जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

अफ्रिकाको छातीमा एउटा बिहानी

प्याट्रिस लुमुम्बा प्याट्रिस लुमुम्बा
प्रकाशित २६ आश्विन २०७९, बुधबार
अनुवाद, कविता भित्र
0
अफ्रिकाको छातीमा एउटा बिहानी

हब्सी,
तिमीले हजारौं वर्षदेखि
अत्याचार सहेका छौ – पशुहरूले जस्तै
र मरुभूमिको बतासमा उडेको छ तिम्रो खरानी ।
०००
तिम्रो आत्मालाई
सधैं जिउँदो राख्छु भन्ने बहानामा
तिम्रो दु:खलाई जस्ताको तस्तै राख्नका निम्ति
घुस्सा हिर्काउने बर्बर अधिकार
र कोर्रा हान्ने गोराको अधिकारलाई
जिउँदो राख्नका निम्ति
तिम्रो मर्ने अधिकार
र रुने अधिकार सधैंलाई कायम राख्नका निम्ति
निर्दयीहरूले बनाएका छन्
एउटा अति सुन्दर चिडियाघर
तिम्रो टोटेमको छातीमा
उनीहरूले उकासिदिएका छन्
अन्तहीन भोक र अन्तहीन बन्धन ।
०००
वनको आडमा बस्ने सर्पले जस्तै
एउटा घिनलाग्दो मृत्युले
तिमीलाई सधैं चियो गरेको छ
वनस्पतिका काप र रेशमहरूबाट
फैलिएका हाँगाहरूले जस्तै
बेरेको छ तिम्रो शरीर र तिम्रो पीडित आत्मालाई ।
०००
त्यसपछि तिम्रो छातीमा
छोडिएको छ डरलाग्दो विषालु सर्प
काँधमा हालिदिएको छ
उम्लँदो पानीको हलो
साँचो–झ्ूटो मोतीको टलकले लोभ्याएर
अँगालोबाट खोसिदिएको छ तिम्री मायालु
खोसिदिएको छ अनगन्ती धनसम्पत्ति ।
०००
अँध्यारो रातमा
तिम्रो छाप्रोबाट निस्केको छ टमटमको आवाज
थर्किएर आएको छ
लछारिएकी स्वास्नीमान्छेको करुण चीत्कार
तिम्रा फराकिला काला–काला
नदीनालाहरूको छातीलाई चिर्दै
आँसु र रगतको समुद्रमा बगेर
बेसकन लादिएको जहाज गइरहेको छ
त्यो पापभूमितिर
जसलाई तिनीहरू मातृभूमि भन्छन्
त्यहाँ मान्छे घिनलाग्दो छ
डलरको जहाँ हाइहुकुम छ
जहाँ दिनदिनै
तिम्रा छोरा, तिम्री मायालु
निर्दयी र डरलाग्दो शोषणको रथको पाङ्ग्रामुनि
सहिनसक्नु सास्ती खाएर
ऐया–आत्था गरिरहेका छन् ।
०००
उनीहरूले तिमीलाई सम्झए कि
तिमी पनि अरूजस्तै मान्छे हौ
गोरो देउताले एकदिन सबैलाई समान बनाउनेछ
रुवाइको गीत गाउँदै घुमेका छौ तिमी
घरहीन भिखारीजस्तै
गोराहरूको दैलादैलोमा ।
जब शरीर र मनमा पीडाको ज्वार उठेको छ
रातभरि तिमी नाचेका छौ
र गाएका छौ
आँधीको छटपटीजस्तै ।
०००
हजारौं वर्षको दु:खको गर्भबाट
निस्केको छ एउटा प्रचण्ड शक्ति
आगो सल्केको छ पौरुषको सुरको कथा–कुथुङ्ग्रीमा
आज सङ्गीतको घातक झ्ङ्कारमा ।
त्यस बौलाउँदो स्वरध्वनिको
मुक्तधाराको प्रचण्डतामा
महादेश हल्लिसकेको छ
वारिदेखि पारिसम्म
तर्सेर उठिसकेको छ सारा संसार
विस्मात र आतङ्कले
कान लगाएर सुनेका छन्
त्यो डरलाग्दो छन्द,
त्यो डरलाग्दो रगतको छन्द,
त्यो डरलाग्दो छन्द सङ्गीतको
आतङ्कित गोराहरूले
कान ठाडो गरी सुनेका छन्
अँध्यारो रातमा जलिरहेको अगुल्टोजस्तै
एउटा नयाँ गीत ।
०००
बिहानी भइसक्यो साथीहरू !
आँखा खोलेर हेर
हाम्रो अनुहारतिर
चम्किरहेको छ एउटा नयाँ अठोट
आँखा उठाएर हेर
पुरानो अफ्रिकाको छातीमा
ओर्लिसकेको छ एउटा नौलो बिहानी
हजारहजार वर्षदेखि हराएको देश,
हराएको धर्ती, हराएको पानी
हराएका फराकिला नदीनालाहरू
यतिका वर्षपछि
फेरि पाउनेछन् सर्वश्व गुमाएका हब्सीहरूले ।
०००
घाम लागिसकेको छ
उसका फैलिएका रापिला किरणहरूमा
सुक्नेछ तिम्रो मुखभरि फिँजिएको थुक
साङ्लो चुँडाल साथीहरू ! साङ्लो चुँडाल ।
साङ्लो चुँडाल्नासाथ
सधैं–सधैंका लागि टुङ्गिनेछ
तिम्रो सहिनसक्नुको भयङ्कर दिन ।

कालो धरतीको छाती चिर्दै
शिर ठड्याएर उभिनेछ
एउटा स्वतन्त्र निर्भीक कङ्गो
कालो माटोको अँध्यारोमा
कालो बीउभित्रबाट
कालो बहादुर निस्किएर
उज्यालो आकाशमा शिर उठाई उभिनेछ
कङ्गो, मेरो कङ्गो !
– अनु. पारिजात


Tags: पारिजातप्याट्रिस लुमुम्बा
अघिल्लो पोष्ट

कलिंगा साहित्य महोत्सव हुँदैं

पछिल्लो पोस्ट

व्यथित काव्य पुरस्कार

प्याट्रिस लुमुम्बा

प्याट्रिस लुमुम्बा

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
हिटलरको दुर्भाग्य
कविता

हिटलरको दुर्भाग्य

९ श्रावण २०८१, बुधबार
अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
पछिल्लो पोष्ट
व्यथित काव्य पुरस्कार

व्यथित काव्य पुरस्कार

गुलाब

गुलाब

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मगर आदिकविद्वय सिंजाली र थापाको योगदानबारे चर्चा

मगर आदिकविद्वय सिंजाली र थापाको योगदानबारे चर्चा

९ बैशाख २०८०, शनिबार
सबै मिली फेर्नु पर्छ

सबै मिली फेर्नु पर्छ

९ बैशाख २०७८, बिहीबार
म चोर होइन

म चोर होइन

९ बैशाख २०७८, बिहीबार
यारी, मेरा याराना

यारी, मेरा याराना

९ बैशाख २०७८, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक