जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

जिजुबाजेको संस्मरण मेरो गौरवको विषय

घनश्याम राजकर्णिकार घनश्याम राजकर्णिकार
प्रकाशित २ श्रावण २०७८, शनिबार
सँस्मरण भित्र
0
जिजुबाजेको संस्मरण मेरो गौरवको विषय

वि.संं १९०५ तिर जिजुबाजे गजराज राजकर्णिकार पाटनको टङ्गलटोलमा बस्नुहुन्थ्यो । त्यहाँ रहेको उहाँको घर–आँगन जीर्ण अवस्थामा अद्यापि छँदैछ । टङ्गलटोलतिर यदाकदा जाँदा जिजुबाजे गजराजको त्यो घर–आँगनलाई देख्दा ममा भावनाका लहरहरू उर्लेर आउने गर्छन् र त्यस बेला त्यस पुख्र्यौली थलोलाई मूकभावले श्रद्धाभाव व्यक्त गरी मानसिक सन्तोष लिनुपर्छ । आफ्ना पुर्खाको ऋण चुकाउन एउटा सन्ततिले गर्नुपर्ने कार्य यो पनि हो जस्तो लागिरहेछ मलाई ।

टङ्गलटोलको त्यो पुख्र्यौली घरप्रति मेरो भावनात्मक सम्बन्ध राम्ररी गाँसिन जानुमा अरू पनि कारण छ । त्यो त्यही घर हो जहाँ वि.सं. २०२९–०३० सालसम्म प्रत्येक वर्ष दसैं र देवालीमा दुई–तीन दिनसम्म जिजुबाजे गजराजका सन्ततिमध्ये पाँच फुकी दाजुभाइका छोराछोरी, नाति नातिनाहरू त्यही घरमा भेला भई भोजभतेरमा सामेल हुन्थ्यौं । त्यस बेला त्यो साह्रै रमाइलो र आदर्श परम्परा थियो । बाल्यावस्थादेखि किशोरावस्था अनि युवावस्थाका केही समयसम्मको मेरो जीवन त्यो परम्परामा राम्ररी सामेल भएको म झ्लझ्ली सम्झ्न्छु । तर त्यो परम्परा पछिसम्म कायम हुन सकेन ।

गजराज राजकर्णिकारको प्राइमिनिस्टर जङ्गबहादुर राणासँग पहिलेदेखि नै राम्रो सम्बन्ध थियो । त्यसैले श्री ३ महाराज भएपछि जङ्गबहादुरले उहाँलाई आफ्नो निजी हलुवाईमा नियुक्त गरेका थिए । तदनुसार जिजुबाजे गजराज राजकर्णिकारले थापाथलीस्थित जङ्गबहादुरको दरबारमा मिठाइरोटी आपूर्ति गर्नुहुन्थ्यो । यसका लागि उहाँले थापाथली दरबारछेउमा घरबार गरी मिठाई पसल सञ्चालन गर्नुभएको थियो । जङ्गबहादुर राणाको दरबारमा विभिन्नथरीका मिठाइरोटीहरू ठेक्कामा दिनदिनै पु¥याउनुपर्ने हुँदा त्यस बेला नै उद्योगका रूपमा कामदारहरूबाट कारोबार सञ्चालन गर्नुहुने उहाँलाई खानदानी साहूका रूपमा लिइन्थ्यो । त्यसैले जिजुबाजे गजराजको सामाजिक मानमर्यादा त्यस बेला राम्रै थियो । तर धार्मिक भावना राम्ररी जमेको हुँदा उहाँमा दरबारिया प्रभावअनुसारको छनक थिएन । उहाँको धार्मिक भावना कति थियो भन्ने कुरा उहाँले हौगलबहालस्थित राजकर्णिकारका कुलदेवता भएको कुलघरमाथि अद्यापि कायम रहेको सुन्दर मूल्यवान् गजुरदेवललाई सुनैसुनको जलप लगाई पुनःनिर्माण गरिदिनुभएबाट प्रस्टिन्छ ।

थापाथली दरबारमा नियमित मिठाई आपूर्ति गर्ने भएको हुनाले मेरा जिजुबाजे गजराजको प्राइममिनिस्टर जङ्गबहादुरकहाँ आवतजावत, बसउठ हुनु स्वाभाविकै हो र त्यही क्रममा त्यहाँ पालिएका वीरशम्शेर आफ्नो किशोरावस्थादेखि यौवनावस्थासम्म मेरा जिजुबाजेका कृपापात्र बनेका थिए । भनिन्छ, मूल नक्षत्रमा जन्मेका वीरशमशेरलाई आमाबाबुबाट अलग छुट्याई जङ्गबहादुरले आफ्नो थापाथली दरबारमा ल्याएर राखेका थिए । बालक अवस्थामा चकचके तथा यौवनावस्थामा अल्लारे वीरशमशेर आफ्नो पैतृक सम्पत्तिमा हुर्कन नपाएकाले थापाथली दरबारमा उनको आर्थिक अवस्था दयनीय थियो । उनलाई पहिलेदेखि नै जिलेवी–स्वारीजस्ता मिठाई रोटीहरू खूब मन पथ्र्यो । तर गोजीमा दमडी नहुँदा सित्तैमा मिष्ठान्न लप्काउन मेरा जिजुबाजेको कृपापात्र बन्नुपथ्र्यो । यो प्रक्रिया किशोरावस्थादेखि युवावस्थासम्मै जारी रह्यो । धेरै भएपछि गुलियो पनि तीतो हुन्छ भनेझ्ैं वीरशमशेरको सित्तै रोटी–मिष्ठान्न खाने प्रक्रियाबाट मेरी जिजुबज्यै मनलक्ष्मीको कन्सिरी बेलाबखतमा निकै तातिने गथ्र्यो र यदाकदा झ्र्कनेसमेत गर्नुहुँदो रहेछ । कहाँसम्म भने वीरशमशेरलाई भन्नु–नभन्नु गालीसमेत गर्नुहुन्थ्यो । तर जिजुबाजेले वीरेलाई त्यसरी नभन्नू, यो मान्छे पछि ठूलो हुनेछ भनी भविष्यवाणी गर्दै जिजुबज्येलाई सम्झउनुहुन्थ्यो ।

नभन्दै समयको पाङ्ग्रोले घुम्दै गएर अर्कै मोड लिएछ र धीरशमशेरको मृत्युपछि उनका छोरा वीरशमशेर सत्रभाइका आशाका केन्द्र बने । सन् १८८५ को नोभेम्बर २१ तारिखका दिन चारभाइ डम्बर, चन्द्र, खड्ग र भीमशमशेरको सहयोगबाट वीरशमशेरले आफ्ना काका प्राइमिनिष्टर रणोद्दीप सिंहलाई हत्या गरी नेपालका श्री ३ महाराज बन्न पुगे ।

त्यस बेलातिर मेरा जिजुबाजे गजराज बृद्धावस्थामा हुँदा पाटनको टङ्गलटोलको घरमा आरामको जीवन बिताइरहनुभएको वा उहाँ त्यस बेलातिर अनन्त लोकको यात्रामा गइसक्नुभएको, यस्तै केही भएको थियो होला, यकिन थाहा पाउन सकिनँ । तर जिजुबाजे गजराजबारे सोधखोज गरी थाहा पाइएको कुरालाई यहाँ यसरी प्रस्तुत गर्नु भनेको उहाँको ऋण चुकाउन खोजेको जस्तो भइरहेको छ भने अर्कोतिर यसो गर्नु मेरो स्वधर्म पनि हो जस्तो लागिरहेछ । त्यसैले तीन दाजुभाइमध्ये जेठा मेरा हजुरबा हीरामान सिंह आफ्नो पुख्र्यौली काममा नाइके बनिसक्नुभएको थियो ।

एक दिन वीरशमशेरले आफ्ना आठपहरियाहरूलाई बोलाई मेरा हजुरबा हीरामानलाई तुरुन्त समातेर ल्याउनु भन्ने आदेश दिएछन् । अनि के थियो र, ८÷१० जना बलिया सिपाहीहरू आई मेरा हजुरबाको घर घेरेर पक्रन केही सिपाहीहरू घरभित्र माथि उक्लन लागेछन् । ‘हराम से राम डरे’ भनेझ्ैं आत्तिएर बाजे बुइँगलबास गर्न पुगे, तर पनि आदेश लिएर आएका सिपाहीहरूका अगाडि केही लागेन । त्यस बेलाको सामाजिक तथा नैतिक धरातल के थियो रे भने घरको बुइँगलबास गर्न गएपछि जस्तोसुकै अपराधी पनि देशको सिमाना पार गरेझ्ैं सुरक्षित हुँदो रहेछन् । आखिर हजुरबा हीरामानलाई ठूला अपराधीलाई झ्ैं घिसार्दै लगी वीरशमशेरको अगाडि लडाइदिएछन् । श्री ३ वीरशमशेरले मुसुमुसु हाँस्दै हजुरबालाई भनेछन् – ए दाइ ! देख्यौ, म नेपालको श्री ३ महाराज भएँ, अब मेरो मुठीमा सबै छन् । तिमीले पनि मलाई मान्नुपर्छ, बुझयौ ? पहिलेका सबै कुरा बिर्सिदिनू, बुझयौ ? ल भन, तिमीलाई के चाहिन्छ, जग्गा, जमिन, मानपदवी ?समसामयिक घटनाबाट सचेत रहनुभएका मेरा हजुरबा साधारण जीवन बिताउन चाहनुहुन्थ्यो । अतः भयभीत तथा त्रसित मेरा हजुरबाले भन्नुभएछ – महाराज, मलाई केही चाहिँदैन । शान्तिपूर्वक काम गरेर बस्न पाऊँ । सिपाहीहरूबाट छुटकारा पाऊँ ।

चारैतिर बन्दुकधारी सिपाहीहरूको घेरामा कैदीजस्तै गरेर धरपकड गराएर ल्याउनमा आफ्नो शान सम्झ्ने वीरशमशेरको मानसिकता उपर्युक्त क्रियाकलापबाट छर्लङ्गिन्छ यद्यपि उनले मेरा जिजुबाजे गजराजप्रति कृतज्ञता देखाउन र हजुरबा हीरामान सिंहलाई केही सघाउ पु¥याउन केही सोचेका किन नहुन् । हजुरबा हीरामानलाई ज्यादै इमानदार व्यक्तिको सङ्ज्ञा दिँदै त्यस बेलादेखि वीरशमशेरले उहाँलाई आफ्नो निजी हलुवाईमा नियुक्त गरेको भन्ने कुरा हाम्रो पारिवारिक चर्चा–परिचर्चाको विषय हो ।

यसरी जिजुबाजे गजराज तथा हजुरबा हीरामान सिंहबारे सोधखोज गरी थाहा पाइएका केही कुरालाई यहाँ प्रस्तुत गर्नु भनेको एकातिर उहाँहरूको ऋण चुकाउन खोजेको जस्तो भइरहेको छ भने अर्कोतिर यसो गर्नु मेरो स्वधर्म पनि हो जस्तो लागिरहेछ ।


अघिल्लो पोष्ट

मलाई नाच्न मनपर्छ

पछिल्लो पोस्ट

महाकवि देवकोटा राष्ट्रिय पुरस्कार

घनश्याम राजकर्णिकार

घनश्याम राजकर्णिकार

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
महाकवि देवकोटा राष्ट्रिय पुरस्कार

महाकवि देवकोटा राष्ट्रिय पुरस्कार

विचार र शिल्पलाई संयोजन गरेर सही कविता बनाउनु अर्को कुरा हो – लक्ष्मी माली

विचार र शिल्पलाई संयोजन गरेर सही कविता बनाउनु अर्को कुरा हो - लक्ष्मी माली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सर्जक भैरवबहादुर थापाको सम्मान

सर्जक भैरवबहादुर थापाको सम्मान

४ जेष्ठ २०७९, बुधबार
कस्तो मज्जा

कस्तो मज्जा

४ जेष्ठ २०७९, बुधबार
साहित्यकार शान्तदास मानन्धरको निधन

साहित्यकार शान्तदास मानन्धरको निधन

४ जेष्ठ २०८०, बिहीबार
साहित्य अभिव्यक्तिको शाब्दिक कला हो  पूर्ण वैद्य

साहित्य अभिव्यक्तिको शाब्दिक कला हो पूर्ण वैद्य

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक