जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना जनमत समीक्षा

मनका स्वरहरूभित्र मन, समय र कविता

प्रमोद प्रधान प्रमोद प्रधान
प्रकाशित १६ माघ २०७८, आईतवार
जनमत समीक्षा भित्र
0
मनका स्वरहरूभित्र मन, समय र कविता

कविताका माध्यमबाट आफ्ना विचार, अनुभव, अनुभूति र संवेदनालाई अभिव्यक्त गर्ने कार्य युगौँदेखि हुँदै आएको छ र मानिसले आफ्ना विचार, अनुभव, अनुभूति र संवेदनालाई अभिव्यक्त गर्ने कार्य पनि अनन्तकालसम्म नै रहिरहने कुरामा विश्वस्त हुन सकिन्छ । तर कवितालाई साँचो अर्थमा ‘कविता’ बनाउनका लागि भने प्रतीक एवम् बिम्बको प्रयोगका साथै कलात्मकताको आवश्यकता पर्ने कुरामा विवाद छैन । यही कलात्मकताले कवितामा प्राण भर्छ र पाठकहरु त्यो पढेर आह्लादित हुन्छन् । म यतिखेर रामबाबु दाहाल (२०१८) को कवितासङ्ग्रह मनका स्वरहरुलाई यिनै भनाइहरुका आधारमा हेर्ने प्रयास गरिरहेछु । तर कवितासङ्ग्रह पल्टाउनुअघि उनका विगतका साहित्यिक कार्यहरु र सक्रियतालाई अलिकति चर्चा गर्न चाहन्छु ।

अलिकति पृष्ठभूमिका कुरा
रामबाबु दाहाललाई मैले चिनेको पनि करीब ४४/४५ वर्ष भइसकेछ । यो अवधिलाई छोटो भन्न सकिन्न । मैले चिन्दा रामबाबु दाहाल किशोरावस्थाबाट युवावस्थामा प्रवेश गर्दैथिए, अत्यन्त सक्रिय र ऊर्जावान् थिए । यो २०३४/३५ सालतिरको कुरा हो । त्यसैबेला सन् १९७५ लाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय बालवर्ष घोषित गर्‍यो । त्यही सन्दर्भ पारेर रामबाबु दाहाल र उनका भाइ कृष्णबाबु दाहाल (अहिले कृष्ण पहाडीका रुपमा चर्चित व्यक्तित्व) को संयुक्त सम्पादनमा नवागन्तुक छचल्काहरु नामको पत्रिका बालविशेषाङ्कका रुपमा तीन अङ्क प्रकाशित भयो । विराटनगरको अहिलेको नयाँ पुस्तालाई रामबाबु दाहालको विगतको यो सक्रियता र ऊर्जाबारे थाहा नहुन पनि सक्छ । उक्त पत्रिकाको सल्लाहकारमा म पनि थिएँ । वरिष्ठ कथाकार देवकुमारी थापा, लोकसाहित्यविद् एवम् मोरङ जिल्ला पञ्चायतका तत्कालीन सभापति काजीमान कन्दङ्वा पनि त्यसको सल्लाहकार हुनुहुन्थ्यो जस्तो लाग्छ । यी सब कुराको उल्लेख यसकारण पनि महत्वपूर्ण छ, उनको साहित्यिक रुचि र लगाव, लेखन ऊर्जा र सक्रियता पछिल्लो चरणमा अचानक देखापरेको मात्र होइन । तर, एउटा कुरा भन्नैपर्छ, त्यो ऊर्जा र सक्रियता बीचको अवधिमा देखिएन र त्यसले उनको सिर्जनात्मक व्यक्तित्वलाई छायामा पार्‍यो । उनले मनका स्वरहरुको आत्मकथनमा भनेका पनि छन् : कविता सानैदेखि लेखियो । लेखिरहेछु । रहरमा, लहडमा वा मनका भावना सल्बलाएर लेख्ने क्रम जारी छ । प्रारम्भमा केही कविता विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशनार्थ पठाउँथे र छापिएका पनि थिए । बीचमा त्यो रहर पनि हुन छाड्यो तर लेख्न लेखिरहेकै छु ।
उनको भनाइबाट पनि के स्पष्ट हुन्छ भने उनी लेखनमा निरन्तर सक्रिय छन् । तर उनकै भनाइअनुसार पनि लेखिएका कविताको संरक्षण र प्रकाशनतिर भने ध्यान नदिँदा धेरै हराए, च्यातिए । तथापि, ढिलै भए पनि पहिलो सिर्जनात्मक कृतिको रुपमा मनका स्वरहरु लिएर आएकोमा स्रष्टा रामबाबु दाहाललाई नेपाली साहित्यवाटिकामा हार्दिक स्वागत छ ।

कविताको सङ्ख्या र स्वरुप
मनका स्वरहरुमा जम्मा ६५ कविता सङ्गृहीत रहेका छन् । तीमध्ये गुन्गुनाउँ कि ? (पृ. ५४) र गीत (पृ. ७०) गीतिसंरचनामा छन् भने बाँकी सबै गद्यकविता हुन्् । यस कृतिमा भएका कवितामध्ये सबैभन्दा छोटो कविता समय वेग (पृ. ३) छ पङ्तिमा संरचित छ भने सबैभन्दा लामो कविता केही चिन्तन (पृ. ६६–६९) ८९ पङ्तिमा विस्तारित छ । सङ्ग्रहमा भएका कवितामध्ये अधिकांश आकारका दृष्टिले छोटा र मध्यम खालका छन् । प्रश्न, रातको प्रभात, स्वप्नभङ्ग, अखबार, सन्ताप, मनको कहर, कुरुप समय, एउटा स्वप्नयात्रा, तिमी, यो रात निँदसँग, जून, पर्खाइ, नि:सन्देह, समय, मन र तिमी, मृत कवि, जनाउ, समयको कविता, पूmल शीर्षकका कविताहरु यस सङ्ग्रहका छोटा कविता हुन् । अन्य कविताहरु पनि लामा छैनन् । यसबाट के स्पष्ट हुन्छ भने कवि रामबाबु अनावश्यक रुपमा कवितालाई लम्ब्याउन चाहँदैनन् । छोटा तर अर्थपूर्ण कविता नै उनको कवितालेखनको अभीष्ट हो । सङ्ग्रहका कविताहरुका आधारमा उनी सरल, सघन र भावपूर्ण कवितालेखनका पक्षमा रहेको स्पष्ट हुन्छ र त्यही मार्ग समाएर अघि बढेको देखिन्छ । उनका कविता लम्बाइका आधारमा मात्र छोटा नभई पङ्ति–संरचनाका आधारमा पनि छोटो भएको तथ्यका लागि मृत कवि शीर्षकको एउटा कविता

उदाहरणका लागि प्रस्तुत छ :
उदेकको
एउटा समाचार
अखबारको एउटा कुनामा
छापिँदा
त्यो समाचार
के थियो कुन्नि ?
मैले थाहा पाइनँ
किनभने म मरेको
त्यो दिन भोलिपल्ट भइसकेको थियो । (पृ. ७६)
माथिको कवितामा जम्मा २३ शब्द मात्र प्रयोग भएको छ तर कविता पूर्ण छ । यस प्रकारका कविता मनका स्वरहरुमा निकै रहेका छन् । लामो हुँदैमा कविता राम्रो हुन्छ, स्पष्ट हुन्छ भन्ने भ्रमबाट कवि मुक्त छन् । उनी अनावश्यक शब्दहरुको भीड जम्मा गरेर कवितालाई लम्ब्याउने पक्षमा छैनन्, देखिँदैनन् ।
तीन विषय : मन, समय र कविता
यस कवितासङ्ग्रहमा कविले सबैभन्दा बढी तीन विषयलाई आफ्नो अभिव्यक्तिको माध्यम बनाएका छन् : मन, समय र कविता । सङ्ग्रहका एक तिहाइ कविता यिनै विषयका वरिपरि घुमेका छन् र तिनका माध्यमबाट कविले जीवनलाई हेर्ने र जगत्लाई बुझ्ने प्रयास गरेका छन् ।

मनस“गको कवि–मोह
यस कृतिमा मनलाई मात्र विषय बनाएर लेखिएका ८ वटा कविता छन् : साँझको मन, मन तरङ्ग, मनको कहर, तमाम मनहरुलाई सम्बोधन, स्वप्निल मन, मन र तिमी, मन आपैmँलाई मात्र र मनका स्वरहरु । वास्तवमा कविता एक प्रकारले आपैmसँगको वार्ता पनि हो, बहस पनि हो अनि विचार पनि हो । त्यसैले कविहरु मनसँग वार्ता र बहस गर्न रुचाउँछन् । मन अमूर्त छ, समय र ऋतुअनुसार यो परिवर्तन भइरहन्छ । त्यो परिवर्तनसँगै स्रष्टाहरुको अनुभूतिहरु पनि फरक हुन पुग्छन् । बिहानको मन साँझ पर्दा फरक भइसकेको हुन्छ । त्यसैले कवि रामबाबु दाहालको साँझको मन बेग्लै हुन पुग्छ । सबै काम सम्पन्न हुँदा र सबै हरहिसाब दुरुस्त हुँदा पनि मन किन ‘लयविहीन लय’मा अल्मलिइरहन्छ भनेर उनी आपैmँसँग प्रश्न गर्छन् । उनका मनसँग सम्बन्धित केही कवितामा मनका उहापोहहरु अभिव्यक्त भएका छन् भने केही कवितामा मन साटासाटको प्रसङ्ग पनि आएका छन् । उनले एउटा कवितामा भनेका छन् :
यो मन तिमीलाई
पैँचो दिए, कहिले फर्कन्न । (मन आपैmँलाई मात्र, पृ. ७७)

