आँखा भित्रै सुन्दरताको खानी हुँदोरैछ
तर हेर्ने आफ्ना आफ्नै बानी हुँदोरैछ
ढुङ्गालाई देउता मानी गर्छ मान्छे पुजा
विश्वाशमा ठेस लाग्दा बन्छ मान्छे धुजा
आाँखा भित्रै विश्वाशको नानी हुँदोरैछ
तर हेर्ने आफ्ना आफ्नै बानी हुँदोरैछ
कैलेकाहीं पित्तल् पनि बन्दोरैछ सुन
अन्धकारमा पनि मान्छे देख्तोरैछ जून
मन भए मात्रै मान्छे दानी हुँदोरैछ।
तर हेर्ने आफ्ना आफ्नै बानी हुँदोरैछ
पाखा पखेरामा पनि फुलिदिन्छ फूल
चट्टानको शिरमा पनि फुटिदिन्छ मूल
सुख्खा धर्ती भिजाउँन पर्दोरैछ पानी
तर हेर्ने आफ्ना आफ्नै हुँदोरैछ बानी।