अनुवाद रामबहादुर पहाडी
जङ्गबहादुरको जन्म १८ जुन १८१७ मा काजी बालनरसिंहकी कान्छी पत्नीका कोखबाट भएको हो । धेरै लामो समयसम्म भएको प्रसव पीडाका कारण आफ्नी मालिक्नीको जीवन खतरामा परेको ठानेर सुँडेनीहरूले काजिनीको पीडा असाधारण भएको जानकारी काजीलाई दिए । काजी तुरून्तै सम्हालिए । उनले आफ्नी श्रीमतीको जीवनदान माग्दै ईश्वरको प्रार्थना गरे । उनले प्रार्थना गर्नासाथ एउटी सेविका खुशीको खबर लिएर हुत्तिँदै आई र काजीलाई पुत्रलाभ भएको तथा सुत्केरी र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था पनि सामान्य भएको सुनाई । यो खबर सुनेर प्रसन्न भएका काजी जुरुक्क उठे । उनले पारिवारिक पुरोहितलाई हिन्दूका घरमा एक बालकको जन्म भएकाले विधिपूर्वक धार्मिक अनुष्ठान पूरा गर्न आदेश दिए । यो खुसियाली मनाउन दुःखी गरिबलाई अन्न, वस्त्र दान गरियो । ब्राह्मणलाई पुरस्कार दिइयो र भोजन गराइयो । सेवा सुश्रुषा गर्नेलाई पित्तलका भाँडाकुँडा र कम्बल उपहार दिइयो । यस प्रकारको दान दक्षिणा दिने काम हिन्दु परम्परा अनुसार खुशीका पर्वहरूमा सधैँ गर्ने गरिन्छ । तर त्यस अवसरमा भने अर्काे छुट्टै तथा विशेष प्रकारको खुशियाली मनाउने कार्यक्रम पनि गरियो । अधिराज्यका ठुलाबडा अफिसरहरू काजीलाई बधाई दिन र नवजात शिशुको नाममा दीन दुःखीलाई दान बकस बर्साउन काजीका घरमा आइरिए । चलनचल्ती अनुसार पूर्वीय शैलीमा नाचगानको कार्यक्रम पनि गरियो ।
बाल जन्मेको छ दिनपछि षष्ठी पूजा भनिने एउटा अर्काे उत्सव पनि मनाइयो । हिन्दूकी मातृदेवीको पूजा आराधना गरियो । सोही दिन बेलुकीपख शिशुको जन्मकुण्डली तयार गर्न ज्योतिषीलाई निमन्त्रणा गरियो । अनेक दृष्टिले जोड घटाउ गरेपछि उनीहरूले यो घोषणा गरे – बालक एउटा महानायक हुनेछ । ऊ आफ्नै पौरख र बाहुबलले राज्यको अधिपति हुनेछ । विद्वान सामन्तले गरेको यस्तो भविष्यवाणी, ज्योतिषशास्त्रलाई जीवन्त विज्ञान मानिने, त्यो देश र त्यो युगमा जुनसुकै बालकको पिताको मन हर्षले विभोर हुनु र उसलाई परम सुखको अनुभुति हुनु स्वभाविकै थियो । काजीले भविष्य वक्तालाई प्रशस्त दानदक्षिणा प्रदान गरेर बिदा गरे ।
एघारौँ दिन हिन्दु परम्पराअनुसार नवजात शिशुको न्वारन सम्पन्न गरियो । शिशुले वीरनरसिंह नाम धारणा ग¥यो । यो नाम ज्योतिषले शास्त्रमा जुराएर राखेका थिए । तर यो नाम छोटो समयमा नै परिवर्तन भयो । शिशुका मामा उर्नेल माधवरसिंहले भान्जाको नाम जङ्गबहादुर (युद्धवीर) राख्न रुचाए । यो नाम ज्योतिषीले गरेको भविष्यवाणीसँग पनि तालमेल खान्थ्यो र यही नामबाट नै उनी आज विश्वमा परिचित छन् ।
शिशु छ महिना पुगेर अन्नप्राशनको उत्सव मनाउने दिनसम्म आइपुग्दा पटक पटक विभिन्न प्रकारका धार्मिक उत्सव मनाइए । देशमा प्रचलित परम्परा अनुसार शिशुलाई निकै महङ्गा कपडा र बहुमुल्य जवाहरतले सिँगारेर घोडामा चढाइयो । ठूल्ठूला अफिसर र मन्त्रीलाई समेत अघि लगाएर घरबाट केही परसम्म लगियो । यो अवसरमा पनि दीन दुःखीले राम्रै दानदातव्य पाए ।
बालक तीन वर्ष पुगेका अवसरमा कर्णभेद उत्सव मनाइयो । यो लघु अङ्गकर्तनलाई आजसम्म पनि भारत वर्षका अधिकांश भागमा हिन्दू धर्मावलम्बीको एउटा विशेष लक्षण मानिन्छ । टुप्पी बिनाको हिन्दू, हिन्दू हुन सक्तैन । कान छेडेका ठाउँको छिद्र नपुरियोस भन्ने हेतुले पातका फेद वा धागो पनि घुसारेर सुरक्षित राखिन्छ । केही धनी वर्गले बालकका कानमा सुनका मुन्द्री पनि लगाइदिन्छन् । यस अवसरमा महारानी त्रिपुरासुन्दरीले उपहास्वरूप बालक जङ्गबहादुरका कानका बुट्टा काटेका बहुमुल्य मुन्द्री लगाइदिएकी थिइन् ।
हिन्दू समाजका बालबालिका सामान्यतया पाँच वर्षको उमेर पुगेपछि अक्षराम्भ गर्छन् । यस उमेरलाई महाविद्वान चाणक्यले पनि आफ्ना सुक्तिका अन्यन्त उपयुक्त उमेर मानेका छन् । यही व्यावहारिक सत्यलाई अङ्गिकार गर्दै जङ्गबहादुरलाई अक्षर चिनाउन एकजना गुरु नियुक्त गरियो । गुरूले सुरुमा उनलाई संस्कृत पढ्न सिकाए । तर जङ्गबहादुरको जन्म अर्कै उद्देश्यका लागि भएको थियो । त्यो उद्देश्य पुस्तक पढ्नु थिए । युद्ध गर्नु थियो । युद्धमा उनी प्रज्वलित हुन्थे । त्यसैले पनि होला उनर्ला पुस्तकमा रत्तिभर रुचि भएन, उनका उमेरका अन्य केटाकेटीलाई हुनेजस्तो । शायद उनका भाग्यमा युद्ध मात्र लेखिएको थियो अथवा उनलाई यसको पूवज्ञान थियो । उनमा खेलकुदप्रति अत्यन्त ठूलो आकर्षण थियो । उनको तीव्र इच्छाले नै शायद उनले आफूभित्र लुकेको योद्धालाई प्रकट गरेका थिए ।
हाम्रो पारिवारिक इतिहासमा उनका बाल्यकालका धेरै आख्यान उपाख्यान सुरक्षित रहेका छन् । आठ वर्षको उमेरमा एक दिन उनी दरबारबाट फर्कदै गर्दा आफ्ना बुबाको घोडालाई लगामले एउटा रूखमा बाँधिएको देखे । त्यस दिनसम्म उनी एक दुई उत्सवमा बाहेक कहिल्यै घोडा चढेका थिएनन् । लहड र रहर मेट्ने सुरमा घोडाको लगाम रूखबाट फुकाएर उनी घोडाको पीठमा चढ्न सफल भए । उनले लगाम समात्न नपाउँदै घोडा सर्पट कुद्यो तर उनले निर्भिकतापूर्वक घोडाको जग्गर समाइरहे । घाँटीमा टाँस्सिएर काठीमा थिर भएर बसिरहे । भाग्यवश केही टाढासम्म कुदेर घोडा आफ्नै तबेलामा फर्केर आयो र शान्त भएर रोकियो ।
यसरी खतरा आइपरेका बखत निडरता र शीतलताले उनको जीवन रक्षा ग¥यो । उनलाई सानो चोट पनि लागेन । उनले नराम्रोसँग आफ्ना बुबाको खप्की खाए । बुबाले उनलाई आइन्दा यस्तो दुस्साहस नगर्न चेतावनी दिए । तर यो घटनाले उनका बुबालार्य छोरा निकै साहसी रहेछ र भविष्यमा एक कुशल घोडचढी हुनेछ भनेर आश्वस्त पनि पा¥यो । त्यतिबेलाकै कुरा हो, उनी बुबाको थापाथली बगैँचामा खेल्दै थिए । मन्दिर नजिकको रूख मुन्तिर उनले एउटा सर्प देखे । विषालु सर्पको खतरनाक चरित्र जानी जानी पनि दगुरेर भाग्नुको साटो एउटा हातले कसेर सर्पको टाउको च्याप्प समाते र आफूले गरेको बहादुरीको काम बुबालाई देखाउन लगे । सर्पं त्यतिन्जेल उनको पाखुरामा बेरिएको थियो । उनले सर्पको घाँटी र टाउको छोडेका थिएनन्, अँठ्याइरहेका थिए । त्यसो नगरेको भए उनको ज्यान जान पनि सक्थ्यो । उनका बाबुले भने डरले आत्तिएर छोराको हातमा बेरिएको सर्पको पुच्छर समातेर हातबाट फुत्काए र भुइँमा पछारेर मारिदिए ।
जङ्गबहादुर दस वर्षको हुँदा बागमतिको उर्लदो भेलमा हाम फाले । बाढीमा पौडी खेल्न नसक्दा छालले बगाएर उनलाई परसम्म लग्यो । उनलाई धन्न डुब्नबाट बचाइयो । उनलाई केही निसासिएको अवस्थामा पानीबाट बाहिर निकालियो । त्यसको झन्डै आधा घण्टापछि मात्र उनी स्वभाविक अवस्थामा फर्किए । त्यस दिनदेखि जङ्गबहादुर पौडी खेल्दा निकै सर्तकता अपनाउँथे । फलस्वरूप थोरै समयमा नै उनले सजिलोसँग हात चलाउने कौशल आर्जन गरे । उनी जस्तोसुकै भेलमा पनि चोभार वारपार गर्न सक्ने भए । काठमाडौं छोडेर चोभारसम्म आइपुग्दा बागमतिले साना साना धेरै नदी नाला आफूमा समाहित गरेकी हुन्छिन् । नदीको यस सङ्गममा निकै गहिरो र तथा साँगुरो खोँच परेको छ । एउटा साँगुरो खोँचको बीचमा खुम्चिन बाध्य पानीको यो विशाल राशीले यहाँ महाभुमरीको निर्माण गर्छ । पौडीबाजका लागि यो स्थान अत्यन्त जोखिमपूर्ण हुनेगर्छ । अन्य नदीमा अत्यन्त कुशलतापूर्वक खेल्ने पौडीबाजले पनि यहाँ सजिलैसँग त्यस्तो आँट गर्न सक्तैनन् ।
एघार वर्षको उमेरमा जङ्गबहादुरलाई जनै धारण गराइयो । माथिल्लो वर्गका क्षेत्री समाजको आध्यात्मिक जीवन ब्राह्मण समाजमा जस्तै महत्वपूर्ण छ । कसरतवाजको जस्तो शरीर, चौडा छाती र लामा लामा हात हुने पुरुषलाई हिन्दु समाजमा महापुरुष हुने लक्षण भएको पुरुषका रूपमा लिइन्छ । सायद अयोध्याका राजा रामचन्द्रका यस्तै लामा लामा हात थिए । उनका हातले घुँडासम्म छुन्थे भन्ने विश्वास गरिन्छ । जङ्गबहादुरको मुहुडा सफा थियो, शरीर सक्रिय र फुर्तिलो थियो । उनका आँखा तेजिलार चम्किला थिए ।
उपर्युक्त गुणले सम्पन्न जङ्गबहादुरलाई कुस्ती सबभन्दा मनपर्ने खेल थियो । भारतका धेरैजसो भूभागमा जस्तै नेपालमा पनि कुस्तीको खेललाई आज पर्यन्त राष्ट्रिय महोत्सवका रूपमा मानिन्छ । कुस्तीबाजी र मुक्काबाजी प्रतियोगिताको आयोजना गरेर नागपञ्चमी उत्सव मनाइन्छ । माथिल्लो पद तथा प्रतिष्ठामा रहेका मानिसले पनि यो खेलमा सहभागिता जनाएमा उनीहरूलाई नराम्रो वा सानो मानिस भएको मानिँदैन । प्राचिन रोमन कालको उदाहरण दिएर कसैले यस खेलको वर्णन गर्न सक्छ । तत्कालीन राजा र सम्राटहरू पनि सर्वसाधारण व्यक्ति सरह अखडामा आएर प्रतिद्वन्द्वीसँग भिड्ने गर्थे । जङ्गबहादुरमा पनि कुस्ती खेल्ने जोस र तुजुक थियो, त्यो प्रिय खेलमा उनको प्रविणताका कारण उत्तम प्रतिफल प्राप्त हुन्थ्यो उनलाई । यो सत्य हो उनले एउटै कुस्तीबाजीमा पनि पराजय भोगेनन् । उनले आफ्ना समयमा नाम कमाएका समस्त पेशेवर पहलमानलाइ हराएर एउटा किर्तिमान काम गरेका थिए ।
बाह्र वर्षको उमेरमा टेक्दै गर्दा नेपाली चिकित्सकद्वारा जङ्गबहादुरलाई शीतलाको खोप दिइयो । यो कुरा यहाँ उक्काउँदा अनौठो लाग्न सक्छ तर हामीले यो बुझ्न सक्नुपर्छ हामी अर्ध जङ्गली अवस्थाको नेपालको सन्दर्भमा कुरा गरिरहेका छौँ । यो देश ढोकै जोडिएको चिनको छिमेकी र हिन्दू अन्धविश्वासको एउटा बलियो गढ हो । रानी भिक्टोरियाको शासनकाल सुरु हुनुभन्दा एक शताब्दी पहिलेको घटना हो । त्यतिबेला भारतमा खोपको उपचारले मान्यता पाएकै थिएन भने पनि हुन्छ । यस्तो अवस्थामा समुद्रदेखि धेरै टाढा एउटा कुनामा रहेको नेपालमा खोपद्वारा उपचार गर्नु आफैँमा एउटा अद्भुत कार्य थियो । त्यतिबेला दक्षिण दिशाबाट सभ्यता भर्खर बामे सर्न लागेको थियो । त्यसैले एउटा नेपाली चिकित्सकले त्यतिबेला शीतलाको विरुद्ध दिइएपछि जङ्गबहादुरलाई असाध्यै ठुलो ज्वरो आयो उनी २१ दिनसम्म थला दक्षिणाका प्रभावले उनले स्वास्थ्य लाभ गरे ।
मे १, १८२८ मा थापा खलकका प्रमुख, नेपालका एक कुलीन पुरुषको छोरीसँग जङ्गबहादुरको विवाह भयो । उनको उमेरमा त्यतिबेला मात्र ११ वर्ष पुग्न लागेको थियो । उनी वास्तवमा बाल विवाहको क्रुर पञ्जामा परेका थिए । बाल विवाह प्रथाले शताब्दीऔँ अघिदेखि नेपाल र भारतमा बसोबास गर्ने उनका दाजुभाइको व्यक्तित्व निर्माण गर्ने कामलाई नै नष्ट गरिरहेको थियो । भारतमा बस्ने नेपाली र स्वदेशी नेपाली जनमा पनि बाल विवाह प्रथाको दुष्परिणाम पहिल्याउन हामीलाई सजिलो भएको छ । यो प्रथा आजसम्म दुवै देशमा प्रचलित छ, यद्यपि अल्पमतको सभ्य समाजले यस प्रथाका विरुद्ध आवाज उठाइरहेकै छ ।
यो विवाह सम्पन्न भएको केही महिनापछि मेरा हजुरबुबालाई धनकुटाको प्रशासकमा सरुवा गरियो । यो औताहा हृदयी केटोलाई नयाँ घर र व्यवस्थाले आनन्दको ताजा स्रोत प्रदान ग¥यो । शिकार खेल्नु, कुस्तीबाजी गर्नु, मुक्काबाजी गर्नु, बाज लडाउने खेल गर्नु इत्यादि क्रियाकलापले जङ्गबहादुरलाई ठुलो आनन्द प्रदान ग¥यो । त्यसकारण समवयस्क केटाहरूले उनको ईष्र्या र डाह गर्नु स्वभाविक हुन्थ्यो । उनीहरू त्यस्तो अवसर प्राप्त गर्न लालयित हुन्थे । तर सरकारी हैसियतले जङ्गबहादुरलाई यी सब क्रियाकलापमा क्रियाशिल हुन अनुमति दिँदैनथ्यो । उनले युद्धकालमा केही तालिम लिए । स्थानीय भाषामा ‘गडका फरिया’ भनिने धनुर्विद्यामा पनि आवश्यक निपुणता हासिल गरे । धनुर्विद्याको प्रसङ्ग कोट्याएर मध्ययगुतर्फ फर्कनु हामीलाई त्यति आवश्यक थिएन किनभने नेपालमा अग्नि अस्त्रको प्रवेश भएपछि पनि युद्ध परम्परा हतियारको रूपमा धनुर्विद्या नै धेरै अघिदेखि प्रचलनमा थियो ।
सन् १८३२–३३ को हिउँदमा जङ्गका बुबाको पुनः डडेल्थुरा सरुवा भयो । यहाँ आएपछि जङ्गबहादुरले शाङ्करा, वाण, जन्जीरजस्ता केही नेपाली शैलीका हतियार चलाउने काममा साथै नियमित रूपमा मुक्काबाजीको तालिम पनि प्राप्त गरे । कुनै बखत सैनिक शिक्षाको अभिन्न अङ्गका रूपमा मुक्काबाजीको तालिम पनि प्राप्त गरे । कुनै बखत सैनिक शिक्षाको अभिन्न अङ्गका रूपमा रहेका यी युद्धव्यूह बारुदको अविष्कार भएपछि लोक हुन गए । जङ्गबहादुरले बन्दुक बनाउने र तारो हान्ने काममा व्यावहारिक ज्ञान र सीप आर्जन गरे । यहीँ हुँदा नै उनी सैनिक सेवामा प्रवेश गरेर विशिष्ट श्रेणीमा उतीर्ण भए । तारो हान्ने कलामा यति छोटो समयमा नै निपुणता हासिल गरेर विशिष्ट श्रेणीमा पुग्न सफल भएको देख्दा जो कसैलाई पनि आश्चर्य लाग्नु स्वभाविकै हो । यस कलामा उनले प्राप्त गरेको वर्णनयोग्य र चमत्कारी कार्यबारे एउटा कथा हामीलाई प्राप्त भएको छ ।
एक दिन स्थानीय सेनाका जुनियर तहका अफिसरले तारो हान्ने प्रतियोगिता गरेछन् । शर्त थियो – तोकिएको समयभित्रै तीन सय गज टाढाको निसानामा उभिएरै पाँच पटक र पाँच सय गज टाढाको निसानामा घुँडा टेकेर पाँच पटक गोली हान्नुपर्ने । जङ्गबहादुरले एकपछि अर्काे गर्दै आठ पटक निसाना मारेर थुप्रै प्रतियागीका बीच प्रथम पुरस्कार जिते । यो काम पहाडियाका लागि पनि त्यति सजिलो थिएन । उनका रमाइला लाग्ने प्रिय खेलमध्ये एउटा थियो – स्थानीय भाषामा चक्र भनिने एउटा इस्पातको चक्कालाई भिरालो जग्गामा गुडाउने र यसलाई दायाँ र बायाा त्यस्तै अगाडि र पछाडिबाट तारो हान्ने । यो अभ्यासले उनलाई हिँडिरहेका जनावरलाई गोली हान्ने कलामा ठुलो उपलब्धि हासिल भयो । यो अभ्यास उनले आजीवन व्यवहारमा ल्याए र आफ्नो देशमा मात्र होइन युरोपेली देशमा पनि प्रदर्शन गरेर नाम कमाए ।
जनवरी १८३५ मा बालनरसिंहको जुम्लामा सरुवा भयो । पैदल सेनाको सेकेन्ड लप्टनको दर्जामा पदोन्नति भइसकेका जङ्गबहादुर आफ्ना बुबासँग नयाँ निवासमा बस्न गए । उनको तगडा सुझबुझ र जन्मसिद्ध प्रशासनिक क्षमताले उनका बुबालाई प्रशासन चलाउने जस्तो कठिन काम पनि सफलतापूर्वक निर्वाह गर्न ठुलो सहयोग ग¥यो । भर्खर स्कुल छोड्ने उमेरमा पुगेका केटा जङ्गबहादुरले आफ्ना बुबालाई एउटा प्रान्तकै सरकार चलाउन सहयोग गरिरहेका थिए ।
सन् १८३७ मा नेपालमा एउटा क्रान्ति भयो । थापा खलक राज्यका सर्वेसर्वा थिए र पाण्डे पक्षका प्रतिद्वन्द्वीहरू बलपूर्वक राज्य सञ्चालनका क्रियाकलाप र अधिकारबाट बञ्चित गराइएका थिए । मानिसका जीवनमा निसन्देह यस्तो औँधि आइहाल्दो रहेछ र खास गरेर यस्तो दुःखदायी अवस्था राजनीतिक क्षेत्रमा आउँदो रहेछ । समुद्रमा आउनेजाने औँधिजस्तै हुँदोरहेछ । मान र प्रभाव शुन्यमा झ¥यो । भीमसेन थापासँगै उनका पक्षधर भएकै कारण बालनर सिंहको पनि पद मात्र होइन उनका छोरा जङ्गबहादुरको जागिरसमेत खोसियो । यसका साथै उनको सर्वस्वहरण गरियो । यी सब दुःखद परिघटनाका कारण प्रतिशोधको राजनीतिले जरा गाड्यो । फलतः सम्पूर्ण राजनैतिक र राष्ट्रिय नीतिलाई एकातिर पन्छाएर हिंसा र हत्याको मार्गतर्फ राष्ट्र उन्मुख भयो । पूर्वी राष्ट्रमा कुनै व्यक्तिको सम्पति राज्यले अधिग्रहण गरेको अवस्थालाई राजनीतिक अधिकार खोसिएको मानिन्छ ।
पूर्व प्रशासक र उनका छोरा, पद प्रतिष्ठा र सम्पत्ति हरण भएको अवस्थामा काठमाडौं फर्के । दानवीर बालनरसिंह एकाएक भीखमङ्गाका रूपमा परिणत भए । ती यी सब देखावटी कृत्यबाट विमुख हुनु परे पनि उनको हृदयभित्र परोपकारको पवित्र भावना हराएको थिएन । उनले आर्यघाटमा एउटा पुल निर्माण गराउन लागेका थिए तर आर्थिक अभावका कारण त्यो काम अधुरो छोड्नु परेको थियो । यो पवित्र उपयोगिताको काम पूरा गर्न उनले आफ्ना भतिजा वीरभद्र सक्षम पन्ध्र हजार रुपियाँ ऋण याचना गर्न पाए, तर ऋणदाताले मदमत्त र अभद्र शब्दमा उनलाई हप्काउँदै पेचिलो शब्दमा ‘आठ छोरा मात्र भएको तर श्री सम्पत्तिको नाममा एक कौडी पनि नभएको मानिसलाई बिना धितो कसरी ऋण दिऊँ’ भनेर जवाफ दिए । बालनरसिंहले पनि रिसको झोंकमा पत्युत्तर दिए, ‘मेरा आठ भाइ छोरा धितो रहनेछन् । उनीहरू एक दिन उच्च पदमा स्थापित हुनेछन् । तिम्रा छोरालाई उपकार गर्न सक्षम हुनेछन् । तिम्रा छोरा यस उपकारका लागि कृतज्ञ हुनेछन् ।’ नभन्दै भाग्यले पल्टा खायो । बालनरसिंहको एउटा छोरो ख्यातिको ठुलो शिखर चुम्न सफल भयो । त्यस देशका प्रत्येक नागरिक उनको हातबाट दया, मायाको भीख माग्न लालयित र विवश हुन गए ।
वीरभद्रले आफूलाई गरेको अपमान र हेलायुक्त शब्द जङ्गबहादुरले बिर्सेका थिएनन् । मनमा सँगालेर राखेका थिए । उनले वीरभद्रलाई कहिल्यै पनि माफी दिन सकेनन् । त्यसैले गर्दा सर्वशक्तिमान भएपछि उनले आफ्ना सबै काकाका छोरालाई जर्नेल बनाए पनि वीरभद्रको छोरालाई उनको मृत्यु हुने बखतसम्म पनि कर्नेलमा मात्र सिमित गराएर राखे ।
युवक जङ्गबहादुरका लागि खाइपाइ आएको पद र प्रतिष्ठा गुम्नु ठुलो विपत्ति थियो । राजकीय परिवारमा जन्म लिएका उनलाई गरिबी र दरिद्रता कस्तो हुन्छ केही थाहा थिएन । तर यस्तो अवस्था बेहोर्नुपर्दा उनी निरास भएर जुवा खेल्ने लतमा लागे । त्यस समयमा हरेक वर्गका परिवारमा जुवा खेल्ने कुरीति थियो तथापि यसलाई खराब काम मानिदैनथ्यो । बरु जुवालाई एउटा सामाजिक प्रतिष्ठाको खेलका रूपमा लिइन्थ्यो । विजेतालाई हस्तकौशलको निपुण खेलाडी भनिन्थ्यो । भारतीय दण्ड संहितामा खुलमखुल्ला जुवा खेल्नु दण्डनीय भए तापनि हिन्दू समाजमा यसलाई धार्मिक दृष्टिकोणले पूजा अर्चनाको रूपमा पनि हेरिन्थ्यो । खास गरेर दीपावली पर्वका तीन दिन जुवाडेर्ला जुवा खेल्न छुट दिइन्थ्यो ।
जुवाको खेल व्यापक छ । माथिल्लो भारतमा दीपावलीको चाडपर्वमा जुवा नखेल्ने कोही हुँदैन । कार्तिक महिनामा पर्ने यो चाडलाई विश्वभरिका हिन्दूले मनाउने गर्छन । शायद यो दुव्र्यसनलाई महाभारतमा वर्णन गरेर पवित्र काम मानिएको छ । यद्यपि यस अनाचारी कर्मले कैयौ शक्तिशाली राजाका वंशकै सर्वनाश भएको इतिहासको पनि प्रतिनिधित्व गर्छ । आफ्ना धर्म र आस्थाको निर्वाह र रक्षा गर्नुभन्दा बुद्धि नभएका मानिसका भीडले, वैदिक शास्त्रलाई बङ्ग्याएर आफ्ना दुष्कर्मको प्रतिरक्षा गर्नका लागि सक्रिय रूपमा प्रोत्साहन दिएको र यसको सामान्य प्रसङ्ग मात्र उठाएर यस्तो परम्परालाई चिरस्थायी गराएको छ ।
यो परम्परा भङ्ग गर्नुभन्दा पालन गर्नुमा गर्व गरेको छ । एकदिन एघार सय रुपियाँ जुवामा हारेर त्यसको भुक्तानीका लागि निकै कडिकडाउ गरिएपछि, जङ्गबहादुर नेपालका अति महत्वपूर्ण तीन शहरमध्ये एक पाटनको एकजना भैँसीको मासु व्यापार गर्ने धनबहादुर नाम गरेको कसाई कहाँ ऋण माग्न गएछन् । त्यो मानिस सानो व्यापारी थियो । त्यसैले ऊसँग साना साना दाम पैसाहरू मात्र थिए । जङ्गबहादुर त्यही पैसाको गरुङ्गो भारी बोकेर आए र जुवामा सापट लिएको त्यो रकम तत्काल चुक्ता गरिदिए । त्यो रकम वास्तवमा तिर्दै नतिरेको भए पनि हुन्थ्यो । अथवा त्यसमध्ये अलिकति मात्र तिरेको भए पनि हुने थियो तर जङ्गबहादुर अति इमानदार र आफ्ना वचनका पक्का थिए । उनी आफ्ना साहुलाई ठग्ने वा धोका दिने कामको कल्पना पनि गर्न सक्तैनथे । तर उनको आर्थिक अवस्था झन्भन्दा झन् बिग्रदै गयो । अतः उनले हरेस खाएर देश नै छोडेर मुगलान पसे । केही समय उनी हात्ती पक्डेर ऋण तिर्ने आशाले तराईमा बसे । तर यो काम अति अव्यवहारिक र आकाशको फल टिप्नुजस्तै थियो । यसले जङ्गबहादुरको विचार र साहसको परिचय मात्र दिन्छ । कुनै पनि हात्ती उनको सामु ‘मलाई पकड’ भनेर आएन । यसरी उनी झन् निराश भएर बनारसतिर लागे । आफ्नो भाग्य परीक्षण गर्दै उनी एक वर्षभन्दा बढी समय ढुङ्गालाई सुनमा परिणत गर्ने रहर गर्दै बनारस बसे । तर त्यहाँ पनि उनले स्वार्थी संसारको जीवन पद्धतिव र एउटा विदेशीले भोग्नुपर्ने पीडा शिवाय केही पाउन सकेनन् । उनले पवित्र नदीको अत्यन्त व्यस्त ठाउँ, शहरको नजिकै रामघाटमा डेरा लिएका थिए । हाल रामघाट नेपाली खपडाको नामले चिनिने नेपालीहरूको एउटा प्रसिद्ध अखडा भएको छ ।
सन् १८३९ फेब्रुअरीमा उनी काठमाडौं फर्के । तर उनको अवस्था पहिलेकै जस्तो थियो । घर फर्कदा उनलाई एउटा अर्काे दुर्भाग्यले पर्खिरहेको रहेछ । उनी आइपुग्नुभन्दा एक महिना पहिले उनकी श्रीमतीको मृत्यु भएको रहेछ ।
फेब्रुअरी १८३९ मा सनकसिंहकी बहिनीसँग उनको दोस्रो विवाह भयो । पछि गएर यिनै महिला मेरा जेठा दाजुहरू जनरल जगतजङ्ग र जितजङ्गकी माता भइन् । यो विवाहले उनलाई कमसेकम तत्कालका लागि केही आर्थिक राहत दियो । दाइजो बापत प्राप्त भएको रकमले उनले धनसुन्दरको कर्जा तुरुन्तै तिरिदिए । यी आर्यपुत्रीसँग उनको विवाह भएको मितिदेखि उनको महानताको सुरुवात भएको लक्षण थाहा पाउन सजिलो भएको थियो । पुरुषको भाग्य केही अंशमा उसको श्रीमतीको हातबाट निर्माण हुन्छ, अर्थात ‘लोग्ने मानिसका भाग्य केही अंशमा उसको श्रीमतीको हातबाट निर्माण हुन्छ भन्ने भनाइको हिन्दु समाजमा व्यापक मान्यता र विश्वास रहेको छ । यो विश्वासले एउटा तथ्यको जग हालेको देखिन्छ । यो विवाहपश्चात जङ्गबहादुरको जीवनको महानता र सम्पूर्ण सफलताको अनुक्रम एकपछि अर्काे खुड्किलो आरोहण गर्दै अगाडि बढ्यो । यो कल्पनामा विश्वास गर्ने मानिसले ‘नेपोलियन बोनापार्टको जीवनीको एउटा प्रसङ्गको जिकिर प्रस्तुत गरेर यस कथ्यलाई प्रमाणित गर्न सक्छ र भन्न सक्छ नेपोलियन बोनापार्टको भाग्यको सुरुवात पनि जोसेफिनसँग उनको विवाह भएको दिनदेखि सुरु भएको हो । त्यस्तै उनको पतनको सुरुवात पनि जोसेफिनसँगै दुखान्त सम्बन्धविच्छेद गरेको र मारिया लुइजासँग उस्तै किसिमको दुर्भाग्यपूर्ण विवाह सम्बन्ध स्थापित गरेको दिनबाट सुरु भएको मानिन्छ ।
फेब्रुअरी १८४० तिर नेपालका राजा राजेन्द्रबिक्रम शाह हात्तीको शिकार खेल्न तराईतिर गए । जङ्गबहादुरको एउटा दल पनि यसमा सामेल थियो । त्यहाँ उनले राजाका आँखामा प्रत्यक्ष रूपमा आफ्नो बहादुरी र पराक्रम देखाउने अवसर प्राप्त गरे । दरबारको राजकीय सूचिमा उनको नाम दरियो । शिकारीहरूले जङ्गली हात्तीलाई घेरामा पारेका थिए, तर त्यसलाई समातेर कैद गर्न सकिरहेका थिएनन् । त्यही बेला जङ्गबहादुर हातमा बलियो रस्सी लिएर अगाडि हामफाले र आफ्नो ज्यानको माया मारेर रिसले मातेको दारे हात्तीको पछाडिका खुट्टा बाँँध्न सफल भए । उनलाई तत्काल पैदल सेनाको कप्तान बनाएर पुरष्कृत गरियो । भाग्यको अन्तिम प्रतिफलका रूपमा राजा राजेन्द्रविक्रम शाहका हातबाट उनलाई यो पुरस्कार प्राप्त भयो । त्यसपछि पनि उनले बहादुरीका धेरै कर्म गरे । तीमध्ये केही हालसम्म पनि सुनिएका जानिएका छन् । ती बहादुरीका कर्ममध्ये केही हाम्रो पारिवारिक इतिहासमा आधिकारिक रूपमा लेखिएका छन् ।
अप्रिल ५, १८४० मा बसन्तपुर राजदरबारको पटाङ्गिनीमा ‘राँगो युद्ध’ गराइएको थियो । नेपालको राँगा जुधाइलाई स्पेनको प्रसिद्ध साँडे जुधाइ खेलसँग तुलना गर्न सकिन्छ । यस विषयमा कवि लर्ड बाइरनले आफ्नो काव्य ‘चाइल्ड ह्यारोल्ड’ मा तस्वीरसहित विविध विवरण दिएका छन् । हाम्रो नेपालमा यस्ता जुधाइहरू साँडेका कहिल्यै हुँदैनन् । सधैँ राँगा जुधाइका मात्र हुन्छन् किनभने साँडेलाई हिन्दुधर्ममा पवित्र जनावरका रूपमा मानिन्छ । हाल भइरहेको सनसनीपूर्ण खेलमा एउटा राँगो युद्ध घेराबाट बाहिर निस्केर राजकीय तबेलामा लुक्न गयो । पीडा र क्रोधले बौलाहाजस्तो भएको त्यो भीमकाय जनावरले उसको नजिक भेटिने जोसुकैलाई पनि हुत्याउने बल ग¥यो । यस्तो लाग्थ्यो मानौ उसले आफ्नो सुरक्षित किल्लाबाट विश्वलाई चुनौती दिइरहेको छ । ऊ छिरेको रक्षणस्थलबाट उसलाई समातेर बाहिर निकाल्ने सबै प्रयास विफल भए । त्यसैबिच एक हातमा बलियो रस्सी र अर्काे हातमा एउटा कम्बल लिएर जङ्गबहादुर बिस्तारै राँगोका आँखा छलेर बडो सावधानीपूर्वक उसको खुट्टा बाँध्न सफल भए । उनले राँगोको पुच्छर निमोठ्दै उसलाई बाहिर निकाले । यस्तो विकराल रूप धारण गरेको पशुलाई यति सजिलै बिना बल प्रयोग काबुमा ल्याएको आफैँमा एउटा आश्चर्यजनक दुश्य थियो। रमिता हेर्न उपस्थित भएका मानिसले मान्यताविहिन यो युवा नायकको मुरीमुरी प्रशंसा गरे । यस अवसरमा राजाले समेत प्रतिक्रिया जनाए, ‘वास्तवमा जङ्गबहादुर हामीमध्ये सबैभन्दा वीर पुरुष हो ।’
त्यसको चार महिनापछि जङ्गबहादुरले फेरि एकपटक अर्काे चमत्कारपूर्ण बहादुरी देखाए । अगस्त १, १८४० मा काठमाडौंको कुनै व्यापारीको घरमा ठुलो आगलागी भयो । त्यसबाट मूल्यवान वस्तु बचाइए पनि सबैजसो नजिकका मानिस आफ्नो ज्यान जोगाउने सुरमा त्यहाँबाट यत्रतत्र भागे । विचरी एकजना महिला र पाँच÷छ वर्षकी बालिका भने समयमै भाग्न सकेनन् । बचाउन सक्ने समय कटिसकेको र आगोले उग्ररूप लिइसकेको अवस्थामा ती दुई हराइसकेका थिए । बलिरहेको भवन नजिक जाने कसैले पनि साहस गर्न सकेनन् । ती महिलाको लोग्नेसमेत डराएर पछि हटे । बिचरी दुई अभागिनीले जीवन रक्षाका लागि गरेको याचना र चित्कार हृदयविदारक थियो । त्यो हृदयविदारक दृश्य देखेर जस्तोसुकै निर्दयी मानिसका हृदय पनि पग्लन्थ्यो । त्यहाँ दया देखाएर रुन धेरै मानिसको भीड लागेको थियो तर बबुराको आत्माको लागि सहयोगको हात उठाउने कोही थिएन । एउटा भागबाट फैलिएर अर्काे भाग हुँदै आगो एउटा डल्लोको रूपमा परिणत भयो ।
एउटा साँघुरो प्रवशे मार्गमा मात्र आगोले भेटेको थिएन तर त्यस साँघुरो गल्लीबाट प्रवेश गर्नु सोच्न पनि नसकिने अवस्था थियो किनभने यस माथिको बिममा आगो लागिसकेको थियो र चट्याङ परेझै चड्किरहेको थियो । ठ्याक्कै ढोकै अगाडि घरमा जलेका भागका टुक्रा खसिरहेका थिए । ती दुई जीवले ज्यानको माया मारिसकेका थिए होलान्, त्यसैबीच जङ्गबहादुर आइपुगे । ती दुई अभागी आत्माका पीडा र उनका पति पिताले आफ्नै आँखा अगाडि आफ्ना प्रिय पत्नी र छोरी जिउँदै जलेर खरानी हुन गइरहेको अवस्थामा गरेको टिठलाग्दो याचना र बिलौनाका कारण जङ्गबहादुरको मन दया भावले पग्लेर आयो । उनले आगोसँग खेलेर जसरी भए पनि आफ्नो लक्ष्य प्राप्त गर्ने निर्णय गरे । त्यस गल्लीभित्र कुनै वस्तु पनि राम्रोसँग देखिन छोडेको अवस्था थियो । धुवाँले पुरै सेरोफेरो ढाकेको थियो । त्यो क्षण अत्यन्त जोखिमपूर्ण, अत्यन्त डरलाग्दो र चिन्तायुक्त क्षण थियो । यसपछिको अर्काे क्षण भने अवर्णनीय आनन्दको क्षण थियो ।
दुई प्राणीमध्ये सानी चाहिँलाई उनले पीठमा बाँधेका थिए । यसैबीच ईश्वरले उनीहरूको रक्षार्थ पृथ्वीमा पठाएजस्तै बादलरूपी धुँवाले ढाकेको जङ्गबहादुरको शरीर आगोको मुस्लोबीचबाट सुरक्षित अवस्थामा फुत्त निस्केर तिर्मिराएका र उत्सुक दर्शकका आँखासामु प्रकट भयो । यो उद्धार कार्य सम्पन्न भएको ठीक तीन मिनेटपछि घरको छानो गल्र्याम्म खस्यो । मानिसका अनियन्त्रित भिडको यो दृश्य हेर्नलायक थियो भने उनीहरूका सन्तान, परिवार र मुकुरिएका पिडितका तर्फबाट प्रकट गरिएका कृतज्ञताका शब्दहरू आफैँमा सुन्न लायक थिए । तर जङ्गबहादुरको स्वास्थ्यमा परेको हानिकारक प्रभाव निकै कडा थियो । उनले प्रदर्शन गरेको शारीरिक पौरुष अति विशिष्ट प्रकृतिको हुनुका साथै त्यसले उनी आफैँमाथि पारेको मानसिक प्रभाव वर्णन गर्न योग्य थियो । यही प्रभावका कारण उनी ज्वरोले ग्रस्त भएर एक महिनाजति विछ्यौनामा परे ।
उनले देखाएको यो बहादुरी एउटा विशुद्ध, निस्वार्थ र महान् कार्य थियो । यस्तो अपूर्व कार्य सायद उनले आफ्नो जीवनमा पहिले कहिल्यै गरेका थिएनन् । उनको यो महानकर्म कुनै लेखकले सुनौला कर्महरू नामक एउटा पुस्तकमा वर्णन गरेजस्तै अजर र अमर आख्यान थियो । यो एउटा पवित्रतम आत्मबलिदानको सर्वाेत्तम उदाहरण थियो । आफ्नै जीवन दाउमा राखेर गरिएको साहसिक यात्रा थियो । उनको यो महानकार्य स्तुतियोग्य र स्मरणयोग्य ऐतिहासिक घटनाका रूपमा राष्ट्रका इतिहासमा पनि वर्णन गरिनुपर्दछ । यस सत्य कथाले जङ्गबहादुरभित्र रहेको मानवता तथा महानतालाई स्थापित तथा प्रमाणित गरेको छ ।
त्यही महिनामा यी महानायकको अर्काे चमत्कारपूर्ण महाकार्य पनि घटित भएको छ । वर्षाको मौसम थियो । मनोहरा नदीमा भयङ्कर बाढी आइरहेको थियो । एक दिन जङ्गबहादुर आफ्ना एक जना साथीसँग नदी किनारमा प्रातः भ्रमण गर्दै थिए । त्यसैबीच उनले दुई जना महिलालाई नदीको भेलले बगाइरहेको देखे । ती महिला पानीमा डुबेर मृत्यु सम्मुख पुगिसकेका थिए । तर जङ्गबहादुरले त्यो दयनीय दृश्य देख्नासाथ एक क्षण पनि भेलमा पौडिदै ठुलो साहसका साथ दुवै महिलाका कपाल समाती नदीबाट बाहिर निकालेर उनीहरूको ज्यान बचाइदिए ।
यस अवधीमा घटेका यसप्रकारका अरू कैयौँ कथा हामीकहाँ उपलब्ध भएका छन् । ती सबै कथाले जङ्गबहादुरको व्यक्तिगत साहस र बहादुरीको वर्णन गर्छन । तपाईंहरूलाई दिक्क नलागोस् भन्ने मनसायले म यहाँ तीमध्ये केही उदाहरणीय सत्य कथा मात्र प्रस्तुत गर्ने जमर्काे गर्नेछु । सत्यभन्दा पनि धेरै सत्य ती घटनाले जङ्गबहादुरको जीवनको सम्पूर्ण इतिहास आफैँ वर्णन गर्छन । ती घटना उनको चरित्र र जीवनमा घटित सत्य घटना हुन् । उनी राष्ट्रका इमान्दार र देशभक्त सिपाही थिए । उनी सिपाही त थिए नै, एउटा विशुद्ध सिपाही पनि थिए । यी कथाले उनको मानव प्रकृति र प्रवृत्तिको एउटा गम्भीर तथा जीवनको उज्ज्वल पक्ष पनि उजागर गरेका छन् । तर अपसोच ! त्यस्ता गुणी व्यक्ति र तीनका गुणहरू आजको समयमा ह्रास भइरहेजस्तो लाग्छ । किनभने व्यक्तिको पुरुषार्थलाई आजभोली मुढेबल मानिन्छ । त्यस्तो व्यक्तिको बुद्धि र विवेक उनको पुरुषार्थभन्दा श्रेयस्कर पक्ष हो भन्ने विषयलाई सस्ता टुक्का र उखान हालेर उडाइन्छ । आजभोली व्यक्तिगत बहादुरी देखाउनुमा भन्दा सैनिक शक्ति, सामुहिक रूपमा तय गरिएको रणनीति र चतु¥याइँमा बढी प्रभाव निर्भर रहेको हुन्छ । यस्तो हुनुको प्रमुख कारण निश्चय पनि आधुनिक युगका आविष्कारहरू हुन् । अग्नि अस्त्रले मानव अस्त्रलाई पूर्णतया विस्थापित गरिदिएका छन् ।
मजस्तो पहाड चढ्न सिपालु मान्छेलाई आधुनिक युद्धकला आइन्दा यन्त्रद्वारा सञ्चालित हुनेछ जस्तो प्रतीत हुन्छ । मौलिक रूपमा प्रतियोगितात्मक परीक्षाजस्तो लाग्ने आधुनिक लडाइँहरूमा शक्ति परीक्षणको सट्टा केबल बुद्धि परीक्षण मात्र हुनेछन् । बारुदले युद्धको मोहलाई नष्ट गरिदिएको छ र सिपाहीलाई यान्त्रिक साधनभन्दा अलिकति मात्र उच्च स्थानमा राखेको छ । म आशा गर्छु जङ्गबहादुर पुरानो किसिमका सिपाही थिए भन्ने कुरा सबैलाई स्पष्ट भयो होला । उनीसँग अङ्ग विन्यासको सुस्पष्ट तàव प्रकृतिप्रदत्त सामथ्र्य र साहस थियो । उनको यद्धसम्मत चरित्र किञ्चित रूपमा अति मानवीय बल, वर्कत र बहादुरीका कथाका माध्यमबाट पूर्ण रूपमा व्याख्या गरिएको छ तथापि अरू केही कुरा भने बाँकी नै छन् । तीनको वर्णन नगर्ने हो भने अहिलेसम्मका कथा अपुरा जस्ता लाग्नेछन् ।
सेप्टेम्बर १२, १८४७ मा नजिकैको जङ्गलबाट निस्केको एउटा चितुवा काठमाडौंमा एकजना नेवारको घरभित्र छि¥यो र त्यस परिवारमा एउटा भयङ्कर आतङ्क सिर्जना ग¥यो । फलतः पुरै परिवार घर छोडेर भाग्यो । त्यस घरका अगाडि एकैछिनमा कतै त्यो चितुवा आएर आफूलाई नै खाला भन्ने डरले मानिसको एउटा भिड अलिक टाढै जम्मा भयो । त्यसैको हल्लाखल्लाले गर्दा जङ्गबहादुर त्यो घटनास्थलमा आइपुगे । परिस्थितिको निरूपण गरेपछि उनले तत्काल आफ्नो अनुहारमा बाँकी एउटा पेरुङ्गो लगाए र घस्रिदै त्यस घरभित्र छिरेर चितुवाको खुट्टा बाँधे । त्यसपछि उनले चितुवालाई नियन्त्रण गर्नका लागि अन्य व्यक्तिको सहयोग मागे । फलस्वरूप चितुवा जिवितै अवस्थामा समातियो । जङ्गबहादुरको त्यस चितुवालाई राजकुमार समक्ष उपहार स्वरूप टक्रयाए । उनको यस साहसिक कार्यबाट आएको त्यो उपहार पाएर राजकुमार पनि अति प्रसन्न भए।
अर्काे घटना त्यही वर्ष नोभेम्बर १८४० मा घट्यो । राजासमक्ष दहचोकको पहाडी क्षेत्रमा एउटा चितुवाले व्यापक आतङ्क मच्चाइरहेको छ भन्ने सूचना आयो । त्यसैले राजा जङ्गबहादुरका साथै आफ्ना अरू केही अफिसरहरू लिएर त्यस क्षेत्रका जनताको सुरक्षार्थ खतरायुक्त दिशातर्फ प्रस्थान गरे । त्यो हिंस्रक जनावरको धेरै खोजी गरियो र आसन्न खतरालाई ध्यानमा राखेर सिकारीलाई धराप थापेर बस्न लगाइयो । नभन्दै त्यो चितुवा एउटा झाडीबाट निस्क्यो र आकस्मात एउटा सिकारीलाई झम्टेर भुइँमा पछा¥यो । त्यो देखेर केही टाढा रहेका जङ्गबहादुर दगुर्दै अगाडि बढे र आफ्नो तरबारले त्यस डरलाग्दो जनावरमाथि प्रहार गरे । त्यो जनावर रिसले झन् चुर भयो र त्यस शिकारीलाई छोडेर आफूमाथि आइलागेको आक्रमणकारीमाथि झम्ट्यो । जङ्गबहादुरले घाइते अवस्थामा पनि त्यस चितुवामाथि प्रहार गरे, त्यो चितुवा काटिएर दुई टुक्रा भयो । अलि परबाट त्यो दृश्य हेरिरहेका राजाले जङ्गबहादुरको तरबार खेलाउने कला देखेर ठुलठुलो स्वरमा उनको मुरी मुरी प्रशंसा गरे ।
यस घटनाको ठीक तीन दिनपछि, राजाको एउटा निजी हात्ती बहुलाएको खबर फैलियो । त्यस हात्तीलाई उनको माहुतेले सदाझैँ बागमतिमा नुहाउन लागेको थियो । नुहाइसकेपछि अचानक दिमाग बिग्रेर उसले माहुतेलाई मा¥यो । त्यसपछि उसले आफू अगाडि भेटिने जोसुकैलाई पनि आक्रमण गर्दै दरबारतर्फ पाइला बढायो । रगतको प्यासी त्यस राक्षसका डरले सबै मानिस यत्रतत्र भागाभाग गर्न लागे । त्यसलाई समातेर नियन्त्रणमा ल्याउने कुरा सोच्नु पनि निरर्थक थियो । शाही तबेलामा बलिया हात्ती थिएनन् र यस्तो राक्षसजस्तो जनावरलाई तह लगाउन कुनै मानिसले सक्ला भनेर विश्वास गर्नु पनि हास्यास्पद लाग्दथ्यो ।
यसैबीच जङ्गबहादुरले त्यस अजेय जनावरलाई अधीनमा ल्याउन पाऊँ भनेर राजासमक्ष निवेदन गरे । उनको प्रस्ताव सुनेर राजा स्वभाविक रूपमा विस्मित भए र मुस्किलले स्विकृति दिए । जङ्गबहादुर तत्काल घोडा चढेर थापाथलीतर्फ हानिए । उनी बागमती नदी किनारमा अवस्थित सिंहसत्तलबाट बजारको एउटा घरको छतमाथि चढेर बसे । उक्त हात्ती त्यो बाटोबाट अगाडि बढ्ने आशङ्का गरिएको थियो । नभन्दै पहिलेभन्दा केही शान्त र केही सुस्त गतिमा लम्कदै अपेक्षित समयमा नै त्यो हात्ती त्यही बाटो आयो । धेरै हल्ला भएका कारण रिसाएर उसले उत्पात मच्चाउन नसकोस् भन्ने आशयले मानिसले सडक खाली गरेका थिए । जसै त्यो हात्ती जङ्गबहादुरले उसलाई पर्खेर बसिरहेको घरबाट अगाडि बढ्न लागेथ्यो, जङ्गबहादुर अद्भूत सुनिश्चितताका साथ उफ्रेर उसको पीठमाथि चढे । त्यो रहस्यमय चालबाजीको गन्ध सुँघेर बौलाहा हात्तीले उन्मत्त भएर टाउको हल्लायो ।
आफ्नो पीठमा सवार आरोहीलाई खसालेर फ्याँक्ने प्रयासस्वरूप उसले सुँड हल्लायो तर जङ्गबहादुर हात्तीको पीठमा एकदमै दरिलो भएर बसेका थिए । उनले आफ्नो साथमा भएको अंकुश र कटार कुशलतापूर्वक प्रयोग गरेका थिए । त्यसकै सहायताले उनी आफैँ सशस्त्र भएका थिए । फलस्वरूप हात्तीले उनलाई पछार्न सकेन र पाटनतर्फ कुद्यो । बाटोमा एउटा पुल पथ्र्याे । जङ्गबहादुर त्यो अवस्थामा ज्यादै आत्तिए किनकी पुलले त्यो भीमकाय हात्तीको तौल थाम्न सक्तैनथ्यो । हात्तीको पीठबाट हामफाल्ने हो भने उनी जहाँको त्यहीँ निश्चित रूपमा मारिने थिए । उनी अंकुश र कटार एकनासले चलाउँदै ठुलो स्वरमा चिच्याए । त्यसले गर्दा उक्त हात्ती त्यो बाटो छोडेर अर्काे बाटोतिर लाग्यो । जङ्गबहादुरको इच्छा पूरा भयो । हात्तीलाई त्यो बाटो छोडेर त्रिपुरेश्वरतिर मोडाउन उनी सफल भए ।
तर बाटोमा एउटा भवितव्य आइप¥यो । उनको एक जना बहिरो सेवक बागमतीमा पानी भर्न जाँदै रहेछ । उसलाई देखेर जङ्गबहादुरले न्वारनदेखिको बल निकालेर चिच्याउँदै उसलाई त्यहाँबाट भाग्ने चेतावनी दिए तर त्यस बधिरले सुन्न सकेन । उसको शरीर केही छिनमै टुक्राटुक्रा भयो । त्यो लासलाई आफ्ना सुँडमा च्यापेर यताउति हल्लाउँदै हात्ती त्रिपुरेश्वरतिर अगाडि बढ्यो । त्यहाँ एउटा जाल पारेर राखिएको थियो । ऊ त्यो जालमा फस्यो र अन्त्यमा जङ्गबहादुरको अधिनमा आयो । यी सबै कुरा सुनेर राजा चकित अन्त्यमा जङ्गबहादुको अधिनमा आयो । यी सबै कुरा सुनेर राजा चकित भए र उनले मुखबाट यस्तो शब्द प्रकट गरे – ‘जङ्गबहादुरको मुटु नै रहेनछ ।’ नेपाली समाजमा यो एउटा उखान हो । यो उखान केही र कसैसँग नडराउने अर्थात अत्यन्त निडर व्यक्तिप्रति प्रयोग गरिन्छ । महाराजधिराजबाट एउटा आशङ्का पनि प्रकट भयो – यो असाधारण साहसी पुरुषले अस्वभाविक मृत्युवरण गर्ने दिन पो आउने हो कि ? वास्तवमा ऊ हामी सबैभन्दा बहादुर पुरुष हो ।
जनवरी १८४१ को जाडो महिना । एकदिन जङ्गबहादुर एउटा हरिणको पछि लागिरहेका थिए । यसैबीच उनी हिँड्दै गरेको बाटोमा एउटा डरलाग्दो भालु देखाप¥यो । शिकारी कुकुरको भुकाई, घाडाको टापको टकटक र शिकारीको चिच्याहटका कारण भालुको शान्ति खल्बलिएको थियो । आफ्नै आँखा अगाडि देखेपछि उसले जङ्गबहादुरलाई नराम्रोसँग आक्रमण ग¥यो । तर आफ्नो प्रत्युत्पन्न मति नगुमाइकन उनले दापबाट आफ्नो तरबार थुतेर भालुको मुखमा तीव्र प्रहार गरे । त्यो भालु फरक्कै फर्केर जङ्गलमा कतै हरायो ।
यस्तै अर्काे घटना छ – जङ्गबहादुर आफ्नो मौलिक खेल, शिकार फेला पार्ने जोशले उत्तेजित भएर एउटा ठाडो उकालो चढ्दै थिए, उनका गोडा चिप्लिएर उनी ६० फिट जति तल तादी नदी बीचको ढुङ्गामा पछारिए । उनको दाहिने तिघ्रामा सामान्य सामान्य चोट लाग्यो तर त्यसको वास्तै नगरेर हरिणको खोजीमा उनले पौडी खेलेर नदी पार गरे । उनले हरिण मारे र घरमा शिकार ल्याएरै छोडे ।
आफ्नो जीवनको यस कालखण्डमा जङ्गबहादुरमा अपरिमित बल थियो । उनलाई अति कठोर शारीरिक व्यायाम गर्न असाध्यै रुचि थियो । यही कारणले गर्दा वृद्धावस्थामा पनि उनी बलवान् थिए । खेदा (तालिमप्राप्त हात्तीमा चढेर जङ्गली हात्ती पक्रने वा अन्य जनावरको शिकार खेल्ने अभियान – अनुवादक) मा उनलाई कति पनि तनाव अथवा भार महसुस हुँदैनथ्यो । जीवनको अन्तिम चरणसम्म पनि खेदा उनको छुट्टी मनाउने प्रमुख साधन थियो । यसैबीच एक पटक देवीघाटका बोटे र त्यस क्षेत्रका रैथानेका बीच एउटा विवाद सिर्जना भयो । विवादले हात हालाहालको रूप लियो । दुवैतर्फका चार हजारभन्दा बढी मानिस सरकार वा अन्य कुनै बाह्य शक्तिको हस्तक्षेप बिना नै मल्लयुद्ध गरेर सम्बन्धित विवाद आफैँ सुल्झाउने शर्तमा जम्मा भए । विवाद एक टुक्रा जग्गाको स्वामित्वको विषयमा भएको थियो । झगडालुहरू लाठा, मुंग्रा र तरबारले सुसज्जित थिए । कसै कसैसँग बन्दुक पनि थियो । झगडा एक हप्ताभन्दा बढीसम्म चल्यो र दुवैतर्फ धेरैको ज्यान गयो । सरकारले यो समस्याको समाधान निकाल्न सकेन र विवाद सुल्झाउन गएका सदस्यहरूले झन् आगोमा घ्यू थप्ने काम गरे । अन्त्यमा सरकारले यो विवाद समाधान गर्न जङ्गबहादुरलाई खटायो । अत्यन्त योग्य ठानिएका अफिसरको प्रयासलाई पनि निरर्थक तुल्याएर जङ्गबहादुरले सरकारलाई छक्क पारिदिए । अन्तिम तहसम्म पुगेर सत्य उद्घाटन गर्न सक्ने आफ्नो चमत्कारी शक्तिका प्रभावले उनले वास्तविक जग्गाधनी पत्ता लगाए । र जग्गाधनीलाई जग्गाको स्वामित्व पूर्जा तुरुन्तै उपलब्ध गराइदिए र त्यो झगडालाई अल्प समयभित्रै समाधान गरिदिए । उपद्रवी झगडालुहरूलाई राजधानीको झ्यालखानामा पठाइदिए । उनीहरूको गल्ती अनुसार सजाय दिइयो ।
नेपालका युवराजधिराज सुरेन्द्रविक्रम शाह, अहिलेलाई यति मात्र भनौँ, केही समय अस्वस्थ थिए । फेब्रुअरी २४, १८४१ मा चिकित्सकले उनलाई हावा पानी परिवर्तन गर्ने सुझाव दिए । उनले त्रिशुली नदी किनारको एक स्थलमा बस्न मन पराए । राज्यका धेरै अफिसर उनको सेवा सुसारमा खटिएका थिए । उनी कहिलेकाहीँ लहडमा जङ्गली खालको उटपट्याङ काम गर्थे । उनी आफैँले काँधमा एउटा बन्दुक पनि बोक्न सक्तैनथे तर अरूलाई भने अत्यन्त कडा र जोखिमपूर्ण काम गर्न बाध्य गराएर आफ्नो बहादुरी देखाउँथे । एकदिन त्रिशुलीको एउटा पुलमा हिँड्दा उनले घोडा चढेर आफूतिर आइरहेको रणवीर नामको लप्टनलाई देखे । उक्त अफिसर त्यति टाढाबाट युवराजलाई नचिनेकाले घोडाबाट ओर्लेन ।
पूर्वीय संस्कृति र राजकीय मर्यादा कायम राख्न त्यो लप्टनले युवराजको सम्मान गर्नुपथ्र्याे । सन्काहा युवराजले लप्टनबाट बिना आशय गरिएको त्यो अपमानको प्रतिशोधस्वरूप उसलाई घोडाबाट ओर्लन बाध्य तुल्याएर आफूसमक्ष उपस्थित गराउने आदेश दिए । दण्डस्वरूप उसलाई घोडासहित त्रिशुली नदीमा फाल हाल्ने आदेश दिइयो । नदीको सतहभन्दा असी फिट माथि पुल थियो । त्यसैले नदीमा हाम फाल्ने जो कोहीको पनि मृत्यु निश्चित थियो । युवराजको आज्ञाअनुसार त्यो लप्टन मृत्युवरण गर्न तयार भयो । त्यसरी नदीमा हाम फाल्नु अघि उले युवराज समक्ष अन्तिम पटक आफ्नो परिवारलाई भेट्ने इच्छा प्रकट ग¥यो । उसले युवराज समक्ष अनुमतिको याचना ग¥यो । यसैबीच राजकुमार बोेले, ‘होइन तँ मर्ने छैनस ।’ मर्यादा भङ्ग गर्ने उक्त अफिसरले यस्तो दण्ड भोग्नुपरे पनि नमर्ने कुनै व्यक्ति छ भने त्यो जङ्गबहादुर मात्रै हो भनेर युवराज समक्ष बिन्ती ग¥यो । यो सङ्केत आफैँमा पूर्ण थियो ।
अल्पमति भएका राजकुमरा सुरेन्द्रले तत्काल जङ्गबहादुरलाई लिन पठाए । जङ्गबहादुर अस्वस्थ अवस्थामा भए पनि तुरुन्तै युवराजका सामु हाजिर भए र मलाई के कामले बोलाउनु यो भन्दै बिन्ती बिसाए । उनलाई बोलाइनुको तात्पर्य घोडामा चढेरै पुलबाट त्रिशुली नदीमा हाम फाल्नु थियो । यसको अर्थ शरीरको हाडखोर भाँच्नु थियो । जङ्गबहादुले राजाज्ञा सहर्ष स्वीकार गरे तर उनले एउटा शर्त राखे – ‘त्यसप्रकारको दुस्साहस गर्ने काम उनलाई आइन्दा नदिइयोस् ।’ युवराजले पनि जङ्गबहादुरको शर्त छ महिनासम्मका लागि मात्र कायम हुने जवाफ दिए । उनले यो पनि भने यस अवधिभित्र उनले जङ्गबहादुरलाई ‘यदि कुनै दुस्साहसिक काम गर्न लगाए भने उनलाई (सुरेन्द्रलाई) पितृ हत्याको पाप लाग्नेछ ।’ नेपालमा यस्तो कसम खाने क्रिया निकै प्रचलित छ । जे होस्, यो शर्त दुवै पक्षबाट मञ्जुर गरियो । त्यसपछि जङ्गबहादुर लप्टनको घोडामा चढे र त्यहाँ उपस्थित सबैको कौतुहल मेटाउँदै त्रिशुलीको भेलमा फाल हाले । उनले आफ्ना दुवै पाउ सिकिाबबाट अलग राख्ने चतु¥याई गरेका थिए । फाल हाल्दा लगाममा अड्किएर जकडिनु नपरोस् र सजिलैसँग पौडि खेलेर ज्यान बचाउन सकियोस् भनेर उनले यो बुद्धि लगाएका थिए । फलस्वरूप उनको शरीर घोडाबाट अलग भएर नदीमा खस्यो ।
केही समय त पानीको तेज धारमा परेर घोडा र घोडचढी दुवै अदृश्य भए । सबैले जङ्गबहादुर सदाका लागि बिदा भए भन्ने सोचेका थिए । युवराज स्वयम् पनि क्षतिप्रति दुःखी भएका थिए । उनका विचारमा उनको खेर गइरहेको समय अनेक छलछाम गरेर तमासाका रूपमा आफ्ना असभ्य प्रकृतिका अपराधिक रसरङ्ग गर्ने काममा प्रयोग गर्न सकिने मानिसका क्षति भएको थियो । त्यसैले उनले जङ्गबहादुरलाई बचाउन आफ्ना सेवकलाई कडा आदेश दिए । तर छोपिएका चट्टान, पानीको बेगवान धार, गाज उठिरहेको जलावर्त र गुप्त ओडारमाथि बगिरहेको पानीभित्र प्रवेश गर्न कसको सामथ्र्य थियो ? जे भए पनि उनीहरूले जङ्गबहादुरको खोजीमा जानैपथ्र्याे, गए । तर आश्चर्य ! उनीहरूले जङ्गबहादुरलाई आफ्नो शरीरमा लगाएका कपडा निचोर्दै नदीमाझ सिर्जित एउटा सानो टापुमा अवस्थित बालुवाको ढिस्कोमा बसिरहेको अवस्थामा देखे । उनीहरूले जङ्गबहादुरसँग बिन्ती गरे – उनले युवराज सामु आफ्ना रक्षा आफैँले गरेको नभनुन बरू यी मानिसले नै आफूलाई बचाएका हुन् भनून् ।
कर्तव्य पूरा नगरेको ती विचराले आफ्नै जस्तो दुर्भाग्य भोग्नु नपरोस् भन्ने ठानेर उनीहरूको बचाउका लागि जङ्गबहादुरले उक्त निवेदन स्वीकार गरे । भरे युवराजले जङ्गबहादुरको पीठमा धाप मारे र उनको भव्य स्वागत गर्दै भने – ‘स्याबास जङ्गे ! आज तैँले साँँच्चै नै एउटा अभूतपूर्व बहादुरी गरेर देखाइस ।’ जङ्गबहादुरलाई जिवितै पाउँदा युवराजको मनमा यो मानिसले जस्तोसुकै असम्भव, अव्यावहारिक र जोखिमपूर्ण काम पनि फत्ते गर्नसक्छ भन्ने विश्वासले जन्म लियो । यदि ग्रिक र पर्सियाली साहित्यको ज्ञान भएको भए उनले जङ्गबहादुरलाई हर्कुलस र रुस्तमको समदर्जामा राख्ने थिए होलान् वास्तवमा ती दुई बहादुर पुरुषको व्यक्तित्वमा मानव शक्तिको पश्चिमी र पूर्वीय समिकरण भएको छ । हिन्दु इतिहास र पुराणको ज्ञान भएको भए उनले जङ्गबहादुरमा हनुमान देवताको स्वरूप देख्ने थिए होलान् । उनले यति भने अवश्य सोचे होलान् जङ्गबहादुर भगवानका विशेष पात्र हुन् । उनले अनेक प्रकारका चमत्कार गरेर अत्युत्कट मृत्युमाथि विजय प्राप्त गरेको सत्य प्रमाणित गरेका छन् ।
माथि भनिएको घटना भएको केही समयपछि युवराज आफ्ना अनुचर लिएर घुम्दै थिए । अचानक उनी २५० फिट अग्लो धरहरा पुगेर रोकिए । एक्कासी उनीभित्रको बौलाहापन पूर्णरूपमा जागृत भएर आयो । उनी तत्काल जङ्गबहादुरतर्फ फर्के र उनलाई त्यो धरहरा चढ्ने र टुप्पोबाट हाम फालेर तल भुइँमा बिछ्याएको ढुङ्गाको पेटीमा झर्ने आदेश दिए । यसो गर्दा त हत्तपत्त नमर्ने नौ जुनी प्राप्त जनावर भनेर उखान हालिने एउटा सानो बिरालोको पनि मृत्यु अवश्यभावी थियो भने कोही मानिस जिवित रहेन कल्पना गर्न पनि सकिदैनथ्यो । तर जङ्गबहादुरले एउटा अद्भूत जुक्ति प्रयोग गरेर यो अनिवार्य जोखिमबाट पनि ज्यान जोगाउन सफल भए । जङ्गबहादुरले धरहराको ढोकाको तलाकुचि राख्ने जिम्मा भएका उनका भाइ बमबहादुरतर्फ पुलुक्क हेरे र ताला लुकाउने इशारा गरे ।
त्यसैगरी उनले युवराजतिर फर्केर भने ‘म दुइटा छाता लिएर धरहराबाट हाम फाल्न सक्छु । ती छाता बनाउन कमसेकम १५÷२० दिन लाग्नेछ । त्यसपछि म धेरै दर्शकलाई निम्तो गर्नेछु र उनीहरूका साथै मौसुफका आँखा अगाडि यो काम गरेर देखाउने छु । यस मानिसमार्फत पछिका दिनमा झन् बढी मनोरञ्जन गर्न पाइएला भन्ने आशाले युवराजबाट उनको निवेदन स्वीकृत भयो ।
पूर्वी देशका राजाहरू आफ्न खराब स्मरण शक्तिका लागि बदनाम छन् । भविष्यको असल कामका लागि गरेका बाचाबन्धन र खराब कामका लागि दिइएका नसिहत, धम्की उनीहरूले थोरै समयमा नै बिर्सिसकेका हुन्छन् । त्यसैले यदि कसैले वर्तमान खतरालाई एक पटक टार्न सक्छ भने त्यसपछि ऊ सदाका लागि खतरामुक्त हुनसक्छ । साँच्चै नै युवराजलाई त्यसपछि जङ्गबहादुरको प्रतिज्ञाको कहिल्यै पनि हेक्का रहेन र यसरी उचित समयमा चालेको चालले उनको जीवन रक्षा ग¥यो ।
युवराजले जङ्गबहादुरको प्रतिज्ञा बिर्सेका भए पनि जङ्गबहादुलाई बिर्सेका थिएनन् । उनले आफ्ना बौलाहा दिमागले के भन्छ सोही अनुसार पछिपछि पनि जङ्गबहादुरलाई अनेक प्रकारका जोखिमपूर्ण, दुस्साहसपूर्ण र मुर्ख काम गरेर देखाउने आदेश दिएर कायल गर्न छोडेनन् । सन् १८४१ अप्रिल २२ का दिन जङ्गबहादुरलाई काठमाडौंको सबभन्दा पुरानो १२ वर्षे इनार भनेर बदनाम कमाएको इनारमा हाम फाल्ने आदेश दिइयो । ज्यादै गहिरो भएको हुँदा त्यस इनारको पानी कहिल्यै पनि प्रयोग गरिँदैनथ्यो । यो इनार राँगाहरूको हाडखोर फाल्ने आधार भाँडोको रूपमा प्रयोग हुन्थ्यो । त्यसकारण यस इनारमा हाम फाल्नु भनेको दोहोरो जोखिम मोल्नु थियो । यो कुरा युवराजलाई दर्शाइयो । सुरुमा त उनले क्षमा दिन पनि चाहेनन् र ढिलो गर्न दिन पनि चाहेनन् । अन्त्यमा उनको बौलाहा बुद्धि अलिकति पलायो । उनले त्यो काम एकदिन पछि अर्थात भोली बिहानै पूरा गर्नुपर्ने अड्डी लिए । मेरा हजुरबुबा बालनरसिंह कुँवरले यो कुरा सुन्नुभाथ्यो ।
उहाँले इनारको पिँधमा थुप्रिएका तिखा हड्डीका कारण लाग्ने चोटबाट पुग्ने खतरा न्युन गर्न सतर्कतापूर्वक बीस÷तीस गाँठ रुई इनारभित्र फ्याँक्न लगाउनुभयो । भोलीपल्ट बिहानै आफ्ना अनुचरका साथ युवराज, जङ्गबहादुर हाम फाले – उनी सुरक्षित थिए तर उनलाई केही घाउचोट भने लागेका थिए । उनलाई इनारबाहिर निकाल्दा उनको दाहिने घुँडामा ठुलो चोट लागेको देखियो । त्यो घाउ चाँडै नै सन्चो त भयो तर जङ्गको शारीरिक स्वास्थ्यमा सदाको लागि यसको प्रभाव रहिरह्यो । हरेक वर्ष एक महिना जति उनको त्यो घुँडा सुनिएर दुःख दिन्थ्यो । यही कारण थियो, कहिलेकाहि उनलाई बायाा खुट्टामा भन्दा दायाँ खुट्टामा केही लामो जुत्ता लगाएको अवस्थामा देखिन्थ्यो । बौलाहा युवराज भने जङ्गबहादुरले गरेको बहादुरीको कुनै मूल्य देख्दैनथे बरू आफूले नै ठुलो काम गरेको ठान्थे ।
यी निर्दयी राजकुमारले जङ्गबहादुरलाई यस्ता कैयौँ जोखिमपूर्ण काममा लगाएका घटना यहाँनेर वर्णन गरेर साध्य छैन । यी बौलाहा राजकुमारलाई नियन्त्रण गर्ने कुनै शक्ति थिएन । सबै मानिस उनको उपद्रवी र हिंस्रात्मक क्रियाकलापमा उनलाई उक्साउने र प्रोत्साहित गर्ने मात्र थिए । राजा स्वयम्ले पनि छोराको यस्तो उपद्रो गर्ने अधिकार कटौती गर्नेतर्फ एक पाइला चालेनन् । सम्पूर्ण नेपाल र विशेष गरी जङ्गबहादुर अनि उनको परिवार यी बुललठि राजकुमारबाट पिडित थिए । बालनरसिंह हरपल ज्यानको जोखिम भएको जागिरबाट आफ्नो छोराको सरुवा गराउन सक्दो प्रयास गरिरहेका थिए । अन्त्यसम्म सन् १८४१ नोभेम्बरमा जङ्गबहादुलाई राजाको अङ्गरक्षकको जिम्मेवारी सम्हाल्ने आदेश दिइयो ।
त्यसको दुई महिनापछि उनलाई कुमारी चोकको काजीमा (न्यायधीश) खटाइयो । गृह विभागमा मातहतको न्यायधीश पद सम्हालेको यो नै उनको पहिलो र अन्तिम नियुक्ति थियो । यस कार्यालयको मुख्य जिम्मेवारी राष्ट्रिय राजश्वको लेखा परीक्षण गर्नु थियो । अतः उनले दिलोज्यान लगाएर हिसाब ठीक दरुस्त राख्ने प्रयास गरे । र छोटो समयमा नै यो काम पूरा गरेर पनि देखाए । यो ज्ञानले उनलाई धेरै माथि पु¥यायो । नेपाल सरकारको कार्यपालिकाको प्रमुखका हैसियतले उनले जुनसुकै विभागको पनि निरिक्षण गर्न सक्थे र देशका सम्पूर्ण प्रशासनिक क्षेत्रमा विद्यमान कमी कमजोरी हटाएर त्यसमा समसामयिक सुधार ल्याउन सक्थे । यो समय अर्काे कारणले पनि उनका लागि प्रेरणाका साध्य थियो – आत्मविश्वास र जोश जाँगरका माध्यमले तन्नेरी प्रकाशकका हैसियतमा उनले धेरै पाठ सिक्नु थियो । दिसम्बर २४, १८४१ मा उनका पिता काजी बालनरसिंहको मृत्यु भयो । तत्पश्चात् उनी त्यो भयङ्कर आँधिबेहरीमा चलेको जहाजको आफूमात्र एक्लो कप्तान भए । त्यो आँधिबेहरी नेपालमा आउनै लागेको थियो ।