मनको कहर कवितामा उनी सन्नाटामा कसरी मनको जिजीविषाले पखेटा फिँजाउँछ भन्ने कुराको बयान गर्छन् । मन स्वप्निल हुँदाको अवस्थाको चित्रण उनको स्वप्निल मन कवितामा पाइन्छ । उनी मनको स्वतन्त्रताको पक्षमा छन् । मनलाई कसैको कब्जा राख्नुको विरुद्ध छन् उनी । आफ्नो मनलाई ‘सार्वभौभ स्वराज्य’ घोषणा गर्दै उनले स्पष्टसँग भनेका छन् :
मन आजबाट स्वाधीन र स्वतन्त्र हुने छन्
कुनै कसैको पन्जामा वा साम्राज्यमा
औपनिवेशिक कब्जामा हुने छैन
न त मनको सम्प्रभुसत्ता खण्डित हुनेछ ।
(तमाम मनहरुलाई सम्बोधन, पृ. ४९)
यसरी कवि रामबाबु दाहाल मनलाई लिएर सोचिरहन्छन् र त्यसलाई कविताका माध्यमबाट मुखरित बनाइरहन्छन् । किनभने मनलाई मुखरित गर्ने जिम्मा पनि त स्रष्टाकै हो ।

समयप्रतिको सचेतता
कविहरु स्रष्टा हुन् र उनीहरु समयप्रति सचेत हुन्छन् । यस कवितासङ्ग्रहमा पनि समयसँग सम्बद्ध ६ वटा कविता छन् : समय वेग, कुरुप समय, म बाँच्दै गरेको समय, समय आउँदोजाँदो घाम, समय र समयको कविता । यी कविताहरुले समयका बेग्लाबेग्लै रुप र अवस्थालाई कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् । कुनै बेला यो रुप र अवस्था कविको मनस्थितिमा पनि भरपर्छ । सङ्ग्रहमा भएका समयसम्बद्ध कविताहरुमा पनि समयप्रतिको कविदृष्टिकोणमा यस्तो मनस्थितिको टड्कारो प्रभाव देखिन्छन् । कुरुप समय शीर्षकको कविता यस्तै कविता हो । म बाँच्दै गरेको समयमा भने कोरोना सङ्क्रमणपछि विश्वले भोग्दैआएको त्रासदीको चित्रण पाइन्छ :
मौन/चुपचाप स्वयम् बन्दी
यो स्तब्धता
फलामलाई फलामले काटेभैmँ
अदृश्य जीवाणुसँग
विना चहलपहल
नितान्त एक्लाएक्लै
लड्दै जाऊँ । (पृ. ३४)
कतिपय कवितामा समय अमूर्त रुपमा प्रस्तुत भएको छ र अमूर्तताभित्र पाठकले समयलाई खोज्नुपर्ने स्थिति छ । यसले कतिपय कविता बुझ्न कठिन भने छ ।

