स्वतन्त्र भई उडेका
एक जुलुस चराहरू
पिँजडाका चरा हेरी
ईर्ष्या गर्दै छन्
सायद हामीहरूको पनि
उसको जस्तै जिन्दगी
यो उङ्दो नभएर हुँदो हो
गुलेलीको निशानाबाट
सुरक्षित
हुँदा हौँ ।
पिँजडाका चरा भने
स्वतन्त्र उडेका चराहरूको
जिन्दगी कल्पना गर्दै छन् ।
यो कवितामा मैले मानिसमा हुने चाहनाको गुणलाई उतार्न खोजेको हुँ । उदाहरणको लागि हामी मध्य धेरैलाई प्याराग्लाइडिङ गर्ने मन हुन्छ होला । प्याराग्लाइडिङ गर्दा जो व्यक्ति प्याराग्लाइडिङ गर्दा खुसी भइरहेको हुन्छ तर प्याराग्लाइडिङ गराउने व्यक्ति त्यति खुसी नहुन सक्छ । उसले त्यसलाई कामको रूपमा लिएको हुनाले बोझ बन्न सक्छ । हामीसँग जे कुरा उपस्थित छ त्यस कुराको महत्त्व नहुन सक्छ जे छैन त्यसको महत्त्व बढी हुने मानव प्रवृत्ति हो । यस्तै मान्छेको चाहनाको अनेक रूपलाई चित्रण गर्नको लागि यो कविता लेखेको हुँ । म आफैलाई पनि यो कविता व्यक्तिगत रुपमा मन परेको कविता हो । मान्छेको चाहना र त्यसको अन्तर्द्वन्द्धलाई यसले देखाउन खोजेको छ । बुद्धले भनेका पनि छन् हामीले कुनै पनि कुराको अत्यधिक चाहना गर्नु दुखको कारण हो भनेर । आफूसँग जे छ त्यसको महत्त्व बुझेर त्यसलाई अर्थपूर्ण बनाउन सकियो भने मात्र मानिस खुसी हुनसक्छ ।