दरबार छोड्ने जुनेली रातमा
साँच्ची, राजकुमार सिद्धार्थले डिनर खाए/खाएनन् ?
त्यसपछि बाटोमा के खाए होलान्
त्यस युगमा रेष्टुराँ, पब र ‘केएफसी’ थिएन
सायद फलफूल खाए कि !
बोधगयामा विशाल वृक्षमुनि कठोर तपस्या गर्दा
कति तिर्खा, भोक र जलन भयो
लेखाजोखा छैन
बुद्धत्व प्राप्तिपछि देश–देशावर घुम्दा
साँच्ची, बुद्ध भान्साकोठा पसे/पसेनन् ?
आज २ हजार ५ सय वर्षपछि
मानव सभ्यताको उन्नति हेर्न आउँदा
बुद्ध मानिसको भान्साकोठामा पस्नुभयो
र दिनुभयो संसारलाई नयाँ सन्देश –
‘भोक र शान्ति
एकअर्काका कट्टर दुश्मन हुन् !’