नेपाल स्रष्टा समाजले १६ औँ वार्षिकोत्सवको अवसर पारेर विशेष विचार गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा ‘दक्षिण एसियामा नेपाली साहित्य’ विषयमाथि साहित्यकाररू महेश पौडेल र भीष्म उप्रेतीले विशेष प्रवचन दिए । राष्ट्रिय नाचघरस्थित हरिप्रसाद रिमाल कक्षमा सम्पन्न कार्यक्रममा समाजले संस्थापक अध्यक्ष चर्चित कवि शैलेन्द्र साकारलाई सम्मानित गर्यो ।
सोहीअवसरमा ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान २०७९’ युवाकवि नवराज पराजुलीलाई समर्पण गरियो । ४० वर्षभन्दा कम उमेरका स्रष्टालाई प्रदान गरिने सो सम्मानका साथ ११ हजार १११ रुपैयाँ नगद प्रदान गरिएको छ ।
सो पुरस्कार सीता कँडेल र चेतनाथ कँडेलले आफ्ना छोरा प्रसिद्ध कँडेलको स्मृतिमा स्थापना गरेका हुन् ।