रोजाले सधैं च्यापेर हिँड्ने कपडाको ठूलो पुतलीलाई प्रत्येक साल दसैंमा उसकी हजुरआमाले सिँगारिदिन्थिन् जसलाई ऊ आफ्नी आमालाईभन्दा बढी माया गर्थी । उसलाई थाहा थिएन, उसकी ती हजुरआमा उसका बाबुकी सौतेनी आमा हुन् । सधैं उनी आफ्नो मुखमा मह भरेर बोलीलाई लोली मिलाएर मायाको प्रदर्शन गरिरहन्थिन् । त्यो मायाको महमा रोजा लुट्पुटिएकी थिई, हातगोडामा मह च्याटच्याटी टाँसिएर हल न चल बनेकी थिई । अपाङ्ग त होइन तर कुपोषणले उसका हातगोडाहरू मसिनु लहराजस्ता, रक्तविहीन पहेँलो अनुहार, रोगी आँखा लिएर छातीमा ऊ पुतली च्यापिरहन्थी । केही खान लाग्यो कि हजुरआमा भन्थिन् – ए त्यो नखा, त्यसले दिसा लाग्छ, पेट खराब भयो भने के गर्ने ?
हरेक खाना रोग बनाएर विश्लेषण गर्थिन् उनी । भकारीभरि धान, गहुँ, अन्नले बुइँगल भरिएको थियो तर रोजाको पेट सधैं खाली–खाली । कमजोर आँखा, भोकले अत्तालिएको पेट लिएर हर रात उसले सुत्नुपथ्र्यो । भात पाक्ने आशामा साँझ चुर्लुम्म डुब्थ्यो, रात पेटमा हात राखेर दायाँबायाँ गर्दै छटपटिदै नौ बजेपछि ऊ सहनै नसकेर निदाउँथी । किनकि घरका परिवार दस बजे मात्र खाना खान्थे । घरको खाना केटाकेटीका लागि होइन, तन्नेरी, वयस्कहरूका लागि पाक्थ्यो । ऊ त्यही पुतली च्याप्थी, पुतली पनि भोकै छ, म मात्र हो र भनेर आफैले आफैलाई सान्त्वना दिन्थी र निदाउँथी ।
उसकी हजुरआमाले सधैंझैं यसपालीको दसंैमा पनि विभिन्न रङ्गहरू नीलो, पहेँलो, रातो, कालो घोल्दै पुतलीलाई रागेपाटे बनाउँदै, दल्दै गइन् । रोजा अगाडि बसेर यो सबै हेरिरहेकी थिई । उसले भनी – मान्छे पनि यस्तो टाटेपाटे हुन्छ ?
यो बौलाहा हो नि त, बौलाहा कस्तो हुन्छ त ?
अरूको पुतली मान्छेजस्तै राम्रो लुगा लगाएको हुन्छ, यस्तो बौलाहा हु“दैन ।
हेर त कस्तो राम्रो भयो, कति थरी रड्ड ल हेर् ।
रोजाले पुतली हेरी । के यसैलाई राम्रो भन्छन् ? के यो राम्रो हो ? मनमा प्रश्न उदय भयो । हजुरआमाले भनेको कुराले उसको बालक मनमा प्रभाव पा¥यो । पुतली राम्रैजस्तो लाग्यो । हजुरआमाले कालो रङ्ग एउटा गालामा र अर्को गालामा रातो रङ्ग दलिन् । आधा छातीमा पनि कालो रङ्ग दलिन् । यो कालो रङ्ग र रातो रङ्गको मिश्रणले पुतलीले भयानक रूप लियो ।
रोजाले प्रतिवाद गर्दै भनी – यो राम्रो भएन, यो बौलाहा भयो । यस्तो पुतली म फ्या“किदिन्छु, खेल्दिन“, हेर्दै डरलाग्दो, मलाई चाहिदैन ।
चाहि“दैन भनेर हुन्छ, यसले त“लाई छोड्दैन, यो त“स“गै बस्छ । यसलाई राम्रो भन्नुपर्छ । सधै खेलेको पुतली पनि नराम्रो हुन्छ ?पुतली हातमा लिएर देखाउँदै भनिन् – ल हेर त, यो राम्रो छ ?
रोजाले आफ्नो आँखामा हजुरआमाको आँखा जडेर हेरी, पुतली राम्रैजस्तो लाग्यो । उसले भनी – हो , राम्रो छ त ?ऊ द्विविधामा परी, के हो राम्रो र के हो नराम्रो । आफूलाई नराम्रो लागेर के गर्ने, अरूलाई राम्रो लागेपछि । उसले आफ्नो विरोधी भावमा धक्का लागेको महसुस गरी र हजुरआमाको भनाइको सत्यलाई आँखामा टाँसेर हेरी, पुतली राम्रो नै लाग्यो । बालकको कलिलो मस्तिष्कमा जे टाँसिदियो, त्यही ठीकजस्तो लागिहाल्छ । पुतलीलाई समात्दै भनी – हुन्छ, म योस“ग खेल्छु, डर लाग्दैन, यो राम्रो छ ।
हजुरआमा पुतलीलाई काला रङ्गहरूले टाटेपाटे पार्दै थिइन् । पुतलीले राम्रो रूप फेरेर फेरि वीभत्स बनेजस्तो लाग्यो रोजालाई । फेरि उसले प्रतिवाद गरी – भो मलाई चाहिंदैन यस्तो पुतली । सुलोचनाको पुतलीले कस्तो राम्रो लुगा लगाएको छ, गाजलु आ“खा छ, सेतो अनुहार, रातो ओठ छ । फ्रक, जुत्ता मोजा लगाएकी छ । यस्तो नाड्डो टाटापाटा दलेको पनि कहीं पुतली हुन्छ ?
पुतली नभए यो आ“खा, नाक, ओठ, हात, गोडा के हो त ?
रोजा पुतलीलाई गौडले हेर्छे । नभन्दै सबै अङ्गहरू यथावत छन् । तर किन यस्तो वीभत्स बनाइदिएकी यो पुतलीलाई उसकी हजुरआमाले ? यो प्रश्न भने उसको मस्तिष्कमा ओहोरदोहोर गरिरह्यो ।
अरू पुतली पनि ऊसँग थिएनन् । त्यसैले उसको रोज्ने अधिकार छिनिएको थियो । खेले पनि, नखेले पनि त्यही बौलाहा पुतली । उसले पुतली समात्न लागेकी थिई । हजुरआमाले भनिन् – रड्ड सुक्न दे न, रड्ड सुकेपछि यो कस्तो राम्रो हुन्छ ।
रङ्ग सुक्ने प्तीक्षामा ऊ घाममा सुकाएको पुतलीलाई कुरेर, हेरेर बसी ।
पुतली हातमा चक्कु लिएर उसको छातीलाई नाङ्गो पारेर धस्न आउँछ । आज रोजाको सुहागरात । उसले फिल्ममा देखेकी थिई, सजिएर निहुरिएकी दुलहीलाई राम्रो हट्टाकट्टा दुलाहाले आएर प्रेम प्रदर्शन गरेको । तर यो कस्तो सुहागरात ? मृत्यु कालो जगल्टा फिजाएर उसको वरिपरि हातमा खुँडा र खुकुरी उजाएर, लाखेनाच नाचेर बुदु्रक्क–बुदु्रक्क उफ्रिरहेको । उसको बौलाहा पुतलीका टाटेपाटे रङ्गहरू कोठा र दलिनभरि दलिएको । त्यसको बीचमा उसकी हजुरआमाको कटाक्षपूर्ण मुस्कान आक्कल–झुक्कल आउँदै, जाँदै गर्छ । उनी हातमा पुतली लिएर भनिरहन्छिन् – यो बौलाहा हो, यस्तै हुन्छ, यसलाई राम्रो भन्नुपर्छ ।
उनले बोलेको राम्रो शब्दलाई ऊ अथ्र्याउन सक्दिन । के राम्रो यस्तै हुन्छ ? राम्रोको परिभाषा के हो ? शब्दले परिभाषा फेरेको हो वा परिभाषाले शब्द ! उसको दिमाग एकचोटि चक्कराउँछ । के उसले देखेका कुराहरू सबै झूटा हुन् ? उसले बुझेका कुराहरू असत्य हुन् ? भ्रमको जालोभित्र बेरिएकी ऊ सत्य र असत्यको विवेचनाको बीच उसलाई टग अफ वार बनाइएको छ । कहिले आफ्नो विवेचना उसलाई ठीक लाग्छ र कहिले झूट । झूटलाई सत्य भन्नुपर्ने झूट । भ्रमको कालो ब्रस उसकी हजुरआमा चलाइरहेकी हुन्छिन् र रटाइरहेकी हुन्छिन् – यो सत्य हो भन् । यो अर्डरको लौराले ऊ चुटिएकी हुन्छे, ऊ भाँचिएकी हुन्छे, ऊ थिल्थिलो बनाइएकी हुन्छ तर मरेकी हुन्न । ऊभित्रको सत्य जो सधैं सेतो छ, सधैं भित्रभित्रै दबिएर पनि बाँचिरहेको छ । ऊ छातीभित्र हात राखेर छाम्छे, भित्र असत्य धमिलो छैन । धमिलो त आँखा हो जो कहिले कालोलाई राम्रो देख्छ, सेतो देख्छ । भ्रममै भए पनि ऊ जिएकी छ । जिउनु उसको नियति हो । तर उसलाई लाग्छ, ऊ जिएकी छैन, उसको मृतक लास मात्र उसको अगाडि छ तर मासु गलेको छैन, सडेको छैन, गन्हाएको छैन । छातीमा कान राख्तै मानिसहरू भन्दछन् – ढुकढुकी सास चलिरहेछ । मर्नु कति कठिन रहेछ । मरेर पनि बाँचिरहनुपर्ने नियति । मृत्युको संघारमा उसको सास चलिरहेछ । आफ्नो मृत्युको आफैले आत्म–तर्पण गर्दा पनि शरीरलाई त्याग्न चेतना स्वीकारिरहेको छैन । यो कुन कारण हो ? कुन आश हो ? कुन सत्य हो ? जो मर्दामर्दै पनि ढुकढुकी सासले मात्र बोलिरहन्छ ? सत्यलाई हजार पर्दाले ढाक, सत्य जीवित छ । ढाकिनु, छोपिनु, लुकाउनु, मृत्युसँग सङ्घर्ष गर्नु उसलाई मञ्जुर छ, बोलीले राम्रो भन्नु पनि मञ्जुर छ तर अन्तरात्माभित्रको प्रकाशपुञ्ज जो सधैं ज्योतिले दीप्त छ, यसलाई केही क्षण मन्द पार्न सकिन्छ तर यो निभ्दैन, निभ्नै सक्दैन ।
ल अब रड्ड सुक्यो, ल खेल योस“ग । यो उसकी हजुरआमाको आवाज हो । उसले पुतली उठाई, हातमा लिई, अब यो राम्रोजस्तो लाग्यो उसलाई । बोकालाई कुकुर बनाएजस्तै कुकुरलाई बोका बनाइदिएकी थिइन् उसकी हजुरआमाले । ऊ त्यसको मासुको स्वादमा लुट्पुटियोस् भन्ने उनको चाह थियो । उनी कुकुरका बुद्धिका आज्ञाकारीलाई भनूँ सोझालाई, सीधासाधालाई बोका बनाउँथिन् र कुनै मन्दिरमा लगेर बलि दिन्थिन् । त्यसको रगत र मासुले तृप्त हुन्थिन् । त्यही तृप्तिको लागि रोजा बोका बन्दै थिई । बोकाको स्वभाव र प्रकृतिमा आफूलाई परिपक्व गर्ने नियति भोग्दै थिई ।
हो अब भने बल्ल यसको बुद्धि फि¥यो । यो राम्रँे छ कि छैन भन् त ?
राम्रो छ उसले बौलाहालाई छातीमा टाँस्दै भनी र फिसिक्क हाँसी ।
पटाङ्गीको एउटा रुखमुनि उसलाई उभिने अर्डर दिँदै उसको लोग्नेले भन्यो – त“ यहा“बाट फिटिक्क पनि नचल्नू, यहीं उभिइरहनु ।
आज्ञाको अर्को पर्याय बनिसकेकी उसले यो आज्ञालाई पनि हजुरआमाको आज्ञा सम्झी र पालना गरी । हातमा गुलेली लिएर उसको लोग्ने टाढा गयो र मट्याङ्ग्रोले उसको निधार, गाला, चिउँडो, टाउको सबैमा पटापट हानिरह्यो । ऊ फिट्ट पनि चलिन, गोली आइरह्यो, लागिरह्यो, लागिरह्यो । ऊभित्र सहने बानीले यसरी जरा गाडेको थियो, उसलाई दुखेन, उसको मासु छियाछिया भएको रगत बहेको पनि उसलाई थाहा भएन । जब उसको ससुरा आएर उसको हात समातेर तानेर माथि लगेर आफ्नी श्रीमतीलाई देखाउँदै भने – यो के हो ?
श्रीमतीको आँखामा पनि त्यही प्रश्न थियो ।तर ऊ विनाप्रश्न उभिइरही । उसले के गरेकी थिई र ? केवल लोग्नेको आज्ञा हरेक स्वास्नीले पालना गर्छन्, त्यही गरेकी थिई । उसको मासु केटाकेटीमै मरिसकेको थियो । दुखाइ, वेदना, भोक, रोग सबै उसले पचाइसकेकी थिई । ऊ मृत थिई भने ऊ हिँड्थी, बोल्थी, खान्थी तर सबै निर्जीव । कहिलेकाहीँ छाती छाम्दा लाग्थ्यो, अझै चेतना किन जिउँदो छ ? कसरी जिउँदो छ ? किन धुकधुकी सास फेरिरहेछ ? यो आगोको बीउ हुन सक्छ, फुटिने अवसरको प्रतीक्षामा बाँचेको । यो निभ्ने हो वा धुकधुकी सासमै भए पनि बाँचिरहने हो ?
एकदिन उसको भित्र एउटा हावा चल्यो । ऊभित्रको विद्रोह जागृत भयो र उसले त्यो बौलाहा पुतलीलाई बारीको अन्तरकुनामा फ्याँकेर आई र चुपचाप थाहा नभएजस्तो गरेर बसी । उसकी हजुरआमाले पुतली नदेखेर सोधिन् – खै, बौलाहा कहा“ छ ?
उसले हजुरआमासँग आँखा छल्दै भनी – मलाई थाहा छैन, कहा“ हरायो ।
शङ्कालु आँखाले हेर्दै हजुरआमाले भनिन् – भन्, कहा“ छ बौलाहा ? खेल्दाखेल्दैको पुतली पनि कहीं हराउ“छ ?
उनले ओड्ने–ओछ्याउने सबैतिर कोठाको अन्तरकुन्तर, दराज, भान्सा, भन्डार सबैतिर खोजिन् र फेरि केरकार गर्दै भनिन् – कहा“ हालिस्, त्यो बौलाहालाई ?
सबैतिर नभेटिएकोले अलि त्रसित भएर उसले भनी – म खोज्छु । रोजा जुरुक्क उठेर बारीतिर दौडिई । ऊ भित्रभित्रै डराइरहेकी थिई, कतै बौलाहा भेटिएन भने र लुकाएको कुरा थाहा भयो भने ? उसले बारीमा खोजेजस्तो गरी र लिएर हजुरआमालाई देखाउँदै भनी – यो झ्यालबाट तल खसेछ, पाएर ल्याए“ ।
हजुरआमाले भनिन् – ल, त“ यसैसित खेल्दै गर । म भान्सातिर लागें । उनले भ¥याङ उक्लिएको आवाज सुनेपछि ढुक्क भएर रोजा पुतली हेर्न लागी । आफैसँग प्रश्न गर्न लागी । किन हजुरआमा जबरजस्ती यो पुतलीसँग खेल्न बाध्य तुल्याउँछिन् ? अरू पुतली भएको भए पनि हुन्थ्यो । अरू पुतली पनि छैन, मन लागे पनि नलागे पनि यसैसँग खेल्नुपर्छ । उसले त्यस पुतलीलाई बाबुको पलङमुनि घुसारिदिई कि त्यसलाई देख्न नपरोस् । दुई दिन त्यहीँभित्र राखिदिई । हजुरआमालाई देखाउने बेलामा मात्र निकाल्थी र फेरि पलङमुनि राखिदिन्थी तर जब शून्य लाग्थ्यो, खेल्ने कोही पाउँदिन थिई, फेरि त्यसैलाई निकालेर खेल्न थाल्थी ।
एकदिन उसले विरह मनले सोची – सधैंको लागि यस पुतलीलाई हराइदिनुप¥यो । बौलाहालाई फ्रकले छोपेर ऊ सानो कुटो लिएर बारीमा गई र खाल्डो खनेर, पुतलीलाई पुरेर छोपेर आई । त्यो साँझको समय थियो । कसैले नदेखेकोले ऊ आफ्नो कार्य सफल भएकोले दङ्ग परी र लामो सास तानी । त्यो रात त त्यसै बित्यो । भोलिपल्ट बौलाहाको खोजी भयो, तर कहीँ भेटिएन । रोजा आरामको महसुस गर्दै थिई, अब कसैले खोजे पनि भेट्टिंदैन । उसले माटोले राम्ररी पुरेकी थिई, एउटा मुक्तिको सास फेरेकी थिई ।
भोलिपल्ट सबैतिर बौलाहाको खोजी भयो, कहीँ भेटिएन । जब हजुरआमाले कहीँ नभेटेर उसलाई प्रश्न गरिन् । उसले पनि आफूलाई बलियो बनाएर मलाई थाहा छैन भनेर उत्तर दिई ।
यसपटक हजुरआमाको आँखामा शङ्काको छाया पनि देखिन र ऊ अझ दृढ बन्दै गई । उसले पनि सिकेकी छ हजुरआमाबाट हरेक झूटो कसरी सत्य बन्न सक्छ, हरेक कालो सेतो बनेजस्तो । ऊ अझ दृढ बन्दै गई । दुईचार दिनमा सबैले बौलाहालाई खोेजेर थाक्नैपर्छ ।
दसैंको टीका नजिकै आइरहेको थियो । टीकामा लगाउने झमझमे फ्रक जीउमा टाँसेर ऐना हेरेर ऊ दङ्ग परी । यो लुगा लगाएर ऊ मामाघर र फुपूहरूका घरमा टीका थाप्न जानेछे तर उसलाई बौलाहा पुतलीको सम्झना आयो । हरेक टीकामा ऊ बौलाहा च्यापेर जान्थी र आफूलाई टीका लगाइदिइसकेपछि बौलाहालाई अगाडि सार्थी । सबैले टीका लगाइदिनुपथ्र्यो । ऊ तामाको पाँच पैसे ठूलो ढ्याक पाउँथी र बौलाहाले दुई पैसे पित्तले ढ्याक पाउँथ्यो । यसरी दोहोरो आर्जन यो पटक नहुने भयो । पहेँलो दुईपैसे ढ्याकहरू ऊ छन्छनी गन्थी तर यो साल पाँच पैसा मात्र हुने भयो । कताकता नमीठो लागेर आयो उसलाई । कसैले थाहा नपाउने गरेर खोस्रेर बौलाहालाई झिकेर ल्याउने सोची तर कसैले देख्यो भने ! ऊ भित्रभित्रै डराई । जसरी साँझमा सबै काममा व्यस्त भएको मौका छोपेर, उसले पुरेकी थिई, त्यसै गरेर झिके त आइहाल्छ नि ! उसले मनमनै सोची । तर यत्रो दिनसम्म हरायो भनेर सबैले बिर्सिसकेको पुतली कसरी पाइयो ? कहीँ खोज्दा पनि नभेटिएको कसरी भेटियो ? यो प्रश्नचिह्न ठूलो बनेर उसलाई छोप्न आयो । अनि यो सोचलाई उसले मनबाट हटाइदिई । फेरि टीकापछि त यो घाँडो भइहाल्छ । त्यसैले दुई पैसे ढ्याकको लोभलाई उसले मनबाट हटाइदिई । साँझको बखत एक्लै कोठाको झ्यालबाट बाहिर हेरेर ऊ तर्कवितर्कमा डुबेकी थिई ।
टीकाको दिन सबै नाताकुटुम्बसँग टीका लगाएर फ्रकको खल्ती भरिएको पैसा झिक्दै थकाइ मेट्दै साँझमा झ्यालमा बसेर पैसा गन्न थाली, ऊ दङ्ग थिई । पैसाले उसको खल्ती भरिएको थियो । सबै अलग–अलग राखेर गन्दा उसले अन्दाज गरेभन्दा बढी नै उसको कमाइ भएको रहेछ । आत्मतृप्तीले उसको थकाइ पनि मेटिएको थियो । दुई पैसे ढ्याक कसैकसैले उसलाई दिएका थिए । अरू सबै पाँच पैसे ठूला तामाका ढ्याकहरू । त्यहाँ उसको मात्र कमाइ थियो, जुन उसको खर्चको लागि पुग्दो थियो ।
बिहान पढ्न बस्दा ऊ दौडेर नजिकैकी बूढीको पसलमा जान्थी जहाँ भुटेका भटमास, बकुल्ला, केराउ, बदाम आदि पाइन्थ्यो र आलु साँधेको अचार पनि पातमा राखेर दिन्थी बूढी । यी सबै थोकहरू किनेर खाँदै पढ्दै गर्दा आनन्दले उसको मनलाई स्पर्श गर्दा ऊ विपुल आलोकले आलोकित हुन्थी । उसले साथमा राख्न नचाहेको बौलाहा अब उसको साथमा थिएन । यसले अरू शीतल समीरले उसको मनलाई छोएर गयो । एउटा युक्ति यो मुक्ति एउटा ठूलो प्राप्ति भएको थियो । इच्छित वस्तुको अप्राप्ति जति दुःखद र त्रासदीपूर्ण हुन्छ, अनिश्चित वस्तुको प्राप्ति त्यतिकै विकट, भयानक र दुःखद बन्न पुग्छ । आज ऊ एउटा शून्यमा हराएकी थिई, एउटा हलुका हावाको स्पर्शले उसलाई पटक–पटक चुमिरहेको थियो । अनिच्छित वस्तुलाई उसले आफूबाट हटाइदिइसकेकी थिई, इच्छित वस्तुको अप्राप्तिको अभाव पनि ऊभित्र थिएन । एउटा निरञ्जन, निराकार जीवन चर्यामा ऊ चलिरहेकी थिई । उसकी हजुरआमाले चलाउने कालो ब्रस जति चलिरहे पनि अब उसलाई कुनै रङ्गले नछुने भइसकेको थियो ।