विदाको दिन परेको हुनाले मुग्धा अलि ढिलो उठेकी थिइन् ।
उनको पति शिवम् र बि.बि.ए प्रथम वर्षमा अध्यनरत्छोरो सुशान्तर कक्षा बाह्रमा पढ्दै गरेकी छोरी सुस्मिता हिजो राती अबेरसम्म बसेर टीभी हेरेको हुनाले विहान सात बज्न लाग्दासम्म पनि सुतिरेहका थिए । शिवमको त बानी नै थियो ढिलो उठ्ने ।
मुग्धा उठेर बाथरुममा पसिन र नुहाइवरी गुलावी रङको मेक्सी लाएर बैठककोठाको दक्षिणपट्टि भएको बार्दलीमा गएरकपालबाँधेकोे तौलिया हटाइन् । त्यसपछि उनले आफ्नो बाक्लो कालो केशलाई आंैलाले बिस्तारै–बिस्तारै छुट्याउँदै तौलियाले पुछ्न थालिन् । भिजेको केशबाट तप–तप पानी तप्किएर उनको ढाडलाई भिजाइरहेको थियो ।
त्यसरी नै एकाग्र भएर केश पुछ्ने क्रममा हठात् मुग्धाको दृष्टि आफ्नो नयाँ छिमेकीको घरको बार्दलीमा गएर अडियो । त्यहाँ एउटो नौलो युवक, जो सत्ताइस अठ्ठाइस वर्षको झैं देखिन्थ्यो, बार्दलीमा उभिएर निर्बिमेष दृष्टिले मुग्धालाई हेरिरहेको थियो । त्यसरी त्यो युबकले आफुलाई एकोहोरो किसिमले हेरिरहेको देखेर मुग्धालाइ असजिलो लाग्यो । एकछिन पछि मुग्धाले फेरि नजर उठाएर छिमेकीको बार्दलीमा हेर्दा त्यो युवक अझै पनि उस्तरी नै उनी भएतिर नै आँखा गाडेर उभिइरहेको थियो । युवकको एकोहोरो हेराईले उनलाई असजिलो लाग्यो ेर त्यसै कारण अन्यदिन जस्तो अलिबेरसम्म त्यहाँ उभिएर केश सुकाउन छोडेर उनी घरभित्र पसिन् ।
अलि बेरपछि शिवम र छोराछोरीहरु पनि उठे र आ–आफ्नो नित्यकर्म सिध्याइवरी विहानको खाजा खानको लागि डाइनिङ टेवल वरिपरि बसे ।
“ बजार गएर मैले के–के ल्याउने हो एउटा लिष्ट बनाएरु देऊ ।” शिवम्ले पत्नीतिर हेरेर भने ।
“बाबा….! आज रहु माछा ल्याउनुस न.. मलाई त माछाको झोलसंग भात खानु मन लागेको छ ।” शिवम् सामान किन्न जान लागेको देखेर सुस्मिताले भनेकी थिई ।
“हुन्छ, हुन्छ । आज माछा नै लिएर आउँला । माछा त तिम्री मम्मीलाई पनि मन पर्छ ।” शिवमले छोरीका कुरोलाई सहर्स स्किार्दै भने ।
“तिमीलाइ त यो मेक्सी खुवै सुहाएको छ नि । गोरो मान्छेलाई गुलावी रङ निकै सुहाउँछ ।” शिवम्ले चिया पिउँदै गरेकी मुग्धातिर पशंंसित दृष्टिले हेर्दै भनेका थिए ।
“मम्मी ! म आज कलेजको साथीहरुसँग दिउँसोको शो हेर्न जान्छुहै?” चिया खाजा खान बसेको क्षणदेखि नै हातमा भएको मोवाइल चलाईरहेको सुशान्तले अचानक आफ्नो मम्मीतिर हेरेर भनेको थियो ।
“बिदा भयो कि तिमीहरु आफैं प्रोगाम बनाउँछौ र हामीलाई सूचना मात्र दिन्छौ । कुन हलमा जाने ? को सँग जाने ? तेरो साथीहरुको मोवाइलनम्बर त्याँ नोटबुकमा लेख्नु ।” छोरोको कुरोको प्रतिउत्तरुमा अलि गम्भीर भएर बोलेकी थिइन मुग्धा ।
“मम्मी पनि बिनासिन्थिमा…..!.हामी त अब ठूलो भइसक्यौं नि…….। साना केटाकेटी होइनौं के । होइन त बुबा? ” सुशान्तले शिवम्तिर हेरेर हाँसदै भनेको हुन्छ ।
“हो ठिक भन्यो छोरोले । अब हाम्रा छोराछोरी ठूला भइसके । यीनीहरुले अब आफुले के गर्नु पर्छ र के गर्नु हुँदैन भनेर बुझिसकेका छन् ।” शिवमले भने ।
“तपाई चाँहि जहिले पनि छोराछोरीलाई उचाल्नुस् । पछि कतै केही भयो भने चाँही मलाई दोष नलागाउनुस् । ” मुग्धाले पति तिर हेरेर भनिन ।
“म त आज मम्मीसँग बानेश्वर, सानो मम्मीको घरमा जान्छु र उताबाट फर्किदा काठमाण्डौं मलमा पसेर आफ्नो लागि जुत्ता पनि किन्छु ।” उत्साहित हुँदै बोलेकी थिइ सुस्मिता ।
अर्को दिन विहान मुग्धा सबेरै उठेर आफ्नो नित्यकर्म सिध्याइवरी घरायसी काममा व्यस्त भइन ।
प्रायः साँढे सात बजे तिर मुग्धाको घरमा दिनहुँ काम गर्ने घरेलु कामदार शर्मिला आइन र मुग्धाले अहूाइको काम गर्न थालिन् ।
काम गर्दा गर्दै कुनै कामको सिलसिलामा मुग्धालाइ बार्दलीमा जान पर्दा उनले छिमेकीको बार्दलीमा उही हिजो आफुले देखेको युवकलाई देखिन् । ऊ हिजो जस्तै यतै मुग्धाको बार्दलीतिरै हेरिरहेको थियो ।
मुग्धालाई त्यो युवकसँग भित्र–भित्रै रीस उठ्यो, त्यस कारण उनले कठोर दृष्टिले त्यस युवकको आँखामा हेरेकी हुन्छिन् । तर पनि युवक एक टक लाएर मुग्धातिरै हेरिरहेको थियो ।
“कस्तो सोमत नभएको मान्छे रहेछ….!” युवकको अटेरपना देखेर मनमनै रोष प्रकट गर्दै मुग्धा घरभित्र पसेकी थिइन् ।
पहिलेका छिमेकीहरु सँग मुग्धाको परिवारको राम्रो परिचय थियो । उनीहरुमाझ बोलचाल मात्र होइन कहिले काँही एक अर्काको घरमा आवत जावत पनि हुन्थ्यो ।
विशेष गरेर आ–आफ्ना करेसा बारीमा उव्जनी भएका तरकारी, फलफूल थोरै मात्रामा भए पनि उनीहरु बाँडीचुँडी खान्थे तर उनीहरुले कुनै कारणवश उनीहरु त्यो घर अरुलाई बेचबिखन गरेर अन्तै गए ।केही दिनपछि नयाँ मानिसहरुले त्यो घरको ममर्मत गरेर रङ रोगन गरेपछि त्यसमा नयाँ छिमेकीहर आएर बस्न थालेको पनि पन्ध्र बीस दिन जति भइसकेको थियो ।
“त्यो घरमा बस्ने श्रीमान श्रीमतीले पनि हजुरहरु जस्तै जागिर खाँदा रहेछन् । छोराछोरी सबै विदेशमा पढ्न गएका छन अरे । धनी रहेछन् । गाडी पनि छ ।”शर्मिलाले सूचना ल्याएकी थिइ मुग्धाको घरमा।
“यो दिदीलाई त टोलको सबैघरको कुरो थाहा हुन्छ । होइन मम्मी ?शर्मिलाको कुरो सुनेर सुस्मिताले हाँस्दै आफ्नी मम्ीसँग भनेकी थिइ ।
त्यसपछिका दिनहरुमा चाँही घर बसेको बेला भित्र बाहिर गर्नु पर्दा साँच्चै नै बडो असहज महसुस हुन लागेको थियो मुग्धालाई । ‘कस्तो मोरो रहेछ, । बार्दलीमा त निस्कनै भएन जति बेला पनि यतैतिर आँखा ओछ्याएर उभिएको हुन्छ ।’ युवकको एकोहोरो हेराइबाट आजित भएकी मुग्धा दिगदार मान्दै, मनमनै सोच्ने गर्दथिन् ।
“ए छोरी ! तिमी बार्दलमिा धेरै ननिस्किनु है ! बार्दलीमा बसेर पढ्नु पनि पर्दैन । घरभित्र बसेर पढ्नु ।” एकदिन मुग्धाले छोरीसँग भनेकी हुन्छिन् ।
“किन मम्मी किन बार्दलीमा बसेर नपढ्ने ?” सहजस्वरमा सोधेकी थिइ सुस्मिताले ।
“किन सोध्नु प¥यो दशवटा कुरा ? भित्रै बसेर पढे त भै गो नि.. । बार्दलमिानै बसेर पढ्न पर्छ ?” एकाएक उत्तेजित भएर बोलेकी थिइन मुग्धा ।
“ल…… मम्मी त यस्ै रिसाउनु भयो । मैले त किन बार्दलीमा नबस्नु भन्नु भएको भनेर सोधेकी मात्र त हुँ नि…………….।” अँध्यारो अनुहार लाएर सुस्तरी भनेकी थिइ सुस्मिताले ।
“होइन, होइन म तँसँग रिसाएकी होइन । त्यो छिमेकीको बार्दलीमा जहिल्यै पनि एउटा केटो उभिएर यतै हाम्रै घरतिर आँखा गाडेको हुन्छ । मलाई त त्यस्तो बानी मनै पर्दैन । त्यै भएर भनेको ।” मुग्धाले भनेकी हुन्छिन् ।
“ए……….साँच्चै हो ? खोइ हेर्यौ त म पनि….।” भन्दा भन्दै जुरुक्क उठेर बार्दलीमा जान तम्सेकी हुन्छे सुस्मिता ।
“लौ हेर न.., कस्ती उत्ताउली भएकी । मैले न जा भनेपछि…………….. । चुप लागेर बस् आफ्नो ठाउँमा ।” मुग्धाले अलि कठोर स्वरमा छोरीलाई हप्काएकी हुन्छिन् ।
हप्ता दिन जति हुन लागेको थियो त्यो अपरिचित युवकको अस्वभाविक र उदण्ड स्वभावको कारणले गर्दा मुग्धाको मनमा त्यो युवकप्रति ज्यादै नै रोष उत्पन्न भएको थियो ।
“के म यो विषयमा शिवमसँग कुरा गरुँ ? के भनुँ म उनलाई ? कतै शिवमले मेरो कुरोलाई त्यसै हाँसोमा उडाइदिने त होइनन्……..? यो अडचालिस बर्षे उमेरमा मलाई केटोले हेर्यो भनेर कसरी पोल लाउने ? के गरौं …….?उहँ,सुहाँदैन मलाइृ यस्तो कुरो गनर्,” उनी आफ्नै मनसँग तर्क गर्न थालेकी थिईन ।
“मम्मी ! म एउटा कुरो भन्छु है त । नरिसाउनु नि……….।”एक दिन बेलुकापख घरमा मुग्धा र सुस्मिता मात्र भएको बेला सुस्मिताले आफ्नो ओठको कुनाबाट अलि–अलि मुस्कान फुस्काउन खोज्दै मुग्धाको अघि भनेकी थिई ।
”रिसाउँदिन –रिसाउँदिन भन्न के कुरो हो ?” उत्सुकतापूर्वक प्रश्न गरेकी थिइन मुग्धाले छोरीसँग ।
“त्यो केटो छ नि……. बार्दलीमा उभिने….. त्यसले के………।” भन्दा भन्दै मृदुलाको अनुहारमा उदाएको जिज्ञासालाई लक्ष्य गरेकी सुस्मिताले आफुले भन्दै गरेको कुरोलाई बीचैमा रोककी थिइ ।
“भन न् भन्या कुरो खालेर …………।” मुग्धाले दिग्दार मान्दै भनेकी थिइन ।
ल, ल, भन्छु । मैले आफैले टेष्ट गरेर के पत्तो लगाएँ भने नि, त्यो केटोले मलाई होइन तपाईलाई पो हेरिरहँदो रहेछ । मलाई पक्का थाहा भयो ।”
कुरो जति सबै बेगपूर्वक भनेपछि मुग्धाको अनुहारमा हेरेर चुप लागेकी थिइ सुस्मिता ।
“के भन्छे यो केटी………. यस्तो कुरो पनि हुन्छ ? मलाई किन हेरोस उसले ?मन मनै छोरीले भनेको कुरोलाई समर्थन गरेकी भएता पनि बहिरी तौरमा जति सक्दो शान्त र स्थीर स्वरमा बोलेकी थिइन मुग्धा ।
“हो के ! मैले भनेको कुरो एकदमै सही हो । त्यसले जतिखेर पनि तपाईलाई हेरिरहेको हुन्छ ।” दृढतापूर्वक भनेकीथिइ सुस्मिताले ।
“तैले कसरी थाहा पाइस भन त ?” मु्ग्धाले प्रश्न गरिन ।
दुई दिन भइसक्यो मैले लुकेर उसलाई हेर्न लागेको । जब तपाइ कुनै कामले भित्र बाहिर गर्नुहुन्छ तब उ त्यही बार्दलीमा उभिएर तपाईलाई हेरिरहन्छ तर जब मलाई देख्छ तब तुरुन्तै घरभित्र जान्छ । नपत्याए तपाइले पनि म बाहिर बार्दलीमा गएको बेला त्यो केटोले कसो गर्दो रहेछ हेर्नोस त ! ढुक्क संग बोलेकी थिइ सुस्मिता ।
छोरीको कुरो सुनेर मुग्धा केही बेरसम्म चुप लागिन र फेरि बिस्तारै भनिन “भो छोडि दे यस्ता वाहियात कुरा ! कसै कसैको स्वभाव नै त्यस्तो हुन्छ । हामीले त्यस्तो कुरामा ध्यान दिनुहुन्न ।”
“म यो कुरो दादालाई भनुँ ? दादाले त यो कुरो थाहा पाउनु भयो भने त त्यही गएर ठिक पार्नुहुन्छ त्यसलाईसाथ त्यसलाई,” अलि उत्तेजित हुँदै बोलेकी थिइ सुस्मिता ।
“पर्दैन………! पर्दैन भन्नु । त्यसको रीस ठूलो छ । गएर हात हालाहाल गर्यो भने ठिक हुँदैन । फेरी यस्तो कुराअरूले थाहा पाए भने के भन्लान ?” तटस्थ भएर भनेकी थिइन मुग्धा ।
त्यो अपरिचित युवक प्रायः दिनहुँ जसो छिमेकीको बार्दलीमा उभिएर मुग्धालाई हेर्न लागेको पनि धेरै दिन भइसकेको थियो ।
“हत्तेरिका………….! बार्दलीमा त निस्कनै नहुने भयो । कस्तो निर्लज्ज केटो रहेछ । अब त भित्र बाहिर गर्दा पनि शरीरमा उसैको आँखा टाँसिएको जस्तो लाग्न थाल्यो । के गरुँ,” युवकको एकोहोरो हेराईबाट हैरान भएकी मुग्धा मनमा कुरा खेलाउथिन् ।
एक दिन मुग्धा कलेजबाट अलि चाँडै घर फकेर्की थिइन ।
लुगा फेरिवरि आफ्नो निम्ति एक कप कफी बनाएरु उनी बैठक कोठामा गइन । अनायसै उनको आँखा छिमेकीको बार्दलीमा पुग्यो त्यो युवक त्यहाँ देखिएन । “थेङकगड ! आज चांही त्यो यहाँ छैन ।” मुक्तिको सास फेर्दै मुग्धाले सोचिन ।
त्यस पछि उनले बार्दली पट्टिको ढोका खोलिन र कफी हातमा लिएर बार्दलीमा गइन । मुग्धालाई आफ्नो घरको बार्दलीमा बसेर पत्र पत्रिका पढ्नु, कफी पिउनु अनि त्यही बसेर परिवारका सदस्यहरुसँग यताउताका कुरा गरेर बस्नु बडो आनन्द आउँछ । त्यसैले पनि होला उनलाई घरको यो बार्दली अत्यन्त प्रिय लाग्छ । केही दिन यतादेखि भने उनको त्यो प्रिय बार्दली उनीबाट खोसिएको जस्तो अनुभूत गरेकीछिन उनले ।
“आज के भयो उसलाई…….? कतै गयो कि……? ” . त्यस अपरिचित युवकको अनुपस्थितिले प्रश्न उब्जाएको थियो मुग्धाको मनमा ।
त्यसरी नै सोचाइमा तल्लिन रहेकी मुग्धाको दृष्टि केही बेरपछि अचानक फेरि बार्दलीमा पुगेको थियो । “अहो ……………..”.! त्यो युवक त कतिखेर त्यहाँ आएर सदाको झैं निर्मिमेष दृष्टिले उनैलाई हेरिरहेको थियो ।
अव भने मुग्धाले जानी बुझी सोझै उसको आँखामा हेरिन । यस पटक भने त्यो युवक पहलिो पटक उनको आँखामा हेरेर मुसुक्क मुस्कुराएको थियो ।
युवकको अप्रत्याशित मुस्कानले मुग्धाको शरीरमा सुस्तसँग तरङ्ग गएको हुन्छ ।
वर्षौदेखी आफ्नो ग्राहस्थ्य जीवनमा सन्तुष्टीकासाथ रमाइरहेकी मुग्धाको जीवनमा अचानक त्यो अपरिचित युवकको आगमनले गर्दा एउटा नौलो प्रकारको रोमाञ्चक अनुभूतिले उनको हृदयलाई उल्लसित पारेको थियो ।
त्यसपछिका दिनहरुमा मुग्धाले आफ्नो पहिरन र श्रृंगारमा अलि बढी ध्यान पु¥याउन लागेको स्पष्ट सँग देखिन्थ्यो ।
“तपाईलाई त दुइवटा सन्तानकी आमा भन्न पनि सुहाउदैन । के छ यसको रहस्य ? कसरी मेन्टन गरेर राख्नु भएको छ आफ्नो शरीरहलाई ?”कलेजका सहकर्मी महिलाहरु प््रायजसो सोध्दथे मुग्धासँग ।
मुग्धालाई लाग्दछ त्यो युवक अवश्य पनि उनको दैहिक लालित्यको आकर्षणमा आकर्षित भएर नै त्यो सब हाउभाउ प्रदर्शित गरिरहेको छ ।
हिजआज युवकको एकोहोरो हेराईले मुग्धाको मनमा पहलिेकोजस्तोकुण्ठा उत्पन्न हुँदैन । बरु उसको कोमल दृष्टिालई संझनासाथमन त्यसै त्यसै पुलकित हुन्छ ।
जति–जति दिनहरु बितिरहेका थिए उति–उति नै त्यो अल्लारे स्वभाव भएको युवकको मायालु हेराइले मुग्धाको मनमा रोमाञ्चकताथप्दै थियो ।
“उफ……..! यो के भइरहेको छ मलाई ? किन मेरो मन यसरी बरालिदै छ ? म कतै दिशाहिन त भएकी छैन । उहँ मैले आफुलाई र आफ्नो अनियन्त्रित भएको मनलाई सम्हाल्नै पर्छ ।” उनी बारम्बार आफुलाई सचेत गराउने प्रयास पनि गर्दथिन् ।
एकदिन अचानक त्यो युवक बार्दलीमा देखिएन ।
“कतै गएको होला…………..।” एक दुई दिन युवकलाई बार्दलीमा नदेख्दा मुग्धाले साचेकी थिइन ।त्यसपछिका दिनहरुमा पनि त्यो युवक देखिएन । “आखिर ऊ को थियो ? काहाँ गयो ?” यस्ता अनेक प्रकारका प्रश्नहरुले मुग्धाको हृदयलाई डस्न थालेको थियो ।
बर्षौदेखि एकैनासको जीवन यापन गरिरहेकी मुग्धाको जीवनमा त्यो अपरिचित युवकको अप्रत्यासित आगमनले जसरी नजानिदों किसिमले एकप्रकारको स्पन्दन उत्पन्न गरेको थियो । त्यसरी नै उसको आकस्मिक प्रत्यागमनले उनको जीवनमा मधुरो किसिमले भएको भए ता पनि केही नैराशय र रित्तोपन त अवश्य पनि ल्याएकै थियो ।
प्रायःश घर भित्र बाहिर गर्ने क्रममा मुग्धाको दृष्टि छिमेकीको रित्तो बार्दलीमा पुग्दा अनायसै त्यस अपरिचित युवकको संझना हुन्थ्यो ।
एक दिनको कुरो हो, त्यसदिन बिदाको दिन परेको हुनाले मुग्धाले अलि विशेष प्रकारको व्यञ्जन तयार पारेकी थिइन ।
“आहा ! आज त कति थोक पकाउनु भएछ मम्मीेले त……..!.” टेवलमा राखिदिएका व्यञ्जनहरु हेर्दै भनेकी थिइ सुस्मिताले
“सुशान्त……….., कति मोबाइल चलाइरहेको ?ँ” खाना खान भनी कुर्सीमा डाइनिङ्ग टेवलको छेउँमा राखिएको कुर्सीमा बसिसकेर पनि हातमा भएको मोवाइल चलाइरहेको छोरोलाई हेरेर भनेका थिए शिबम््ले ”
“ए साँच्ची मम्मी ! मैले त तपाइलाई एउटा कुरो भन्नै बिर्सिएको रहेछु ।” मुग्धाले खाना पस्किदै गरेको बेला केही संझे झै गरेर बोलेको थियो सुशान्त ।
“के कुरो ? ” सहज स्वरमा सोधेकी थिइन मुग्धा ।
“हाम्रोे नयाँ छिमेकीको घरमा अस्ति भर्खरै एउटो नयाँ केटो आएको थियो नि, देख्नुभएको थियो तपाइले ?” सुशान्तले प्रश्न गरेका थियो आफ्नी मम्मी सँग ।
“हँ ?अ भन्न । ” छोरोको प्रश्नले केही हडबडाएकी जस्ती भएकी मुग्धाको मुखबाट त्यति मात्र निस्किएको थियो ।
“हो । हो । मैले देखेकी थिए । त्यो केटोलाई बार्दलीमा उभिइरहन्थ्यो, होइन ?” दाजु र आमाले अरु बोल्न नभ्याउँदै बीचमै बोलेकी थिई सुस्मिता ।
“अँ भत्र त, के भन्न खोजेको छस् ।” शिवम्ले छोरोतिर हेरेर भनेका थिए ।
“हो…………त्यो त उ……….पर, हाम्रो टोलको पुछारमा घर भएको बस्नेत अंकल हुनुहुन्छ नि? हो त्यै अंकलको छोरा दीपक दाई क्यात ? म भन्दा सिनियर हुनुहुन्छ नि….? हामी खेल्न जाने फुटसलमा पनि आउनु हुन्छ । हो त्यै दीपक दाइसँग त्यो बार्दलीमा उभिने केटाको दोस्ती भएको रहेछ क्या । अहिले त त्यो केटो जापान फर्किसक्यो हो?त्यस्ले दीपक दाइसँग हाम्रो मम्मीको बारेमा कुरा गरेको रहेछ ।” त्यति भनेपछि सुशान्त केही क्षणको लागि अडिएको थियो ।
“यसको चाँही यै बानी नराम्रो । जुन कुरा गर्नु प¥यो भने पनि लामो मूमिका बाँध्न पर्ने । जुन कुरो भन्नु छ खुलस्त गरेर छोटकरीमा भन् न । बेकारमा जस्तो कुरालाई पनि जेरी घुमाएको जस्तो घुमाएको घुमाएकै गर्छ ।” छोरोले कुरा लम्बाएर बोलेकोमा रिसाउँदै भनेका थिए शिबम्ले ।
यता मुग्धालाई भने त्यो युवकको प्रसङ्गगमा आफ्ु पनि जोडिन पुगेकोमा उनको मनलाई अनेक खाले आशंकाले घेर्न थालेको थियो ।
“उसले जापान फर्कनु भन्दा अघि दीपक दाइसँग भनेको थियो अरे उसलाई त हाम्रो मम्मी ठ्याक्कै उसको आफनी मम्मी जस्तै लाग्यो अरे । मम्मीको उमेर, जीउडाल, रंगरुप सबै उसको मम्मीसँग मिलछ अरे। तर, बिचरा उसको मम्मी त हाम्रो मम्मीकै उमेर हुँदा केन्सर भएर मरेकी रहिछ ।” त्यति भने पछि, सुशान्तले आफनो भागको खाना खान लाग्छ ।
“ए बिचरो…..।” शिबम्को मुखबाट संवेदनापूर्ण ध्वनि निस्किएको थियो ।
छोराको कुरा सुन्नासाथ क्षणभरको निम्ति जड बनेकी मुग्धाको शरीरबाट हँुदै गएको अदृश्य कंप उनको हृदयको गहिराइसम्म पुगेको थियो ।
त्यसपछि मुग्धा र सुस्मिताले अर्थपूर्ण दृष्टिेल एक अर्कालाई हेरेका थिए ।
उफान
माया ठकुरी