मंगलबार वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको दुःखद निधन भएको छ । मानन्धर केही समयबाट हर्नियाबाट पीडित हुनुहुन्थ्यो । वयोधा अस्पतालमा उपचार गराउँदै आउनुभएको उहाँको सोही अस्पतालमा ८९ वर्षको उमेरमा निधन भएकाे हो ।
स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित थिए ।
साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशकन गरेका थिए। छ दशकभन्दा लोमो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गरेका उनले राणा शासनदेखि नै बालखुराक पस्कदै आएका हुन् ।
श्रद्धेय मानन्धरप्रति सादर शब्द श्रद्धा ।