जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

अभिशप्त

यशपाल यशपाल
प्रकाशित १ श्रावण २०८१, मंगलवार
अनुवाद भित्र
0
अभिशप्त

अमीनद्धल्ला पार्कमा प्राय प्रदर्शनी मेला वा जलपान केही न केही भइरहन्छ । घच्चम–घच्चा, ठेलमठेलबाट जोगिएर तमासाको आनन्द लिने हो भने छेउका पसलहरुको बरण्डा नै उपयुक्त हन्छ । यहि विचारले यो जाडोमा साँझको खाना खाईवरी मुखमा पान वा खल्तीमा शुक्लाजीका बच्चाहरुलाई चकलेट लिएर, लठ्ठी घुमाउँदै म प्रायः शुक्लाजीको पसलमा जानेगर्छु ।
शुक्लाजी जस्ता मिलनसार र हँसिला छन्, उनकी श्रीमती पनि उस्तै मिलनसार छिन् । दिनभरिको कारोबारको व्यस्ततापछि साँझपख यसो एक–दुई घण्टा सभ्य र सुसंस्कत व्यक्तिहरुसँग बसेर कुराकानी गर्दा एक भिन्दै प्रकारको सन्तोष हुन्छ ।

शुक्लाजीका दूई बच्चा लल्लू र सविताले मेरो पाइलाको चालले नै म आएको थाहा पाए । उनीहरुले आँगनमै घेरे । खल्ती खाली गर्दै मैले बोलाएँ— “शुक्लाजी !”
आँगनको अगाडीपट्टीको कोठाबाट निस्कदै बरण्डाबाट श्रीमती शुक्लाले उत्तर दिईन् –
“आउनोस् न ! कसरी अपरिचितले जस्तो बोलाउनुभएको ?”
बिजुलीको हजारौं बक्तिहरुको प्रकाशमा तल पार्कमा प्रदर्शनीको मेला भइरहेथ्यो । भीड एकदमै थियो । प्रसंग छेड्ने अभिप्रायले मैले मुस्कुराउँदै भने– “यस्तो भीड के आज फेरी जालौन र पकतेहपरमा आतिशबाजीको लडाई छ ?”

कुरा राख्नका लागी मुस्कुराउँदै श्रीमती शुक्लाले भनिन् – “केही त्यस्तै होला, मान्छेहरुको खल्तीको पैसा तान्न केही न केही बहाना त चाहिन्छ नै ।”
आफ्नो बानीको विपरीत उँचो स्वरमा हाँस्दै शुक्लाजीले केही भनेनन् । उनी बेतको आरामकुर्सीमा खुट्टा फैलाएर बसेका थिए, बसिरहे । दायाँ हातका आंैलाहरुलाई कुर्सीमा राख्दै, पिठ्ँयुलाई कुर्सीमा लेट्दै उनी भिडतर्पm हेरिरहेथे । दृष्टि अर्कैतर्फ भए पनि म कुर्सीमा बस्नेको प्रतीक्षामा थिए ।

“कस्तो जमाना आयो…” चप्पलमा राखिएको आफ्नो खुट्टा हल्लाउँदै उनले भने । शुक्लाजीको भूमिकामा सहयोग दिनका लागि श्रीमतीजीको मुहारमा मेरो स्वागतकालागि आएको मुस्कुराहट हराउन पुग्यो – “उफ् ! के–के हुने हो यो दुनियाँमा ….।” एक गहिरो श्वास लिदंै उनले मुण्टो घुमाईन् ।

यस प्रस्तावले पर्याप्त गम्भीरता र उत्सुुकताको वातावरण तयार भएपछि शुक्लाजीले बिस्तारै–बिस्तारै शुरु गरे– “भाई ? यो जमानामा जे भछैन त्यही थोरै छ । अँ………. यो लाटोको कोठा छ, जहाँ टोल प्रहरी बस्छ त्यसैको साथ सटेको एउटा सानो कोठा छ, त्यहाँ पछिल्लो रात हत्या भयो । हत्या कसले ग¥यो ? …. पाँच वर्षको बच्चाले ।” उनी कुर्सीमा पल्टिनुको साटो उठेर बसे । अत्यन्त विस्मयजनक समाचार सुनाउने प्रयत्नले उनको आँखा स्वंय विस्मयले पैmलियो, “….के विश्वास गर्न सक्नुहुन्छ ?”

“पाँच वर्षको बच्चाले हत्या नै के पो गरे होला र ? …….” मैले विस्मयमा सहयोग दिएँ– “कुनै दुर्घटना विचराबाट हुन पुग्यो होला । केटा छतमा खेलिरहेथ्यो होला वा पटका–सटाका, धकेल्दियोहोला ?”

समर्थनको आशाले मैले श्रीमती शुक्लातर्फं हेरें । उनको अनुहारमा विषादको छायाँ गहिरो थियो । कुर्सीको छेउमा राखिएको हातमा गाला टेकाउँदै उनले लामो सास फेरिन् ।

उत्तेजनाले शुक्लाजीले केही अलि झुक्दै भने– “के भन्नुहुन्छ ?”

दुवै हत्केलाले संकेत गर्दै उनले भने – “हत्या ! घाँटी रटेर हत्या ! पाँच वर्षको बच्चाले ।”
आश्चर्यले भरिएको अाँखाले मैले सोधें – “कसरी ?”
पर्खालको उता सबैभन्दा पछाडी कोठी छ, जहाँ एउटा भरिया बस्छ, ज्वाला । जात हो अहीर । उसको एउटा पाँच बर्षको छोरा र तीन बर्षकीे छोरी थिई । भारी बोक्नेले के पो कमाउँछ र ? कहिले चार–छ रुपैयाँ कहिले दुई आना मात्रै । अमीनाबाद, फतेगंजबाट भारी बोकेर आधा माइल वा पूरै माइल लगेमा कति पो दिनुहोला र बढीमा छ पैसा त दिनुहोला ! उसकी बुढी फतेगंजमा भाँडा माँझ्न जाँदा दुई तीन आना र केही अन्न लिएर आउँथी । जसरी तसरी दुईटा बच्चा पालेका थिए । समय कस्तो भईसक्यो, थाहै त छ । एक रुपियाँमा बाह्र–चौध सेर अन्न पाइन्थ्यो अब त ढाई–तीन सेर पाईन्छ, त्यो पनि अन्न होइन, कुअन्न । जसरी होस रुखोेसुखो बच्चाको पेट भरिरहेथे । गएको शनिबार अहिर्नीको एउटा अर्को बच्चा जन्मियो ।”

“अहिर भारी बोकेर जे लिएर आउँथ्यो त्यसैबाट गुजारा चलिरहेथ्यो । गुजारा भन्नु, जसोतसो एक पेट भर्थे । ठूला बच्चालाई त जे छ खुवायो, जसो–तसो रात कटिहाल्थ्यो तर काखको बच्चाको पेट कसरी भर्ने ? आमाको दूध तब पो आउँछ जब उसको पेटमा केही जान्छ । आमा आफै दिनदिनै झन् सुक्दै गईरहिथी । कतै पानी खाएर दुध आउँछ ? गाईलाई त घाँस–भूस केही चाहिन्छ ।”

गाई माता र नारी माताको यो तुलनात्मक चर्चाले मेरा आँखा श्रीमतीजीतर्फ गए । उनी कुर्सीमा पल्टिरहेकी थिइन् । यो फोहोरी कुराले मुण्टो बटारिन् । उनलाई उपेक्षा गर्दै शुक्लाजीले भन्दै गए –
“आज के भयो ? बाउचाहिं झिसमिसेमा भारी बोक्न तरकारीबजारतिर गईहाल्यो । थोरैजसो पिठो थियो । आमाले त्यसलाई पानीमा घोलिदिइन् । दुई–दुई बटुका केटाकेटीलाई खुवाइदिइन् । बच्चा अझै मागीरहेथे । उनीहरुलाई हप्काएर आमाले थोरै झोल बचाइराखिन् । छातीमा दुध थिएन । कपडाको सुतरीमा भिजाएर उनले नयाँ बच्चालाई खुवाउन थालिन् ।”

“आमाको स्वास्थ्य ठिक थिएन । उठेर टोल प्रहरीसम्म गईन् । फर्केर आउँदा बिचराको सातो गयो । केटाले नयाँ बच्चाको घाँटी थिचेर बसिरहेथ्यो । बच्चाको प्राण गईसकेथ्यो । आमा छाती फुटाएर चिच्याउन लागी ।”
मान्छे जम्मा भए । बच्चालाई लवाई–फकाई, गाली दिंदै सोधे । केटीले भनी– “दाईले भाइलाई मारिदियो ।”

केटालाई फकाइयो, मिठाईको लोभ देखाइयो । के भन्यो, सुन्नोस् न के भन्यो– ‘आमाले झोल हामीलाई दिइनन् । भाईलाई खुवाइन् । खुब भोक लागेथ्यो ।’ सुन्नुभो तपाईले ? कस्तो समय आयो ? ”

वितृष्णाको स्वरमा श्रीमती शुक्लाले भनिन् –“हेर्नोस् न, यिनीहरुको बच्चाहरु यति सानैमा कति पाका बन्छन् । पाँच वर्षको बच्चाले पनि बुझ्छ, उसको भाग खोस्ने दुश्मन हो । यो हाम्री सबिता यो साउनमा पाँच वर्ष पुरा भएर छ मा लागी । खान दियो, थालमा कुकुरले मुख हाले उल्टो उसैलाई माया गर्न थाल्छे ।”

शुक्लाजीले श्रीमती शुक्लाबाट आफुतर्फ मेरो ध्यान तान्न ठूलो स्वरमा बोले– “अब भन्नोस्, यो देशमा यत्रो पाप हन्छ त यहाँ अकाल, महामारी, भूकम्प जुन गएछैन भगवानकै दया हो । यस्तै कर्मले देश झन्झन् खत्तम भईरहेछ…..उफ् दूध पिउने बच्चाप्रति पनि मनमा द्वेष र हिंसा ! यसैको सजाय त हामी भोगिरहेछौं ।

आफ्नो कुर्सीमा अझ अघि बढ्दै उनले सोधे– “सोच्नोस् त यस्तो बच्चा पछि गएर के बन्ला ?”

“भोक…..” म भन्न चाहन्थे । मेरो कुरा बिचैमा काटेर शुक्लाजीले ठूलो स्वरमा भने–“अरे भोक नभए यस्तो कामको फल अरु के हुन्छ र ? यस्तो पाप त सर्वनाश भए पनि काटिदैन ।”

मनको हालत बहस गर्नेजस्तो रहेन । पापको कारण र फलबारे मैले सोचें –“जन्मैदेखि पाप गर्न बाध्य त्यो अभिशप्त के कहिल्यै पाप मुक्त हुनसक्ला ….”

अनुवाद–लक्ष्मण श्रेष्ठ


अघिल्लो पोष्ट

स्रष्टाहरूको आँखामा भानुभक्त आचार्य

पछिल्लो पोस्ट

रुसका महान् साहित्यकार अलेक्सान्द्र सोल्झेनित्सिन

यशपाल

यशपाल

सम्बन्धित पोष्टहरू

बिहेघर
अनुवाद

बिहेघर

९ चैत्र २०८०, शुक्रबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

२८ फाल्गुन २०८०, सोमबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२३ माघ २०८०, मंगलवार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ३
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ३

२३ माघ २०८०, मंगलवार
पछिल्लो पोष्ट
रुसका महान् साहित्यकार अलेक्सान्द्र सोल्झेनित्सिन

रुसका महान् साहित्यकार अलेक्सान्द्र सोल्झेनित्सिन

विलियम वर्डस्वर्थको निवासमा

विलियम वर्डस्वर्थको निवासमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

दाउरे दाजु

३ जेष्ठ २०७८, सोमबार
‘कविता जमघट’मा कवि विनोदविक्रम केसी

‘कविता जमघट’मा कवि विनोदविक्रम केसी

४ जेष्ठ २०८१, शुक्रबार
गुप्तवासको चिठीजनकप्रसाद हुमागाईंलाई : श्यामप्रसादबाट

गुप्तवासको चिठी
जनकप्रसाद हुमागाईंलाई : श्यामप्रसादबाट

३ जेष्ठ २०७९, मंगलवार

सबिता श्रेष्ठ बेहोसी

३ जेष्ठ २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक