नेपाली शिक्षा परिषद्ले संस्थाका पूर्व अध्यक्ष तथा पूर्वप्रशासक बद्रीविक्रम थापाको स्मरण गर्दै ‘नेपाली भाषा–साहित्यसेवीका रूपमा बद्रीबिक्रम थापा’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।
समाजसेवी तथा भाषासेवी थापाको जन्मशताब्दीको अवसरमा आयोजित विचार गोष्ठीमा मूल वक्ता साहित्यकारद्वय श्रीओम श्रेष्ठ ‘रोदन’ र हरि मञ्जुश्रीले बद्रीविक्रम थापाको साहित्यिक योगदानको चर्चा गरे । वक्ताहरूले थापा प्रशासक, समाजसेवी मात्रै नभएर नेपाली भाषा साहित्यको सेवामा पनि उत्तिकै सक्रिय रहेको उल्लेख गरे ।
कार्यक्रममा कवि बैरागी काइँलाले थापासँग व्यक्तिगत रूपमा परिचित नभए पनि उनको प्रशासनिक तथा साहित्यिक सेवाका विषयमा आफू जानकार रहेको बताए ।
प्रा.डा. लोकविक्रम थापा, रमा शर्मा, रमेश खकुरेल, शंकरप्रसाद पाण्डेलगायतले थापाले भाषा साहित्यको उन्नयनमा दिएको योगदानको चर्चा गरे ।