यो लेख नेपाली मन–माटोबाट सुरु भएको साहित्यको नयाँ विधा साइनोसँग सम्बन्धित छ । यसमा साइनो सिर्जना आरम्भ, संरचनागत स्वरुप, सर्जकहरुको सहभागिता, सैद्धान्तिक विमर्श, नौ महिने अवधिमा गरिएका व्यक्ति तथा संस्थागत सिर्जनात्मक गतिविधि समेत पूर्ण परिचय दिने प्रयत्न गरिएको छ । नेपाली वाङ्मय क्षेत्रमा स्थापित तथा नवप्रतिभाका साइनो सम्बन्धी धारणालाई परिभाषाका रुपमा उल्लेख गरिएको छ । अहिलेसम्म देश/विदेशबाट साइनोको विकासमा भए/गरिएका कार्यविवरण पनि नछुटाउने प्रयत्न भएको छ ।
विषय प्रवेश
बहुभाषा संस्कृति सम्पन्न नेपाली वाङ्मयले छोटो समयमा ऐतिहासिक मूल्य प्राप्त गरेको छ । नेपाली भाषामा रचिएको आख्यान विश्वसाहित्य समकक्षी बन्दै विदेशी विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा दर्ज हुनु नै गौरवशाली इतिहास निर्माण भएको प्रमाण हो । सङ्ख्यासँगै गुणात्मक प्राप्तिले समग्र नेपाली वाङ्मय सम्पन्न बन्दै छ । सभ्यताको आरम्भदेखि सन्तुलित प्रकृतिमा जीवनशैली स्थापित गर्ने विषय वाङ्मयले सृष्टि कालदेखि समाजलाई गति दिँदै आएको छ । जीवनजगत्का समग्र पक्षहरुसँग जोडिएर नवीन जिज्ञासा जगाई प्रगतिका ढोका उघार्दै भौतिक सुख–सुविधा आर्जनमा अभिप्रेरित गर्ने विषय वाङ्मय अर्थात् भाषा साहित्य नै हो । सृष्टि सौन्दर्य अभिव्यक्त गर्ने विषय साहित्यले जीवनजगत्का समस्त अङ्गको चित्रण गर्छ । समाज सञ्चालनका विविध गतिविधिसँग छोइएर साहित्य सिर्जना हुने हुँदा यसलाई समाजको दर्पण पनि भनिन्छ । पछिल्लो समय साहित्यका मूल (कविता, आख्यान, नाटक र निबन्ध) विधामध्ये कविताको उपविधाका रुपमा सामाजिक सञ्जालबाट आरम्भ भई निरन्तर लेखिँदै आएको साइनो नवीनतम सिर्जनात्मक प्रयोगका रुपमा चिनिँदै आएको छ (न्यौपाने–२०७६, पुस्तकालय आवाज मासिक–६) । नेपाली मन–माटाबाट सुरु भएको सिङ्गै साहित्यको कान्छो विधा साइनो सामाजिक जीवनका कथा–व्यथा, बेथिति–विसङ्गति टिपेर विज्ञानसम्मत चिन्तनसहित व्यवहार अनुकूल व्यञ्जनात्मक अभिव्यक्ति दिन सक्षम विधाका रुपमा चिनिँदै आएको छ ।
साइनो नेपाली भाषाको ठेट शब्द साइनुको प्रचलित रुप हो । गण्डकी प्रदेशका महिलाले मित लाउने विधिप्रक्रिया बुझाउन सैना शब्द प्रयोग गरेको पाइन्छ । यही सैना, साइनु र साइनु साइनोमा परिवर्तन हुँदै प्रयोगमा आएको हो । यसले मानवीय नाता सम्बन्ध भन्ने अर्थबोध गराउने परम्परसँगै विगत केही समयदेखि सिर्जनात्मक लेखन साहित्यको प्रिय विधा साइनोलाई समेटेको छ । मानव सृष्टिको थालनीदेखि सन्तुलित सौन्दर्य भर्दै प्रकृतिजन्य जीवनशैली स्थापित गर्ने महत्वपूर्ण अभिव्यक्ति वाङ्मय र वाङ्मयको महत्वपूर्ण विधा कविताकै अवयव बनेर साइनो आएको हो । पछिल्लो समय प्राचीन सभ्यता पुस्तान्तरण गर्दै समाजलाई गति दिने छरितो विषयका रुपमा साइनोले ठाउँ लिएको पाइन्छ । मानव जीवनका समग्र पक्ष समेट्दै नवीन जिज्ञासा अनुकूल प्रगतिका ढोका उघार्दै भौतिक सुख–सुविधा आर्जनमा अभिप्रेरित गर्ने विषय वाङ्मयी अङ्ग बन्न सकेकाले साइनोको लोकप्रियता बढ्दो गतिमा छ । सृष्टि सौन्दर्य अभिव्यक्त गर्ने विषय साहित्यले प्राणीजगतका समस्त अङ्गको चित्रण गरी समाज सञ्चालनका विविध गतिविधि देखाई जीवन्तता दिने हुँदा यसलाई समाजको दर्पण भनिएको हो । यस्तै भाव सूत्रात्मक शैलीले व्यक्त गर्ने हुँदा साइनोले बर्ता लोकप्रियता पनि पाउँदै छ ।
सिर्जना
हाम्रो सिर्जना सूत्र
मन–माटाको सम्बन्ध
जन–जीवनको सुगन्ध ।
साइनो नेपाली जनजीवनको प्रिय शब्द हो । यसको अर्थले नाता/सम्बन्ध जनाउँदै आएको पाइन्छ । बाआमा, छोराछोरी, हजुरबाआमा, दिदीभिनाजु, मामामाइजू, ससुराली, आफन्त यी र यस्तै यस्तै सम्बन्ध जनाउने शब्द हो साइनो । रगतको सम्बन्ध नभएका दुई पुरुष मित लाएर सम्बन्ध जोड्छन् भने महिला सैना लाएर सैना–सैना (मित–मित) बन्छन् । यसरी हेर्दा सैनाबाटै साइनो शब्द विकसित भएको हुनुपर्ने देखिन्छ । सैना शब्द नेपालको निश्चित भूगोल अर्थात् गण्डकी प्रदेशमा बर्ता प्रचलित छ ।
नेपाली बृहत् शब्दकोश अनुसार ‘साइनु’ साइनो नेपाली भाषाको मौलिक शब्द भनेर अथ्र्याएको पाइन्छ । यसलाई झर्रो वा ठेट नेपाली शब्द पनि भनिन्छ । झट्ट बोल्दा/सुन्दा, देख्दा/पढ्दा ‘साइनो’ कम ओजको ‘शब्द’ लाग्न सक्छ । यसको अर्थ नाता सम्बन्ध त हो, सहजै अर्थिन्छ भन्ने पर्न सक्छ तपाईं हामी धेरैलाई तर अर्थिने वा अथ्र्याउने कुरा चेतना र सन्दर्भले बोक्ने गाम्भीर्यमा अन्तर्निहित रहन्छ । हाम्रा पूर्वजले जति बुझ्यो उति कठिन, झन् झन् बुझ्यो झन् कठिन सस्तो बोलेका होइनन् ! साइनोको सम्बन्ध खोज्दै जाँदा जीवन–जगतको सम्बन्ध, माटो–पानीको सम्बन्ध, धर्ती–आकाशको सम्बन्ध, माछा–पानीको सम्बन्ध, काँढा–पूmलको सम्बन्ध,ज्ञान–विज्ञान–प्रविधिको सम्बन्ध, समाज–सभ्यताको सम्बन्ध, संस्कार–संकृतिको सम्बन्ध, यस्तै–यस्तै सम्बन्धहरुको अक्षुण्ण माला साइनोसँगै गाँसिएर डोरिँदा हावा–पानीले जोडेको सम्बन्धै–सम्बन्धको जञ्जालमा पुगिन्छ । प्रकृति, भूगोल र सृष्टि सौन्दर्यसँगको घनिष्ठ सम्बन्ध–सूत्रले तानेर साइनै–साइनोसँग गाँसिदिएको छ प्राणीलाई (न्यौपाने–२०७६, नवप्रज्ञापन त्रैमासिक–८७) । कसले अलग गर्ला यसरी सतहमै पुगेर जेलिएको माटो र पानीको सम्बन्धलाई ? यति बलियो गरी जोल्टिएको छ कि देश र जनताको सम्बन्ध, मानव र संवेदनाको सम्बन्ध कसैले छुट्ट्याउने दुष्प्रयास गर्दैमा छुट्टिन्छ र ? सम्भवै छैन । यसर्थ सम्बन्धका जराले सिङ्गै ब्रह्माण्डको गहिराइ र जीवनको अर्थ नभेटी साइनोको आन्तर्य छामिँदैन ! साइनोले अर्थगत गहिराइमा पुगेको आन्तर्यलाई इङ्गित गरेको छ ।
साइनो नेपाली जनजिब्रोले बोल्ने शब्द हो । झर्रो भनेर त पक्कै होइन होला साइनोले कम महत्व पाएको । नाता सम्बन्ध जनाउनु निश्चय नै कम ओज भन्ने अर्थ नहोला । यो त परिवार र परिवार–परिवारबीचको सम्बन्ध हो । वाङ्मयमा यसको प्रयोग शब्द र अर्थ, साहित्य र जीवनसित बर्ता नजिकिएर आएको छ । साइनो साहित्य सिर्जनाको एउटा स्वरुप हो । यसलाई साहित्यको नयाँ आयाम मान्नु उपयुक्त हुने देखिन्छ जसले नेपाली मन–माटाकै सुगन्ध बोकेको छ ।
साइनो साहित्यको बहुप्रचलित विधा कविताको उपविधा हो । यसको संरचना सात, आठ र नौ अक्षरी तीन शब्दगुच्छामा हुन्छ । पहिलो पङ्क्तिको शब्दगुच्छा सात अक्षरी हुन्छ । दोस्रो पङ्क्तिमा आठ र तेस्रोमा नौ अक्षर रहन्छन् । अक्षर गणना सामान्य नेपाली व्याकरण परम्परा अनुसार गरिन्छ । कविताकै नवीन रुप भएकाले अनुप्रासले यसलाई पनि कर्णप्रिय बनाउँछ नै । साइनोमा पनि नयाँ बिम्ब/प्रतीक, व्यञ्जना शब्दशक्ति सँगै अलङ्कार, ध्वनि, रीतिजस्ता साहित्यिक मूल्य अपेक्षित रहन्छन् । शब्दसँग राम्ररी खेल्ने/खेलाउने पारखी यसका असल स्रष्टा बन्न सक्छन् । लय विधानका दृष्टिले यसलाई प्रति गुच्छाको अन्त्यमा विश्राम दिनु उपयुक्त हुने देखिन्छ । पहिलो/दोस्रोमा ठिक्क विश्राम दिएर वाचन गरेपछि क्रमश: पहिलो, दोस्रो र तेस्रो वाचन गर्नु उपयुक्त हुने देखिएको छ । जस्तै :
सचेत यो जीवन
सक्रिय यी हातहरु–२
सचेत यो जीवन
सक्रिय यी हातहरु
कर्मले डोर्याउँछ मान्छे ।
छोटो छरितो सिर्जनात्मक अभिव्यक्ति साइनो सिर्जना आरम्भ कुनै पूर्व योजना अनुरुप नभई आकस्मिक प्रस्फुटनबाट भएको हो । वर्तमानमा प्रचलित नवीन प्रविधि सामाजिक सञ्जालको उपयोग गर्दै गर्दा यो संरचना प्रस्फुटन भएको हो । त्यसलाई अनुहारकिताब (फेसबुक) मार्पmत् सार्वजनिक गरेपछि यसका पाठक/दर्शकसँगै प्रयोक्तामा चासो बढ्यो र सिर्जना गरी सार्वजनिक गर्ने प्रक्रियाले गति लियो । परिणाम स्वरुप योे थोरै समयमा व्यापक रुपले विश्वभर फिँजिन भ्याएको छ ।
साइनो यतिखेर साथी–साथीको आत्मीय सम्बन्धलाई सिर्जनाको कसीसँग जोडेर मूर्तरुप दिने माध्यम बनेको छ । यसको छोटो संरचनाले गतिलो साहित्यिक स्वाद दिने हुँदा आजको व्यस्त पाठकका निम्ति ज्यादै प्रभावकारी भएको छ । व्यञ्जना शब्दशक्तिले यसलाई बर्ता खिरिलो र चोटिलो बनाएको अनुभूति गर्न सकिन्छ । समाजका बेथिति विसङ्गतिलाई विषय बनाएर व्यङ्ग्यको सुइरोले घोची–घोची सुसङ्गत प्रवृत्तिको विकासका लागि यसलाई घतिलो प्रस्तुति बनाउने अभ्यास हुँदै आएको छ । यसले जीवन, जीवनजस्तै बनाउने ध्येय राखी मानवीय संवेदनालाई न्यायिक स्पर्शले गोडमेल गर्ने अभीष्ट लिएको छ ।
साहित्यमा पहिलादेखि परिचित र प्रचलित मुख्य विधा कविता, आख्यान, नाटक र निबन्ध नै हुन् । यी विधाका उपविधा लेखनको प्रचलनले स्रष्टाहरुमा आकर्षण थप्दै आएको पाइन्छ । पछिल्लो समय साइनोले पनि थप आकर्षण दिएको छ । यसको कारणसँग घोत्लिँदा स्वरुप/संरचनामा केही नवीनता, विषय विश्लेषणमा केही बौद्धिकता र प्रस्तुतिमा केही तार्किकता पाइन्छ । अर्थ गाम्भीर्य यसको मूल पहिचान हो (न्यौपाने, २०७६, नवप्रज्ञापन–८७) । पाठकले क्षणभरमै रसास्वाद पाउन सक्छन् ।
साइनो शाब्दिक अर्थजस्तै स्वतन्त्र अस्तित्वबिचको अन्तर्सम्बन्ध हो । यस सिर्जनात्मक साइनोका प्रत्येक शब्दगुच्छाको स्वतन्त्र अर्थपछि तीनवटैको समुच्च अर्थ लाग्दा साख सबल बन्छ, संरचना सुरक्षित हुन्छ । यी तीन शब्दगुच्छा एकअर्कामा आश्रित नभई स्वतन्त्र अर्थवाहक हुन्छन् (न्यौपाने–२०७६, शृङ्खला,१४६) ।
उछिन्ने ध्याउन्न त्यो
एकसरो हिँडिरहेँ
साथीहरु बिर्सने दाउ !
यही गहनताले गर्दा छोटो समयमा साइनोले धेरै सर्जक प्राप्त गरेको हो (न्यौपाने,२०७६, नवप्रज्ञापन–८७) । नौ महिनाको अवधिमा साइनो सर्जक सङ्ख्या सयौँको हाराहारी देखिएको छ । यसको नवीनताले अरु धेरैलाई जिज्ञासु बनाएर बहसमा पनि उतारिरहेको छ । पङ्क्तिकारको जानकारीले पुगेसम्म विसं. २०७६।४।१६ मा सामाजिक सञ्जालमार्पmत सम्प्रेषण गरेको सुरुवाती संरचना :
मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पिसानी!
यो नै पहिलो साइनो सिर्जना हो । क्रमश: केही साइनाहरु सामाजिक सञ्जालमा पढेपछि स्रष्टाहरुले कविताका अन्य उपविधामा जस्तै गरी नयाँ आयामका रुपमा स्वीकार गरी साइनो सिर्जना गर्दै आएका छन् । यसको संरचनामा विषय प्रस्तुतिको मागअनुसार लेख्य चिन्हको प्रयोग आवश्यक ठाउँमा गर्न सकिन्छ । पूर्णबिरामको प्रयोग भने तेस्रो शब्दगुच्छा/तेस्रो पङ्क्तिको अन्त्यमा मात्र गर्नु उपयुक्त देखिन्छ (अन्तिममा अरु चिन्ह प्रयोग नभएको खण्डमा (।) पूर्णबिराम) । विषय प्रस्तुतिले मागेमा सामान्यतया अनुकूल स्थानमा अनुकूल लेख्य चिन्ह प्रयोगको सम्भावना छँदै छ । साइनोलाई लिएर यति कुरा गरिसकेपछि यसका अनुयायी छोटो समयमा यति धेरै कसरी जोडिए ! तथ्यको चर्चा पनि नगरी रहन मिल्दैन ।
पाठकमा सहज उत्पन्न जिज्ञासाको उचित सम्मानमा ध्यान जानु स्वाभाविकै देखिन्छ । यसको मुख्य कारण त छोटो–छरितो रचनाले मसालेदार चटपटे तर घतिलो साहित्यिक खुराक पस्कन सक्नु नै हो । त्यसपछि सामाजिक सञ्जालको सदुपयोग जुन माथि पनि भनिसकिएको छ । कम बखतको लगानीमा साइनोको प्रचार–प्रसार सामाजिक सञ्जालबाटै सम्भव भएको हो । प्रथमपटक लेखक/प्रसारक छायादत्त न्यौपाने ‘बगर’का छ/सातवटा साइनाहरु पढेपछि स्रष्टा केशव ज्ञवालीले न्यौपानेसँग सञ्जालमार्पmतै सम्पर्क गरे । दुवै स्रष्टाबीच परामर्श भयो । सहमति अनुसार त्यसको भोलिपल्ट २०७६।५।१४ देखि केशव ज्ञवालीले पनि
कसैको मन खुसी
कसैकोमन खिन्न छ
अनुभव भिन्न भिन्न छ, ! (ज्ञवाली फेसबुक वाल) साइनो लेखेर सार्वजनिक गरे । यसको लगतै स्रष्टाहरु खेमलाल पोखरेल, कृष्ण पौडेल, बालकुमार क्षेत्री, हरिप्रसाद चौलागाईं, सीता सुवेदी पन्थी …. लेख्न सुरु गरेको देखिन्छ । यो क्रम निरन्तर चलिरहेकै छ । यसमा जोडिएका स्रष्टाहरु आ–आफ्नो क्षेत्रका स्वनामधन्य हुनुले पनि साइनोको जग बलियो बन्दै अघि बढेको छ भन्ने पुष्टि हुन्छ ।
न्यौपाने र ज्ञवाली दुई जनाबीच छलफल भई साइनो लेखी सञ्जालमा पठाउने सहमति जुटेपछि न्यौपानेको विमर्श स्रष्टा खेमलाल पोखरेलसँग भयो । उनले पनि साइनोकारमा साङ्लिन बिलम्ब गरेनन् । त्यसैगरी ज्ञवालीको कृष्ण पौडेल, हरिप्रसाद चौलागाईंहरुसँग र न्यौपानेको बालकुमार क्षेत्री, सीता सुवेदी पन्थीहरुसँगको सम्पर्क र छलफलपछि उनीहरुबाट पनि साइनाहरु सिर्जना भए । पङ्क्तिकारलाई जानकारी भएअुनसार साइनो सिर्जनासँग सँगसँगै हिँड्ने सहसर्जकहरु छायादत्त न्यौपाने, केशव ज्ञवाली, खेमलाल पोखरेल, कृष्ण पौडेल, बालकुमार क्षेत्री, हरिप्रसाद चौलागाईं, उद्धवप्रसाद प्याकुरेल, आकाश पौडेल, धतानन्द शर्मा, कृष्ण बाउसे, सुरेन्द्र शाही, बाबुराम न्यौपाने उत्स, मिना डाँगी, सीता सुवेदी पन्थी, सविता भट्टराई, शम्भुराम जोशी, हरिभक्त पौडेल, विष्णु पादुका, घन थापा, प्रमोद भट्टराई, बद्री उप्रेती, लालचन्द्र लम्साल, सीता शर्मा, विनोद नेपाल, महानन्द ढकाल, देवी गौतम, हरेकृष्ण ज्ञवाली, चेतनारायण शर्मा, शोभाकान्त रिजाल, हेमन्त तिवारी, टंकप्रसाद पन्थ, सीता पौडेल, कमला भण्डारी, चन्द्रावती अधिकारी, हरिचन्द्र ढकाल, चिरञ्जीवी ढकाल, दुर्गाप्रसाद कोइराला, शान्ति अधिकारी पोखरेल समेत धेरै स्रष्टाहरु जोडिने क्रम जारी छ । यसैगरी यस विषयमा जिज्ञासा राखेर छलफलमा सहभागी हुने तर सिर्जनाका लागि पर्खिनेहरुमा डा. श्याम न्यौपाने, तिलक लुइटेल, चेतनाथ धमला, शीतल गिरी, हिम चापागाई, प्रेम आचार्य, पुण्य घिमिरे, विधान आचार्य समेत धेरै जना हुनुहुन्छ । साइनो सिर्जना र यसबारे केही जानकारी मूलक सामग्री शब्दाङ्कुर मासिक, शृङ्खला मासिक, शब्दसंयोजन मासिक, लोक भावना त्रैमासिक, अग्निचक्र मासिक, पुस्तकालय आवाज मासिक, नवप्रज्ञापन त्रैमासिक, गाउँले देउराली साप्ताहिक लगायत साहित्यिक तथा दैनिक/साप्ताहिक पत्रिकाहरुले छायादत्त न्यौपाने ‘बगर’का लेख प्रकाशन गरिसकेका छन् । यस्तै संसारन्युज र ई–हुलाकी, बडीमालिका … अनलाइन पत्रिकाले केशव ज्ञवाली, बालकुमार क्षेत्री, सुरेन्द्र शाही, छायादत्त न्यौपाने, खेमलाल पोखरेल, सुरेश काफ्ले विदारक, विष्णु पादुकाका साइनो चिनाउने लेख/रचना प्रकाशन भएका छन् । यसै गरी झापा ब्लाष्ट दैनिकबाट खेमलाल पोखरेल र छायादत्त न्यौपानेका लेख पनि । यसरी नै धेरै जनाका साइनो रचना तथा परिचयसम्बन्धी लेखहरु प्रकाशित हुँदै आएका छन् । विभिन्न माध्यमबाट न्यौपाने, ज्ञवाली, पोखरेलका अन्तर्वार्ता पनि प्रसारण भइसकेका छन् । यस्तै केशव ज्ञवाली, सुरेन्द्र शाही, बद्री उप्रेती, सीता सुवेदी पन्थी, छायादत्त न्यौपानेहरुले काठमाडौं, खेमलाल पोखरेल, मिना डाँगीहरुले झापा, सुरेश काफ्ले, बाबुराम न्यौपाने उत्सले सुनसरी, धतानन्द शर्मा, टंक पन्थले पाल्पा र विष्णु पादुका, महानन्द ढकाल, चिरञ्जीवी ढकाल, सीता पौडेलहरुले बाँके/बर्दियाका विभिन्न साहित्यिक गोष्ठीहरुमा साइनो रचना वाचन समेत परिचय दिने काम हुँदै आएको छ । यसरी हेर्दा साइनोले पाठकप्रिय भई तीव्र गति प्राप्त गरिरहेको देखिन्छ । यस्तै बालकुमार क्षेत्री, मिना डाँगी, सुरेन्द्र शाही, कमला भण्डारी, सीता सुवेदीहरुले युट्युब भिडियो मार्पmत् प्रत्यक्ष प्रसारण गरी साइनोको प्रचार–प्रसारमा योगदान गरिरहेको पाइन्छ । छायादत्त न्यौपाने ‘बगर’ले अरनिको टेलिभिजनमा कौशिला रिसाल (कात्तिक–७, २०७६) र जीबहस टिभीमा तिलक तिवारी (मङ्सिर११, २०७६) तथा रेडियो अन्नपूर्णमा छविरमण सिलवालसँग (माघ–२६, २०७६) साइनोबारे संवार्ता गरेका छन् । यस्तै रेडियो मिसनमा विष्णु पादुका र महानन्द ढकालले पनि यस विषयमा (फागुन–७ ?, २०७६) चर्चा गरेका छन् । यस्तै (फागुन–२६, २०७६) मा स्रष्टा विष्णु पादुकाको कृति साइनो कविता सङ्ग्रहमाथि भएको परिचर्चा कार्यक्रम युट्युबमार्पmत प्रत्यक्ष प्रसारण भएको छ । (यद्यपि यस कार्यक्रममा बोलिएका कति कुराले इतिहास बिर्सेको हुँदा त्रुटिपूर्ण र आधारहीन छ भन्ने भनाइ प्रारम्भदेखि साइनोसँग साङ्लिएर काम गर्दै आएका स्रष्टाहरुको छ ।) यसै गरी रेडियो मिसनबाटै चन्द्रावती अधिकारी र महानन्द ढकालबीच साइनो रचना वाचन समेत छलफल (चैत–१ गते, २०७६) प्रसारण भएको देखिन्छ ।
सरल अर्थ सम्बन्ध बताउने साइनोले समाजका बेथिति र विसंगतिसँगको सम्बन्धमा गुलेली र मट्याङ«ा चलाउँछ । यसको मर्म भनेको विकृतिलाई व्यङ्ग्य वाण ठोक्नु नै हो । यसले समाजबाटै विषयवस्तु लिन्छ र समाजलाई नै सचेत गराउन बल गर्छ । विषय चयनमा कुनै नौल्याइँ नभेटिएला तर प्रस्तुतिमा नौल्याइँ यसको विशेषता नै हो । अझ स्पष्ट हुने हो भने साइनो लेखन–प्रसारण यो एउटा अभियान पनि हो । आजको सन्दर्भमा छोटा, छरिता, घतिला साहित्यिक सामग्री पाठकसम्म पुर्याउने उद्देश्यले नै यो अभियान सुरु भएको हो । यस मूल्यमा अभियान सशक्त पनि बन्दै गएको छ । यसका अभियन्ता बालकुमार क्षेत्रीबाट साइनो चौपारीमार्पmत साइनोको संरचना, लयबारे प्रशस्त बहस हुनुले यसलाई बल दिएको छ । यसैगरी बालकुमार क्षेत्री, सुरेन्द्र शाही, सुरेश काफ्ले विदारक समेतले सञ्चालन गरिरहेको साइनो संसारमा जोडिएका सबै साइनोकारहरुको मतैक्यले थप शक्ति प्रदान गरेको छ । यो अभिव्यक्ति अभियन्ताहरुबाट साइनोले प्राप्त गरेको उर्जाशील गति हो । यो यथार्थ सार्वजनिक भइरहँदा कुनै अन्यथा हुने छैन । यही समभावले समस्त साइनोसँग साङ्लिएका साइनोकारहरुको प्रतिबद्धता रहेको सन्देश प्रवाह गरिरहँदा यो आलेखले थप सान्दर्भिकता पाएको पुष्टि हुन्छ ।
