धेरै अघिदेखि नेपालको सबभन्दा ठूलो राराताल बारे अत्यन्त रोचक आनन्द आउने संस्मरणहरू पढेर राराताल पुग्न पाए हुन्थ्यो भन्ने मनमा लागि रहन्थ्यो । केही समय अघि भैरहवाबाट लुम्बिनी प्रेस क्लबको तत्वावधानमा सञ्चारकर्मी मित्रहरू राराताल पुगेर “स्वर्ग जस्तो लाग्ने रारा !” भन्ने अभिव्यक्ति सुनेर, पढेर हामी भैरहवा मर्निङ वाक ग्रुप (बि.एम.जि.) का हामी फुर्सदिला केही मित्रहरू – विजयनारायण श्रेष्ठ (७०), वनमाली निराकार (७०), हरिओम गुरूङ (६६), राजेन्द्रप्रसाद श्रेष्ठ (६३), राजुनारायण श्रेष्ठ (६२) तथा पक्तिकार (विजय सागर ७०) समेत हामी ६ जना २०७६ जेठ २९ गते बुधबार विहान ६ बजे गुरूजी रामबहादुर थापाको लु २ च ६४४७ को स्कारपियो गाडीबाट गुड्यौं ।
बिहान ८:३० बजे रूपन्देही जिल्लाको गोरूसिङ्गेमा चिया नास्ता लिएर कपिलवस्तु, अर्घाखाँची, प्यूठान (भालुवाङ्ग) दाङ्ग हुँदै बाँके जिल्लाको अगैयामा ११:३० मा खाना खाएर कोहलपुर हुँदै बबईको पुल तर्दै भेरी नदीलाई दायाँ दायाँ पार्दै सुर्खेत पुग्योैं ।
बुलबुल ताल
सुर्खेत पुगेपछि – “सुर्खेत बुलबुल ताल ! माया ! मै सानी हुनाले छुट्यो माया जाल !” – बोलको अत्यन्त लोकप्रिय, कर्णप्रिय गीतको उद्गमस्थल बुलबुल ताल पुग्यौ । प्रवेश शुल्क प्रति व्यक्ति रू.१०।– लाग्दो रहेछ । सात जना प्रवेश गर्यौं । म पहिलो पल्ट २०५५ सालमा पुगेको थिए । धेरै व्यवस्थित भएको रहेछ । तर फोहरको समस्या यथावत रहेछ । हामी आन्तरिक पर्यटकहरूले पनि फोहर व्यवस्थापनमा सहयोग गर्नु पर्ने त कर्तव्य नै हो ! तर फोहर कहाँ फाल्ने, फोहर फाल्ने बक्सहरू व्यवस्थित रूपमा ठाउँ ठाउँमा राखिनु पनि जरूरी छ । नुहाउनको निम्ति धाराहरू जडान गरिएको पोखरी बाहेक अर्को ताल अति नै फोहर छ । ताल घुम्न, डुङ्गा चढे वापत प्रति व्यक्ति रू.५०।– भनिए पनि फोहर पानीका कारण हामी डुङ्गा चढेनौं र त्यहाँ अरू कोही पनि पर्यटकहरू चढेको देखेनौ । पहिला नाम जस्तै तालमा पानीको बुलबुल आएको देखिन्थ्यो तर हाल पानीको बुलबुल निस्कन छाडे छ । तर पनि यहाँ आन्तरिक पर्यटकहरू बाक्लै आउँदा रहेछन् ।
काँव्रmे विहार
यस पछि हामी काँव्रmे विहार पुग्यौं । प्रवेश शुल्क वापत प्रति व्यक्ति रू. १०।– र गाडी शुल्क रू.५०।– तिरेर हामी विहार परिसरमा प्रवेश गर्यौं । पहिला जङ्गल भरि छरपस्ट रूपमा छरिएर रहेका विहारका मूर्तिहरू, खम्बाहरू, गारोका ढुङ्गाहरू व्यवस्थित रूपमा संकलन गरी मन्दिर निर्माण गरिंदै रहेछ । निर्माणाधिन मन्दिर करिब दुई बर्षमा पूर्णरूपमा तयार हुने त्याहाँ काम गरिरहेका कामदारहरूबाट जानकारी पाइयो । काँव्रmे विहार सम्बन्धमा त्यहाँ एउटा बोर्ड टाँगिएको छ जहाँ यस्तो उल्लेख गरिएको छ –
यो काँव्रmे विहार सिञ्जा (जुम्लाई इलाका) साम्राज्यका राजा अशोक चल्लले वि.सं. १३२५ मा बनाएका थिए । उनको शासनकाल वि.सं. १३१२ देखि १३३५ सम्म थियो । राजा अशोक चल्ल राजा व्रmाचल्लका छोरा थिए भने राजा अशोक चल्लका छोरा जितारी मल्लले आपूm राजा भएपछि आफ्नो नामको पछाडि “मल्ल” लेख्न शुरू गरे र यो वंश चल्लबाट मल्लमा परिणत भएको थियो । राजा अशोक चल्ल महायानी बौद्ध धर्म मान्दथे भने अरू धर्मलाई पनि उत्तिकै आदर गर्दथे । उनको राज्य पश्चिममा गढवाल, लद्दाख र सतलज नदीसम्म, पूर्वमा त्रिशुली नदीसम्म, उत्तरमा तिब्बतको खारी प्रदेश र दक्षिणमा हालको तराई भागसम्म पैmलिएको थियो । हाल भारतको बोधगयामा प्राप्त शिलालेखहरू अनुसार उनको आफ्नो राजनैतिक प्रभाव बोधगयासम्म थियो । वि.सं. १८९० को ठूलो भुइँचालोको कारण यो विहार भत्केको बुझिन्छ । श्रोत – सूर्यमणि अधिकारी “खश साम्राज्यको इतिहास” तथा विश्व के.सी.को “कीर्ति खम्ब” । – अभिलेख खडा गर्ने सहायक रथी श्री प्रेमसिंह बस्न्यात, गोल्फुटार, काठमाडौं, नेपाल ।
यस विहारको प्रवेशद्वार अगाडि एउटा त्रिकोण आकारको ठाउँ खाली राखिएको छ । यस ठाउँमा महामना बुद्धको मूर्ति स्थापित गरिएमा काँव्रmे विहारको सार्थकता अभैm बढ्ने थियो ।
सुर्खेत उपत्यका
काँव्रmे विहारको अवलोकन पछि हामी सुर्खेत बजार घुमी रहँदा फराकिला बाटाहरू, बाटाहरू छुट्याउन बनाइएका डिभाइडरहरू रमाइला देखिए । डिभाइडरमा दूबो र विभिन्न जातका पूmलका बोटहरू रोपिएका भए, करिब करिब ५००/५०० फिट फरक पारि बुद्धका मूर्तिहरू स्थापना गरिएका भए साथै सोलार बत्तीहरू जडान गरिएका भए सुर्खेत बजार अत्यधिक रमणीय पर्यटकीय स्थलको रूपमा परिणत हुने थियो । सुर्खेतमा पनि विद्युत पोलहरूमा गलेगाँड जस्ता विविध तारहरूका पोका पोका झुण्डिएका देखिए । लोड सेडिङको देशमा दिउँसो पनि पोलहरूमा विजुली बत्ती बलेको बलै देख्दा नेता भनाउँदाहरू तलदेखि माथिसम्म एउटै खालका हुँदा रहेछन् भन्ने लाग्यो । यिनीहरूलाई न देशको माया । न समाजको ।
बजार परिव्रmमा पछि सुर्खेत उपत्यकालाई छाडेर आफ्नो गन्तव्य तिर गुड्यौं । डाँडाबाट देखिने सुर्खेत उपत्यका हेर्यौं । उर्वरा सुर्खेत (भित्री मधेश) मा सिमेण्ट र कंव्रिmटका ठूला ठूला महलहरू जताततै उम्रेका देख्यौं । आज भन्दा ४५ वर्ष अगाडि नेपाल सरकारको ५१ प्रतिशत तथा किसानहरुको ४९ प्रतिशत गरी ८ वटा “धान चामल निर्यात कम्पनी” गठन गरिएको थियो । जसले बंगलादेश, भारत, जर्मनी, कोरिया, चीन, मलेसिया आदि देशहरूमा धान चामल निर्यात गर्दथ्यो । त्यसको विपरित हाल नेपालले प्रति महिना २ अर्बको चामल मात्र विदेशबाट आयात गर्छ । ठूला ठूला उर्वरा फाँटहरू मासेर कंव्रिmटको सहर बसाल्न उद्यत भएपछि यस्तै चाल हुन्छ कृषि प्रधान देशको । सुर्खेतलाई वाई ! वाई ! गरेर हामी अगाडि गुड्यौं र दैलेखको गुराँसे तालपोखरीमा बास बस्न पुग्यौं ।
भोलि पल्ट २०७६ जेठ ३० गते विहिवार विहान ६:०५ बजे ओरालो ओरालो लाग्दै लाहुरे खोलालाई दायाँ दायाँ पार्दै लाहुरे खोलाको पुल तरेर ढुङ्गेश्वर पुग्यौं । ढुङ्गेश्वरबाट कर्णाली नदीको बायाँ बायाँ हुँदै हामी गुडी रह्यौ । पारि अछाम जिल्ला वारि दैलेख जिल्ला बीचमा कर्णाली नदी ! जता हेर्यो त्यतै उराठ ! उराठ ! ठूला ठूला पहाड । वारि किनारमा यातायात सञ्चालनका कारण बी–बीचमा स–साना बसस्टपे बस्तीहरू । बाटामा हामीले माटाले छाएका धेरै घरहरू देख्यौं । म सानो छँदा मुस्ताङ तिर यस्ता माटाले छाएका घर हुन्छन् र जुन घरको छतमा धेरै दाउरा चाँगिएका हुन्छन् ती घरनै गाउँका धनी ! ठूला बडाका घर हुन्छन् भनी सुनेको थिएँ । तर यहाँ माटाले मात्र हैन, फुसले छाएका, ढुङ्गाले छाएका र टिनले छाएका स–साना घरहरू पनि देख्यौं । यस्ता घरहरूको सुन्दरता के मा पनि झल्किन्थ्यो भने प्रत्येक घरहरूमा सोलारका प्लेटहरू जडिएका थिए । धेरै जसोमा डिसहोमका छाताहरू पनि जडिएका थिए ।
बाटो मर्मत हुँदै गरेकाले डोजर र स्काभेटरहरू पनि ठाउँ ठाउँमा भेट्दै गुड्यौं । आठवीस न.पा.को टुनि बजार तिर पुग्न लाग्दा बाटो मर्मत कार्य तीव्र गतिमा देख्यौ । स्थानीय महिलाहरू बाहेक स्थानीय युवाहरू एक जना पनि देखेनौ । भारतीयमूलका युवाहरू स्थानीय युवतीहरूसँग रमाइलो गर्दै सडक मर्मत कार्यमा व्यस्त थिए । हाम्रा विचरा युवाहरू अरबतिर ५५ डिग्रीको गर्मीमा देशलाई रेमिट्यान्स पठाउन घर परिवार सम्झदै उटँ चराउँदैहोलान् ।
यस क्षेत्र वरपर साई गाउँमा मकै खेती राम्रो देख्यौं । साँफे बगर जानेपुल वरपर प्रसस्त पानी घट्ट देख्यौं । बाख्रा पालन राम्रो हुँदो रहेछ । तर पानी घट्टमा आउने र बाख्राको गोठालो गर्ने कार्य पनि महिलाहरू मात्रै देख्यौं । जुनसुकै काममा पनि स्थानीय महिलाहरू मात्रै देख्यौं ।
यसरी हामी गुडी रहँदा हाम्रो बायाँ भएर शान्त–फराकिलो भएर वगिरहेकी कर्णाली नदीतिर पनि हाम्रो ध्यान गयो । पारि अछाम जिल्ला र वारि चामुण्डा विन्द्रासैनी न.पा. र आठवीसे न.पा. दैलेख जिल्ला बीच भएर बहने यो विशाल नदीको करिब १५ – २० किमि मा सजिलै मोटरवोट चलाउन सकिने अनुमान हामीले गर्यौं । प्राविधिक निरीक्षण गराइएमा अझ बढी किमि पनि चलाउन सकिन्छ कि ? यस तर्पm तीनै तहका सरकारको ध्यान जान जरूरी छ ।
(१) यो जल प्रवाहमा मोटरबोट चलाउन मिल्ने हो भने १५ – २० किमि सम्म राराताल आउने जाने पर्यटकहरूको निम्ति अति अति मनोरञ्जनस्थल हुनुका साथै जल विहार समेत हुने थियो ।
(२) दैलेख र अछामका स्थानीय बासिन्दाहरूको स्थानीय उत्पादन मोटरबोट बाटै नगिचैका बस स्टपसम्म पुर्याउन सजिलो पर्ने थियो ।
(३) १५ – २० किमि जलमार्गको दायाँ वायाँ किनारमा बीच बीचमा राम्रा आकर्षक रेष्टुरेण्टहरू सञ्चालनमा आउन सक्ने थिए ।
(४) व्यावसायिक रूपमै मोटरवोट बाटै कर्णालीका माछाहरू समातेर व्यापार व्यवसाय गर्न सजिलो पर्ने थियो ।
(५) यस्तो आकर्षक व्यवस्थाले नेपाल घुम्न आउने विदेशी पर्यटकहरूलाई पनि प्रशस्त मात्रामा आकर्षण गर्न सकिने थियो ।
चामुण्डा विन्द्रासैनी न.पा.देखि आठवीसे न.पा. बीच गुडी रहँदा बाटामा ठूला ठूला ढुङ्गाका पहाडहरू पर्छन । ढुङ्गाका पहाडहरू मार्वलका पहाडहरू जस्ता देखिन्छन् । यदि मार्वल वा सो जातिका पहाडहरू हुन् भने सरकारले पहाडहरूबाट ढुङ्गाहरू निकालेर बिव्रmीको व्यवस्थापन गरे सरकारलाई पनि फाइदा र जनतालाई पनि स्वदेशको मार्वल सुलभ मूल्यमा पाइने हुँदा फाइदा हुने थियो । यस तर्पm पनि तीनै तहका सरकारले ध्यान दिनु जरूरी छ ।
यति विचार गर्दा गर्दै हामी दही खोला पुग्यौं । यो खोला दैलेख र कालीकोट जिल्लाको सीमाना रहेछ । यस पछि हामी खाँडचव्रm कालीकोट पुग्यौं । वायाँ वायाँ वगेकी कर्णालीलाई छाडेर सेरीघाटको पुल तरेर तिलार नदीको दायाँ दायाँ हुँदै नाग्म बजार पुग्यौं । नाग्म बजार जुम्लाको सदरमुकाम खलङ्गा जाने बाटो मोडिने रहेछ । सुर्खेतदेखि नाग्म बजारसम्म पिच सडक बनाइएको रहेछ । नाग्म बजारपछि हामी कच्ची बाटो हुँदै सिञ्जा नदी (हिमा नदी) लाई दायाँ दायाँ पार्दै सिञ्जा उपत्यका प्रवेश गर्यौं ।
सिञ्जा उपत्यका
सिञ्जा उपत्यका प्रवेश गर्नासाथ सिञ्जा नदी (हिमा नदी) को दायाँ वायाँ रहेका सुन्दर घरहरू, प्रत्येक घरहरूमा जडान गरिएका सोलारका प्लेटहरू, पानी घट्टहरू, प्राचीन स्मारकहरू, उर्वर जमिनमा लहलह फलेका जौका बालीहरू काट्न लागेका महिलाहरू, फाँटै भरि सिञ्जा नदी (हिमा नदी) को पानीले भरिएका कुलाबाट सिंचाई गरिएका खेतका गराहरूमा उल्लासका साथ रोपाइँ गरिरहेका महिलाहरूलाई देखेर हामी अत्यन्तै आनन्दित भयौं । त्यस क्षेत्रका कर्मवीर महिलाई नमन गर्यौं । बाटाका छेउ छाउ र पहाडका खाली पखेराहरूमा स्याउका नयाँ नयाँ बोटहरू लगाइएको देख्दा जमिनको उचित उपभोगमा तल्लिन यहाँका बासिन्दाहरू प्रति पनि नमन गर्यौं र गर्व गर्यौं ।
इतिहासको विद्यार्थी भएको नाताले मलाई रमाइलो सिञ्जा उपत्यका देख्ना साथ पश्चिम खश साम्राज्यका प्रथम शासक नागराजको सम्झना भयो । धनवज्र वज्राचार्यका अनुसार – मध्यकालको शुरू शुरूमा नेपाल राज्य टुव्रिmएको थिएन । नेपाल राज्य अनेक विषम (जिल्ला) मा विभक्त थियो । “गण्डकी गुल्म विषय” (वर्तमान गुल्मी भेक) मा नरेन्द्रदेव + उदयदेवको पालामा ने.सं. ११९ (वि.सं. १०५६) मा लेखिएको ग्रन्थ पाइएको छ । “लमजुङ” (वर्तमान लमजुङ भेक) मा राजा शंकरदेवको पालामा ने.सं. १८९ (वि.सं. ११२६) मा लेखिएको ग्रन्थ पाइएको छ । यसै गरी पूर्वतिर लेखिएका केही ग्रन्थ पनि भेटिएका छन् । तरपछि गण्डकी र कोशी प्रसवन क्षेत्र भन्दा टाढाका प्रदेशमा केन्द्रको अधिकार छुट्दै गयो । यसै बीच उता कर्णाली प्रदेशमा खशहरूको प्रभाव फैलिन थाल्यो र विव्रmमको बार्हौं शताब्दीको शुरूतिर त्यहाँ खश राजा नागराजले सिञ्जालाई राजधानी बनाई एक स्वतन्त्र राज्य खडा गरे । त्यसको लगत्तै जस्तै दक्षिण तराई भेकमा (तिरहुतमा) पनि अर्को स्वतन्त्र राज्य खडा भयो । वि.सं. ११५४ डोय राजा न्यान्यदेवले सिमरा–वनगढ (सिम्रौनगढ) लाई राजधानी बनाई उक्त राज्य स्थापना गरेका थिए । केन्द्रका शासकहरूमा कमजोरी आएको हुनाले उनीहरूले आत्मरक्षा तिर मात्र ध्यान दिन थाले । नयाँ खडा भएका उक्त दुई राज्य भने अनेक दृष्टिले विकसित हुँदै गए । यसरी मध्यकालको पूर्वाद्धमा नेपाल राज्यभित्र तीन शक्ति देखा परे (मध्यकालीन नेपाल, नेपाल परिचय, कीर्तिपुर, त्रि.वि. २०३२) ।
साथै सूर्यमणि अधिकारीका अनुसार खश साम्राज्य पन्ध्रौं शताब्दीको प्रारम्भमा लगभग तीनसय वर्ष अस्तित्वमा रह्यो । नागराज, व्रmाचल्ल, अशोक चल्ल, जितारि मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल जस्ता प्रतापी राजाहरूले खश साम्राज्यको गौरव बढाए । पृथ्वी मल्लको राज्यकाल (वि.सं. १३९५ – १४१५) खश साम्राज्यको इतिहासमा उत्कर्ष र अवसानको दोसाँध मानिएको छ । पृथ्वी मल्लका अन्तिम समयतिर विखण्डित हुन थालेको खश साम्राज्य मलय वर्माका राज्यकाल (वि.सं. १४३५ – ४६) पछि पुरै बिलायो (खश साम्राज्यको इतिहास, भुँडीपुराण प्रकाशन – २०६१) ।
नेपाली भाषा
हाल हामीले हाम्रो देशको राष्ट्र भाषा नेपाली भाषाको सन्दर्भमा पनि कुरा गर्दा “सिञ्जा” उपत्यकाको देनलाई विर्सन सक्दैनौं । सूर्यमणि अधिकारीका अनुसार “सिञ्जाली भाषा पर्वते र गोर्खाली भाषाको रूपमा विकसित हुँदै गएर वर्तमान नेपालको राष्ट्र भाषा नेपालीमा परिणत भएको हो । पूर्वकालमा यही नेपाली भाषालाई खश कुरा भनि भनिन्थ्यो (खश साम्राज्यको इतिहास) ।
माटाको छत
सिञ्जा उपत्यकामा धेरै जसो घरहरू माटाका छतका देख्यौं । माटाको छतमा प्लाष्टिकको प्रयोग पनि देख्यौं । माटाको छतमा – गहुँ, जौ, मकै आदि बालीहरू सुकाउन, चुट्न पनि सजिलो हुने कुरा हामीले जानकारी पायौं । पानी नचुहियोस भनी छतमा माटो प्रयोग हुनु अघि छत आकारकै ठूलो प्लाष्टिक ओच्छाएर मात्र माटो प्रयोग गरिंदो रहेछ ।
अति रमणीय सिञ्जा उपत्यकाको र बीचमा बग्ने सिञ्जा नदीको अवलोकन गर्दै हामी साँझ बास बस्न गुठीज्यूलामा ८.१० मा पुग्यौं ।
२०७६ जेठ ३१ शुव्रmबार विहान ६.०५ बजे गुठीज्यूलाबाट यात्रा शुरू गरी बिहान ८.२५ मा चौर र पाखा भरि बुकी पूmल फुलेको र डाँडा भरि दूबोका गलैँचा ओच्छाइएको रारा निकुञ्जको प्रवेशद्वार भुलभुले (मुगु) मा पुग्यौं । प्रति व्यक्ति १००।– प्रवेश शुल्क तिरी हामी त्यहाँबाट बन–पाखा हुँदै घुइँकियौं । १० बजे बिहान सल्लेरी रारा क्याम्प पुग्यौं । त्यहाँबाट अलि माथि मिलिचौरसम्म गाडी लैजान पाइँदो रहेछ । त्यहाँसम्म गाडीमा पुग्यौं । १०.४५ बजे मिलिचौरबाट रू.६००।– मा एउटा घोंडा लिएर हामी ६ जनाको आवश्यक सामान बोकाई रारातालको निम्ति ओरालो ओरालो जङ्गल लाग्यौं । जङ्गल सकिना साथ मिलिफाँट पुग्यौं ।
राराताल
ढकमक्क बुकी पूmल फुलेका मिलिफाँटमा पाइला टेक्नासाथ हामी आश्चर्य चकित भयौं । हाम्रो दायाँतिर र अगाडि विशाल राराताल आफ्नो मदमस्त चुलबुले तालमा छालका लहरहरू मार्पmत छपलक् ! छपलक् ! आवाजका साथ हामीलाई आफ्नो वरवर आउन निमन्त्रणा दिई रहेकी थिइन् । मुग्ध भएर हामी रारातालको अवलोकन गरिरह्यौं । रारातालको स्निग्ध सुन्दरताको रसपान गरिरह्यौं । अनि विस्तारै विस्तारै रारातालको छेउ छेउ किनारै किनार भएर हिंड्दै हिड्दै रारातालको पल्लो किनारमा अवस्थित डाँफ होटेल गेष्ठ हाउसमा मध्यान्ह १२.२५ मा पुग्यौं । अत्यन्त थाकेका थियौं ! भोकाएका थियौं । तर पनि राराको अनुपम शौन्दर्य हेरिरहने तीर्खा मेटिएको थिएन । नीलो ! न नीलो ! विशाल रारा ! देखेर हामी तीन छक्क थियौं । दङ्ग थियौं ! खुशीले उन्मत्त थियौं ! विश्वासै नभएको स्वर्ग पुगे झैं भएका थियौं ।
जब हामीले रारालाई स्पर्श गर्यौं ! राराको कोमल शीतलतामा हामीलाई अनन्त आनन्दको सुखानुभूति भयो । रारालाई हामीले आस्थाका साथ ! विश्वासका साथ ! स्नेहका साथ ! हाम्रो शिरमा सिञ्चन गयौं । हृदय भरि तृप्तता छायो । थकाईहरू सब विलाए ! हराए ! मेटिए !
यसै समय गेष्ठ हाउसबाट खानाको निम्ति बोलावट भयो । गेष्ठ हाउस आउँदा दैलेखदेखि पछि लागेका झिंगाहरूले हामीलाई यहाँ पनि छाडेनन् । हातलाई पङ्खा बनाएर हल्लाउँदै खाना खायौं । खाना खाएर एकछिन सुस्ताय पछि फेरि रारातालको किनार किनार लाग्यौं । श्री दल गुल्मको केण्टिन रहेछ । केण्टिनसँगै राराताल घुम्न डुङ्गाको व्यवस्था रहेछ । बिहान ११ बजेपछि हावाको कारण रारामा ठूला ठूला छाल आउने हुँदा डुङ्गा नचलाइँदो रहेछ । हामी केही समय किनारमा राराको पानी माथि काठद्वारा बनाइएको आरामदायी प्रतीक्षा स्थलमा बस्यौं । प्रतीक्षा स्थलमा आराम गरिरहँदा हाम्रा आँखा त्यहाँ टाँगिएका प्लेटहरूमा पुगे –
(१) रारादह (महेन्द्र ताल)
उँचाई – २९९० मिटर, लम्बाई – ५००० मिटर, चौडाई – ३००० मिटर
गहिराई – १६७ मिटर ।
(२) सुन्दरताको भण्डार सारा
के खनाया यसै रारामा रारा कि अप्सरा
२०२०।१२।१०।३ मा – म.वि.वि. शाह
(३) श्री समरजीत गुल्म
राष्ट्र ! भक्ति ! समर्पण !
आनन्द लाग्ने प्रतीक्षा स्थलबाट बाहिर आएपछि गुल्मको केण्टिनमा मीठो चिया खायौं । मीठो चियाको निम्ति जवानहरूलाई धन्यवाद दिएर हामी फेरि राराको किनार किनार फोटो खिच्दै रमाइलो गर्दै रह्यौं । साथीहरूले फेसबुक र मेसेन्जर मार्पmत फोटाहरू प्रक्षेपण गरिरहे ।
देशको अनकण्टार क्षेत्रमा रहेको राराताल देखेर हामी यति मुग्ध भयौं कि रारालाई के उपमा दिने ? हामीले सोच्नै सकेनौ । त्यसैले आज भन्दा ५५ वर्ष अघि पुगेका कवि म.वि.वि. शाहले राराताल देखेर मुग्ध भएर आफैले आफैलाई प्रश्न गरेका होलान् – रारा ! कि अप्सरा !
रारा किनार घुमी रहँदा
(१) रारा तालमा पनि चार ठाउँमा जलकुम्भी जस्तै देखिने झारहरू मौलाएका देख्यौं । निकुञ्जले यी झारहरू तुरून्त सफा गर्ने व्यवस्था गर्नु पर्दछ । अन्यथा फेवाताल, वेगनाश ताल र रूपातालमा भैंm जलकुम्भीको आतङ्क सहनु पर्ने छ ।
(२) राराताल वरपर तालसँगै जोडिएका किनार किनारमा रहेका धूपीका रूखहरू तालमा ढलेर वेरूप देखिएका छन् । ती रूखहरू तालबाट निकालिने व्यवस्था गरिनु पर्दछ ।
(३) रारातालको चारैतिर घोडेटो बाटो छ । घोडावालाहरू ताल घुमाउन आ–आफ्नै तरिकाले भाडा बताउँछन् र लिन्छन् । एउटा समिति गठन गरिनु पर्दछ । समितिले मनासिब भाडा तोकि दिने थियो । यसो भएमा घोडावाला तथा पर्यटकहरू दुवैलाई सुविधा हुने थियो ।
(४) राराताल घुमीरहँदा, रारामा ठीक्क (करिब एक हात लम्बाई) का काला र सेता माछाहरू देखिए पनि तालमा माछा मार्न नपाइँदो रहेछ । विश्वमा अरू ठाउँमा नपाईने प्रजातिका माछा यहाँ छन् भन्ने सुनियो । राम्रो हो । तर तालमा केज राखेर माछा पालन गरी पर्यटकहरूलाई माछाको स्वाद पनि चखाउन पाए राम्रो हुने थियो । यस तर्पm निकुञ्जले विचार पुर्याउनु अति जरूरी छ ।
(५) राराताल वरपर सफा वातावरणको व्यवस्था गरिएको रहेछ । हामीलाई घोडामा चढाएर ल्याउने भाइहरूले बाटामा मिल्काइएका पानीका बोटलहरू, प्लाष्टिकका झोलाहरू, चाउचाउ वा चकलेटका खाली खोलहरू यस्तै सबै प्रकारका मिल्काइएका फोहरहरू सबै बटुली बाटामा राखिएका “फोहर मलाई” भन्ने डिब्बामा राखिदिंदा रहेछन् । हामीले ती भाइहरूलाई हृदयबाट समेत धन्यवाद दियौं ।
यसरी अवेलासम्म रारा किनार घुमेर हामी डाँफे होटेल एण्ड लजमा पुग्यौं । रातको खानापछि स–साना काठका कोठाहरूमा सुत्यौं । रातभर बत्ती थिएन । मोबाइल चार्ज गर्ने कुरै भएन । होटेलमा उर्जाको वैकल्पिक व्यवस्था थिएन । यस्तो पवित्र रमणीय पर्यटकीय स्थलमा यस्तो अव्यवस्था नहुनु पर्ने । धन्य: हामी आन्तरिक पर्यटकहरू मात्र थियौं त्यहाँ !
२०७६ आषाढ १ गते आइतवार हामी बिहानै उठि सकेका थियौं । बिहान ६ बजेको निम्ति घोंडावालाहरूलाई बोलाएका थियौं । घोंडा आउने समय बाँकी हुँदा हामी फेरि रारा किनार पुग्यौं । बिहानी सुन्दर रारा ! लाई स्पर्श गर्यौं । मोबाईल र क्यामेराले मात्र हैन आँखाको क्यामेराले हृदय भरि रारा ! को सुन्दर पवित्र दिव्य मुहारको तस्वीर खिच्यौं र वाई ! वाई ! रारा ! भन्दै होटेलमा आयौं । घोंडाहरू तयार थिए । सात जना सातवटा घोंडामा चढ्यौं । अनि राराको किनार किनार हुँदै मिलिफाँट पुगेर मनभरि रारालाई हेर्दै मिलिचौरको जङ्गलको उकालो उकालो चढ्यौं । सल्लेरी पुगेपछि फेरि गाडीबाट जसरी उकालो उकालो लागेका थियौं त्यसै गरी ओरालो ओरालो हुँदै फक्र्यौं ।
मनभरि आनन्दै आनन्द भएकोले रारा डाँफे होटेलमा दुई वटा पातला कोदाको रोटीको तीनसय तिर्नु परे पनि दु:ख मानेनौ । रातभर विजुली नभएर मोबाईलहरू चार्ज गर्न नपाइएकोमा पनि दु:ख मानेनौ । बिहान खाना खाने बेलामा झिङ्गाले सार्है दु:ख दिएकोमा पनि दु:ख मानेनौ किनभने “रारा” ले हाम्रो हृदयभरि सकारात्मक – स्नेहयात्मक भावना छलछलाई दिएकी थिइन् ।
यसरी लामो डरलाग्दो कच्ची बाटो हुँदै हामी सिञ्जा नदी (हिमा नदी) लाई वाँया वाँया पार्दै, तिलार नदीलाई पनि वायाँ वायाँ पारेर विशाल कर्णाली नदीलाई दायाँ दायाँ पारेर आङ्गै सिरिङ्ग हुने कहाली लाग्दो भीर पहराहरू छिचोल्दै उर्वर फाँटै भरि कंव्रिmटको जङ्गल उमारेको सुर्खेतमा बास बस्न आई पुग्यौं ।
२०७६ आषाढ २ गते सोमबार बिहानै सुर्खेतबाट हामी पवित्र लुम्बिनीको प्रवेशद्वार भैरहवाको निम्ति गुड्यौं ।
यसरी हामीले प्रस्थान विन्दु भैरहवा (रूपन्देही) बाट २०७६ जेठ २९ गते बुधबारदेखि शुरू गरिएको रारा–यात्रा कपिलवस्तु, अर्घाखाँची (जलुके), प्यूठान (भालुवाङ्ग), दाङ्ग, बाँके, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगु सहित ५ नं. र ६ नं. प्रदेशका एघार जिल्लाहरू घुमेर २०७६ आषाढ २ गते सोमबार भैरहवा (रूपन्देही) मा दिउँसो तीन बजे आई पुग्दा १३२६ किमिको फन्को मारि सकेका रहेछौं ।
हामीलाई भैरहवादेखि रारासम्म सकुशल यात्रा गराई फेरि भैरहवा घर घर पुर्याई दिने कुशल चालक मित्र रामबहादुर थापालाई धन्यवाद दिंदै हामी आ–आफ्नो घर भित्रियौं ।
घर भित्रिंदा ४३ डिग्रीको गर्मी भए पनि रारातालको पवित्र शीतलता मनभरि भएकोले गर्मी महसुस गरेनौं ।
जय ! रारा ताल !