जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० तथा दुई दर्जन कलाकारलाई पुरस्कार

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित १८ जेष्ठ २०८०, बिहीबार
कला, चित्रकला भित्र
0
राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० तथा दुई दर्जन कलाकारलाई पुरस्कार

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० सोमबारबाट सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री माननीय सुदन किरातीले उद्घाटन गर्नुभएको यस प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का कार्यकारी संयोजक लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का सद्भावनादूत अनिल चित्रकार, परम्परागत चित्रकला विभाग प्रमुख तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का प्रचार प्रसार उपसमिति संयोजक पाल्साङ्मो लामा, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ तथा चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, प्राज्ञसभा सदस्यहरु लालमान लामा, अशोक लामा, झिग्मे लामा, संगि श्रेष्ठ, बासुदेव श्रेष्ठ, प्रदिप शाक्य, सुन्दर सिंख्वाल, निरीमाया लामा, चन्द्रकुमार राई, महेन्द्र सुनार, अजमत अलि, कृष्ण प्रकाश शाहको लगायतको उपस्थिति रहेको थियो ।

यस प्रदर्शनीमा ६०९ कलाकारका ६९५ कलाकृति राखिएको छ । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५३ कलाकारका ७५५ कलाकृतिमध्येबाट यी कलाकृतिको छनोट गरिएको हो । जसअन्तर्गत आधुनिक चित्रकला विधामा २३४ जना कलाकारका २६९ कलाकृति, परम्परागत चित्रकला विधामा १३० जना कलाकारका १३६ कलाकृति, आधुनिक मूर्तिकला विधामा ४२ जना कलाकारका ४६ कलाकृति, परम्परागत मूर्तिकला विधामा ३१ जना कलाकारका ३९ कलाकृति, हस्तकला विधामा ६३ जना कलाकारका ८५ कलाकृति, लोककला विधामा ४२ जना कलाकारका ४७ कलाकृति, वास्तु तथा अन्य सिर्जनात्मक कला अन्तर्गत फोटोग्राफी विधामा १६ जना कलाकार २१ कलाकृति, प्रतिस्थापन कला विधामा १२ जना कलाकारका १२ कलाकृति, कार्टुन विधामा १७ जना कलाकारका १७ कलाकृति, भावभङ्गी विधामा १२ जना कलाकारका १२ कलाकृति,क्यारिकेचर विधामा ४ जना कलाकारका ४ कलाकृति र डिजिटल विधामा ६ जना कलाकारका ७ कलाकृति रहेका छन् । यी कलाकृतिहरुमध्ये लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद्,बबरमहल तथा आधुनिक चित्रकला, वास्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृतिहरु नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा राखिएको छ ।

यस वर्षको अरनिको राष्ट्रिय ललितकला सम्मानबाट मदन चित्रकार र मानबहादुर दोङलाई सम्मानित गरियो । उहाँहरूलाई सम्मानस्वरुप जनही १ लाख रुपैयाँ र ताम्रपत्र प्रदान गरियो । संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीले सो सम्मान प्रदान गर्नुभएको हो ।कार्यक्रममा जनही २५ हजार रुपैयाँ राशीको राष्ट्रिय ललितकला लेखन पुरस्कार नगेन्द्रप्रसाद पौड्याललाई र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार नारायणप्रसाद ढुंगानालाई प्रदान गरियो ।

संगीता थापालाई कला प्रवर्द्धन सम्मान र अनिल चित्रकारलाई ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’को सद्भावनादूतको रुपमा सम्मानित गरियो । समारोहमा सासामयिक चित्रकला विधामा ६० हजार राशीको राष्ट्रिय ललितकला पुरस्कार यो वर्ष उद्धवराज रिमाल, २५ हजार राशीको ललितकला विशेष पुरस्कार रिता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरियो ।

परम्परागत चित्रकला विधामा यसवर्षको ६० हजार राशीकै राष्ट्रिय ललितकला पुरस्कार राज प्रकाशमान तुलाधरलाई, २५ हजार राशीको ललितकला विशेष पुरस्कार रवीन्द्र महर्जन र तारामान भोम्जनलाई प्रदान गरियो । वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा ६० हजार राशीको यो वर्षको राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाललाई, यही विधामा जनही २५ हजार रुपैयाँ राशीको ललितकला विशेष पुरस्कार क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गी कलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठलाई प्रदान गरियो ।

हस्तकला विधामा यस वर्ष ६० हजार रुपैयाँ राशीको राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्यलाई र यसै विधामा जनही २५ हजार रुपैयाँ राशीको ललितकला विशेष पुरस्कार शेखमान महर्जन र सुमित्रा भुजेललाई प्रदान गरियो । लोककला विधामा यसवर्ष ६० हजार रुपैयाँ राशीको राष्ट्रिय ललितकला पुरस्कार नम्रता सिंहलाई र यही विधामा जनही २५ हजार रुपैयाँ राशीको ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योति कुमारी सापकोटा कर्णलाई प्रदान गरियो ।

परम्परागत मूर्तिकला विधामा ६० हजार रुपैयाँ राशीकै यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनलाई र यसै विधामा जनही २५ हजार रुपैयाँ राशीको ललितकला विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई प्रदान गरियो ।

समसामयिक मूर्तिकला विधामा ६० हजार रुपैयाँ राशीकै यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई र यही विधामा २५ हजार रुपैयाँ राशीको ललितकला विशेष पुरस्कार टिकाराम पौडेल (शशि किरण) र मिना कायस्थलाई प्रदान गरियो । पुरस्कृतमध्ये राष्ट्रिय ललितकला पुरस्कार पाउनुहुने कलाकारलाई जनही ५० हजार विद्वतवृत्ति प्रदान गरिएको छ ।

यस वर्षको २५ हजार रुपैयाँ राशीकै ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरियो ।

प्रदर्शनीको उद्घाटनका दिन नेपाल आर्ट काउन्सिलमा विशाल भट्टराईको ध्रुपद गायन र निमेश कपालीको ताल सङ्गत प्रस्तुतिमा ध्रुपद गायन प्रस्तुत गरिएको थियो । ।


अघिल्लो पोष्ट

संस्कृतिविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’ उपाधि

पछिल्लो पोस्ट

समाजसेवी बद्रीविक्रम थापाको साहित्यिक योगदानबारे चर्चा

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
कला

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

२८ कार्तिक २०८१, बुधबार
पछिल्लो पोष्ट
समाजसेवी बद्रीविक्रम थापाको साहित्यिक योगदानबारे चर्चा

समाजसेवी बद्रीविक्रम थापाको साहित्यिक योगदानबारे चर्चा

चाहना 

चाहना 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

खोसिएका मेरा निन्द्राहरु – सरिता डंगोल

खोसिएका मेरा निन्द्राहरु – सरिता डंगोल

४ जेष्ठ २०८०, बिहीबार
वियोगी बुढाथोकीको ‘काठमाडौंलाई महासागरको पानी’ 

वियोगी बुढाथोकीको ‘काठमाडौंलाई महासागरको पानी’ 

४ जेष्ठ २०८०, बिहीबार
बालसाहित्यमा विजयराज आचार्य

बालसाहित्यमा विजयराज आचार्य

४ जेष्ठ २०७८, मंगलवार
प्रथम महिला कथाकार देवकुमारी थापा

प्रथम महिला कथाकार देवकुमारी थापा

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक