१) वसन्त आयो
कीरा फट्याङ्ग्रा उस्तै
नयाँ नेपाल ।
२ ) प्रकृति माता
काखमा छोरा छोरी
गुलाफ उन्यू ।
३) मृगको खोजी
एकलव्यको तीर
फक्र्यो निशानी ।
४) सुख्खा पोखरी
माझीहरु छ्याप्छ्याप्ती
घुस्याहा न्याय ।
५) जीवन मोह
कष्टकाकीर्ण भीर
मूक सुस्केरा ।
६) फुल्दो गुलाफ
सबैको आशादीप
छि हजुरबा ।
७) हिमाल पारी
उत्साहपूर्ण यात्रा
फिर्ती बाकस ।
८) भत्क्यो सालिक
अनमोल त्यो रत्न
अन्धोको हात ।
९) फक्रेको फूल
आँखाको त्यो उन्माद
आँसुको भेल ।
१०) नफुलोस् फूल
सबै हुन् तेस्रोलिङ्गी
सभ्य शहर ।
११) ओ रजहाँस
दूध पानी छुट्टयाऊ
प्लाष्टिक पेडा ।
१२) दशैं बहार
मीठो मालश्री धून
बोकाको आँसु ।
१३) क्रान्तिको ज्वाला
स्वप्नदर्शी जनता
कागको बेल ।
१४) मानवीयता
सामाजिक जलप
स्वार्थी संसार ।
१५) मीठो मुस्कान
मधुमय जीवन
औंसीको जून ।
गहन हाइकुहरू ।