरी उमेर पुगेको विद्यार्थी वर्गले नेपाली किताब सित्तैमा पाए पनि पढ्दैन । विज्ञापनको अभावमा राम्रा किताबहरु पनि पाठकसमक्ष पुग्दैनन् । यी सबै कारणहरुले गर्दा नेपाली लेखक पूर्णकालिक लेखक बन्न सक्दैन । गा“स, बास र कपासको जोहो गर्नमा नै खर्च गर्नुपर्ने मस्तिष्कले उब्रेको समयमा बल्ल साहित्यको चिन्तन गर्न पाउँछ । कतिपय राम्रा रचनाहरु पनि प्रकाशकको अभावमा छापिन नसकेर थन्किएका छन् । देशमा विद्यमान यस्तो साहित्यिक स्थितिमा सुधार आओस् भन्ने मेरो कामना छ ।

(जनमत, पूर्णाङ्क १११, वैशाख २०६३)


Tags: इल्या भट्टराईजनमत
अघिल्लो पोष्ट

पर्वत जिल्लाको साहित्यिक गतिविधि

पछिल्लो पोस्ट

अन्धकारभित्रको अन्धकार – १३

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर
प्रोफाइल

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
अन्धकारभित्रको अन्धकार – १३

अन्धकारभित्रको अन्धकार – १३

एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह

एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गर्दै जाँदाका कुराहरू (१)

गर्दै जाँदाका कुराहरू (१)

४ जेष्ठ २०८०, बिहीबार
सर्जक नरेन्द्रबहादुर श्रेष्ठको अमृत महोत्सव तथा “शारदा मासिक”को  विषेश अङ्क” लोकार्पण 

सर्जक नरेन्द्रबहादुर श्रेष्ठको अमृत महोत्सव तथा “शारदा मासिक”को  विषेश अङ्क” लोकार्पण 

४ जेष्ठ २०७९, बुधबार
घाइते श्रीमती

घाइते श्रीमती

४ जेष्ठ २०७८, मंगलवार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

२ भाद्र २०८१, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक