जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना

कपिल लामिछानेको ‘माग्ने’ लघुकथाको विश्लेषण

हरिप्रसाद ज्ञवाली हरिप्रसाद ज्ञवाली
प्रकाशित २८ असार २०७८, सोमबार
समालोचना भित्र
0
कपिल लामिछानेको ‘माग्ने’ लघुकथाको विश्लेषण

विषयप्रवेश
कपिल लामिछाने नेपाली आख्यान क्षेत्रका चर्चित एवम् मूर्धन्य व्यक्तित्व हुन् । एउटा सफल समालोचक, कवि, निबन्धकार, कथाकार, बालकथाकार, बालउपन्यासकार, अनुसन्धानधाता मात्र नभएर एक महत्वपूर्ण र चर्चित लघुकथाकार पनि हुन् । २०१५ साल आश्विन २४ गते पिता सुकदेव र माता सुकमाया लामिछानेका जेठा पुत्रका रूपमा कास्की जिल्लाको पोखरा मनपा वार्ड नं. २८ (साबिक माझठाना गा.वि.स.वार्ड नं.१) मा उनको जन्म भएको हो । सर्वप्रथम २०३४ सालमा बनारसबाट प्रकाशन हुने कल्याणी पत्रिकामा ‘कामना’ शीर्षकको कविता प्रकाशन गरी साहित्यिक क्षेत्रमा प्रवेश गरेका लामिछानेले कविता, कथा, निबन्ध, समालोचना, एकाङ्की आदि क्षेत्रमा कलम चलाए पनि उनको मुख्य रुचिको विधाचाहिँ लघुकथा रहेको छ । लघुकथाको क्षेत्रमा लामिछाने बढी सिद्धहस्त देखिन्छन् । २०४४ सालमा ‘कुप्राहरूको देश’ शीर्षकको लघुकथाबाट लघुकथाका क्षेत्रमा प्रवेश गरेका लामिछानेका हालसम्म अन्यथा (२०५४), जलमानव (२०६१), बोन्साइ (२०६९) र विस्थापन (२०७५) गरी चार लघुकथा सङ्ग्रहहरू प्रकाशित छन् । यीमध्ये अन्यथा उनको पहिलो लघुकथा सङ्ग्रह हो । यस सङ्ग्रहमा ३९ लघुकथाहरू सङ्गृहीत छन् । तीमध्ये ‘माग्ने’ लघुकथा कक्षा ९ को नेपाली पाठ्यपुस्तक (पृष्ठ ६५) मा समेत अतिरिक्त अभ्यासका निमित्त राखिएको पनि छ । यहाँ यही लघुकथाका बारेमा विभिन्न कोणबाट अध्ययन गरिएको छ ।

कथावस्तु
‘माग्ने’ लघुकथाको विषयवस्तु सामाजिक छ । यो एउटा छोटो सटीक, मार्मिक र अर्थपूर्ण कथाको रूपमा रहेको छ । एउटा मैलो लुगा लगाएको, खुट्टामा जुत्ता चप्पलसमेत केही नभएको, झुत्रा कपडा, मलीन अनुहार र जीर्ण शरीर भएको मगन्ते एउटा नवधनाढ्यकोमा केही खाने कुराको आशा लिएर पुग्दा नवधनाढ्यले उसलाई भिक्षाको सट्टा एक जोर नयाँ कपडा दिन्छ, तर माग्नेले आफ्नो आशाविपरीत आइलागेको त्यो नयाँ कपडालाई ओल्टाईपल्टाई हेरी पुनः त्यही स्थानमै राखेर छोडिदिएपछि नवधनाढ्यले आपूmलाई तिरस्कार गरेको महसुस गरेर कडा स्वरमा माग्नेलाई हप्काउँछ । केही खाने कुरा वा भिक्षाका लागि याचना गरेको माग्नेले त्यसको विपरीत नयाँ कपडा प्राप्त गरेको, अझ हुँकाइ खानुपरेपछि करुण स्वरमा आफ्नो बाध्यता र यथार्थता बताउँछ । नयाँ कपडा लगाएर माग्न जाँदा कसैले केही नदिने भएकोले आपूm भोकै मर्ने यथार्थ माग्नेले अवगत गराउँछ । नयाँ कपडा आफ्नो आधारभूत आवश्यकता अथवा प्राथमिकतामा नरहेकोले नयाँ कपडा दिनु आफ्नो पेटमा लात हाने सरह हुने कुरा बताएर उसले आफ्नो यथार्थ र वस्तुगत स्थिति अवगत गराएको छ । लघुकथाको विषयवस्तु र सार यही हो ।
यसबाट वस्तुको मूल्यवत्ता वस्तुमा होइन, आवश्यकतामा हुन्छ भन्ने प्रस्ट हुन्छ । एउटा भोको मान्छेका लागि कपडाभन्दा खानाको महŒव बढी हुन्छ । कपडाले पेटको भोक मेटाउन सक्दैन ।

पात्र र चरित्र
यस लघुकथाभित्र जम्माजम्मी दुईवटा पात्र छन् । एउट नवधनाढ्य र अर्को गरिब ‘माग्ने’ । नवधनाढ्य पात्र महलमा बसेको, प्रशस्त धनसम्पत्ति, रोबरबाफ भएको, हैकम चलाउन खोज्ने प्रवृत्तिको चरित्रका रूपमा देखापर्दछ भने माग्ने एउटा गरिब, दीनहीन, सम्पत्तिहीन, अभिभावक र सन्तानहीन पात्रको रूपमा देखापरेको छ । जो स्वभावतः करुण स्वरमा याचना गर्दै हिँड्ने निरीह पात्रका रूपमा रहेको छ । लघुकथाभित्र दुईवटा मात्र पात्र रहेकाले एकातिर लघुकथा छोटोछरितो भएको छ भने अर्कातिर उद्देश्य सुस्पष्ट हुन गएको छ ।

उद्देश्य
यस लघुकथाको उद्देश्य नेपाली वर्गीय समाजको वास्तविकतालाई सटीक र मार्मिक ढङ्गले प्रस्तुत गर्नु रहेको छ । नेपाली समाज वर्गीय समाज हो । जहाँ धनी वर्ग र अत्यन्त गरिब दुवै वर्गको अस्तित्व रहेको छ । एउटै समाजभित्रका मानिसहरूमा पनि एउटाको जीवन विलासी, सुखसयल, मोजमज्जा र आनन्दपूर्वक बितेको छ भने अर्कोतिर जीवन अत्यन्तै कष्टकर, दुःखदायी, निरीह र पीडादायक छ । एउटै समाजका व्यक्तिहरूमा पनि वर्गीय धरातल फरक रहेको देखाउनु यस लघुकथाको मुख्य उद्देश्य हो । यस्तै वस्तुको मूल्यवत्ता वस्तुमा होइन, आवश्यकतामा हुन्छ भनेर देखाउनु पनि यस लघुकथाको उद्देश्य हो । एउटा भोको मान्छेका लागि कपडाभन्दा खानाको महŒव बढी हुन्छ । कपडाले पेटको भोक मेटाउन सक्दैन । यस उद्देश्यप्राप्तिमा सहरिया परिवेशमा उभिएको यो लघुकथा सफल रहेको छ ।

परिवेश
यस लघुकथाको परिवेश मूलतः असमान अर्थव्यवस्था भएको नेपाली समाज हो । विशेषगरी यसमा सहरिया परिवेश रहेको छ । सहरिया परिवेशमा वर्गीय खाडल झन् बढी रहेको पाइन्छ । सहरिया परिवेश र वातावरणमा एकाङ्गी जीवन रहेको हुन्छ । एकअर्काको वास्ता, मतलब, चासो वा पारस्परिक सहयोगको आदान–प्रदान नभएपछि स्वतः वर्गीय समाजको निर्माण हुन्छ र यस्तो परिस्थिति र वास्तविकतालाई यस लघुकथाले देखाएको छ । यसरी यस लघुकथाले छोटोछरितो भाषाशैलीमा मूलतः असमान अर्थव्यवस्था भएको नेपाली सामाजिक परिवेशको चित्रण गरेको छ ।

भाषाशैली
यो लघुकथा रैखिक ढाँचामा संरचित छ । लघुकथाको भाषाशैली व्यङ्ग्यात्मक र प्रतीकात्मक रहेको छ । कुकुरलाई घिउ नपचेको भन्ने उखानले लक्ष्यार्थ भाषा प्रयोग गरेको छ भने ‘यी लुगा लगाउन बाध्य गराएर मेरो पेटमा किन लात हान्नुहुन्छ ? मैले हजुरको के बिराएको छु र’ भन्ने प्रश्नले स्वभावतः गरिब मानिसको वास्तविकतालाई सटीक ढङ्गले देखाएको छ । छोटो संवाद शैली समेत अँगालिएको यस लघुकथाको भाषाशैली छोटोछरितो रहेको छ ।

दृष्टिविन्दु
यस लघुकथामा प्रथम पुरुषीय पात्रको प्रयोग नगरिएको, कथाकारको प्रत्यक्ष उपस्थिति नरहेको, तृतीय पुरुषीय पात्र माग्ने, नवधनाढ्य प्रयोग गरिएकोले यस कथाको दृष्टिविन्दु बाह्य सीमित दृष्टिविन्दु रहेको छ । कथाको आदिदेखि अन्त्यसम्म पूर्ण रूपले माग्ने पात्र उपस्थित रहेकोले यो कथाको सर्वाधिक महŒवपूर्ण पात्र हो ।

निष्कर्ष
लघुकथाकार कपिल लामिछानेले आजका व्यस्त समाजका मानिसहरूलाई छोटो समयमै पढेर सकिने खालका लघुकथाहरू रचना गरेका छन्, जसमध्ये यो ‘माग्ने’ लघुकथा पनि अत्यन्तै छोटो, सटीक र मार्मिक रहेको छ । नेपाली वर्गीय समाजको कटु यथार्थहरूलाई समेटेर लेखिएको यस लघुकथाले नेपाली समाजको वास्तविकतालाई देखाएको छ । सामाजिक जीवनको सघन, सरल र सटीक चित्रको प्रस्तुति, प्रतीकात्मक शैली, समाज चेतना र सुधारको सन्देश प्रवाह गरेकाले ‘माग्ने’ लघुकथा एक यथार्थवादी लघुकथाका रूपमा रहेको छ ।


अघिल्लो पोष्ट

मृत्युको अघिल्तिर

पछिल्लो पोस्ट

मुरर्मुराई

हरिप्रसाद ज्ञवाली

हरिप्रसाद ज्ञवाली

सम्बन्धित पोष्टहरू

नेपाली कवितामा नारी स्वर
समालोचना

नेपाली कवितामा नारी स्वर

१२ फाल्गुन २०८२, मंगलवार
आधुनिकताको नेपाली कवितामा प्रयोग – एक मीमांसा
समालोचना

आधुनिकताको नेपाली कवितामा प्रयोग – एक मीमांसा

२६ माघ २०८१, शनिबार
नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४
अनुसन्धान

नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४

८ माघ २०८१, मंगलवार
लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन
समालोचना

लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

१५ पुष २०८१, सोमबार
पछिल्लो पोष्ट
मुरर्मुराई

मुरर्मुराई

उफान

उफान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नयाँ दृष्टिका इतिहासकार केदारनाथ प्रधान

नयाँ दृष्टिका इतिहासकार केदारनाथ प्रधान

२३ फाल्गुन २०७८, सोमबार
काभ्रे बहुमुखी क्याम्पसको संस्थापन, निर्माण र प्रगतिकै सन्दर्भमा

काभ्रे बहुमुखी क्याम्पसको संस्थापन, निर्माण र प्रगतिकै सन्दर्भमा

२३ फाल्गुन २०७९, मंगलवार
गुडबाई ब्राजिल

गुडबाई ब्राजिल

२३ फाल्गुन २०७८, सोमबार

हिँड्दा हिँड्दै

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक