जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

साहित्य अभिव्यक्तिको शाब्दिक कला हो पूर्ण वैद्य

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १२ भाद्र २०७८, शनिबार
अन्तर्वार्ता भित्र
0
साहित्य अभिव्यक्तिको शाब्दिक कला हो  पूर्ण वैद्य

० हाल तपाईं के लेख्दै हुनुहुन्छ ?
प्रायोजित रूपमा अहिले म केही लेखिरहेको छैन । मनमा छोएको कुरा फाटफुट लेख्छु । कति अधुरै छोडेको पनि हुन्छु । कति त मनमा राख्दाराख्दै नजन्मेपछि मर्छन् मेरा कविताहरू । सायद, म नलेखी बस्न सक्दिन । फेरि योजनावद्ध निरन्तर लेखिरहन पनि सक्दिनँ । लामो समयसम्म सृजनाहीन भएको आत्मबोधले कहिले मन पोल्छ पनि ।

०प्रत्येक स्रष्टाका साहित्यलाई हेर्ने र परिभाषित गर्ने आ–आफ्नै किसिमको दृष्टिकोण हुन्छ । तपाईंको दृष्टिकोण के हो ?
मूलतः साहित्य भनेको जीवनका अनुभूत अभिव्यक्तिको शाब्दिक कला हो । एउटा लेखकको अभिव्यक्तिको लागि अनुभूति जति आवश्यक छ त्यति नै अभिव्यक्तिकला । कलालाई शरीरको गहनासँग मात्र तुलना गरेर पुग्दैन । त्यो साहित्यदेहको छाला नै हो । साहित्यमा त्यो त्यत्तिकै अभाज्य र अनिवार्य तत्व हो । तैपनि छाला नै देह भने होइन । कथ्य (वस्तु) र कला (सीप)को संमन्वयात्मक अभिव्यक्ति साहित्य हो । न छालालाई छाडेर देह रहन सक्छ न सचेत देहविना छालाको महत्व हुन्छ ।

०तपाईं कस्तो लेखनलाई उत्कृष्ट ठान्नुहुन्छ ?
लेखनको उत्कृष्टताको नाममा खास आधार त्यसले पाठकका मानसिकतामा पार्ने गहिरो प्रभावको सम्प्रेषणीय क्षमता हो । सम्प्रेषणीय धार साहित्यको रूप र विचार दुवैबाट उत्पन्न हुन सक्छ । त्यसैले वस्तु र रूप अर्थात् कथ्य र शैली दुवैको उच्चता संयोग भएको कृति नै उत्कृष्टताको मुख्य आधार हो तर उच्चता र उत्कृष्टताको मापनमा कथ्यलाई अपेक्षा गर्न सकिंदैन । मानवीय संवेदनाको अभिबृद्धि गर्ने, सामाजिक न्यायप्रति चेतना फैलाउने, मानव–समाजलाई अगाडि लैजान विवेक र साहसको मानसिकता निर्माण गर्ने प्रभावकारी विचारको साथै त्यसलाई चीर प्रभाव पार्ने शक्तिशाली शैली रचनालाई मान्नुपर्दछ जो स्रष्टाको निरन्तरको साधनाबाट प्राप्त हुन्छ ।

०साहित्यकारहरूको दायित्व कस्तो हुनुपर्छ ? तपाईंको विचार प्रस्ट पारिदिनुहोस् ।
वाणीको सौन्दर्य–साधनाबाट युगसत्यलाई ग्रहणशील र हृदयग्राह्य बनाउनु, जीवनको यथार्थ बोधबाट समाजलाई वास्तविकता प्रति सजग, सचेत र संवेदनशील, विवेकशील मानसिकता निर्माणमा लागेर व्यापक मानवताको लागि असत्यसँग जुधिरहनु लखेकीय सामाजिक दायित्व हो ।

०हालसालको साहित्यलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?
वस्तु र रूपको निर्माणको विषयका विवाद, द्वन्द्व जुध्दै, छिचोलिँदै प्रायशः प्रगतितिरै भइरहेझैँ लाग्छ । जस्तो अति भावबोधबाट यथार्थगत वस्तुबोध तिर, मूल्यको केन्द्रीयताबाट विकेन्द्रीयतातिर, रीतिगत संयमबाट व्यक्तिगत स्वतन्त्रतातिर, निस्प्रयोग रिपिटेसनबाट सार्थक प्रयोगशीलतातिर, नयाँ मूल्य र नयाँ सौन्दर्यको खोजतिर भइरहेजस्तो । तर कतिपय साधक कलासृजनामा विचारबद्धताको अभाज्यतालाई नकार्नेतिर पनि लागेजस्तो, बाह्य रूपमा मात्र मग्न हुने पनि छन् । वास्तवमा कला भन्नु नै विचारमा आधारित अभिव्यक्तिको सुन्दरता हो । यसको बोधमा पनि लागेको छ आजको साहित्य । मलाई यस्तो लाग्छ । तर अध्ययनको सीमितताले गर्दा निश्चित रूपमा भन्न गाह्रो छ । मलाई भएको यो आभास मात्र हो ।

०तपाईं आफू कुन–कुन साहित्यकार, चिन्तकहरूबाट प्रभावित हुनुहुन्छ ?
मलाई थाहा छैन । म एक या दुईजनाभन्दा धेरै प्रभावशाली लेखकहरूबाट प्रभावित छु हुँला । मेरो चेतन र अचेतन मनमा । सायद, म धेरथोर अनेकबाट बनेको एक हुँ ।

०तपाईंको लेखकीय जीवनको सुरुवात कसरी भयो ? र तपाईंको साहित्यिक यात्रा कुन विधाबाट सुरु भयो ? कृपया सबभन्दा पहिले प्रकाशित कुनै पनि विधाको लेख, रचना उल्लेख गर्नुहोस् ।
स्कुलका साथीहरूको लेख्ने लहैलहैबाट उठेको एउटा लहर हुँ म । कुनै व्यक्तिको प्रेरणा वा मार्मिक घटनाबाट मेरो लेखन सुुरु भएको होइन । स्कुलमा माध्यमिक तह नपुग्दै मैले कविता लेखेँ । प्रवेशिका परीक्षा दिने अवस्थासम्ममा मैले कथा र निबन्धहरू पनि लेखेँ । स्कुलको विद्यार्थी छँदै साथीहरूसँग मिलेर क्रान्ति भन्ने हस्तलिखित पत्रिका निकालेको थिएँ । अध्यक्ष माओको कला र साहित्य विषयक येनान प्रान्तको चर्चित भाषण पनि अनुवाद गरिसकेको थिएँ । विद्वान् राहुल सांकृत्यायनको भागो नहीं दुनियाको बदलो भन्ने किताबको पनि केही पेज अनुवाद गरेको थिएँ ।
जहाँसम्म मेरो सम्झना छ बिहान भन्ने स्कुलको पत्रिकामा बिहान भन्ने नै कविता लेखेको थिएँ । त्यो कविता सम्पादकले खूब रुचाउनु भयो र त्यो पत्रिकामा अग्रलेखको रूपमा सबभन्दा अगाडि छाप्नुभयो । यो मेरो लेखनको सुरुको प्रेरणा नभए पनि लेख्दै जानमा आत्मविश्वास बढाउने, मेरो मनको उत्साह बढाउने अन्तर प्रेरणा भने जरुर थियो ।

०तपाईंलाई कसरी साहित्य–सिर्जनामा लाग्ने प्रेरणा प्राप्त भयो ? बताइदिनुहुन्छ कि ?
साहित्य–सृजनामा लाग्ने प्रेरणा सुरुमा मलाई स्कुलका साथीहरूसँग लेख्ने देखासिकीको रहरले पैदा भएको हो । यसरी मेरो प्रेरक मेरो आफ्नै स्वाभिमानभित्र रहेको आत्मबोध र आत्मविश्वास हो भने हुन्छ । पछि साथीभाइ, शिक्षक, अग्रज, लेखक कवि र साहित्यिक संस्थाहरूबाट पनि यो बाटोमा लाग्न प्रशंसा र प्रेरणा पाएँ ।

०कवितामा आफ्नो दृष्टि र शैली भएका तपाईं आधुनिक नेपालभाषाको कविताक्षेत्रमा अग्रणी कवि भइसक्नुभएको छ । तर नेपालीभाषामा तपाईंका कविताहरू कम मात्रामा मात्र प्रकाशित हुनुको कारण के हो ?
आफ्नो भाषामा व्यक्त गर्न सहज र स्वतस्फूर्त हुने हुनाले अपेक्षाकृत कम भएको होला । आफ्नो मातृभाषापछि सबभन्दा नजिकको भाषा नेपाली नै भएको हुँदा यसमा पनि कविता लेख्न त सक्छु, लेखेको छु तर त्यति सहज रूपले भाषामा बग्न भने सकिनँ, जति मातृभाषामा हुन्छ । मानिसमा आफ्नो भाषामै आफ्नो सोच, कल्पना, बिम्ब डुबिरहेको हुन्छ । कवि वर्डसवथले भनेझैं क्उयलतबलभयगक यखभचायिध या उयधभच ाभभष्लिन सहज व्यक्त गर्न सक्ने भाषा मातृभाषा नै हुन आउँछ । मलाई लाग्छ हरेकले विनारोकटोक सहज अभिव्यक्ति दिन सक्ने भाषामा नै कविता लेख्नुपर्छ कविताको रक्षाकै लागि । कविता लेख्ने भाषा कविको लागि अत्यन्त सहज र आफ्नो कमान्ड भएको हुनुपर्छ । भाषाको असहजताले कवि कवितालाई नछेकोस् । यस्तो कुरा मनमा लागिरहन्छ ।

०साहित्यमा कविता के हो ? सङ्क्षेपमा परिभाषा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
सार्वकालिक रूपले कवितालाई परिभाषित गर्न सकिँदैन । अर्थात् तत्कालीन अवधारणाको सीमाले सदा कवितालाई बाँध्न सकिंदैन । हामी जो परिभाषित गर्न खोज्छौं त्यो त्यसको तत्कालीन अवधारणा मात्र हो । त्यसमा रहेको बीजजस्तो आंशिक सत्यलाई लिएर थप्दै–घटाउँदै अगाडि जान्छौं । कविता सायद तत्कालीन सीमामा नअट्ने भाव र सीप–विकासका सम्भावनाको अनन्तता हो । कविता मेरो धारणामा संवेदना र अनुभूतिको सृजनात्मक योग हो जो शब्दको सुन्दरतामा पोखिन्छ ।
कविताको उत्पन्नहेतु बाह्य उद्दीपकबाट उत्पन्न हुने संवेदना हुने भावबोधता नै केन्द्रविन्दु हो । भावबोध कविताको उत्पत्तिको उर्जा भए पनि मात्र भावबोधता, मात्र संवेदना कविता बन्दैन । जबसम्म भाव पूर्वअनुभवसँग जोडेर नयाँ सृजना बन्दैन । संवेदना र अनुभवको जोडले शब्दको नयाँ अर्थ विस्तार गरी भाषागत सुन्दरता थप्छ । नयाँ प्रतीक र बिम्ब निर्माण गर्छ । नयाँ बिम्ब जो हाम्रो अर्धचेतन र अचेतन मनमा रहन्छ सायद । कविता लेख्न बस्दा अनायास बन्न आउने बिम्बहरू लाग्छ हाम्रो सचेत मन र अचेत मनको जोडले बन्छ । एकछिन अगाडिसम्म चेतन मनमा नआएको कुरा कतिचोटि लेख्दालेख्दै अनायास आउँछ । मलाई लाग्छ हामी कहिले अचेतन मनको अनायास निमित्त बन्छौं । संवेदनाहीन, अनुभवहीन, प्रयोगहीनताको धरातलबाट नयाँ कविता जन्मन्छ भन्ने मलाई विश्वासै लाग्दैन ।

०साहित्यकारको रूपमा तपाईंको सही मूल्याङ्कन भएको छ कि छैन ?
साहित्यकारको रूपमा मेरो सही मूल्यांकन भएको पनि छ र भएको पनि छैन । किनकि सबै समालोचक पूर्वाग्रही हुँदैनन् । पूर्वाग्रहरहित वरिष्ठ विद्वान् समालोचकहरूले मेरो लेखन–उत्साहलाई चाएका छन्, मलाई सम्मान दिलाएका छन् । पूर्वाग्रही तथा अहम्वादीहरूले मेरो नसा खोजेर जति पनि मर्मान्त प्रहार गरे पनि विवेकशील समालोचकहरूको प्रोत्साहनको अमृतले म बाँचेर यहाँसम्म आएको छु । मानवताको लागि लेखिरहने साहस जोडेको छु । म उहाँप्रति आभारी छु जन्मभरिको ।

०साहित्य र राजनीतिमा तपाईं कस्तो समानता वा असमानताको अनुभव गर्नुहुन्छ ?
सा
हित्य र राजनीतिमा उही मानवीय समस्याबोध र सामाजिक चेतनाको स्तरले धेरै समान छन् । केवल अभिव्यक्तिकला र प्राप्तिको बाटो र तरिका फरक छन् । आजका लेखक–कलाकार राजनीतिक चेतनाबाट अलग हुन सक्दैनन् र हुन पनि हुँदैन । आजका लेखक, कलाकारका आफ्नो सृजनाको विषय केबल परमार्थ, प्रकृति र श्रृङ्गार मात्र हुँदैन । यी सब विषयले आजको मानिसको जीवन–यथार्थ बोध गराउँदैन, जीवन सङ्घर्षलाई छुँदैन । मलाई त यस्तो लाग्छ राजनीतिक चेतनाबेगरको साहित्य बेकार हुन्छ, अमानवीय हुन्छ । यथार्थ सत्यबाट पलायन हुन्छ । आजको साहित्यको केन्द्र र राजनीतिको केन्द्र एक हो । त्यो हो आजको मानिस र उसको अवमूल्यित जीवन । मेरो राजनीतिको अर्थ उदार र व्यापक मानवीय हक–अधिकार, चेतना र सामाजिक न्याय, समानताका लागि शोषणबाट मानवमुक्ति हो । यसका लागि राजनीतिले धर्म, कला, साहित्य जस्तो न्याय भनि मात्र रहँदैन, जनशक्तिको व्यापक सङ्गठनशक्तिले त्यो न्याय, समानता, स्वतन्त्रता दिलाइ नै दिन्छ । यस्तो पवित्र । महान् लक्ष्यको लागि जीवन अर्पण गर्ने, बलिदान हुने राजनीति ठूलो चीज हो । यसलाई व्यक्तिस्वार्थले, दलगत स्वार्थले, केवल सत्ता हत्याउने स्वार्थले गन्दा बनाएको हो । राजनीति स्वयं गन्दा चीज होइन । महान् चीजको, मानिसको ठूलो चेतना र सङ्घर्षको उपलब्धि हो । साहित्य दृष्टि दिन्छ, राजनीति कार्यान्वयन गर्छ । फरक यति नै हो – लेखक आफ्नो कला, सौन्दर्यको प्रभावकारी माध्यमबाट चेतना फैलाउँछ, राजनीति सङ्गठनशक्तिबाट चेतना जगाउँछ, अन्ततः सत्ता लिएर काम गर्छ ।

०तपाईं कुनै राजनीतिक वादबाट प्रभावित हुनुभएको छ कि छैन ? के साहित्यमा राजनीति प्रभावित हुँदैन र ?
म कार्ल माक्र्सको द्वन्द्वात्मक चिन्तनबाट प्रभावित छु । यथार्थतः यो मानवको सामाजिक जीवनमा सबभन्दा ठूलो सत्य हो । जीवन सत्यबाट सदा प्रभावित भइरहन्छ नै, मानून् या नमानून् ।
साहित्य राजनीतिजस्तो शक्तिले प्रभावित नहुने कुरै छैन सकारात्मक या नकारात्मक । राजनीति मात्र होइन आर्थिक, धार्मिक, सांस्कृतिक आदि समाजमा भएका हर चीजले साहित्यलाई प्रभाव पार्छ नै । यदि व्यक्तिगत स्वार्थ, दलगत स्वार्थ, सङ्कीर्णताबाट माथि उठेर हेर्ने हो भने लेखक–कलाकारहरूमा विशुद्ध राजनीतिक चेतना झन् आवश्यक छ । किनभने ऊ जनमानसको निर्माता हो । शान्ति, स्वतन्त्रता र मानवताको साधक हो ।

०तपाईंजस्तो एकजना सफल लेखक हुन के–के गुणहरू आवश्यक हुन्छन् ?
म सफल लेखक हुँ भन्ने अहम् ममा छैन । हुँ जस्तो त्यति लाग्दैन पनि । मानौं सफलता, लक्ष्य मात्र हो यात्रामा बढिरहन ।
मेरो विचारमा तीव्र संवेदना होला जसले उसलाई (लेखकलाई) बेचैन गराउँदै तथ्य र सत्यको सूक्ष्म जरासम्म पु¥याउँछ । यथार्थको गहिराइसम्म पु¥याउने काम गर्छ । संवेदना बाक्लो भएमा मान्छे काटेको दृश्यले पनि नछुन सक्छ । अनुभवशाली, जीवनमा भोगमाथि सचेत रहनु । भोगेका कुरालाई वर्तमानका विषयवस्तुसँग तत्काल जोडी कल्पन सक्ने कल्पनाशीलता, सृजनशीलता र निरन्तर प्रयत्नशील आदि धेरै कुरा छन् ।

०जीवनमा कहिल्यै कठिनाइ अनुभव गरी लेखकीय जीवनबाट निराश त हुनुभएको छैन ?
जीवन हो, कतिचोटि निरास भएको छु । जीवनबाट भन्दा पनि लेखकीय जीवनमा जसको ठाउँमा अपजस र अपमान पाउँदा कहिले के लेखौं जस्तो भावशून्य बनेको छु । अग्रजहरूभन्दा समकक्ष कोही पूर्वाग्रही लेखक÷समालोचक साथीहरूले आफूले सम्मान–सद्भाव राख्दाराख्दै पनि शत्रुवत् व्यवहार गर्दा, गिराउन हर प्रकारको निकृष्ट प्रहार सहनुपर्दा निराशा आउनु स्वाभाविक नै मान्छु । तर मलाई प्रिय साथीहरू, विशेषतः अग्रज विवेकशील वरिष्ठ विद्वान् समालोचकहरूले समय–समयमा प्रोत्साहन र प्रेरणाका अमृत छरेर, आशा र उत्साहको ओत दिएर बचाएका छन् । निराशाको निष्कृय अन्ध कुवाबाट निकालेका छन् । यो मेरो लेखकीय जीवनको त्यति नदेखिने सत्य हो । मेरो रचनाको सही मूल्याङ्कनबाट प्रोत्साहनको अमृत छर्ने कवि÷समालोचकहरूप्रति म जीवनभर आभारी छु । यसरी म जीवनमा बाक्लो निराशाले छोपे पनि आशा बोकेर उत्साहतिर लम्कन्छु ।

०दिनचर्या कस्तो छ ? जीवनका समकालीन क्षणहरूबारे जानकारी दिनुहुन्छ कि ?
मेरो दिनचर्या सामान्य छ । प्रायः म बिहान ४ः३०, ५ः०० बजे उठ्छु । दैनिक सुची गरेपछि केही समय त्यस्तै आधा÷एक घण्टा सामान्य योग र प्राणायाम गर्छु । त्यसपछि चिया खाएर पाटन क्याम्पसमा कक्षा लिन पुग्छु । दिउँसो परिआउने कामबाहेक घरैमा बस्छु । लेख्न–पढ्न सधैं मन लाग्दैन, साहित्यिक साथीहरू आएको बेला कहिले दिनभरि पनि मज्जाले गफ गर्छु विषय साहित्यिक र राजनीतिक । मलाई च्भाचभकज भएजस्तो आनन्द आउँछ ।
आँखाको अलि कमजोरीले गर्दा बेलुका त्यतिको लेखपढ गर्दिन अहिले । बरु टिभीमा पनि बेलुका केही समय जान्छ । म संयम गरेर सृजनातिर लाग्छु भन्छु । प्रायः सकिरहेको छैन ।
मेरो लेखनको कुनै विशेष समय हुँदैन भने पनि हुन्छ । तर बिहान लेख्न नै मन पराउँछु । कहिले राति पनि लेख्छु ।

०तपाईंको व्यक्तिगत र साहित्यिक जीवनका तीता, मीठा अविस्मरणीय क्षणहरू छन् भने कृपया बताइदिनुहोस् न !
केही दिनअगाडि सुनाएको कविताको सन्दर्भमा मलाई भनेको रहेछ भन्ने बुझिहालेँ र म हाँसेँ । उहाँलाई आफ्नो हातैमा चिठ्ठी लिएर चिठ्ठी खोजिरहने भुलक्कड कवि भन्ने व्यक्तिको कविता सम्बन्धी तीव्र सम्झना देखेर म छक्क परेँ । यो मेरो मनमा एउटा अविस्मरणीय कुरा भएको छ ।

०भविष्यमा तपाईंको के योजना छ ?
खास कुनै योजना त छैन । तर आफ्नो स्थानविशेषमा केन्द्रित भएर केही कविताहरू लेख्ने मन छ । केही थालेको पनि छु । तर पनि अहिलेसम्म मेरो इच्छामा मात्र सीमित छ भने हुन्छ । योजनाबद्ध लेखनमा निरन्तरता दिन सकेको छैन । एउटा अङ्ग्रेजीमा र एउटा नेपालीमा सङ्कलन निकाल्ने इच्छा पनि छ । कार्यको थालनी भए पनि निरन्तरता दिन सक्या छैन । कवि–कलाकारहरूको सपना त अनन्त हुन्छ यथार्थताभन्दा परको ।

०तपाईंको कुनै खास अम्मल छ कि ?
मेरो खास नभई नहुने कुनै अम्मल छैन । अम्मलको अर्थ छोड्न नसक्ने र प्राप्तिबाट कहिल्यै नअघाउने रूपको कुनै वस्तु हो भने कविता नै मेरो अम्मल हो ।

०तपाईंको चाख कस्तो किसिमको छ ? खासगरी खानपिन र साथीसँगाती सम्बन्धमा ?
हुन त खानपानमा यही नै चाहिन्छ भन्ने मलाई केही छैन, तर म खानामा अलि नुनिलो र अलिअलि पीरो (त्यो पनि हरियो खोर्सानी) मनपर्छ ।

०रोगब्याधीले कत्तिको सताउने गर्छ ?
खास कुनै रोगले दुःख दिएको त छैन, तर शरीरमा युरिक एसिडले कहिलेकाहीँ अलिअलि दुःख दिन थालेको छ । दुईचोटि आँखाको अप्रेसन गरिसकेँ । तैपनि मेरो आँखा अलि कमजोर छ ।

०अन्तमा जनमत र पाठकहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
जनमतले साहित्यिक संस्कारद्वारा जनताको मत निर्माण गर्न सकोस् । तपाईंलाई यस साहित्यिक पत्रिकाको माध्यमद्वारा जनमानसमा युगचेतना भर्ने शुभ कार्यमा सफलता मिलोस् । जनमत हाम्रो साहित्यिक पत्रिकाको इतिहासमा कसैले बिर्सन नसक्ने उल्लेख्य योगदान दिने पत्रिकाका रूपमा रहोस् – शुभकामना ।

जनमत मासिक पत्रिकाको १०४ अंक पूर्ण वैद्य विशेष अंकको आर्काइभवाट


Tags: जनमतपूर्ण वैद्यमोहन दुवाल
अघिल्लो पोष्ट

आधुनिक कविताका सम्बन्धमा

पछिल्लो पोस्ट

पूर्वको पशुपति हलेसी

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर
प्रोफाइल

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
पूर्वको पशुपति हलेसी

पूर्वको पशुपति हलेसी

नेपाली साहित्यमा पूर्वीय दर्शनको प्रभाव

नेपाली साहित्यमा पूर्वीय दर्शनको प्रभाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार

दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार

४ जेष्ठ २०७९, बुधबार
पारिजात दिदीसित बिताएका केही क्षण

पारिजात दिदीसित बिताएका केही क्षण

४ जेष्ठ २०७९, बुधबार
हिटलरको दुर्भाग्य

हिटलरको दुर्भाग्य

३ श्रावण २०८१, बिहीबार
साहित्य सेवी एवं पत्रकार सुरेश कसजू जनमत–जनक प्रधान सेवा सम्मान

साहित्य सेवी एवं पत्रकार सुरेश कसजू जनमत–जनक प्रधान सेवा सम्मान

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक