भोली आफ्नो घर फर्कन गाडी कति बजे जान्छ भनि भैरहवा बसपार्कमा सन्तराम काउण्टरमा बुझ्न गयो । टिकट काउण्टरमा बसेको कर्मचारीले भन्यो विहान ४ः०० बजे र ४ः३० बजे जान्छ । अहो त्यति बेला त उठेर आउन सकिन्न त्यस पछिको गाडी छैन ? भनि सोध्दा त्यसो भए पोखरा सम्म जानुस त्यहाँ पुगे पछि अर्को गाडी पकडेर जानुस् भन्यो । कति बजे आउँभनि सोध्दा विहान ६,७ र त्यस पछि पनि आफ्नो अनुकुलमा आउनुस् आधा आधा घण्टामा गइराख्छ भन्यो ।
सन्तरामविहान ६ बजे नै बस स्टपमा पुग्यो र जाने बसको सम्बन्धमा सोधपुछ गयो । टिकट काउण्टरका दाईले भन्यो नारायणगढ बाट जाने भए ६ः३० बजे को छ , स्याङ्जाको बाटो ७ः१५ को गाडीमा जाने भए मिनिबस छ, ननस्टप पोखरा पु¥याउछ ।
सन्तरामले सोच्यो गाउँमाआफन्तको छोराको त्यही दिन ब्रतबन्धमा कसै गरी आउनुहोला भनेका छन् समयमा पुग्नु छ । ३०, ४० मिनेट कुरेर पनि स्याङ्जाको बाटो जानु पर्छ किभन्ने सोच्यो र सोध्यो हैन यो गाडी सिधा जान्छ ? धन्दै नमान्नुस कतै पेसेन्जर उकाल्ने र झर्ने गरे सिधै पुलिसलाई खबर गरे हुन्छ विश्वास गर्नुस फरक पर्दैन भन्यो ।
यतिभएपछि सन्तराम अगाडीको गाडी छाडी ७ः१० को गाडी कुर्न लाग्यो ।
तर ७ः२५ सम्मपनि गाडी नआए पछि के भयो ? भनि टिकट काउण्टरको त्यही कर्मचारीलाई सोध्दा चेकिङ हुँदैछ आउँछ भन्यो । ७ः३० बजे बल्ल गाडी आयो र सन्तराम गाडीमा पस्यो । बुटवलबाट वर्टुङ नपुग्दै कमसेकम १० ठाउँमा रोक्यो र मान्छे खाँच खाँच राख्दै गयो त्यसपछि वालिङसम्म पुग्दा कमसेकम १० ठाउँमा रोकियो र गाडी पल्टला झैं गरी सिन्की खाँजे जस्तै खाँज्न लाग्यो, अझै पटक पटक रोकेर पेसेन्जर थप्दै गयो । गाडीवालापको चाला देखेर बस भित्रका सबै कराए तर ड्राइभर खलासीले आफ्नो क्रम रोकेन ।
सन्तरामलाई दिक्क लाग्यो कस्को कुरा सुन्ने ? कसको कुरा नसुन्ने ?कसको कुरा पत्याउने, कसको कुरा नपत्याउने ?जनता किन शोषित र जनताको सुरक्षा सँग निकायको किन यस्तो वेवास्था?
के धनआर्जन नै सबको लक्ष्य हो त ? के नियम कानून भन्ने छैन राज्यमा, सन्तराम मुरीमुरी रह्यो ।