यहुदी डायस्पोराको सबैभन्दा ठूलो, महत्वपूर्ण र सांस्कृतिक दृष्टिले सिर्जनात्मक समूह अलेक्जेन्डरियामा इस्वीपूर्व पहिलो शताब्दीमा फलीफुली समृद्धितर्पm लम्किएको देखिन्छ । त्यसपछि यहुदीवाद (judaism) का प्रमुख केन्द्रहरू देशदेशमा सर्दै गए । यस क्रममा यहुदी समुदाय बेबिलोनिया, पर्सिया, स्पेन, फ्रान्स, जर्मनी, पोल्यान्ड, रसिया, संयुक्त राज्य अमेरिका आदि विभिन्न देशमा छरिँदै गयो र त्यसरी छरिएकाहरू तत्तत् देशका भाषा, रीतिथिति र संस्कृति अँगाल्दै यहुदीइतर परिवेशमा समाहित हुन थाले । त्यस क्रममा केहीले शान्तिपूर्वक बस्न पाए भने केही हिंसाका सिकार भए ।
१. डायस्पोराको प्रारम्भिक अर्थ र ऐतिहासिक सन्दर्भ
ग्रिसेलीबाट आएको डायस्पोरा (dispersion) शब्दलाई हेब्रुमा नबगित (निर्वासन) भनिन्छ । डायस्पोराको खास वा मूल अर्थ यहुदी समुदायले प्यालेस्टाइनबाहिर निर्वासित जीवन बिताउनु भन्ने हुन्छ । यसका लागि निर्वासन galut or exlie) शब्दभन्दा राम्रो शब्द विकीर्ण अर्थ बुझउने तभागतशयत (dispersion) लाई मानिन्छ । यस शब्दले बलपूर्वक ननिकालिई आफैँ संसारभर पैmलिनु भन्ने अर्थबोध गराउँछ । ऐतिहासिक बेबिलोनियाली निर्वासन (५८६ इस्वीपूर्वतिर) पछि यहुदी समुदायका लगभग सबै व्यक्तिहरू निर्वासित भई प्यालेस्टाइन (वर्तमान इजरायल) भन्दा बाहिर छरिन पुगे । यहुदीहरूको यो निर्वासन भौतिक मात्र नभएर धार्मिक, दार्शनिक, राजनीतिक र युगान्तकारी पनि थियो । त्यसैले उनीहरू इजरायल भूमिसँग आफ्नो सम्बन्ध गाढा रहेको ठानी यस निर्वासनलाई ईश्वरेच्छा मान्न थाले । बेबिलोनियालीहरूले जुडाह नामक अधिराज्यमा विजय प्राप्त गरेपछि यहुदीहरूलाई ठूलो सङ्ख्यामा दास बनाई अन्यत्र निर्वासित गरिएको थियो । पर्सियाली विजेता साइरस महान् (ऋथचगक तजभ न्चभबत) ले बेबिलोन विजय गरेपछि इस्वीपूर्व ५३८ मा यहुदीहरूलाई आफ्नो मातृभूमि फर्कने अनुमति दिए तापनि यहुदीहरूको केही अंश स्वतःस्पूmर्त रूपमा विभिन्नतिर छरिएर बाहिरियो ।
डायस्पोराले आफ्नो राष्ट्रिय पहिचान कायम राख्ने वा नराख्ने भन्ने कुरामा यहुदीहरूका बीच मतभेद उत्पन्न हुन थाल्यो । यसै परिपे्रक्ष्यमा अधिकांश कट्टरपन्थीहरूचाहिँ यहुदी समुदाय फेरि इजरायल फर्किने कुरा (Zionist movement) मा समर्थन गर्छन् भने कतिपय कट्टरपन्थीहरूचाहिँ त्यस कुराको विरोध गर्दै आधुनिक इजरायल राष्ट्रलाई ईश्वरविहीन धर्मनिरपेक्ष राज्य मान्छन् र ईश्वरले त्यसको सुधारका लागि कुनै दिन मसिहा (देवदूत) अवश्यै पठाउँछन् भन्ने विश्वास गर्छन् । निर्वासनलाई अस्वीकार (कजभष्बिित जब(नबगित) गर्नेहरू यहुदी डायस्पोराको जीवन र संस्कृति अन्यसँग सम्मिलन र संस्कृतीकरणका कारण नष्टभ्रष्ट भएको ठान्छन् भने इजरायलमा पुनरागमन भएर आएकाहरूचाहिँ यहुदीहरूको अस्तित्व निरन्तर रहन्छ भन्ने ठान्छन् । वास्तवमा यहुदीवादको विलयन हुन्छ वा अस्तित्व रहन्छ भन्ने यी दुवै विचार अतिवादी भएकाले समुचित ठानिँदैन ।
सामान्यतः अमेरिका अथवा अन्यत्रका यहुदीहरूले डायस्पोरालाई ईश्वरीय इच्छाको वैधानिक अभिव्यक्ति मानेका छन् तापनि सन् १९३७ मा सम्पन्न अमेरिकाली ¥याबिसको केन्द्रीय सम्मेलन (Central Conference of Amrican Rabbis ) ले पिटसबर्ग प्लेटफर्म (एष्ततकदगचनज एबितायचm,सन् १८८५) लाई औपचारिक रूपमा रद्द गर्दै अब यहुदीहरूले इजरायल फर्किने कुरा सोच्नु हुँदैन भन्ने घोषणा ग¥यो । यस नयाँ नीतिले यहुदीहरूलाई आफ्नै पनि छुट्टै मातृभूमि स्थापित गर्नुपर्छ भन्ने विचारलाई प्रोत्साहित गरेको देखिन्छ । यसका विपरीत यहुदीवादको अमेरिकाली परिषद् (ब्mभचष्अबल ऋयगलअष् िायच व्गमबष्कm, सन् १९४३) ले यहुदीहरू धर्मावलम्बीका दृष्टिले मात्र यहुदी हुन् तसर्थ तिनीहरूले प्यालेस्टाइनमा यहुदी मातृभूमिको स्थापनालाई समर्थन गरे भने त्यो आफू बसेको देशका विरुद्ध विश्वासघात वा देशद्रोह गरेको ठानिनेछ भन्ने घोषणा ग¥यो । यसको तात्पर्य यहुदी डायस्पोराले आफू बसेकै देश वा राज्यप्रति बफादार वा निष्ठावान् loyal हुनुपर्छ भन्ने हो । यहुदी राष्ट्रिय राज्यको मागचाहिँ दोस्रो विश्वयुद्धमा भएको यहुदीहरूको व्यापक नरसंहारपछि मानवतावादी दृष्टिबाट बढेको देखिन्छ ।
२. डायस्पोराको वर्तमान अर्थ र सन्दर्भ
वर्तमान सन्दर्भमा डायस्पोरा शब्द प्रारम्भिक वा पुरानो अर्थमा मात्र सङ्कुचित नभई यसको अर्थविस्तार भएको छ । हाल यसले विकीर्ण हुनु (dispersion), फिँजिनु (Spreading) तथा छरिनु वा तितरबितर हुनुscattering) भन्ने अर्थ दिन्छ । यस सन्दर्भमा डायस्पोरा भनेको कुनै खास राष्ट्र वा संस्कृतिका मानिसहरू अन्य राष्ट्र वा संस्कृतिमा फिँजिएर, पैmलिएर वा छरिएर रहनु भन्ने हुन्छ । यस सन्दर्भबाट हेर्दा प्रत्येक राष्ट्रको आफ्नो डायस्पोरा हुन्छ र त्यो डायस्पोरा आफ्नो मातृभूमिभन्दा टाढाटाढाको मुलुकमा छरिएर रहेको हुन्छ । यसर्थ आफ्नो मातृभूमिबाट छरिएर टाढाटाढा बस्न पुगेका जुनसुकै समुदाय पनि डायस्पोरा हुने हुँदा यहुदीहरूको मात्र नभएर जुनसुकै राष्ट्रियताको पनि डायस्पोरा हुन्छ । यस दृष्टिबाट हेर्दा नेपालबाट निर्वासित भई अन्यत्र मुलुकमा लामो समयदेखि छरिएर रहेकाहरू नेपाली डायस्पोरा हुन् । यसप्रकार विभिन्न राष्ट्र र जातिका अनेक डायस्पोरा बन्ने क्रम वर्तमान विश्वको विशेषता नै बन्न पुगेको छ ।
