शुक्रबार जावलाखेलमा आयोजित कार्यक्रममा उपस्थित पाहुनाहरूले उक्त कवितासंग्रह लोकार्पण गरे ।
सो अवसरमा डा. तीर्थबहादुर श्रेष्ठले रमेशका कविता बुझ्न कठिन भए पनि बुझ्दै जाँदा त्यसले मन छुने गरेको बताए ।
साहित्यकार उषा शेरचनले रमेश वास्तवमै विम्बकवि भएको उल्लेख गरिन् । साहित्यकार अशेष मल्लले रमेशमा कलाचेत भएकै कारण उनका कवितामा फरकपना पाइने उल्लेख गर्दै भने, “पढ्ने किताब लेखिनुपर्छ, पाठकले खोजीखोजी पढ्छन् ।”
निबन्धकार श्रीओम रोदनले रमेश श्रेष्ठकाबारेमा लेखिएको व्यक्ति निबन्ध वाचन गरे भने कृतिकार श्रेष्ठले आफ्ना कवितालाई माया गरिदिन आग्रह गरे । कविहरू राजेन्द्र शलभ, मणि लोहनी, मनिषा गौचन, लक्ष्मी रुम्बा र कवि स्वयम्ले कृतिभित्रका कविताहरू वाचन गरे थिए ।