नेवार समुदायले राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै गठांमुगल पर्व मनाएका छन् । भुतप्रेत पन्छाउने भनी दिनभर ठड्याइएको नर्कटले बनेको गठांमुगललाई घाम अस्ताएपछि नदी, दोबाटोमा लगेर बिसर्जन गर्ने चलन छ ।
कृष्ण चतुर्दशीका दिन मनाइने गठांमुगललाई घन्टाकर्ण चतुर्दशी भनिन्छ । रोपाइँ गर्न नपाएकाहरुले भने यो पर्व मनाउँदैनन् ।