डायस्पोरा शब्दको नेपाली समानार्थी खोज्न त्यति सजिलो छैन तापनि मोटामोटीमा यसलाई विकीर्णन, विस्थापन वा निर्वासन भन्ने शब्दबाट अथ्र्याउन सकिने स्थिति रहेको छ ।
वर्तमान विश्वका प्रायः अविकसित मुलुकहरूबाट प्रवासी भई विकसित मुलुकहरूमा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढ्दो छ । जुन ठाउँबाट जहाँ गएका छन् त्यहीँको भाषा, संस्कृतिमा ती सब विलयन हुने क्रम पनि जारी छ । नेपालबाट पनि प्रशस्तै नेपालीहरू संसारका विभिन्न ठाउँमा विकीर्णन, विस्थापन वा निर्वासन भएका छन् । डायस्पोरामा जहाँ छौ त्यहीँका हौ भनिए पनि जाति र संस्कृतिका नाममा नेपाली वा आफ्नै राष्ट्रको भन्ने मानसिकता रहिरहन्छ तापनि तिनले रीतिथितिलगायत अरू सबकासब त्यहीँको आत्मसात् गर्नुपर्ने हुन्छ । यस्तो स्थिति आउन निकै लामो समय लाग्छ, छोटो समयमा हुँदैन । यसर्थ मातृभूमि त्यागेर अन्यत्र गई छोटो समय वा अस्थायी बसोबास गर्नेलाई नभएर लामो समय वा स्थायी बसोबास गर्नेलाई मात्र डायस्पोरा मान्नुपर्ने हुन्छ ।
अर्काको देशमा जतिसुकै सम्पन्न भएर बसे पनि आफ्नो मातृभूमि र आफन्तहरूप्रतिको सम्झ्ना र सद्भाव स्मरणमा रहिरहन्छ । यताबाट तिनको नागरिकता वा नागरिकका हैसियतले प्राप्त गर्ने सम्पूर्ण अधिकार गुमिसकेको हुन्छ र उतापट्टि केही मात्रामा त्यस्तो अधिकार प्राप्त भएको वा नभएको स्थिति रहन्छ, तर पनि आत्मपहिचान वा परिचयको सङ्कट (crisis of identity) भने सदैव जीवित रहन्छ । यसरी मातृभूमि सम्झ्े पनि परिस्थितिवश उतैको भाषा, संस्कृति, अपरिचय आदिसँग सङ्घर्षरत रही बसोबास गर्दागर्दै त्यतै विलयन भएकालाई डायस्पोरा भनिन्छ ।
साहित्यिक सन्दर्भमा यताबाट उता गएर छोटोदेखि लामो समयसम्म बसोबास गर्ने व्यक्तिहरूबाट सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भन्ने गरेको पाइए पनि वास्तविक डायस्पोरिक साहित्यचाहिँ लामो समय बसोबास गरी त्यहीँको भाषा, संस्कृति, रहनसहन आदि अङ्गीकार गरिसकेका लेखकहरूबाट सिर्जित साहित्यलाई मानिन्छ । उदाहरणार्थ प्रवासी नेपाली साहित्य भनिएमा नेपालबाहिरका नेपालीले लेखेका सबै साहित्यलाई लिन सकिन्छ, तर ती सबैलाई डायस्पोरिक साहित्यचाहिँ भन्न मिल्दैन । यताबाट जो जहाँ गयो त्यहीँको भाषा, संस्कृति, रीतिथिति, चालचलन आत्मसात् गरी बसेका, तर आफ्नो जातीय धर्मचाहिँ जोगाएका वा त्यस्तो भावना भएका व्यक्तिहरूबाट त्यसैअनुरूप सिर्जित रचनालाई चाहिँ डायस्पोरिक साहित्य भन्न मिल्छ ।
यताबाट उता गए पनि फर्केर आउनचाहिँ चाहने, तर सहजै फर्केर आउन नसकी उतै स्थायी रूपमा बसोबास गर्ने बाध्यता भएका मानिसहरू डायस्पोरा हुन् । यिनको आधा मन उता अनि आधा मन यता हुने गर्छ र तिनमा जहिले पनि असुरक्षा, भय, सन्त्रास, मानसिक पीडा, अपरिचय, बिरानोपन वा पराइपन आदिका साथै मातृभूमि र आफन्तजनको सम्झ्ना, कर्मलाई धिक्कार्ने वृत्तिलगायत अनेक प्रकारको पीडाबोध भइरहन्छ । यस्तैयस्ता भावना वा विचारहरू डायस्पोरिक साहित्यमा अभिव्यक्त भएका हुन्छन् । यिनीहरू भौतिक रूपमा पुगेको ठाउँसँग र मानसिक रूपमा मूल थलो वा मातृभूमिसँग गाँसिएको द्वैध मनस्थिति वा दुईतिरको पन वा दोहोरो पीडामा बाँच्न बाध्य हुन्छन् । यसरी हेर्दा यताको भावना बोकेर उता गई त्यतैको जीवन भोगाइका सकस आदिबाट विकसित वा परिवर्तित भावनालाई उतारेर लेखिएको साहित्यलाई डायस्पोरिक साहित्य भन्नु उपयुक्त हुन्छ ।
विदेशिने चलन नयाँ होइन । उहिलेदेखि अहिलेसम्म अनेक कारणबाट थुपै्र मानिसहरू आफ्नो जन्मभूमि छाडेर विदेशिने क्रम निरन्तरप्रायः छ । कतिपय बाध्यात्मक रूपमा विदेसिएका हुन्छन् भने कतिपय स्वेच्छाले राजीखुसी विदेशिएका हुन्छन् । व्यापार–व्यवसाय, सैन्यकर्म, अध्ययन, वैवाहिक सम्बन्धलगायत शरणार्थी, युद्धपीडित, राजनीतिक अस्तव्यस्तता, धार्मिक हिंसा, प्राकृतिक प्रकोप आदिका साथै सुखसुविधाको खोजीका लागि पनि मानिसहरूमा विदेशिने प्रवृत्ति पाइन्छ । यतिखेर तेस्रो विश्वका शरणार्थीहरूसमेत अमेरिकाली मुलुकतिर हानिने दाउमा छन् । कतिपय स्वदेशबाट विरक्तिएर नफर्किने हिसाबले विदेशिन्छन्, तर त्यहाँ आफ्नो अस्मिता नदेखी फेरि मातृभूमिमै फर्केर आउँछन् । कतिपय आफ्नो कमाइधमाइ आदि सकेर फर्किने इरादा बोकी विदेशिन्छन् । तिनका मनमा फर्किने चाहना अवश्य हुन्छ, तर बाध्यात्मक परिस्थितिका कारण तिनीहरू फर्किन सक्तैनन् र त्यतै बस्छन् । यसरी आफ्नो मातृभूमिबाट अलग्गिएर गएकाहरू मिलेर त्यहीँ एउटा भावनात्मक समाजको निर्माण गर्छन् । त्यसैलाई डायस्पोरा भनिन्छ । यस्तो क्रम प्रायः तेस्रो विश्वका गरिब, अविकसित र अशान्त मुलुकबाट पहिलो विश्वका धनी, विकसित र सम्पन्न मुलुकमा हुने गर्छ । कतिपय धनी मुलुकले गरिब मुलुकका नागरिकहरूलाई वैधानिक प्रक्रिया पूरा गरेरै आफ्नो मुलुकमा भिœयाउने गरेको पनि पाइन्छ । यस्तैयस्ता ढङ्गबाट निर्मित समाजका सदस्यहरूद्वारा सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भन्ने गरिन्छ । कतिपय डायस्पोरिक साहित्यलाई औपनिवेशिक आदि सन्दर्भले पनि प्रत्यक्ष–परोक्ष प्रभाव पार्दछ । यताबाट छुटेका र उतापट्टि नजोडिएका वा राम्ररी जोडिन नसकेकाहरूबाट त्यस्तैत्यस्ता सन्दर्भहरूलाई लिएर आत्मपहिचानको सङ्कट, गृहविरह (nostalgia), भय, त्रास, असुरक्षा, आपूm र आफ्नो स्वत्व हराएको अनुभूति आदिको अभिव्यक्ति गरिएका साहित्यलाई डायस्पोरिक साहित्यमा दर्न सकिन्छ ।
३. नेपाली डायस्पोराको वर्तमान अवस्था
नेपाली परिप्रेक्ष्यबाट हेर्दा विदेशमा गएका बेला वा नगएका बेला पनि स्वदेश वा विदेशका बारेमा लेखिएका साहित्यलाई डायस्पोरा भन्ने गरेको पाइन्छ । वास्तवमा डायस्पोरिक साहित्य भनेको त्यस्तो होइन । जङ्गबहादुर पनि आफ्नो शासनकालमा बेलायत गएका थिए र त्यसै विषयमा केन्द्रित रहेर कसैद्वारा जङ्गबहादुरको बेलायतयात्रा नामक कृति लेखियो । यस्तै लोकसाहित्यतर्पm दृष्टि पु¥याउँदा चन्द्रशमशेरको कर्खामा पनि उनको बेलायतयात्राकै वर्णन पाइन्छ । यी कतिपय शासकीय सन्दर्भका अतिरिक्त भोटको लडाइँको सवाइजस्ता सामान्य नागरिकसँग गाँसिएका साहित्यिक संरचनाहरू पनि केही मात्रामा भेटिन्छन् । यस्ता साहित्यलाई डायस्पोरिक साहित्य भन्न मिल्दैन ।
गैरआवासीय नेपाली (NRn ) भन्ने सन्दर्भ कानुनी रूपमै व्याख्यायित छ । यसले नेपाली मूलको विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकसमेतलाई जनाउँछ । आफ्नो देश छोडेर आधा वर्षजति अन्यत्र गई बसोबास गरेका नेपालीलाई गैरआवासीय नेपाली मानिन्छ, तर नेपाली डायस्पोराबारे कानुनी त के स्पष्टतः सैद्धान्तिक व्याख्यासमेत भएको पाइँदैन । हालसाल आएर यताका र उताका केही व्यक्तिहरूद्वारा डायस्पोरा वा डायस्पोरिक साहित्यबारे गरिएका सामान्य चर्चा–परिचर्चा त्यसको प्रारम्भिक जानकारीका लागि उपयोगी भए पनि त्यतिलाई नै पर्याप्त मानेर ढुक्क हुने अवस्थाचाहिँ छैन । यसर्थ यसको स्पष्ट सैद्धान्तिक व्याख्या हुन बाँकी रहेकाले त्यसतर्पm ध्यान दिनु आवश्यक छ ।
यताकाहरू उता गएर लेखिएका जति जम्मै साहित्यलाई डायस्पोरिक साहित्य भन्न थालिएमा यसबाट कतिपय गम्भीर प्रश्नहरू जन्मिन्छन्, जस्तै –
सम्बद्ध व्यक्ति उता गएको कति समय हुनुपर्ने ?
त्यहाँ स्थायी बसोबास गरेको हुनुपर्ने कि नपर्ने ?
यताको नागरिकता छोडेको र उताको लिएको हुनुपर्ने कि नपर्ने ?
व्यापार, भ्रमण, अध्ययन, विवाह वा अन्य कुनै पेसा आदि उद्देश्यबाट उता गई उहीँ लेखिएका साहित्य मात्र डायस्पोरामा पर्ने कि ? उताबाट फर्केर आई यहीँ बसेर उताका र यताका बारेमा लेखिएका साहित्य पनि पर्ने ?
केही दिनका लागि यसो उता गई उतै बसेर वा यता फर्केर लेखिएका साहित्यलाई के भन्ने ?
धेरै समय विदेश बसी पुनः मातृभूमि फर्किएर यहीँ बसोबास गर्न थालेपछि तिनलाई डायस्पोरा भन्ने कि नभन्ने ? अनि तिनका सिर्जनालाई डायस्पोरिक मान्ने कि नमान्ने ?
उताको कुनै प्रतिष्ठित संस्थाको नाम दिएर यता आफ्नै लगानीमा प्रकाशन गरी उताबाट विमोचन गरिएको भनिएका कृतिलाई के नाम दिने ?
आफ्नै मातृभाषामा लेखिनुपर्ने वा आफू बसोबास गरेकै देशको वा अन्य मान्यताप्राप्त अन्तर्राष्ट्रिय भाषामा लेखिएको भए पनि हुने ? आदि ।
कुरा यतिमै सीमित रहँदैन, अहिले आफूलाई डायस्पोराको साहित्यकार भनाउन रुचाउनेहरूको सङ्ख्या पनि कम छैन । यता छापेर उता अनि उता छापेर यता विमोचन गराउने प्रचारमुखी प्रवृत्ति पनि बढ्दो छ । के यस्तालाई पनि डायस्पोरिक रचना भन्न मिल्छ र ? यस्ता कतिपयलाई सामान्यतः नेपाली साहित्य, नेपालबाहिरको नेपाली साहित्य वा प्रवासी नेपाली साहित्य भन्न मिले पनि ती सबैलाई डायस्पोरिक साहित्य भन्नचाहिँ पटक्कै मिल्दैन । साथै, विदेशबाट स्वदेश फर्केर यहीँ बसोबास गर्न थालेकाहरूबाट सिर्जित साहित्यलाई पनि डायस्पोरिक साहित्य भन्न मिल्दैन । यति हुँदाहुँदै पनि डायस्पोरिक साहित्यको सम्बन्ध खासमा भाषासँग नभएर कथ्य वा अनुभूतिसँग हुन्छ । सम्बद्ध मातृभाषा वा अन्तर्राष्ट्रिय मान्यताप्राप्त अङ्ग्रेजी आदि भाषामा लेखिएका कृतिमा पनि यताको वा उताको मार्मिक भावना मुखरित भएमा वा त्यसको विषयवस्तुचाहिँ आफ्नै मुख्य भूमि वा बसोबास गरेको भूमिसँग सम्बद्ध भएमा पनि तिनलाई डायस्पोरिक कृति मान्नुपर्छ । मातृभाषाकै आधारमा मात्र छुट्ट्याउने हो भने विश्वप्रसिद्ध डायस्पोरिक लेखक भी.एस्. नइपल, सलमान रुस्दी आदिलाई समेत डायस्पोरिक लेखक भन्न नमिल्ने स्थिति उत्पन्न हुन्छ । यसर्थ भाषाका दृष्टिबाट प्रचलित जुनसुकै भाषामा पनि उताका वा यताका वा दुवैतिरका विषयवस्तुमा केन्द्रित रही आफ्नो देश, जाति, धर्म, संस्कृति, अवस्था आदिबारे लेखिएका रचनालाई पनि डायस्पोरिक साहित्य मान्नुपर्छ ।
अहिलेका हाम्रा कतिपय लेखक–साहित्यकारहरू आपूmलाई उत्तरआधुनिक भनाउन लालायित देखिन्छन् र त्यसो भनिदिँदा तिनीहरू मख्ख पनि पर्छन् । वास्तवमा त्यो प्रशंसा हो कि निन्दा हो भन्नेसमेत भेउ पाउँदैनन् । त्यस्तैगरी हालसाल आफूलाई डायस्पोराको साहित्यकार भन्न–भनाउन रुचाउने प्रचलन पनि बढ्दो छ । अझ् भनौं केही दिन विदेश जाँदा लेखिएका यात्रासंस्मरण मात्र होइन तीर्थयात्राबारे लेखिएका गन्थनलाई समेत डायस्पोरा भन्ने र भनिदिनेहरूसमेत भेटिन थालेका छन् । यस्तो प्रक्रियालाई बढावा दिइएमा त्यसबाट सक्कली डायस्पोरा ओझ्ेलिने र नक्कलीहरू उज्यालिने सम्भावना पनि रहन्छ, तर त्यो सैद्धान्तिक स्पष्टता नहुन्जेलका लागि मात्रै हुने भएकाले क्षणिक हुन्छ ।
हामी तथाकथित समालोचकको पगरी गुथेका वा गुथ्ने–गुथाउने तरखरतिर लागेका कतिपय व्यक्तिहरू आपूmले पढेको वा भूमिका लेखेको कृतिलाई नेपालीकै पहिलो डायस्पोरिक कृति भनिदिन पनि बाँकी राख्दैनौं । यसरी भनिदिँदा मात्र कृति डायस्पोरिक हुने कि साँच्चिकैको डायस्पोरिक हुनुपर्ने हो ? यसतर्पm हामी उति ध्यान पु¥याउँदैनौं । आफूले पढेका वा भूमिका लेखेका वा अध्ययनको केन्द्र बनाएका वा मन परेका जतिलाई पहिलो, अद्वितीय आदि विशेषण जडान गर्ने, तर अरू कतिपय महŒवपूर्णलाई समेत बेवास्ता गर्ने लाहुरेवृत्ति पनि हामीकहाँ विद्यमान छ । हुँदाहुँदा कतिसम्म भने फलानो कृति विश्वकै सर्वाेत्कृष्ट कृति हो भन्नसमेत कतिपय समालोचक भन्न रुचाउनेहरूले बाँकी राखेका छैनन् । विश्वकै सर्वाेत्कृष्ट कृति भन्नलाई संसारभर प्रकाशित त्यस प्रकृतिका समग्र कृतिहरूको तुलनात्मक अध्ययन आवश्यक हुन्छ । त्यसो गर्ने ह्याउ पटक्कै नभएकाले यस्तो अनावश्यक टिप्पणी गरी सामान्य पाठकलाई दिग्भ्रमित तुल्याउने दुस्प्रयास गर्नु हुँदैन । मुनामदनलाई विश्वसाहित्यकै सर्वाेत्कृष्ट कृति हो भन्नेजस्ता चरम प्रभाववादी टिप्पणी हालसालसमेत गरिएको पाइन्छ । मुनामदन खतम कृति हो भन्ने होइन, तर त्यो सर्वाेत्तम हो भन्नेले त्यस प्रकृतिका कुनकुन भाषामा सिर्जित कतिवटा रचना पढेर भनेका हुन् त ? हामी नेपालीले अलिअलि जानेको भाषा नेपालीबाहेक कनिकुथी अङ्ग्रेजी र हिन्दी हो, त्यो पनि कृति नै विश्लेषण गर्ने गरी नभएर सामान्य विचार–विनिमय गर्ने गरी मात्र हो । राम्ररी कृतिविश्लेषण नै गर्ने गरी त नेपाली नै पनि पूरै जानिएको हुँदैन । राम्ररी जानेकै भए यस्ता फेद समाउँदा टुप्पो फुत्किने र टुप्पो समाउँदा फेद फुत्किने प्रशस्तिमूलक टिप्पणी÷ समालोचनाहरू लेखिँदैनथे । यस्तो चरम प्रभाववादी लेखन अत्यन्तै क्षणिक हुन्छ र त्यसले कृतिकार र समालोचक दुवैलाई फाइदा पु¥याउनाको सट्टा ठूलै क्षति पु¥याउँछ । हुन त समालोचकलाई मात्र के दोष दिनु, कृतिकारहरू पनि भरसक आफूलाई हरक्षेत्रको पहिलो नै भन्न रुचाउँछन् र त्यसो भनिदिँदा मख्ख पर्छन् । थुप्रै कृतिहरूको सिर्जना गरिसकेकाहरू पनि आफ्नो पछिल्लो कृतिलाई पहिलो भनी आफ्नै इतिहास मारिएको समेत भेउ पाउँदैनन् । यसतर्पm कृतिकार र समालोचक दुवै सचेत हुनुपर्छ, नत्र दुवैको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा हुन बेर लाग्दैन ।
डायस्पोरालाई मात्राका रूपमा हेर्नुपर्ने अवस्था पनि रहेको छ । मात्रा निर्धारण गर्न त्यति सजिलो छैन । डायस्पोराको बाछिटाले अलिअलि छोएको वा छिपछिपे स्पर्श गरेको अथवा पूरै भिजेको अवस्थाबारे वस्तुगत जानकारी आवश्यक छ । अहिले निकै चर्चामा रहेको उत्तरआधुनिक सन्दर्भलाई कतिपय अभिलक्षणका आधारमा स्पष्ट पार्न खोजिएझ्ैं डायस्पोरालाई पनि स्पष्ट्याउनु जरुरी छ । साथै उतै डायस्पोरा भएरै बसेकाहरूबाट यता वा उताका सन्दर्भमा लेखिएका कृतिलाई मात्र डायस्पोरिक कृति मानी तीमध्येबाट विभिन्न विधाको पहिलो डायस्पोरिक कृति पत्ता लगाउन निकै शोधखोज गर्नु आवश्यक छ ।
यताबाट उता गएका र उतै बसेका वा फर्केकाहरूबाट सिर्जित सबै खाले साहित्यलाई डायस्पोरिक साहित्य भन्न सकिने स्थिति नरहन पनि सक्छ । लैनसिंह बाङ्देलको मुलुकबाहिर, ताना सर्माको बेलायततिर बरालिँदा (यात्रानिबन्ध), नेपालदेखि अमेरिकासम्म (उपन्यास) जस्ता कृतिलाई समेत डायस्पोरिक साहित्यमा दर्ता गर्न मिल्ने भए मुनामदन, मुग्लानलगायत त्यस्तैत्यस्ता विषयवस्तुमा लेखिएका सबै कृतिलाई डायस्पोरिक मानेर नेपाली डायस्पोरिक साहित्यको इतिहासलाई जङ्गबहादुरको बेलायत यात्रातिरै पु¥याए भइहाल्यो नि ! होइन भने जे पायो त्यसलाई डायस्पोरिक नभनी सैद्धान्तिक स्पष्टताका साथ जिम्मेवारीपूर्वक भन्नु राम्रो हुन्छ । यी सबै भनाइको तात्पर्य के हो भने अब डायस्पोराबारे विद्यमान भ्रान्तिहरूको निराकरण गर्नुपर्ने बेला भइसक्यो, यसतर्फ हामी सबै ढिलो नगरी जिम्मेवारीपूर्वक लाग्नुपर्छ भन्ने हो ।
अन्य मुलुकका झ्ँै हाम्रा नेपालीहरू पनि विभिन्न सन्दर्भबाट उहिलेदेखि नै विदेशिने क्रम पाइन्छ । विदेसिएकामध्ये कतिपय फर्किए, कतिपय फर्किन चाहेर पनि फर्किन सकेनन् र उतै इहलीला समाप्त पारे भने कतिपयचाहिँ उतै घरजम गरेर बसेका छन् । वास्तवमा क्षणिक आवेशमा बाहेक अब म कहिल्यै नेपाल फर्किन्न भनेर कमै मात्र विदेशिन्छन् । तिनमा स्वदेश फर्कने सोचाइ र चाहना भए पनि परिस्थितिजन्य कारणबाट फर्कन नमिल्ने स्थिति पनि आउन सक्छ । अझ् विशेषगरी डेढदुई दशकको हाराहारीदेखि नेपालीहरू विदेशिने क्रम झ्न् बढ्दो छ । पढेलेखेका होनहार युवाहरूमा विदेशप्रतिको मोह दिनदिनै बढेको बढ्यै छ । यसको एउटा मुख्य केन्द्र अमेरिका बन्न पुगेको छ । यतिखेर एकथरी युवाहरूको दैनन्दिन वा सपनाजपना नै अमेरिका जाने तरखर रहेको छ । मिलेसम्म अमेरिका र नमिले अन्यत्र जाने क्रम व्याप्त छ । युवाहरू पढ्ने वा अन्य कुनै निहुँ बनाई नभएको बैंक–ब्यालेन्स देखाएर वा उस्तै परे आधा नेपाल नै मेरै हो भन्ने लेखाएर त्यता हानिन लालायित छन् । यसको प्रमुृख कारक तŒव नेपालमा विगत दशकदेखि चलेको सशस्त्र युद्ध पनि एक हो भने अन्य कारणहरूमा पैसा कमाएर सुखसुविधापूर्वक जिउने अभिलाषा, उच्च शिक्षा हासिल गर्ने चाहना, देखासिकी गर्ने मनोवृत्ति आदि पनि रहेका छन् । नेपालीमा यस्तैयस्ता अनेक विषयवस्तुमा आधारित थुप्रै कृतिहरू लेखिएको पाइए पनि ती सबैलाई डायस्पोरिक साहित्यभित्र समेट्न सकिन्न ।
यसरी उता गएर लामो समयसम्म बसोबास गरेका वा केही समय बसेर फर्किएकाहरू बाट सिर्जित कृतिका साथैै यता छापेर उता लगिएका समेत कृतिहरूलाई डायस्पोरिक भनी उल्लेख गरिएको पाइन्छ । यस सन्दर्भमा यस्ता कृतिहरूको उल्लेख गर्नु आवश्यक देखिएकाले तिनको विधागत सङ्क्षिप्त विवरण तल दिइएको छ ः