दुनियाँ जागैं छ!
मान्छे भर्खरै जागेको हो।
पत्थर भित्रको चैतन्य जागैं छ।
टुँडालका आकृति जागैं छ।
मन्दिर भित्रको मुर्ती जागैं छ।
समय सगैं!
हप्तौं पहिले प्रक्षेपण गरिएको
अन्तरीक्षयान जागैं छ।
राज्यको अर्थतन्त्र जागैं छ।
निदाउनु पुर्ब!
तन्तुहरु जसरी क्रियाशिल थिए।
कोलम्बसको प्रतीक्षामा
दर्जनौं महाद्वीप जागैं छन्।
अर्थतन्त्र जसरी उकालो लाग्दै छ।
मौसमी पक्षिंहरु भित्रीय पछि।
जल जमिन र जगंलमा
अग्नि बर्षा भएको छ।
आगोका फिलिङ्गा हरु जागैं छन्।
बिबेक् न हो!
कसैको नजरमा दुनियाँ
जागै हुनु स्वभाभिक हो!
जसरी कि!
कुहिएको जाडँको मुल्य उकालो लाग्छ।
भ्रष्ट विवेक को मति उकालो लाग्छ।
जीव,वनस्पतिको हिसाब् राखिदैन!
किन्तु मानव निर्मित रोबर्ट हरु!
यो ससांरको भ्रमणमा निस्कन्छन।
अनि त?
अस्तित्व मान्छेको रहन्छ र?
बिबेकको तराजुले सन्तुलन गुमाए पछि।
देशको अर्थतन्त्र जस्तै!
आत्मसम्मान पैसाले खरिद बिक्रि गरिन्छ।
बिबेक छ र त अस्तित्व छ!
यो भूगोलको विश्व मानचित्रमा।
अनुपम उदाहरण छ।