जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान

नि:शब्द

पद्मावती सिंह पद्मावती सिंह
प्रकाशित १३ आश्विन २०७८, बुधबार
आख्यान, कथा भित्र
0
नि:शब्द

जोगेन्दर चाहन्छ एकछिन निदाइहाल्न, तर निद्रा भने कति आयोजना गर्दा पनि आउँदैन चियाउन उसका आँखाहरूमा । कुराचाहिँ तँछाडमछाड गरी आइरहन्छन् उसको मनमा । बाहिरको अन्धकारलाई नियाल्दै ऊ सोच्छ —‘रात अझै एक प्रहर बाँकी छ ।’ लघुशङ्काको लागि ऊ जुरूक्क उठ्यो र त्यसबाट निवृत्त भई बिछ्यौनामा आई टक्रुक्क बस्दै बिँडी सल्काएर बिहानीलाई पर्खी बस्यो । झ्यालको खापाबाट बिहानीले चियाउनासाथ ऊ रामभरोसेलाई उठाएर नित्यकर्मबाट निवृृत्त हुन विष्णुमतिको किनारतिर लाग्यो । रामभरोसेले पनि उसलाई पछ्यायो ।

जोगेन्दर र रामभरोसे दुवैले आफ्नो आफन्त, छिमेकीहरू र साथीभाइहरू छोडी काठमाडौंमा जीविका चलाउन एकैसाथ भित्रिएका थिए । आफ्नो जन्मस्थान नौतनवाँ छोडेर गाउँमा गरीबी, मजदुरीको अभावमा ती दुवैले परदेशलाई आफ्नो कर्मभूमि बनाएका थिए । परदेश उनीहरूको लागि स्वदेश र स्वदेशचाहिँँ परदेशजस्तै वर्षमा एकपटक मात्र टेक्ने भूमि बनेका थियो ।

ती दुवै विष्णुमतीको किनारस्थित पुरानो दुईतल्ले घरको छिँडीमा एकसाथ बस्दै आएका छन् । ती दुवैकोे एउटै बास मात्र हैन काम पनि एउटै छ — काठमाडौंको गल्ली गल्लीमा साइकल घिच्याउँदै तरकारी बेच्नु । बिहानीको सूर्योदयदेखि उनीहरूको धन्दा सुरू हुन्छ र सूर्यास्त भएपछि अन्त । त्यसपछि रातभरि विश्राम, यही नै हो ती दुवैको दैनिकी ।

नित्यकर्मबाट निवृत्त भएपछि लुङ्गी र कमिज पहिरिई ती दुवै आ–आफ्नो साइकल डोर्‍याएर कालीमाटीको थोक बजारतिर लाग्छन् । त्यसपछि दुइटै टोकरीभरि मौसम–अनुसारकोे तरकारी भरी साइकलमा अड्याएर काठमाडौंको गल्ली गल्लीमा आफ्नो घुमन्ते व्यापार सुरू गर्छन् ।

‘लौ आयो भिण्डी, लौका र रामतोरीया ….’ जोगेन्दर साइकल डोर्‍याउँदै चिच्याउन थाल्छ । एउटी आइमाईले झ्यालबाट कराएर सोधिन् —‘एई लौका किलोको कति ?’

‘लौ पैंतिसमा लिइहाल्नुस् !’ जोगेन्दरले झ्यालतिर दृष्टि फयाँक्दैै भन्यो ।

‘कहाँको पँतीस, तीसमा दे न !’

‘लौ लिनुहोस्, बोनी गराइहालूँँ’ उसले खुशी खुशीमा पँैतीसकोे लौका तीसमा बेचेर बोनी गर्‍यो । सुरूमा बोनी भएकाले जोगेन्दर मनमनै प्रसन्न भयो । फेरि अर्को गल्लीतिर छिरी उसले वरिपरिका मानिसहरूको ध्यान आकर्षण गर्ने गरी करायो, ‘लौ आयो लौका, भिण्डी, टमाटर, रामतोरीया …….’

‘एई भैया, भिण्डी के भावमा दिन्छौ ?’ एउटा वटुवाले सोधे ।
‘किलोको पच्चीस हजुर …. ।’
‘पच्चीस रे ….. पन्ध्रमा दिन्छस् ?’
‘पन्ध्रमा त मिल्दैन, बीसमा लिइहाल्नुस् ।’
उनी केही नबोली अघि लागे ।
ऊ फेरि साइकल डोर्‍याउँदै धोक्रो सुक्ने गरी करायो, ‘लौ आयो भिण्डी, लौका, टमाटर रामतोरीया …..।’
‘टमाटरका भाव क्या है ?’ एक हिन्दीभाषीले ध्यान आकर्षण गर्‍यो ।
‘किलोके बीस …. ।’
‘साला ठगता है ? पन्ध्र के भावमे देगा ?’
‘ना हजुर, पन्ध्र मे तोे हमी खरीदा है ।’
‘जाओ जाओ, अपना रास्ता नापो’ उसले हर्कार्दै भन्यो । जोगेन्दरलाई झनक्क रिस उठ्यो । ‘भाव मिले लिनू, नमिले नलिनू, किन उच्च स्वरमा हकार्नेे …. । मान्छेको पनि कस्तो हेपाहा स्वभाव … ! गरिव भयो भन्दैमा हपार्न पर्छ र ….?’

ऊ फेरि कराउँदै साइकल डोर्‍याउँदै अघि बढ्छ । उसको ध्यान अब टाढाको भीडमा गई अड्छ । केको भीड होला ? कहीँ जुलुसको भीड त हैन ? ‘एई मधिसे …. आँखा छैन ? झण्डै मोटरसाइकल ठोक्किएको … । मैले बे्रक नहालेको भए विष्णुमतिमा ठाडो खुट्टा हालिसक्थिस् ।’ मोटरसाइकल चढेको युवकले झण्डै नपिटेको जोगेन्दरलाई ।

‘विष्णुमतिमा ठाडो खुट्टा …. ?’ जोगेन्दरले उसको भनाइ बुझ्दैन ।
‘विष्णुमतिमा त आफ्ना डेरा छ ।’ उसले भनेको सुन्नमा युवकलाई कहाँ फुर्सद छ र उसले मोटरसाइकल विपरीत दिशातर्फ हुइँक्याउँछ । जोगेन्दरले साइकललाई फुटपाथतिर अड्याएर बिँडी सल्काउँछ । उसलाई जेको भय थियो, त्यही घटित हुन्छ ।

‘इन्कलाब, जिन्दावाद … हाम्रो देश हाम्रो भाषा प्राणभन्दा प्यारो छ …’ गगनभेदी नाराले वातावरणलाई घन्काइदियो ।
त्यसपछि दुईजनाले एउटा पुतलालाई सडकको बीचमा तेस्र्याएर जलाइदियो । भीडले जोडसित ताली बजायो । पुतला हुरहुर्ती जल्न थाल्यो । ठूलो हो–हल्ला मच्चियो । पुतलालाई जलाएर भीड नाराबाजी गर्दै अघि बढ्यो ।

जोगेन्दर केही बुझ्दैन । जुलुस किन आएको, केको लागि आएको ? कसको पुतला जलाएको ? किन जलाएको ? काठमाडौंमा दिनहँुजस्तो बन्द, चक्काजाम, जुलुसमा निक्लिरहन्छ । त्यसको उसलाई कहिल्यै सरोकार भएन । सरोकार राखे पनि के साध्य र … ! उसलाई सरोकार छ त केवल जीविकोपार्जन कसरी गर्ने भन्ने मात्र ।

ऊ जुलुस देख्यो कि त भयभित हुने कारण अर्कै छ । एकपल्ट ऊ आफ्नो तरकारी लादिएकोे साइकल सडकमाझ डोर्‍याउँदै थियो । जुलुसले अचानक चारैतिरबाट उसलाई घेरेर उसको टोकरीको तरकारी सबै सडकमा हुत्याइदिएको थियो । आफ्नो दिनभरिको कमाई गर्ने सामानहरूको विजोग भएकोमा ऊ हुनसम्म दु:खित भएको थियो । त्यस दिनको घाटा कसले बेहोरिदियोे र ? सडकभरि छरिएका तरकारीमाथि सवारी साधनहरू दौडेका उसले नि:शब्द हेरिरहनु परेको थियो । बाटामा कहिले कुन घटना घटित हुन्छ, भन्नै सकिँदैन । भीड छाँटिएपछि उसले साइकललाई बिस्तारै नजिकैकोे गल्लीभित्र छिरायो ।
‘एई रामतोरीया ?’ हिँड्दै गरेकी अधबैसे ग्राहकले उसलाई बोलाइन् ।
‘आफूूलाई बोलाएको हो वा अरू कसैलाई’ आइमाईले उसलाई हेरि रामतोरीयाको भाउ सोध्छे । आइमाईले रामतोरीयाको भाउ सोधेपछि आपूmलाई तरकारीको नामले बोलाएकोमा ऊ विस्मित हँुदै भन्छ – ‘रामतोरीयाको भाउ बीस रूपैयाँ किलो हो ।’
‘बजिया, बीस किन पच्चीस ले न !’
‘किन लिने पच्चीस ? बीसको भावमा दिया छु । हजुर पनि कस्तो ठट्टा गरिलिनु हुन्छ ?’ जोगेन्दरले ङिच्च दाँत देखाउदै भन्छ ।
‘अँ कहीँ नपाएर तँ हाँडीघोप्टेसित ठट्टा गर्नुपर्‍यो हैन मलाई ?’ रिसले आँखा ठूला पार्दै तिनी फतफताउन थाली ।
‘तब किन बढी दाम भन्नुभयो त ?’ जोगेन्दर नम्र हुँदै आपूmलाई सम्हालेर भन्छ ।
‘जा जा, तेरो रामतोरीया किन्नु पर्‍या छैन मलाई । मोरो मधिसे, मुख हेर्दै जिउँदो मसानबाट उठेर आएजस्तो …. ।’ आइमाई फनफनिएर विपरीत दिशातिर लाग्छे ।

‘कस्तो कस्तो ग्राहक फेला पर्छ ।’ जोगेन्दरको अनुहार रिस र अपमानले तनक्क तन्किन्छ ।
मान्छेहरूमा विवेक र धर्म अब रहेन । मान्छेले मान्छेलाई मान्छेजस्तो व्यवहार किन गर्दैनन् ? भन्न पायो भन्दैमा जे पनि भन्ने ? शब्द अपशब्दको कुनै ख्यालै नराख्ने ? जोगेन्दरको चित्त हुनसम्म दुख्छ । लोकतन्त्र आयो भन्दैमा जथाभावी शब्दको प्रहार गर्न पाइन्छ र …। उसको सानो बुद्घिले सोच्छ, के लोकतन्त्र भनेको छाडातन्त्र हो ? लोकतन्त्र आएपछि सबै कुरा राम्रो हुन्छ, व्यवस्थित हुन्छ भनेको त केही कुरा मिलिराखेको छैन । बन्द, चक्काजाम, नारा जुलुस र सबैै कुराको भाउले आकाश छोइरहेका छन् । ऊ अशान्त र अस्थिर हुन्छ । ग्राहकहरूको शब्द प्रहारले ऊ हुनसम्म मर्माहत हुन्छ र उसको चित्त हुनसम्म दुख्छ । घरघरमा, ढोकाढोकामा ताजा तरकारी पुर्‍याएर उसले आफ्नो मात्रै कमाई गरेको छ र ? यही घरघर तरकारी उपलब्ध गराएर बजार गई तरकारी किन्ने झन्झटबाट पनि जोगाएको छ नि … ! के यो सेवा होइन र … ? मान्छे कति विवेकहीन र स्वार्थी हँुदै गइरहेको … ? अरूलाई त मान्छे नै गन्दैनन् । पापी … अधर्मी … ! उसले मान्छेको जातलाई नै सराप्छ ।

ऊ बिहानैदेखि भोकभोकै हिँडेको हिँड्यै छ । खुट्टाहरू फत्तक गलेपछि उसले आपूm भोकाएको चाल पाउँछ । सडकछेउमै पसल थापेर रोटी र तरकारी बेचिरहेकी तराईमूलकी युवतीछेउ साइकल अड्याएर त्यहाँ राखिएको बेन्चमा बसी रोटी–तरकारी, हरियो खुर्सानी र काँचो प्याज निलेर उसले आफ्नो भोक मेट्छ । टोकरीभरिका तरकारी देखी दिक्क हुन्छ, ‘कहिले बिक्ने हो यो तरकारी ?’ ऊ फेरि साइकल डोर्‍याउँदै कालीमाटीचोक हँुदै बल्खुतिर हानिन्छ । दिनभरि चिच्याउँदै चप्पल घिसार्दै ऊ गल्ली गल्ली घुम्दै तरकारी बेची साँझपख लखतरान परी विष्णुमतिछेऊ अवस्थित आफ्नो डेरामा फर्किन्छ । साइकललाई एकछेऊ भित्तामा अड्याएर ऊ बिछ्यौनामा गई थुचुक्क बस्छ । खल्तीबाट बिँडी झिकी सल्काएर ऊ सोचमग्न भइरहन्छ । यतिखेर उसलाई आफ्नो गाउँको गोरेटो, पिपलेचौतारा, बगैंचाको आँप र लिच्चीको बोेट, कटहर र केराका घारीका साथसाथै साँझ र बिहानीको सौन्र्दयको झझल्को आई उसको मनलाई भित्रभित्रै निचोरेर उसको आँखालाई रसाइदिन्छ । उसले मनमनै सोच्छ, ‘अब आफ्नो घर फर्कनुपर्छ ।’
केही बेरपछि उसको साथी रामभरोसेको कोठामा प्रवेश हुन्छ । उसलाई टोलाएर सोचमग्न देखी रामभरोसेले सोध्छ, ‘एई, के भयो तिमीलाई ?’

केही दिनयता उसमा अचानक प्रादुर्भाव बिषमताहरूले उसका समीपका साथीलाई आश्चर्यजस्तो हुनु स्वाभाविकै हो ।

‘हम कल घर चलियान ।’ जोगेन्दरले आफ्नो निर्णय सुनाउँछ । यसो भन्दा उसको स्वरमा खिन्नता घोलिएको थियो । ‘अपने घर जाके कौन काम करेन ?’ रामभरोसेले सोध्यो ।

‘जे मिली वही काम करेन’ जोगेन्दरले निर्धक्क भन्यो । रातिको खाना खाएपछि ऊ नसुती झोक्राइरह्यो । त्यतिका वर्षपछि उसले आपूmलाई परदेशीको पीडामा चुर्लम्म डुबेको पायो । काठमाडौँंको महानगरीय हरेक समस्याहरूमाथि आपूm पनि एक समस्या भएर थपिएको उसले अनुभूति गरिरह्यो । उसका जीवनका सपना, आकाङ्क्षाहरू सब यहाँ आएर मरिसके । केवल एक छाक खाना र एकसरो लाउनको लागि दिनभर दौडधुप गरेर मात्रै उसले आफ्नो पच्चीस वसन्त पार गरिसक्यो । ऊ मनमनै विरक्तियो । उसलाई कहिले उडेर आफ्नो घर नौतनवाँ पुगूँजस्तो भयो । उसले धुलोमाटोमा लडीबुडी खेलेको आँगन र गाउँका ती गोरेटोहरूमा टेक्न ऊ लालायित भयो । घर फर्किनु भनेको फेरि अभावग्रस्त हुनु हो । ऊमाथि निर्भर उसको परिवारको छाक खोस्नु हो । उसका गृहप्रस्थान उसको परिवारको लागि स्वीकार्य होला र ! उसको बूढीको करले त ऊ काठमाडौँंमा धन्दा गरी बस्न बाध्य भएको होइन र ? परदेश गई लापत्ता भएको आफ्ना छोराका ती लालाबालालाई हुर्काउने जिम्मा आफ्नै काँधमा आएपछि त ऊ काठमाडौँं भित्रिएको हो नि … । नत्र वृद्ध अवस्थातिर ढल्किसकेको शरीर लिएर रातदिन काठमाडौँैंको गल्ली गल्लीमा रन्थनिनुु के आवश्यक थियो र … । एकातिर परिवारको सामीप्यकोे आकर्षणले उसको मनलाई आकर्षित गरिरहेको थियो भने अर्कोतिर घर फर्केपछि भोग्नुपर्ने समस्याको विकर्षणले उसको मन भतभती पोलिरहेको थियो । यिनै आकर्षण र विकर्षणको द्वन्दमा परेर उसले सिङ्गै रात सुस्केरामा काट्यो ।

भोलिपल्ट झिसमिसेमा जोगेन्दर उठ्यो र विष्णुमतिको किनारामा गई सदाझैं नित्यकर्ममा निवृत्त भयो । त्यसपछि कुनामा ठड्याइरहेको दस वर्षदेखिको घिच्याउँदै आएको थोत्रो साइकललाई आँखाले सुमसुम्याएर मस्तसित निदाइरहेको रामभरोसेलाई मायालु दृष्टि फ्याँकी ढोका ढप्काएर बाहिरियो ।

ऊ हतारिएर बस छुट्लाझैं गरी कलंकीस्थित बसस्टपतिर दौडियो । बसस्टप पुग्दा बसले हर्न बजाएर यात्रुलाई हिँड्ने सङ्केत दिइरहेको थियो । आत्तिएर जसै भीडलाई चिर्दै हतारहतार टिकट लिन टिकटघरतिर हुतिँदै थियो उसको गाउँको छिमेकी रामविलाससित ऊ ठोक्किन पुग्यो । रामविलासलाई देख्नेबित्तिकै ऊ सुखद् आश्चर्यमा चुर्लुम्म डुब्यो । रामविलासलाई अङ्कमाल गरी घर र गाउँको हालखबर सोध्यो । घरको हालखबर बेसै भएकोले मन उज्यालो भयो । तर गाउँमा भोकमरी र रोगव्याधी व्याप्त भएको समाचार सुनी उसको मनमा आँधीबेरी चल्यो । ऊ मनमनै झस्कियो र झल्याँस्स भएझैँं भयो । उसको मनमा द्वन्द्वको आँधी मडारियो । घर फर्कने कि नफर्कने द्विविधामा केही बेर टोलायो जोगेन्दर !

बिनासिति भएको धन्दा छोडेर ऊ गाउँ के खान फर्किन लागेको ? उसले आपूmसित आपैmले प्रश्न गर्‍यो । उसलाई राम्ररी थाहा छ गाउँमा केही मजदूरी पाइँदैन । त्यही खेतीका बेलामा मात्र त हो नि … अरू बेलाचाहिँं ठण्डाराम … । त्यसैले त के युवा, के बूढा, खेतीको काम सकेपछि कामको खोजीमा यत्रतत्र भौतारिन्छन् ।

रामविलासले आफू गाउँ फर्किन लागेकोले केही समाचार छ कि भनेर सोध्दा ऊ झल्यास्स भई रामविलासतिर ट्वाल्ल हेर्न थाल्यो । उसले हतपत गोजीबाट दुई हजार रूपैयाँ रामविलासको हातमा राखिदिँदै ‘घरमा दिनू र आपूm काठमाडौँमा सुविस्ताका साथ बसिरहेको समाचार सुनाइदिनू’ भनी आग्रह गर्‍यो । आपूm छठ पर्वमा घरमा लत्ता कपडाकासहित आउने कुरा पनि सुनाइदिनू भन्दै ऊसित बिदाइको हात मिलायो । बसले हर्न दिई हिँड्ने सूचना दिनासाथ रामविलास कुद्दै बसभित्र पस्यो । जोेगेन्दरले हिँड्न लागेको बसलाई टक्टकी बाँधी हेरिरह्यो । उसका आँखा अनायास रसाएर आयो । आफ्ना परिवार र लालाबालालाई आँखाभरि सम्झेर बसलाई आँखाले देखुञ्जेल हेरिरह्यो । उसलाई यस्तो लाग्यो मानौं ऊ पनि बसभित्र यात्रा गरिरहेको छ । मन बससित दौडे पनि उसको शरीरचाहिँं काठमाडाँैमै अडकिएझैँ ऊ नि:शब्द धेरै बेर बसस्टपमा उभिइरह्यो ।

आफ्नो डेरातर्फ फर्कदै उसले सोच्न थाल्यो । जीवन आफ्नो वशमा कहाँ चल्छ र … । जीवन भनेको बाँच्ने उपकरण मात्र त रहेछ नि … ! जहाँ भए पनि नमरूञ्जेल एक छाक टार्न परिश्रम गर्र्न, दौडधूप गर्र्न त हो नि … ! परदेशमा किन नहोस् काठमाडौँंमा मजदूरी गरेर आफ्नो र परिवारको छाक त टारिरहेको छ नि उसले पनि । त्यहाँ आफ्नो देशको र यहाँको बतास, हावा, पानी, सूर्य आकाश साँझ–बिहान एउटै होइन र …. ? त्यसैले जहाँसुकै जुनसुकै ठाउँमा बसेर जीवनयापन गर्दा पनि के फरक पर्छ र … । परिवारको माया त्यही रूपैयाँमा त अड्केको हँुदो रहेछ … । मेरो कमाई भएर नै मेरो घरमा इज्जत छ । जुन दिन घरमा बिना कमाई थन्वूँmला, त्यस दिन स्वास्नीलगायत परिवारका अन्य सदस्य र आफन्त पराई हुनेछन् । उसले जीवनको वास्तविकता र व्यवहारलाई बल्ल बुझ्यो । सोच्दासोच्दै ऊ विष्णुमतिको पुलछेउ आइपुगेछ । ‘ओ जोगेन्दर हालचाल सब ठीक छ ?’ मर्निङवाक गर्दै गरेको घरपटीले उसको हालखबर सोध्यो । उसले केही बोलेन, केवल टाउको हल्लायो । उसले मनमनै भन्यो— ‘यहाँ उसको हालखबर सोध्ने घरपटीजस्ता केही शुभचिन्तक र आपूmहरूजस्तै मजदूरी गरिरहेका हितैषीहरू पनि त छन् नि … ! ऊ मनमनै वmेही आश्वस्त भयो । आपूmले जाँदा ढप्काएको ढोका खोलेर ऊ लुसुक्कभित्र पस्यो । रामभरोसे शून्य दृष्टिले ढोकातिर बिछ्यौनामा दु:खित मुद्रामा टुक्रुक्क बसेर बिँडी तानिरहेको थियो ।

जोगेन्दरलाई देख्नासाथ प्रफुल्ल भएर ऊ जुरूक्क उठ्यो र ऊतिर स्वागतको हात बढाउँदै भन्यो –‘अपनी फिर लौट आइनी ?’
जोगेन्दरले सुस्तरी भन्यो —‘हम लौट आइनी ।’ त्यसपछि केही नबोली थोत्रो साइकल डोर्‍याउँदै ऊ बाहिरियो । उसलाई रामभरोसेले पछ्यायो । दुवै कालामाटी थोक बजारतिर हतारिँदै हानिए । जोगेन्दर सदाझैँैं दुईवटा टोकरीभरि मौसमअनुसारको तरकारी भरी कालीमाटी चोक हँुदै कलंकीतिर लाग्यो । त्यसरी दस वर्षदेखि गर्दै आएको धन्दाको सुरूआत गर्दै उसले साइकललाई फुर्तिसाथ घिच्याउँदै चिच्यायो –
‘लौ आयो टमाटर, लौका, काउली, रामतोरीया … ।


अघिल्लो पोष्ट

संस्कृतिभित्रका विकृति

पछिल्लो पोस्ट

कविताप्रतिको न्याय : सपनाका मेघमाला

पद्मावती सिंह

पद्मावती सिंह

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
कविताप्रतिको न्याय : सपनाका मेघमाला

कविताप्रतिको न्याय : सपनाका मेघमाला

ईश्वर

ईश्वर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

ईश्वर

ईश्वर

४ जेष्ठ २०७८, मंगलवार
अन्तिम चिठी खोली हेर्दा

अन्तिम चिठी खोली हेर्दा

४ जेष्ठ २०७८, मंगलवार
कवि विमल वैद्यको `युगको तटमा उभिएर´माथि विमर्श कार्यक्रम

कवि विमल वैद्यको `युगको तटमा उभिएर´माथि विमर्श कार्यक्रम

५ जेष्ठ २०८१, शनिबार
सापसबाट १३ साधकहरु सम्मानित हुँदै

सापसबाट १३ साधकहरु सम्मानित हुँदै

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक