भारतको तामिलनादृुका सन्तश्री तिरुवल्लुवरद्वारा करीव दुई हजार वर्ष पूर्व तमिल भाषामा विरचित ‘तिरुक्कुरल’ महाकाव्य विश्व साहित्यमा अद्वितीय शास्त्रीय ग्रन्थ हो । विश्वका अपधिकतम भाषामा यस महाकाव्यको अनुवाद भएको छ । नेपाली भाषामा यसको अनुवाद तीर्थराज वन्तले गर्नुभएको थियो । यस महाकाव्यबाट ‘अहङ्कार’बारे लेखिएका अंशहरु प्रस्तुत छ ः
अभावमा पनि सबभन्दा ठूलो अभाव ज्ञानको अभाव हो । धनको अभावलाई लोकमा ठूलो अभाव मानिंंदैन ।
एउटा मूर्खले स्वेच्छाले कसैलाई केही उपचार दिन्छ भने त्यो प्राप्त गर्नेको पुण्यको फल हो, अन्यथा केही होइन ।
अहङ्कारीले आफूले आफैलाई दिने दुःख-कष्ट आफ्ना शत्रुहरुले पनि उसलाई दिन बिरलै सम्भव छ ।
“सबै कुरा जानेको छु” भन्नु नै अहङ्ककार हो, यो नै अज्ञान हो । ज्ञान नभएकाहरुले आफूले ज्ञान नगरेको कुरा पनि जान्दछु भनेर गरेको मिथ्या दाबीको कारण उनीहरुले पूणर् ज्ञान आर्जन गरेको कुरामा पनि अरुले शङ्का गर्छन् ।
मूर्खले शरीरको नग्नतालाई छोपे पनि त्यसको केही अर्थ छैन, यदि उसले आफ्नो मनको दोष(अहङ्कार) लाई छोपेको छैन भने ।
मूर्ख व्यक्तिले दुर्लभ उपदेश, ज्ञानलाई उपेक्षा गरेमा उसले आफ्नै अज्ञानबाट आफैलाई अनकौं दुःख निम्त्याउँछ ।
मूर्खले विद्वान्ले दिएको परामर्श सुन्दैन, सो अनुसार गर्दैन, आफैले केही बुझ्ने कोसिस पनि गर्दैन, त्यस्ताले प्राण त्याग नगरेसम्म यस जगतको भारको रुपमा रहेर अरुलाई दुःख र पीडा पुर्याउँदै रहन्छ ।
मूर्खलाई ज्ञान दिन खोज्ने ऊ स्वयं मूर्ख हो, किनभने मूर्खले आफ्नो अहङ्कारको कारण आफूलाई ज्ञानी नै ठानिरहन्छ ।
संसारले विश्वास गरेको सत्य उपदेशको अस्तित्वलाई अस्वीकार गर्ने व्यक्ति (मूर्ख) यो पृथ्वीमा पिशाचकै रुपमा मानिन्छ ।