कविताको आह्वान
तर पनि लेख्छु कविता
जोहो छ बगे्रल्ती अनुभूत स्वरहरुको
मुखरित हुनु छ समय चेत
सजाउनु छ बिम्व र खिच्नु छ समय चित्र
चित्र कविता, विचित्र कविता (मेरो कविताको आराधना, पृ. २८)
उल्लिखित पङ्तिहरु सङ्ग्रहको २२ औँ कविताबाट उद्धृत गरिएका हुन्, जसमा कविले कविताको आराधना गर्नुका कारण स्पष्टसँग भनेका छन् । यसमा उनले कविताका लागि आवश्यक कुरा के–के हुन् भन्ने विषयमा आफ्नो धारणालाई पाठकसमक्ष राखेका छन् । उनका अनुसार कवितामा अनुभूति हुनुपर्छ, समयचेत हुनुपर्छ र त्यसलाई बिम्बका माध्यमबाट प्रस्तुत गर्नुपर्छ । यसबाट कविताको सिर्जनालाई उनले गम्भीर रुपमा लिएका छन् भन्ने बुझिन्छ । वास्तवमा कविता लेखिँदैन, सिर्जना गरिन्छ । शब्दको जोडघटाउ मात्र कविता हुँदो हो त लेखिए जति सबै कविता हुन्थे र लेख्नेजति सबै कवि । तर यथार्थ यसभन्दा भिन्न छ । त्यसैले कवितालाई सिर्जना भएको र त्यसलाई गम्भीर रुपमा लिनुपर्ने भाव उनको कवितामा अभिव्यक्त भएको छ ।
समयका स्वरहरुमा शीर्षकमै कविता शब्द प्रयोग भएका १० वटा र कवि शब्द प्रयोग भएका १ गरी ११ कविता छन् : मेरो कविता, मेरो कविताको आराधना, एउटा कविता–१, के लेखूँ कविता ?, ए कविज्यू, के हो कविता ?, एउटा कविता–२, मेरो पे्रम : मेरो कविता, ‘हजूर, एउटा कविता लेखूँ ?’, प्रणय दिवसमा मेरो कविता, मृत कवि र समयको कविता । शीर्षकमा कविता शब्द प्रयुक्त भए पनि ‘केही कविता’मा भने कविताइतर विषय प्रस्तुत भएका पाइन्छन् । कवितालाई विषय बनाएर लेखिएका केही कवितामा व्यङ्ग्यको स्वर पनि भेटिन्छन् । ए कविज्यू, के हो कविता ?लाई यसको उदाहरणका रुपमा लिन सकिन्छ । अनुमान गर्न सकिन्छ, कुनै चर्चित कविले भनेका कुराले मनमा प्रश्न जन्माएपछि उनले यो कविता लेखेका हुन् । त्यसैले उनले ती कविसँग प्रश्न गरेका छन्, के हो कविता ? लय, बिम्व, विद्रोह, विरह, विषय, कथ्य, ज्ञान आदि ।
यसका अतिरिक्त उनका कविताको शीर्षकमै रात शब्द आएका कविता ५ वटा रहेका छन् : रातको प्रभात, यो रात, रातको प्रहर, शुभरात्रि र यो रात निँदसँग ।

कवितामा आएका अन्य विषय
प्रस्तुत कवितासङ्ग्रहमा माथि उल्लिखित विषयबाहेक पनि अन्य धेरै विषयबारे लेखिएका कविता छन् । पे्रम प्रणयका रागात्मक अभिव्यक्ति भएका कविताहरुमा मोनालिसा, ओ प्रियतमा !, म आह्लादित छु र प्रणय दिवसमा मेरो कवितालाई लिन सकिन्छ । यस्तै सत्यमेव जयते र एक झ्वाँक शीर्षकका कवितामा कविको राष्ट्रियता र राष्ट्रिय चेतनासम्बन्धी भावना र विचारको प्रतिच्छाया पाइन्छ भने नकच्चराहरु र मति बिगार्ने अस्त्र शीर्षकका कवितामा हाम्रो राजनीति षड्यन्त्र र विकृतिको चित्रण रहेको छ । प्रकृतिका विभिन्न रुपसँगको सान्निध्यलाई उनले प्रश्न, साँझको मन, स्वप्नभङ्ग, जून, इलाम आदि शीर्षकका कवितामा प्रकट गरेका छन् । लकडाउन, कोरोना कहर, स्याल हुइय्या र म बाँच्दै गरेको समय पछिल्लो समयमा विश्वव्यापी रुपमा देखिएको कोरोना–त्रासदीकाकथा–व्यथा हुन् । प्रविधिका कारण फेरिएको एउटा परिस्थितिलाई उनले अखबार शीर्षक कवितामा अत्यन्त सरल सरस भाषामा प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन् । उनी कवितामा भन्छन् : बासी लाग्ने अखबार बिहान आउँछ (पृ. ८) । यस्तै लयविहीन लय, तिमी भेट्न आयौ र म स्थगित भएँ जस्ता सुन्दर कवितापङ्तिहरुले कविताको वजन बढाएको छ ।

कविताबारे स्रष्टा विचारको सादृश्यमा कविताहरु
समयका स्वरहरु कविताकृतिका कवितामध्ये सबैभन्दा पुरानो कविता जीवन … तीन थोक अभिव्यक्ति हो र यो २०३७ सालमा छापिएको छ । यस हिसाबले हेर्दा उनको काव्यसाधनाले ४० वर्ष नाघिसकेको देखिन्छ । तर उनले आत्मकथनमा स्वीकारेजस्तै कताकता अल्छीपनको प्रभाव भने भेटिन्छ । साहित्य सिर्जना हो र साधना पनि । त्यसैले यसले निरन्तरता खोज्छ र त्यही निरन्तरताले लेखकलाई ‘स्रष्टा’ बनाउँछ । उनमा कविता लेखनका लागि आवश्यक सिर्जन–क्षमता प्रशस्त छ भन्ने कुराका लागि कवितासङ्ग्रह स्वयम् साक्षी छ तर अब यसले साधनाको अपेक्षा पनि गरेको छ ।

उनले आत्मकथनमा आफ्ना कविताबारे यसो भनेका छन् :
कविता कविता हुन त्यसको प्राण भावप्रधान रुपमा स्थापित हुनुपर्दछ । लय त विभिन्न हुन सक्छ । मेरो कविता मैले पढ्न (वाचन गर्न) जान्दिनँ तर ती लयविहीन छैनन् । …कतिपय साहित्यानुरागीहरुले मेरा कविता दुरुह छन् भन्नुहुन्छ । मेरो कविता कविता हुन्, भाषण वा प्रबन्ध होइनन् । बिम्व, प्रतीक र शब्द तौलेर विषयवस्तुको विहङ्गमता र सूत्रात्मक अभिव्यक्ति नै कविताको शिल्प हो । मैले यसै नै गरेको छु जस्तो लागेको छ । मैले मेरो कविताको अर्थ यसो हो भन्दै स्वव्याख्या गर्नु हुँदैन । पाठकले जे बुझ्छन् सबै आफ्नै प्रकारले बुभूmन् भन्ने अभिमत पनि राख्दछु । जीवन जगत्का रहस्य भेदनमा काव्यात्मक अभिव्यक्ति सूत्रबद्ध आएका हुन्छन् । शृङ्गारिक बिम्वमा जीवन जगत्को बान्की यथार्थ बोलिएको हुन्छ ।
अब उनकै उल्लिखित भनाइका आधारमा उनका कवितालाई हेरौँ । उनका कविताहरुमा जीवन, जगत् र समयबारेका सघन आत्मचिन्तन र अनुभूतिहरु प्रशस्त पाइन्छन् । यी भनेका कविताका लागि आवश्यक कच्चापदार्थ हुन् । उक्त कच्चापदार्थलाई कलात्मक रुपमा प्रस्तुत गर्नु कविता हो । त्यो कलाचेतना पनि उनका कवितामा भेटिन्छन् । तथापि, उनले काव्यसाधनाका क्षेत्रमा अभैm अगाडि बढ्नु छ, त्यसैले विषयगत विविधता, काव्यिक शिल्प, कलात्मक प्रस्तुति लगायतका क्षेत्रमा अझ साधना भने अपेक्षित छ । मलाई लाग्छ, नेपाली कविताका क्षेत्रमा रामबाबु दाहालको यो सुखद् आगमन हो ।


Tags: जनमतप्रमोद प्रधानरामबाबु दाहाल
अघिल्लो पोष्ट

बज्रपात

पछिल्लो पोस्ट

म प्रयोगशाला

प्रमोद प्रधान

प्रमोद प्रधान

सम्बन्धित पोष्टहरू

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा
जनमत समीक्षा

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

१४ पुष २०८१, आईतवार
‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा
जनमत समीक्षा

‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा

७ भाद्र २०८१, शुक्रबार
निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा
जनमत समीक्षा

निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा

१९ चैत्र २०८०, सोमबार
मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा
जनमत समीक्षा

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
म प्रयोगशाला

म प्रयोगशाला

सङ्घर्ष गर्न नथाकेका लेखक गिरिजाप्रसाद जोशी

सङ्घर्ष गर्न नथाकेका लेखक गिरिजाप्रसाद जोशी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मेरो मानसपटलमा फुलिरहने वासनादार फूल हो पारिजात (२) 

मेरो मानसपटलमा फुलिरहने वासनादार फूल हो पारिजात (२) 

५ जेष्ठ २०८१, शनिबार
लेखनमा ईमान्दारीता हुनु भनेको लामो रेसको घोडा हुनु हो

लेखनमा ईमान्दारीता हुनु भनेको लामो रेसको घोडा हुनु हो

४ जेष्ठ २०७८, मंगलवार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

७ बैशाख २०८२, आईतवार
गंकी धुस्वाँ -बसुन्धरा पुरस्कार

गंकी धुस्वाँ -बसुन्धरा पुरस्कार

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक