जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

बङ्गबन्धु शेख मुजिबुर रहमान बङ्गबन्धु शेख मुजिबुर रहमान
प्रकाशित २८ फाल्गुन २०८०, सोमबार
अनुवाद भित्र
0
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

मैले कारागारभित्रको अस्पतालको कुरा अघि नै गरिसकेँ । ढाका कारागारजस्तो केन्द्रीय कारागारमा राम्रो उपचार सेवाको पनि व्यवस्था हुन्छ । ढाका जेलमा दुई तले अस्पताल भवन छ, जसमा दुई सय बिरामीको उपचार हुन सक्छ । यसमा तीन जना चिकित्सक र एक जना सहायक कार्यरत हुन्छन् । यसमा एक जना निजामति अधिकारी हप्ताको दुईपल्ट आउँछ । उसको काम भनेको यसको व्यवस्था हेर्नु हो । पर्याप्त मात्रामा औषधि मौज्दात छ छैन, उसले हेर्छ । चिकित्सकले भने बमोजिमको आहार कैदीलाई दिने जिम्मेवारी पनि अस्पतालकै हो । यसलाई “मेडिकल डाइट” भनिन्छ । कैदीहरुको वजन घट्यो भने चिकित्सकले उनीहरुका लागि यस्तो डाइट लेख्छन्, यद्यपि सबै चिकित्सकले यस्तो डाइट लेख्छन् भन्ने हुँदैन । कारागारको अस्पतालमा उपचार गर्दा कुनै कैदीको स्वास्थ्यमा सुधार आएन भने कारागारको मेडिकल अफिसरको सिफारिसमा उसलाई ढाका मेडिकल अस्पतालमा लगिन्छ । तर दुर्भाग्यको विषय के छ भने कैदीहरुले हत्तपत्त गुणस्तरीय चिकित्सा सेवा पाउँदैनन् । यसको कारण के छ भने, कैदीलाई पनि मानवसरह व्यवहार गर्ने राम्रो चिकित्सक लामो समय कारागारको अस्पतालमा बस्न रुचाउँदैनन् ।

मैले कारागारकै अस्पतालमा पनि यस्ता धेरै चिकित्सक देखेँ जो बिरामी कैदीहरुका लागि डाइट अथवा राम्रो औषधि सिफारिस गर्छन् । तर मैले यस्ता पनि चिकित्सक देखें, जो कैदीलाई मान्छे नै गन्दैनन् । केवल अभियुक्तको रुपमा हेर्छन्, र बिरामी हुँदा औषधि लेख्नसम्म पनि मन गर्दैनन् । बरु यहाँबाट औषधि लुकाएर बाहिर बेच्छन् । उपचारका नाममा घुस पनि खान्छन् । उनीहरुले भनेजति घुस पाए भने बिरामीलाई महिनौँसम्म अस्पतालमा भर्ना पनि गरिदिन्छन् र बिरामी नभए पनि त्यहीँ रहिरहने अनुमति दिन्छन् । कतिपय कैदीको हकमा जमानत दिलाउनका लागि पनि यी चिकित्सक जालझेल गर्दछन् । जब जेलको निरीक्षणमा कुनै मेजिस्ट्रेट पुग्छन्, यी चिकित्सकहरु कुनै कैदीलाई बिरामी भएको देखाइदिन्छन् र अस्पताल भर्ना गरिदिन्छन् । यस रणनीतिले कतिपय कैदीलाई जमानत पाउन सजिलो बनाइदिन्छ । पूर्ण रुपमा स्वस्थ मान्छेलाई पनि अस्पतालको सिट दिलाएर महिनौँसम्म कसै कसैलाई राखिरहन्छन्, जब कि वास्तविक बिरामी समयमा भर्ना हुन नपाएर दु:ख पाइरहन्छन् । हुन त यस्ता कुरा बाहिरी संसारमा पनि हुन्छन्, तर कारागारभित्र बढी नै हुन्छन् ।

अर्कोतिर, कारागारभित्र एक थोपा पानी पनि नपिउने चिकित्सक पनि मैले देखेको छु । घुसको त कुरै छोडौँ । यी चिकित्सकहरु कैदीको राम्रो रेखदेख गर्छन् र दिनरात खटिरहन्छन् । यस्ता पनि केही चिकित्सक देखेको छु, जो हेर्दा असाध्यै राम्रा देखिन्छन्, दाह«ी पालेका, प्रार्थना गरिरहने, सधै निधारले ढोगेर प्रार्थना गर्ने गरेकोले निधारमा दाग भएका र देवदूत जस्ता देखिने, तर ढोका बन्द गरेर कैदीको भागको अण्डा, मासु वा रोटी चोर्ने र नअघाउञ्जेल खाने । समय समयमा यिनीहरुले बिरामीको औषधि बाहिर लगेर बेचेको पनि मैले थाहा पाएको छु ।

कारागारको अस्पतालमा भर्ना भएका बिरामीहरुको खाना छुट्टै ठाउँमा पकाइन्छ । तर भोजन गर्ने बेला धेरै नै हल्लीखल्ली हुने गर्छ । कतिपय कैदीहरु बोल्दैनन्; त्यसैले उनीहरुको नाममा बनेको खाना अरु नै कसैले खाइदिन्छ । म एकजना यस्ता चिकित्सक पनि चिन्छु जो मान्छे भेट्दा बढो सभ्य तरिकाले सबैलाई अभिवादन गर्छन्, र घुस पाए पनि एउटा चुरोटको प्याकेटसम्म पनि लिन पछि पर्दैनन् ।

कारागारमा हुने कुनै पनि घटनालाई ढाकछोप गर्न चाहिँ सम्भव छैन । घटेको कुनै पनि घटनाको समाचार आधा घण्टाभित्रै त्यहाँ रहेका साढे दुई हजार अभियुक्तहरुबिच फैलिरहन्छ । हामी दोस्रोचोटि जेल पर्दा म र मौलानालाई यसै मेडिकल डाइटरले जिउँदो राखेका थिए । मैले पछि सोधीखोजी गरेपछि थाहा पाएँ, तिनै नुरुल अमिनले जेलका अधीक्षकलाई हामीले खाने र बस्ने व्यवस्थामा कुनै प्रकारको अप्ठ्यारो नपरोस् भनेर पहिले नै भनिसकेका रहेछन् । त्यसै कारणले हुनुपर्छ, यहाँ हाम्रो विशेष हेरचाह गरियो ।

पाकिस्तानको गठनपछि अङ्ग्रेजहरुको समयदेखि राजनीतिक बन्दीलाई दिइँदै आएको विशेष सुबिधा हटाइयो । राजनीतिक बन्दीलाई अबउपरान्त कुनै विशेष सेवा गर्न छोडियो । उनीहरुलाई पनि आम बन्दीसरह व्यवहार गरिन थालियो । कसै कसैलाई त तेस्रो दर्जाको कैदीजस्तो व्यवहार पनि गरिन्थ्यो । तर पनि केही कैदी यस्ता हुन्थे, जसलाई प्रथम श्रेणीको कैदीको जस्तो व्यवहार गरिन्थ्यो । सबै कुरा आईबी अफिसरहरुले चाहेजस्तो हुन्थ्यो । मलाई सम्झना छ, एमबीबीएस गरिसकेका एकजना चिकित्सक कैदीलाई तेस्रो दर्जाको कैदीसरह तीन वर्षसम्म राखियो । मेडिकल कलेजमा पढिरहेको मेरै एकजना भतिजालाई पनि तेस्रो दर्जाको कैदीको व्यवहार गरेर राखियो, मेरै आँखाका अगाडि । मैले उनलाई हेर्न पनि सकिनँ । उनलाई कारागारबाट एकदुईपटक भागेका कैदी अथवा कुनै पनि बेला सनक चढ्न सक्ने खतरनाक किसिमका कैदीहरुलाई राख्ने कक्षमा राखियो । यस्तै कारणले हो, राजनीतिक बन्दीहरु यस्तो व्यवहार पाएकै कारण छिटोछिटो बिरामी पर्ने गर्दछन् किनकी चाहिएको बेला उनीहरुलाई मेडिकल डाइट दिइँदैन, जसले दीर्घकालीन रुपमा उनीहरुलाई असर गर्दछ । कहिलेकाहीँ उनीहरुलाई लागेको रोगको निदान भयो वा भएन भन्ने कुरा नबुझी उनीहरुलाई अस्पतालबाट बिदा गरिन्छ । उनीहरुले चाहने हो भने चिकित्सकहरुले कैदीहरुलाई अनेक तरहले सहयोग गर्न सक्छन् । एउटा कारागारमा हामीजस्ता आम मान्छेले थाहा पाउने गरेका सबै प्रकारको रोगले ग्रसित कैदी हुन सक्छन् । कारागारमा क्षयरोगबाट ग्रसित रोगीको उपचारको पनि व्यवस्था गरिएको हुन्छ ।

चोरीमा उनका चिकित्सकभन्दा पनि चालु कैदी त उनीहरुका “लेखक” हुन्छन् । उनीहरु चिकित्सकको मातहतका कम्पाउन्डरको रुपमा काम गर्छन् । कारागारमा चिकित्सकहरु सुई दिएको नदिएको कुरो बिर्सिरहन्छन् । यसको कारण के भने यहाँ अधिकांश काम पनि कैदीहरुकै सहयोगमा गरिन्छ । तर सबै चिकित्सक यस्तै हुन्छन् भन्ने चाहिँ होइन । कतिपय चिकित्सकरु वास्तवमै बिरामी कैदीलाई निको पार्ने प्रयत्नमा लागेका हुन्छन् ।

राजनैतिक बन्दीलाई आम बन्दीहरुसँग राखिँदैन । ढाकाभित्रै ससाना जेल छन् र ढाकाबाहिर पनि, जुन राजनीतिक बन्दीकै लागि विशेषत: बनाइएका हुन् । तर कोठो दिइन्छ भने कतिपय अवस्थामा पचासौँ केदीलाई एउटै कोठामा पनि राखिएको हुन्छ । कहिलेकाहीँ त एउटैमा सय कैदी कोचिएको पनि हुन्छ । यस्तो पनि समय हुनसक्छ जब एउटै कारागारमा पाँच वर्षदेखि सँगै सजाय भोग्दै आएका राजनीतिक बन्दी एकअर्कालाई भेट्न पाइरहेका हुँदैनन् । मैले भमथि नै भनेजस्तै, अधिकांश राजनीतिक बन्दीलाई श्रेणी दिइँदैन, र उनीहरु आम कैदीसरह रहन बाध्य हुन्छन् ।

सन् १९५० मा सबै राजनीतिक बन्दी हड्तालमा गए र यो साठी दिनसम्म चल्यो, अन्त्यमा सरकारबाट उनीहरु केही सुविधा प्राप्त गर्न सफल भए । यस्तै घटना सन् १९५१ अथवा १९५२ मा पनि घटे तर म यतिबेला तिनकाबारे यकिन भन्न सक्दिनँ । जेलका अधिकारीले एउटा निश्चित सीमाभन्दा पर राजनीतिक बन्दीलाई कँजाउन सक्दैनन् । तर पनि, उनीहरु आईबीबाट आएको निर्देशन पालन गर्न बाध्य हुन्छन् । राजनीतिक बन्दीलाई कसरी र कहाँ राख्ने भन्ने कुरा आईबीले नै तय गर्ने गर्दछ । जेलका अधिकारीले त्यसैअनुसार काम गर्नुपर्ने हुन्छ । कुनै गलत व्यवहारको खिलाफ कसैले प्रदर्शन गर्‍यो भने उक्त व्यक्तिलाई एक्कासि अर्को जेलमा सरुवा गरेको पनि देख्न पाइन्छ ।

राजनीतिक बन्दीको एउटा जेलबाट अर्कोमा सरुवा भइरहन्छ । अङ्ग्रेजको शासनकालमा उनीहरु भोजन र आवासका लागि गरिने प्रवद्र्धन अहिलेका भन्दा धेरै राम्रो थियो । त्यसबेला अङ्ग्रेज सरकारले उनीहरुलाई परिवारभत्ता समेत दिइन्थ्यो । सरकारले यो भत्ता मासिक रुपमा उनीहरुको घरमा पठाइदिन्थ्यो । यस्तो अवस्थामा आफू जेल परेका कैदीलाई घरमा रहेका आफ्ना श्रीमती, छोराछोरी र बाआमालाई जीवित राख्न ठूलो सकस पर्दथ्यो । यस मामलामा कारागारमा ठूलै होहल्ला भएपछि सरकारले यस समस्याको समाधानका लागि दुई कैदीहरुलाई दुई तहमा वर्गीकृत गर्ने व्यवस्था गर्‍यो । पहिले प्रथम तहका कैदीको व्यवस्थापन गर्ने अनि मात्रै दोस्रो तहकाको गर्ने भन्ने व्यवस्था भयो । पहिलो तहका कैदीलाई बिहान नास्तामा माछाका दुई गिँड, पाउरोटीका दुई खण्ड तथा चिया दिइन्थ्यो । उनीहरुलाई बटर, अण्डा वा अन्य केही चिज दिइँदैनथ्यो ।

अब म जुन प्रसङ्गको उल्लेख गर्छु, यो सन् १९५२ को हो । त्यसताका कुनै गतिलो तरकारी दिइँँदैनथ्यो । तर श्रेणी तोकिएका कैदीलाई भने बटर र पाउरोटी दिइन्थ्यो । तर हामीले भने यस्तो केही पनि पाउँदैनथ्यौँ । हरेक पन्ध्र दिनमा एकपल्ट हामीलाई अन्तरङ्ग कुराकानी गर्ने मौका दिइन्थ्यो । हप्तामा एउटा चिठी लेख्ने अनुमति थियो । तर चिठी आईबीको कार्यालयमै बसेर लेख्नु पथ्र्यो । श्रीमतीलाई लेखेका चिठी पनि आईबीका अधिकारीहरु पढ्थे । प्रेम व्यक्त गरेर लेखिएका चिठी पढेर उनीहरु मनोरञ्जन लिन्थे । आखिर, जेलमै भए पनि कुनै प्रकारको मनोरञ्जन लिनुमा के आपत्ति छ र कैदीहरुमध्ये कोही राजनीतिक विषयमा लेखिएको चिठी पाउने हकदार छ भने उसले त्यो चिठी पाउँदैनथ्यो । र उसलाई चिठी दिइहालियो भने पनि त्यस्ता प्रसङ्गहरुमाथि मसी छर्केर दिइन्थ्यो ताकि उसले उक्त कुरा पढ्न नपाओस् । मसँग अझै पनि बुबाले वा श्रीमतीले पठाएका पत्र छन्, जसको आधाभन्दा बढी भागमा यसरी मसी छर्किइएको छ । यो कुरामा शङ्का छैन कि उक्त प्रसङ्ग मेरो बुबाले मलाई सान्त्वना दिनुभएको हुन्थ्यो अथवा धेरै चिन्ता नलिन आग्रह गर्नुभएको हुन्थ्यो ।

कुनै पनि कैदीले आफ्ना परिवारजनलाई भेट्दा एक जना आईबी अधिकारी उनीहरुसँग बसेकै हुन्थ्यो । साथै, यस्तो बेला जेल प्रशासनले खटाएको एउटा सहायक अधिकृत पनि उपस्थित रहन्थ्यो । एउटा भेटघाटको समय २० मिनट मात्रै तोकिएको हुन्थ्यो । र सबै कुरा यिनी २० मिनटभित्र सिध्याउनुपर्ने हुन्थ्यो । तर व्यवहारत: २० मिनट विषयप्रवेश गर्नुभन्दा अगाडि नै लाग्ने गर्दछ । यी क्रूर सुराकीहरु यो कुरा बुझेजस्तो लाग्दैनथे कि कुनै पुरुष कैदीले आफ्नी श्रीमती भेट्दैछ भने उसले चुम्बन गर्न पनि त चाहला तर कसैले के नै गर्न सक्छ र हामी पश्चिममा हुर्किएका मानिस होइनौँ । उता, चुम्बन गर्नुलाई उनीहरु अपराध मान्दैनन् । एउटा श्रीमान्सँग श्रीमतीलाई भन्ने धेरै कुरा हुन्छन्, तर हाम्रो जेलमा विद्यमान अवस्थामा त्यस्तो केही पनि भन्न सकिँदैन । बेलाबेला त मलाई आफ्नी श्रीमतीलाई यहाँ आउन नै प्रतिबन्ध लगाइदिऔँ जस्तो पनि लाग्थ्यो । सन् १९४९ देखि १९५२ को अवधिमा त मैले मेरी श्रीमतीलाई मलाई भेट्न ढाका कारागार नै नआउनू पनि भनेको थिएँ, किनकि त्यस ताका उनी हाम्रा दुई सन्तानका साथ गाउँकै घरमा बस्थिन् ।
(क्रमश:)

बङ्गबन्धु शेख मुजिबुर रहमान
भूतपूर्व राष्ट्रपति : बंगलादेश

(अनुवादक : महेश पौड्याल)


अघिल्लो पोष्ट

बालकथा : सिर्जना र परिवेश परिचर्चा : ३

पछिल्लो पोस्ट

फुटपाथ मिनिस्टर्स

बङ्गबन्धु शेख मुजिबुर रहमान

बङ्गबन्धु शेख मुजिबुर रहमान

सम्बन्धित पोष्टहरू

अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
बिहेघर
अनुवाद

बिहेघर

९ चैत्र २०८०, शुक्रबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२३ माघ २०८०, मंगलवार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ३
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ३

२३ माघ २०८०, मंगलवार
पछिल्लो पोष्ट
फुटपाथ मिनिस्टर्स

फुटपाथ मिनिस्टर्स

मेरो मानसपटलमा फुलिरहने वासनादार फूल हो पारिजात (२) 

मेरो मानसपटलमा फुलिरहने वासनादार फूल हो पारिजात (२) 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

४ जेष्ठ २०८१, शुक्रबार
नेपाली हाइकु विकासको आत्मकेन्द्रित बकपत्र

नेपाली हाइकु विकासको आत्मकेन्द्रित बकपत्र

३ जेष्ठ २०८०, बुधबार
साहित्य एक राजमार्ग हो : ब्याकुल माइला

साहित्य एक राजमार्ग हो : ब्याकुल माइला

४ जेष्ठ २०८१, शुक्रबार
पारिजात सम्मान घोषणा

पारिजात सम्मान घोषणा

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक