१५७ औं मोती जयन्तीका अवसरमा मोर्डन कन्या कलेज बानेश्वरद्वारा एक कार्यक्रमको आयोजना गरेको थियो।सो अवसरमा छोटो उमेरमा मोतीराम भट्टले पुर्याउनु भएको योगदान बारे चर्चा गरिएको थियो ।
कार्यक्रममा साहित्यकार प्रा डा रामप्रसाद दाहाल, साहित्यकार माधव घिमिरे ,कवि रञ्जना निरौला राधिका जोशी , निकिशा श्रेष्ठ, प्रिन्सिपल सबिन पोख्रेल , श्याम दाहाल, श्याम कार्की लगायत ले कविता वाचन सहित उहाँ को योगदान चर्चा गरे । स्मरण रहोस् विगत १५ वर्षदेखि नियमित रूपमा मोतीराम जयन्ती यस महिला कलेजले मनाउँदै आएको छ।
सोही कार्यक्रम पछि महिला दिदी बहिनीहरूले तीज दर कार्यक्रम विभिन्न गायिका र नायिकाको उपस्थितिमा हाम्रो तीज राम्रो तीजका रूपमा मनाएको थियो।
चर्चित कलाकार गायिका र नायिकाको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा नायिका सञ्चिता लुइँटेल , नायिका रिस्ता अधिकारी , मोडल खुसी पाठक , गायिका अन्जु गौतम , मोडल प्रतिक्षा पुरी, चर्चित कवि रञ्जना निरौला, नेत्री सरस्वती केसी ,प्रा अन्जु कार्की लगायत प्राध्यापक, डाक्टर, इन्जिनियर, समाजसेवी ,,कलेज सङ्ग सम्बद्ध महिला दिदी बहिनीहरूको उपस्थिति रहेको थियो।
तीज गीत नाच अतिरिक्त पनि प्रा डा आर्किटेक्ट मधुरा कार्की , नायिका सञ्चिता लुइँटेल , नायिका रिस्ता अधिकारी , मोडल खुसी पाठक ,गायिका अन्जु बस्नेत , नेपाल पुजिबजार लगानी कर्ता सङ्गकी अध्यक्ष राधा पोख्रेल , नेत्री सरस्वती केसी प्रिन्सिपल सविन पोख्रेल ,कलेजका अध्यक्ष डाक्टर रामप्रसाद दाहाल लगायतले तीज महिमा तीजका गीत र सङ्गिनी गीतहरूको बारेमा प्रकाश परेका थिए।