साइनो नेपाली मनले खोस्रेको नेपालकै माटाले उमारेको साहित्यिक उपज हो । यो सिङ्गै नेपाल र सबै नेपालीको साझा उपलब्धिका रुपमा अगाडि आएको छ । यसको थालनी र विकासमा पनि नेपाली चेतनाले योगदान गर्दै आएको छ । यसलाई नेपाली मूलका प्रवासी स्रष्टाहरुले पनि गम्भीर चासोका साथ लिएको पाइन्छ । यसले गति लिइसकेको हुँदा निकट भविष्यमै यसको प्रचार–प्रसार नेपालका अरु भाषा तथा अन्य अन्तरराष्ट्रिय भाषाहरुले समेत गर्ने नै छन् । यसको आकार र आन्तर्यले अनुवाद तथा सिर्जनाको माध्यमबाट आपूmलाई संसारभर पैmलाउनेछ र नेपाली मौलिक परिचय स्थापित गर्नेछ भन्ने कुरामा ढुक्क भइरहन सकिन्छ तर आवश्यक पहलकदमीको खाँचो भने छँदै छ ।
साइनोको स्थायित्वका लागि यसका अभियन्ता आपैm पनि सक्रिय रहने कुरा रहिरहन्छ भने यसमा जोडिन आउने प्रतिभाहरुको लहर त्यत्तिकै लहरिएको हुँदा साहित्यको नयाँ आयाम कायम रहने कुरामा हामी विश्वस्त छौँ । यसले सङ्ख्यात्मक मात्र होइन गुणात्मक फड्को मारिसकेको छ । सञ्जालको सदुपयोगले यसलाई जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि भनेभैंm गरी संसारभरि पुर्याइसकेको छ । स्वतस्फुर्त जोडिएका अभियन्ताहरुको सुरुचिपूर्ण सक्रियताले विसं. २०७७ को पहिलो महिनाभित्रै सार्वजनिक गर्ने गरी साइनो र सारथि नामको संयुक्त साइनो सङ्ग्रह प्रकाशनको तयारी पनि थालिसकेको छ जसमा साइनोको सैद्धान्तिक विमर्श, यसले गर्दै आएका गतिविधि समेत सयौं स्रष्टाका हजारौं सिर्जनाहरु अटाउनेछन् ।
नेपालीको नाता यो
सञ्जालभरि साइनो
लहराले तान्यो पहरो ।
सिर्जनाको मैदान फराकिलो हुन्छ । सिर्जनाले पाखाहरु हरिया बनाउँछ । जलवायुको सिञ्चन पाए सिर्जनाले जीवन बोक्छ । जीवनको समग्रतामा उम्रेको सिर्जनाले मनमस्तिष्कलाई झङ्कृत गर्छ । परम्परित मूल्यमा नयाँ भाव र संरचनाको भिन्न स्वादसँग आउने मौलिक सिर्जनाले ऐतिहासिक महत्व राख्छ । यसै भावभूमिमा सूत्रमय प्रस्तुति लिएर गणितीय संरचनागत साहित्यिक मूल्यबोधसँगै आएको छ साइनो । साहित्यका विविध विधाहरुमध्ये कान्छो विधा नेपाली मनमाटामा जन्मेर हुर्कंदै छ । यो वि.सं २०७६ साल नेपाली साहित्यको ऐतिहासिक वर्ष बनेको छ । यसै वर्षको साउन सोह्र गतेदेखि नेपाली साहित्यमा यो विधा जन्मेको हो (न्यौपाने २०७६, नवप्रज्ञापन–८७) । यो साहित्यमा थपिएको सिर्जनात्मक आयाम मात्र नभई मिठो साहित्यिक परिकार पनि हो । निश्चित अक्षर सङ्ख्यामा रचिन सुरु भएको ‘साइनो’ सिर्जनकर्मसँग छोटो समयमै अनन्त सर्जक बेस्सरी झ्याम्मिइसकेको पाइन्छ । परिणाम स्वरुप साइनोले कलिलै वयमा फराकिलो भूगोल ओगटेर साधनारत प्रतिभाहरुको स्याहार पाइसकेको छ । अचम्म के छ भने यसले जन्मेर जति दिनको भयो त्यो भन्दा धेरै नयाँ स्रष्टा र सृष्टि प्राप्त गरिरहेको छ । यो सूचनाले साइनोपे्रमी सबैलाई उत्साही तुल्याउने नै छ । हुन पनि साइनो विधा यति तीव्र गतिमा अघि बढ्यो कि स्रष्टा विष्णु पादुकाले साइनोसङ्ग्रह प्रकाशन गर्न भ्याए भने केशव ज्ञवाली, खेमलाल पोखरेल, बालकुमार क्षेत्री, सुरेन्द्र शाही, बाबुराम न्यौपाने उत्स, सीता पौडेल, छायादत्त न्यौपाने ‘बगर’ समेत धेरै जना स्रष्टाहरु प्रकाशनको तयारीमा जुटेका छन् । ‘साइनो’ लेखन आरम्भ भएको आधा वर्षमै सिङ्गै कृति प्रकाशनले यसको जीवन दर्शन, सिर्जनात्मक विशिष्टता, अर्थगत गहिराइ तथा वैज्ञानिक संरचनाले जनमनमा पारेको गतिलो प्रभाव हो भन्ने प्रमाण दिन्छ । यो विधा आजको भौतिक सुखमा लतपतिएको व्यस्त मान्छेलाई निमेषको लगानीमा पोसिलो साहित्यिक स्वाद लिन सुयोग जुराइदिने गहन विधाका रुपमा आएको छ ।
हाम्रो सिर्जना सूत्र
मन–माटाको सम्बन्ध
जन–जीवनको सुगन्ध ।
यो प्रारम्भिक चरणको सानो लेखमा साइनो चिन्न चाहिनेजति विषय नसमेटिन सक्छ तथापि यसबारे सङ्क्षिप्तमै भए पनि केही न केही सूचना दिनु सान्दर्भिक हुने देखिन्छ । विचारको घोत्ल्याइँ, प्रस्तुतिमा छरित्याइँ, बेथितिलई प्रहार, कर्मयोगलाई सम्मान, राष्ट्रिय चेतनाको आह्वान, जीवनबोधको प्रयास जस्ता भाव सन्तुलन साइनो सिर्जनाको मूल लक्ष्य मानिएको छ । साइनो योजनाविहीन सिर्जित विधा भए पनि यो सचेत भनिने प्राणी मानव मन–मस्तिष्कको आकस्मिक एवं स्वतस्पूmर्त आविष्कार हो । यसको आरम्भ हुनुअघि कुनै सैद्धान्तिक स्वरुप तयार भएको होइन । यसको विकासले गति लिनुमा आरम्भ पछिको स्रष्टा मिलन र सैद्धान्तिक स्वरुप तयारीको सन्दर्भमा पनि सामाजिक सञ्जालकै देन छ । हुँदै आएका यसलाई चिन्ने/चिनाउने प्रयास पर्याप्त नभए पनि छापा तथा अनलाइन पत्रपत्रिकामा परिचयात्मक सामग्री धेरै आइसकेको तथ्य माथि पेस गरिसकिएको छ । सामान्य सैद्धान्तिक रुपरेखा कोरिने काम हुँदै पनि आएको छ । यस आलेखमा पनि साइनो संरचना र अर्थगत चिनारी सङ्क्षिप्तमा सूत्रबद्ध गर्ने प्रयत्न यसरी गरिएको छ :
–साइनो नेपाली मन–माटाले उमारेको सिर्जनात्मक मौलिक कविता विधा हो ।
–साइनोको संरचना क्रमश: सात, आठ र नौ अक्षरी त्रिपदीय शब्दगुच्छाको हो । (आधा अक्षर लेखिन्छ तर अक्षर सङ्ख्यामा गनिँदैन र अक्षर गणना प्रचलित नेपाली व्याकरणअनुसार गरिन्छ ।)
–साइनोको साख तीन शब्दगुच्छामध्ये प्रत्येकको स्वतन्त्र अर्थ र समुच्चमा तीनवटैको एउटै अर्थ लाग्नु हो । (यसका प्रत्येक पद एकअर्कासँग आश्रित नभई स्वतन्त्र हुन्छन् तर अर्थगत एकतामा विश्वास गर्छन् ।)
–साइनो जीवन–जगतका समग्र पक्षबाट विषयवस्तु लिएर व्यञ्जना शब्दशक्ति हुँदै साहित्यका नवरसमध्ये जुनसुकैसँग लछप्प भिज्न सक्नु नै यसको मर्म हो ।
–साइनो कविताकै उपविधा भएको हुँदा वाचनमा झङ्कार दिन अनुप्रासले सघाउँछ भने शब्दगुच्छाको अन्तिममा दिइने विश्रामले लय निर्धारण गर्छ । (मुक्त लयको कविता भएकाले लय निर्धारणमा सर्जक/वाचक स्वयंको अभ्यास पनि महत्वपूर्ण ठहर्छ नै ।)
–साइनोमा पूर्वीय साहित्यिक मूल्य व्यञ्जना शब्दशक्ति, अलङ्कार, ध्वनि, रीति, बिम्ब/प्रतीकसँगै रससूत्रको साधारणीकरण अपेक्षित रहन्छ ।
यिनै केही खास मूल्यका आधारमा साइनो लेखन/प्रकाशनले महत्व पाएको छ । विश्वास छ, सामाजिक सञ्जालमा लेखिरहेका र पुस्तक छपाइमा सक्रिय रहेका साइनोकारहरुले यी मान्यता पछ्याएकै छन् । यो सजगताले उनीहरुमा अन्तर्निहित साइनोप्रतिको स्नेह, सम्मान भाव र जिम्मेवारीबोध जनाउनेछ । प्रकाशनका लागि तयारीमा रहेका अरु कृतिले भन्दा साइनोले प्राथमिकता पाउनुमा स्रष्टाहरुले साइनोलाई दिएको उच्च महत्त्वकै प्रमाण हो । यसलाई जे जसरी लिए पनि साइनो (पास्नी) भात खुवाइको उमेरमै दौडिने भएको छ । यसलाई साइनोकार मित्रहरु सबैको साझा साधनाको गमिलो उपलब्धि मान्न सकिन्छ । यो सञ्जालमार्पmत साइनोसँग जोडिएका स्रष्टा सबैका लागि खुसी र प्रेरणापुञ्ज पनि हो भन्ने लागेको छ । विश्वास गर्न सकिन्छ कि अब साइनो जीवन्त भयो । यथाशीघ्र यो नेपाली माटाको सुगन्ध लिएर धर्तीको छेउछेउसम्म पुग्छ र स्रष्टाहरु खोज्दै–थप्दै जान्छ । यस साइनोका विषयमा विद्वान् समीक्षक तथा सर्जकहरुमाझ विमर्श चल्छ, चलिरहन्छ । यो आवश्यक पनि छ । आउँदा दिनमा विद्वान्हरुबीचको चर्चा परिचर्चाले साइनोमा पर्याप्त उर्जा थपेर परिष्कार परिमार्जन गर्दै मूल्यबोधसँगै परिपक्व बनाउँदै लैजानेछ ।
हेरौं न साइनो कलिलो उमेरमै शब्दार्थमा सीमित रहेन । यसले सामाजिक जीवनभित्र पसेर सिर्जनात्मक रुपले व्यापकता पायो । यसको रुप र अर्थ विस्तार भई विश्वव्यापी बन्यो । अब यो रगतको नातामा केन्द्रित छैन । यसले भूगोल, प्रकृति, संस्कृति र इतिहासको अनन्ततामा आपूmलाई पुर्याइसकेको अनुभूति दिएको छ । सर्जकहरु यसको संरचनाप्रति विशेष चनाखो भएर साधना गरिरहेछन् । नेपालीको सान सार्वजनिक विश्रामस्थल चौपारीमा समस्त मानव भेला भएर यसको सिर्जनविधिबारे बहस गरिरहेछन् । जसले साहित्यको नयाँ विधा साइनोको साखमा उर्जाशील गति दिइहेको छ ।
साइनो समस्त प्राणीबीचको सम्बन्ध हो । यसले सृष्टिमा प्राप्त सबै जीवसँग आत्मीय सम्बन्धको अपेक्षा गर्छ । जीवन, प्रकृति र भूगोलजन्य गतिविधिले साइनोको सिर्जनात्मक पाटो पछ्याउँछ । यसको सम्बन्ध निश्चित समाजमा सीमित नभई समस्त सृष्टि सौन्दर्यसित छ । यसले जीवन, राजनीति, संस्कृति, प्रकृतिका अङ्ग–अङ्गसँग गहिरो नाता जोडेर सुगन्धित हुँदै अघि लागेको छ । साइनोले व्यक्ति–व्यक्तिसँगको अनुभव–अनुभूतिलाई समग्रमा प्रस्तुत गरेर सिर्जनाको विशाल मैदानमा पुर्याइसकेको छ । यसमा मानव सौन्दर्य सग्लै अटाउँछ र बेथितिलाई मस्तिष्कको गुलेली र शब्दका मट्याङ्ग्रा बनाएर ठोक्न सक्ने सिर्जनात्मक सामथ्र्य राख्छ । यसको सात, आठ र नौको विषम योग र संरचनागत स्वरुप चौबिस अक्षरी हुन्छ । यस संरचनामा जीवनको अनुराग अनि कर्तव्यबोध दुवै फक्रन सक्छन् । यसलाई अथ्र्याउने सन्दर्भमा विद्वान् समालोचकका फरक मत आवश्यक पर्छन् र यो प्रक्रिया निरन्तर चलिरहनु पनि जरुरी हुन्छ किनकि साइनोले सिर्जनाको विशाल फाँटलाई पूmलबारीभैंm ढकमक्क पार्ने गरी झाँगिनु छ । यसका लागि स्वच्छ बौद्धिक बहस त अनिवार्य हुन्छ नै । यहाँ यही आह्वान् हुनु सान्दर्भिक छ ।
साइनोका संरचनाका सात अक्षरले सात महादेश जनाउँछन् । आठ अक्षर आठै दिशा बोध गराउन तयार छन् भने नौ अक्षर नवरसका सूचक हुन् । सात, आठ र नौको सन्दर्भमा अन्य प्रक्रियाबाट अर्थिने ताकत पनि भेटिन्छ । सातले सात वार समयको सङ्केत गर्छ, आठले अष्टावक्र, दार्शनिक मर्म बताउँछ भने नौलाई नवरत्न तथा पृथ्वी लगायतका नवग्रहको सङ्केत । यस्ता धेरै अर्थ दिई विषयबोध गराउँदै सात, आठ, नौको प्रयोग भइआएको गणितीय तथ्य–स्मरण गर्नु साइनोप्रतिको सकारात्मक धारणा हो । यसको संरचना अन्य विधासँग मिल्दैन । यसको तीनवटै शब्दगुच्छाको स्वतन्त्र अर्थ र समुच्च दुवै अर्थले विशेष मूल्यबोध गराउँछन् । प्रत्येक शब्दगुच्छा स्वतन्त्र भइकन एक हुन्छन् । यो मर्मलाई अनेकतामा एकता भन्ने सबै नेपालीको साझा मान्यता पनि हो । यी यस्तै विविध प्रसङ्ग जोडिन सक्छन् साइनोसँग । सात, आठ, नौ नै किन भनेर प्रश्निँदा आउने उत्तरमा । हुन त यस प्रश्नमा खासै मूल्यबोध नहोला तथापि यदाकदा पाठकमा जिज्ञासा जन्मछन् । साइनोको महत्वपूर्ण पाटो त अक्षर संरचना र यसले व्यक्त गर्ने अर्थान्तर्यको अन्तर्सम्बन्ध नै हो ।
साइनो सुन्दाबित्तिकै त सहजै सिर्जना गरिन्छ भन्ने धेरैलाई लाग्न सक्छ तर यसको संरचना र अर्थगत गहिराइमा पुग्न त्यति सजिलो छैन । यसले आफ्नो पूर्णताका लागि गाम्भीर्ययुक्त ओजपूर्ण अभिव्यक्ति खोज्छ ! यदि सही ढङ्गले साइनो लेख्ने जिम्मेवारी महसुस गरे यो कर्म चानचुने छैन तथापि भौतिक विज्ञान र मानवीय संवेदना चिन्ने प्रतिभाले केही समय गमेर अभ्यास गरे विस्तारै साइनोको स्वादसँग हिमचिम भई साथी बन्न मुस्किलै भने देखिन्न । यो सत्य हो, यही साइनोको स्वाद पनि ।
कति स्रष्टाहरु साइनोको सैद्धान्तिकीकरणमा बर्ता चासो राख्दै छन् । यो आपैmमा राम्रो हो तर हजारौँ वर्षदेखि सिद्धान्त बनेर मानक प्राप्त गरिसकेका विकसित विधाहरु त आज पनि मूल्य र संरचनागत स्वरुपका लागि बहसमुक्त छैनन् । तिनले पनि बहसको माग गरिरहेको पाइन्छ । निरन्तर बहस चलेकै हुन्छ भने भर्खर औंला समातेर हिँड्न सिक्दै गरेको साइनोका बारेमा सिद्धान्त र विकासलाई लिएर प्रशस्त छलफल/बहस/विमर्श हुनु कुनै नौलो विषय भएन । सामाजिक सञ्जालदेखि छापा पत्रिकाहरुमा धेरै साथीहरुले विचार प्रवाह गरिसक्नुभएको छ । यसबाट साइनोले पर्याप्त मलजल पाएकै छ, निश्चित समयमा स्थायित्व पनि प्राप्त हुने नै छ ।
अब साइनो नेपाली भूमिमा सीमित छैन । भारत, क्यानाडा, स्पेन, अफगानिस्तान, कोरिया, जापान, इजरायल जस्ता मुलुकमा बसोबास गर्ने नेपालीको प्रिय विधा भइसकेको छ । यसको स्वरुप र संरचना सम्बन्धमा पनि थुप्रै विद्वान्हरुका धारणा आइरहेका छन् । चिन्तन/मनन्/मण्डन/खण्डन भइरहेको छ । कति विद्वान्हरु प्रतीक्षामा देखिन्छन् भने कतिलाई यसको के काम भन्ने पनि लागेको हुन सक्छ । जसलाई जे लागे पनि साइनोप्रति चासो र चिन्ता बढेको छ जुन साइनो अभियन्ताका लागि खुसीसँगै जिम्मेवारी बोधको विषय बनेको छ ।
साइनो अघि बढाउने क्रममासाइनो चौपारी नामक सञ्जालमा समूह निर्माण गरी विशेष अभियन्ताहरुले बहस गरिहेका छन् भने साइनो संसारमा आम स्रष्टा र पाठक जुटिरहेका छन् । यसर्थ साइनो गामबेंसी सहरको जनमन सुसेल्दै विदेश यात्रामा दौडिएको छ । यो छोटो समयको उपलब्धिले साइनोको साख अपेक्षा गरेभन्दा बढी धेरै बढी मौलाएको देखिन्छ ।
कुनै पूर्वानुमान विना स्तस्फुर्त रचिएको ७, ८ र ९ अक्षरे संरचनाको तीन शब्दगुच्छे सिर्जनात्मक भुल्कालाई साइनो नाम केशव ज्ञवाली, खेमलाल पोखरेल र छायादत्त न्यौपानेको संयुक्त विमर्शबाटै जुराइएको हो । साइनोसम्बन्धी आएका कुरा पूर्वयोजना नभई आकस्मिक तथा आपसी बहसनीसृत अभिव्यक्ति हुन् । सोक न सुर्ता भोक न भकारी भनेभैंm आकस्मिक प्रस्फुटनबाट आएको शाब्दिक रुपले जीवनको क्षण विशेष चित्रण गरेको हो । यही मर्म पहिचान भएपछि यसले गति प्राप्त गरेको छ ।
मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पिसानी !
यही हो सामाजिक सञ्जालबाट सार्वजनिक भएको प्रथम साइनो । यसरी सञ्जालमार्पmत् सातवटा साइनो सार्वजनिक भइसकेपछि यसको स्वरुप र संरचना के हो भनी चासो राख्ने स्रष्टाहरु धेरै भए । कति जनासँग सञ्जालमै छलफल भयो । यही विमर्शको क्रममा मिसिने क्रम निरन्तर चलिरहेकै छ । सयौं साइनोकारबाट सिर्जना भइरहेको छ, हजारौं साइनो सञ्जालमा पसिसकेका छन् ।
सैद्धान्तिक विमर्श
भाषा साहित्य सृष्टि सौन्दर्य अभिव्यक्त गर्ने विषय हो । यसलाई अर्काे शब्दमा वाङ्मय भनिन्छ । यसले जीवनजगतका समग्रपक्षको सजीव चित्रण गर्छ । यो सन्तुलित प्रकृतिमा जीवनशैली स्थापित गर्ने विषय हो । यसले सृष्टिको आरम्भदेखि निरन्तर सभ्य समाज निर्माण हेतु गति प्रदान गर्दै आएको छ । सामाजिक जीवनका संस्कार, संस्कृति, अर्थ, उद्योग–व्यवसाय, विज्ञानसमेत र वन्यजन्तुका समग्र पाटाहरु खोतलेर नवीन जिज्ञासाहरु बटुल्दैै प्रगतिका ढोका उघारी–उघारी भौतिक सुख–सुविधातिर अभिमुख गराउँदै आएको छ । सामाजिक जीवन जिउने विधि–प्रक्रियामा मिसिएर सिर्जना गरिने हुँदा साहित्य शास्त्रीहरु यसलाई समाजको ऐना पनि भन्छन् । साहित्यका मुख्य विधा कविता, कथा, नाटक, निबन्धमध्ये कविताको उपविधाका रुपमा प्रयोग हुँदै आएको ‘साइनो’ नवीनतम प्रयोग हो । यहाँ साइनोको सैद्धान्तिक स्वरुपबारे सङ्क्षिप्त चर्चा गर्न खोजिएको छ :
पहिलो साइनो
जीवन जिउने क्रममा कति कुरा आकस्मिक हुन्छन् । कति प्रयत्नले प्राप्त गर्छ भने केही पूर्वानुमान विना स्तस्फुर्त सिर्जना हुन्छन् । प्राप्त सिर्जनाले मानव मन जित्छ, आकर्षण थप्छ र सिर्जनाले व्यापकता पाउने गरी तयारी हुन्छ । तीन शब्दगुच्छाको सिर्जनात्मक झुल्को साइनो आकस्मिक सिर्जिएर विकसित भएको विधा हो । यो योजनाबद्ध सोच–विचार, छलफलबाट सिर्जिएको विधा होइन । सोक नसुर्ता भोक न भकारी माथि भनेभैंm एक्कासि प्रस्फुटन भई प्रयोगमा आएको शाब्दिक रुप यस्तो छ :
मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पिसानी !
२०७६।४।१६ मा सार्वजनिक भएको । (न्यौपाने–२०७६, लोक भावना–४८)
परिचय
नेपाली भाषामा प्रचलित शब्द ‘साइनु’ नै साइनो हो । यसको शाब्दिक अर्थ नाता सम्बन्ध, परिवारसँग जोडिएको आफन्त भन्ने हो (न्यौपाने–२०७६, शब्दसंयोजन मासिक–१८८) । यतिखेर साइनो सूत्रात्मक शैलीले व्यक्ति–व्यक्ति सम्बन्ध, व्यक्ति–समाज सम्बन्ध, समाज–राष्ट्र सम्बन्धसँग साहित्यिक सिर्जनात्मक सम्बन्धलाई जीवनजगतको अनुभूतिजन्य सम्बन्ध स्थापित गर्ने क्रममा अघि बढेको साहित्यको विधा विशेष हो । यो साहित्यको नवीन प्रयोगका रुपमा अगाडि आएको छ । यो कविताका विविध उपविधामध्ये नयाँ र प्रयोगात्मक विधा पनि हो ।
साइनोको संरचना चौबिस अक्षरे तीन पङ्क्तिको शब्दगुच्छामा हुन्छ । यी प्रत्येक पङ्क्तिले स्वतन्त्र अर्थ दिन्छन् र तीनवटैको समुच्च एउटै अर्थ अझ बढी गम्भीर हुन्छ । यो व्यङ्ग्य चेतना प्रबल भई व्यञ्जनार्थी संरचना बनेर अगाडि आएको छ । सात, आठ र नौ अक्षरी तीन पङ्क्तिको स्वतन्त्र रचनाले पाठक मन–मस्तिष्कलाई एक किसिमको झङ्कार दिने हुँदा यसलाई व्यङ्ग्योक्तिको झटारो पनि मान्न सकिन्छ । यसले थोरै शब्दमा बेग्लै प्रकारको रसास्वाद गराउँछ । यो आपैmमा पूर्ण संरचना हो । यो कसिलो प्रस्तुति भएकाले बौद्धिक र अनेकार्थी भएर प्रस्टिन्छ । यसले जति अर्थिन खोज्यो त्यति साहित्यिक रस प्रदान गरिरहन्छ (न्यौपाने–२०६७, शब्द संयोजन,१८८) । यसले सामाजमा व्याप्त विसङ्गति बेथितिमाथि घोचपेच गरी सुसङ्गत चेतना सम्प्रेषण गर्ने प्रयत्न गर्छ यद्यपि घोच्नुमात्र यसको उद्देश्य भने होइन । यसले साहित्यिक मूल्यबोध गराउँछ, छोटो र परिष्कृत संरचनामा रहेर पाठकलाई घतपार्नु यसको सफलता र विशेष आकर्षण पनि हो । साइनो कविता भएकाले कवितामा हुने बिम्ब, प्रतीक, लयादि तत्वहरुको अपेक्षा गरिन्छ ।
परिभाषा
कविताको उपविधा साइनो भर्खर तातेताते गर्दै छ । यसले आफ्नो परिचयसम्बन्धी लिखित सूचना पर्याप्त दिन भ्याएको छैन । यसबारे केही स्रष्टाहरुले अनुहार किताब (फेसबुक) मार्पmत् मात्र आ–आफ्नो अवधारणा अघि सार्दै आएको पाइन्छ । तिनै अवधारणालाई यहाँ परिभाषाका रुपमा उल्लेख गरेर लिखित मूल्य स्थापित गर्ने प्रयत्न गरिएको छ :
–मानवहृदय छुँदै मन–मस्तिष्क हुँडलेर बाहिर आउने सात, आठ र नौ अक्षरे स्वतन्त्र शब्दगुच्छाका तीन पङ्क्तिको संरचनाले साहित्यिक स्वादयुक्त समुच्च भाव व्यक्त गर्ने कवितालाई साइनो भनिन्छ । – छायादत्त न्यौपाने ‘बगर’
–पहिलो ७, दोस्रो ८ र तेस्रो ९ अक्षर समूहका स्वतन्त्र तीन पङ्क्तिका अर्थवान् शब्दगुच्छाहरु सहित समुच्चमा मन–मस्तिष्कलाई झङ्कृत पार्ने भाव गहन कविता नै साइनो हो । – केशव ज्ञवाली
– नेपाली वाङ्मयभित्रको कविता/काव्य विधाअन्तर्गत उपविधाको रुपमा नेपाली माटोमै उम्रेको ७, ८ र ९ = २४ शब्दगुच्छाहरुको माध्यमबाट काव्यिक भाव सम्प्रेषित गर्ने कवितालाई साइनो भनिन्छ । – खेमलाल पोखरेल
–सुख–दुख तथा बेथितिमाथि प्रकाश पार्नु, सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक विकृति–विसङ्गतिप्रति व्यङ्ग्य चेतनाले खबरदारी गर्दै सार्वभौम सत्ता सम्पन्न अखण्ड नेपालको समृद्धि हेतु देशभक्त नेपालीलाई एकताको सूत्रमा बाटी चौतर्फी उन्नतिका लागि बलियो भर्याङ बनेर घचघच्याइरहने पवित्र सिर्जनात्मक नातेदारको नाम नै साइनो हो । – कृष्ण पौडेल
– थोरै शब्द लगानीबाट साहित्यिक सुवास छर्दै चोटिलो भावले मानव हृदयलाई झङ्कार दिने तीन पङ्क्तिका शब्दगुच्छाहरुको समूह साइनो हो । – बालकुमार क्षेत्री
– कविताका विविध रुपमध्ये सङ्क्षिप्तमा गहन भाव सम्प्रेषण गर्ने ७, ८ र ९ अक्षरका तीन शब्दगुच्छामा संरचित नेपाली मौलिक सिर्जना नै साइनो हो ।
– सीता सुवेदी पन्थी
– साइनो भनेको कविताको उपविधा सात, आठ र नौ अक्षर संरचनामा रचित स्वतन्त्र अर्थका तीन लाइन हुन् जसले समग्रमा पूर्ण र विशिष्ट अर्थ दिन्छ ।
– धतानन्द शर्मा
–शब्द सुन्दैमा आत्मीय र कर्णप्रिय लाग्ने साइनोले सात, आठ र नौ अक्षरमा रचिएर व्यापक अर्थबोध हुने गरी साहित्यिक रसास्वादन गराउँछ ।
– बाबुराम न्यौपाने उत्स,
–कविता साइनो बौद्धिकभावले मनमस्तिष्कलाई मार्गनिर्देश गरी भाषिक तरलता, शैल्पिक सहजता, कलात्मक संरचना, छरितो प्रस्तुतिमा गहन अनुभूतिजन्य तीक्ष्णता सहितको सात, आठ र नौ अक्षरे तीन पङ्क्तिका स्वतन्त्र अनि समुच्च अर्थ दिने सूत्रात्मक नेपाली काव्यको मौलिक सिर्जनात्मक प्रविधा हो ।
– सुरेश काफ्ले विदारक
–स्वतन्त्र र लोकप्रिय नेपालीपन बोकेको शब्द साइनो पछिल्लो समय कविताको उपविधाका रुपमा देखिएको त्रिपदीय शैलीको साहित्यिक ७–८–९गरी तीन हरफमा लेखिने जम्मा २४ अक्षरीय गद्य कविता हो । –महानन्द ढकाल
– साइनो आपैmमा एक ध्यान हो जसले मनलाई केन्द्रविन्दु बनाएर शरीरबाट पैदा हुने उर्जाशील तरङ्गमा मानवीय संवेग घोली मस्तिष्कबाट शब्द निस्कासन गरेपछि साहित्यिक रुप चौबिस अक्षरको त्रिपदीय संरचना बन्दछ । – मिना डाँगी
–विभिन्न पूmलका थुँगा जडित गुच्छाजस्तै सुन्दर सात, आठ र नौ अक्षरका तीन पङ्क्ति/पङ्क्तिले स्वतन्त्र अर्थ दिई समग्रमा बृहत् अर्थबोध गराउने छोटो रचना नै साइनो हो । – सुरेन्द्र शाही
यी उल्लिखित परिभाषाहरु हेरिसकेपछि, ‘साइनो’ भनेको “प्रबल भावले मन–मस्तिष्क छुने गरी संरचित सात, आठ र नौ अक्षरे तीन पङ्क्तिहरुको स्वतन्त्र तथा समुच्च अर्थयुक्त कविता हो जसको सुगठित संरचना र भाव गहन हुन्छ” भन्ने निष्कर्षमा पुग्न सकिन्छ । यसबारे आउँदा दिनमा विद्वान्हरुका विचार थपिँदै र परिष्कृत हुँदै जानेछन् ।
विकास
थालनी
कुनै पूर्वानुमान विना स्तस्फुर्त सिर्जना भएको साइनो क्रमश: ७, ८ र ९ अक्षरको तीन शब्दगुच्छे सिर्जनात्मक झुल्कालाई साइनो नाम जुराइएको हो । यसका लागि कुनै पूर्व योजना थिएन । सोक न सुर्ता भोक न भकारी भनेभैंm आकस्मिक प्रस्फुटनले दिएको पहिलो शाब्दिक रुप:
मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पिसानी !
२०७६।४।१६ मा सामाजिक सञ्जालबाट सार्वजनिक भएको प्रथम साइनो हो ।
यसरी सञ्जालमा पैmलिएपछि चासो राख्ने स्रष्टाहरु धेरै भए । सञ्जालमै छलफल गरी मिसिने आउने स्रष्टा हुन् केशव ज्ञवाली । यसको निरन्तरतामा जोडिने तेस्रो चौथोको क्रममा खेमलाल पोखरेल, कृष्ण पौडेल, बालकुमार क्षेत्री हुँदै हालसम्म सयौंको सङ्ख्याबाट सिर्जना भइरहेको छ । सिर्जनात्मक हिसाबले हेर्ने हो भने हजारौं साइनो सञ्जालमा पसिसकेका छन् ।
नेपाली मन–माटो खनीखोस्री बिजाधान भई हुर्केको नयाँ विधा साइनोले छोटो समयमा फराकिलो भूगोल र मानव मन–मस्तिष्कमा आफ्नो लागि सुरक्षित ठाउँ बनाइसकेको छ । यो गागरमा सागर भर्ने सूत्रात्मक अभिव्यक्तिको माध्यम विधाका रुपमा चर्चित हुँदै छ । साइनो भौतिक विकासको चरमोत्कर्षमा पुगेका व्यस्त पाठकको रुचि र आवश्यकताले निम्त्याएको साहित्यको नवीन प्राप्ति हो । यसको थालनी नेपाली मन–माटोबाट विसं. २०७६।०४।१६ मा छायादत्त न्यौपाने ‘बगर’ले अनुहार किताब (फेसबुक) मार्पmत् सार्वजनिक गरेपछि भएको हो ।
कविताको छोटो स्वरुप साइनो थोरै समयमा पर्याप्त अनुयायी साङ्लिएको पाएर गतिशील बनेको छ । केही साइनो कविता सार्वजनिक भएपछि त्यसैलाई आधार मानेर केशव ज्ञवाली र छायादत्त न्यौपानेबाट सामाजिक सञ्जाल प्रविधिकै सहायताले आपसमा छलफल गरी सहमति जनाए अनुरुप अलिक व्यापक रुपले अघि बढाउने प्रयत्न गरिएको हो । हाल यसका धेरै अनुयायी साथीहरु बनिसकेका छन् । साइनोको स्वरुप र संरचना विषयलाई लिएर अनुहार किताबमै सक्रिय भई छलफल सहित सिर्जना गर्नेहरुमा केशव ज्ञवाली, खेमलाल पोखरेल, कृष्ण पौडेल, बालकुमारी क्षेत्री, हरिप्रसाद चौलागाई, आकाश पौडेल, सीता सुवेदी पन्थी, धतानन्द शर्मा, घन थापा, बाबुराम न्यौपाने उत्स, शम्भुराम जोशी, सविता भट्टराई, मिना डाँगी, सुरेन्द्र शाही, हरिभक्त पौडेल, उद्धव प्याकुरेल, सुरेश काफ्ले विदारक, प्रमोद भट्टराई, विष्णु पादुका, कमला भण्डारी ढकाल, कविता घर्ती मगर, टंक पन्थ, महानन्द ढकाल, चिरञ्जीवी ढकाल, सीता पौडेल, चन्दावती अधिकारी समेत धेरै जना स्रष्टाहरुबाट मलजल प्राप्त गरिरहेको छ ।
साइनोको आगमन समयको माग र बेफुर्सदी समाजले साहित्यिक रसपानको सटिक अनि छरितो माध्यम खोजी भइरहेका बेला आकस्मिक रुपले भएको हो । यसले अत्यन्त छोटो समयमा गति लिएको छ । साँच्चै भन्ने हो भने यसको पास्नीका लागि मान्य उमेर नपुग्दै पर्याप्त लोकप्रियता हासिल गरेको छ । चार/छ महिने छोटो समयमा यो देश–विदेशमा छरिएर रहेका धेरै नेपाली भाषी स्रष्टाहरुको प्रिय विधा भइसकेको छ । यसैबाट यसको आफ्नो नयाँपन, मौलिक विशेषता र औचित्य पुष्टि हुन्छ ।
साइनो वाङ्मयको नौलो तर गहन प्रस्तुति दिन सक्षम विधा हो । यतिखेर यो साहित्यिक अभियानकै रुपले अगाडि आएको छ । यस अभियानमा नेपालका विभिन्न स्थान र भारत, अफगानिस्तान, स्पेन, क्यानडा, इजरायलमा रहेका नेपाली भाषीहरुबाट समेत सिर्जनासहितको सहभागिता भइसकेको छ र हुने क्रम जारी छ । यससित परिचित हुन उत्सुक एवं रहर देखाउने स्रष्टा त अनन्त सङ्ख्यामा आइरहेकै छन् । पत्रपत्रिकाले पनि स्थान दिँदै आएको पाइन्छ । हालसालै शब्दाङ्कुर मासिक (वर्ष–१८, अङ्क–१२, पूर्णाङ्क–११६) असोज–२०७६ मा यसको प्रथम प्रयोक्ता छायादत्त न्यौपानेसँगको कुराकानीलाई स्रोत बनाई यसकै सम्पादक धीरकुमार श्रेष्ठ मार्पmत् नयाँ विधा ‘साइनो’ सङ्क्षिप्त परिचय शीर्षकको लेख प्रकाशित भएको छ भने यसकै ११७औं कात्तिक अङ्कमा चेतनाथ कणेलको सकारात्मक बेहोरामा साइनो सिर्जनासहितको पाठक प्रतिक्रिया पनि प्रकाशित भइसकेको छ । यसै गरी शृङ्खला मासिक (वर्ष–४१, पूर्णाङ्क–१४६, अङ्क–४, कात्तिक–२०७६ मा सिएल असीम उपनामले साइनोबारे अलिकति कुरा शीर्षकको लेख प्रकाशित छ, यसकै सम्पादित अंश गाउँले देउराली साप्ताहिक, पाल्पाबाट २०७६ कात्तिक महिनाको पहिलो शुक्रवार छापिएको छ । यस्तै स्टार एक्सप्रेस साप्ताहिकमा प्रकाशित भएको देखिन्छ । हाल चल्तीमा रहेको सामाजिक सञ्जालको उपयोग गरी साइनोका अनुयायीहरु सिर्जनामा रुचि र सुझबुझका साथ निरन्तर लागिरहेको देखिन्छ ।
प्रवृत्ति
साइनो अत्यन्त छोटो साहित्यिक विधाका रुपमा प्रयोग हुँदै आएको छ । यसको सूत्रात्मक प्रस्तुतिका चौबिस अक्षरलाई सात, आठ र नौ अक्षरका तीन शब्दगुच्छामा बाँडेर रचना गरिँदै आएको छ । व्यञ्जना शब्दशक्तिका थोरै शब्दको सूत्रात्मक प्रस्तुतिमा बिम्ब र प्रतीकहरु हुने हुँदा यो बौद्धिक पाठकप्रिय विधा पनि मानिएको छ । यसले सटिक ढङ्गले सामाजिक बेथितिमाथि प्रहार गर्ने गरेको पाइन्छ । आंशिक रुपले सांस्कृतिक गतिविधि र राष्ट्रिय चेतना सम्प्रेषणको प्रयत्न गरेको पाइए तापनि मूलभूत रुपमा विसङ्गति–विकृतिलाई घोचपेच गरी सुसङ्गत समाज निर्माण गर्नु नै साइनो स्रष्टाहरुको अभीष्ट रहेको देखिन्छ । निमेषभर समयको लगानीमा पाठकलाई साहित्यिक रसास्वाद गराउनु नै यसको मुख्य ध्येय रहेको पाइन्छ । यसले सफलता पनि यसैमा पाउँदै आएको देखिन्छ । हाल सामाजिक सञ्जालमा आएका साइनोले देशप्रेम, प्रकृतिप्रेम, संस्कृतिप्रति आस्था, मानवीय संवेदना, प्रबल व्यङ्ग्य चेतनासहितका रचना दिएर पाठकलाई साहित्यिक रसास्वाद दिएको पाइन्छ । साइनोकारहरु सशक्त अभियानकै रुपमा नयाँ नयाँ बिम्ब/प्रतीक पहिल्याई परिष्कार परिमार्जन गर्दै युट्युबमार्पmत् प्रत्यक्ष प्रसारण, अनलाइन तथा छापा पत्रिकामा छपाइ र अन्तर्वार्ता समेतको माध्यमबाट प्रचार–प्रसारसँगै सिद्धान्त निर्माणमा जुटिरहेको देखिन्छ ।
निष्कर्ष
साहित्य र जीवनको अन्तर्सम्बन्ध जनाउने नवीन प्रयोग साइनो सङ्क्षिप्तमा गहन अभिव्यक्ति दिने विधा हो । यसले निमेषभरमै मनमस्तिष्कलाई झङ्कृत तुल्याउँछ । थोरै समयमा सटिक अभिव्यक्ति दिने चाखिलो विधाको रुपमा साइनो लोकप्रिय हुँदै आएको छ । यो अनेकार्थी हुने हँुदा बौद्धिक र तार्किक पनि मानिन्छ । यसका अनुयायीहरु बीच बेला–बखत सैद्धान्तिक बहस पनि हुँदै आएको छ । यो के हो ? कसरी सिर्जना गर्ने ? सात, आठ, नौ अक्षर नै किन जस्ता जिज्ञासाहरु प्रकट हुने र आपसी छलफलबाट टुङ्गोमा पुग्ने प्रयास सघनता पूर्वक हुँदै पनि आएको छ । अनुहार किताबबाटै अघि बढेको यस प्रकारको बौद्धिक बहसमा केशव ज्ञवाली, खेमलाल पोखरेल, बालकुमार क्षेत्री, मिलन समीर, मिना डाँगी, सीता सुवेदी पन्थी, हरिप्रसाद चौलागाई, डा.श्याम न्यौपाने, धतानन्द शर्मा, चेतनाथ धमला, उषा बस्ताकोटी/खनाल, शीतल गिरी, शम्भुराम जोशी, सुरेन्द्र शाही, नैनासुब्बा बराइली, विष्णु पादुका, घन थापा, महानन्द ढकाल, मदन थापा, पुण्य घिमिरे, सुरेश काफ्ले, छायादत्त न्यौपाने, सविता भट्टराई, कमला भण्डारी ढकाल, सीता पौडेल, कविता घर्ती मगर, चिरञ्जीवी ढकाल समेत धेरै स्रष्टाको सक्रिय सहभागिता रहेको छ । छलफलको क्रममा सहज सम्प्रेष्य बनाउन सकिएन भने पाठकहरु टाढा रहने हन् कि भन्ने जिज्ञासाले घचघच्याउँदै पनि छ । दुर्बोध्य नहोस् भनी सचेत गराउने साइनोप्रेमी पाठकहरुको सङ्ख्या पनि ठूलै छ ।
साइनो विषय चयनले शिक्षा, स्वास्थ्य, कृषि, राजनीति, व्यापार–व्यवसाय, कानुन, यातायात, राष्ट्रियता, साहित्य समेत विविध क्षेत्र पछ्याउँछ । यसमा व्यक्तिगत कुरा, अन्धविश्वासजन्य भाव झल्किने कुरा, शृङ्गार रसको सस्तो प्रस्तुतिले महत्व पाउँदैनन् । यसले धेरै स्रष्टाहरुमा बेग्लै किसिमको चस्का दिँदै नयाँ जिज्ञासा उत्पन्न गराएको छ । यो विधा सैद्धान्तिक रुपले कसिलो र व्यवहारमा चोटिलो हुने भएकाले दिनप्रति गम्भीर चासोका साथ स्रष्टाहरु साइनो सिर्जना तथा सैद्धान्तिक बहस दुवैमा प्रत्यक्ष जोडिँदै आएको पाइन्छ । लाग्छ यसले निकट भविष्यमै धेरै जनहृदय समक्ष आपूmलाई पुर्याउँछ र सुरक्षित हुन्छ । यसले थोरै समयमै इतिहास कायम गर्ने सम्भावना बलियो हुँदै आएको छ । यही नै हामी साइनो सर्जकहरुको प्राप्ति हो ।