१
सिर्जना खेती
बनायोनाम सूचि
भेटेका जति ।
२
छैन सरम
आफैआफ्नो तारिफ
कसो गरम ?
३
छुस्के स्वभाव
जता पनि ठीक्क भो
खुस्क्यो रवाफ ।
४
खै त निसाफ
बाँडफाँड पदको
मिल्यो हिसाब ।
५
बनौं न्यायी
रिस राग घमण्ड
स्वार्थ त्यो त्यागी ।
६
गण्डकी माथी
दोस्रो अग्लो विश्वकै
बञ्जी छ साथी ।
७
भ्रष्ट मतीले
सित्तैमा राज्यकोष
खाए कतिले ।
८
नदी किनारा
सधैं भेट नहुने
कठै विचरा ।
९
मनो–भावना
होस् है सर्वमंगल
शुभ–कामना ।
१०
लाज पचेका
अन्देखा अख्तियार
तब बचेका ।
११
फर्जी अक्कल
नभएपछि ढङ्ग
सबै नक्कल ।
१२
धन्नै मरियो
चुरीफुरी नेताको
दङ्गै परियो ।
१३
पदीय काम
डुबी भ्रष्टाचारमा
लिएछौ दाम ।
१४
उत्सव मेला
बडागाउँ चौरमा
मान्छेको भेला ।
१५
आए पाहुना
हो यो भ्रमण वर्ष
सेवा गरौं न ।
१६
शब्द सृजना
सत्य तथ्य लेखेर
मेटौं तृसना ।
१७
सूर्य चम्कियो
चाह बोकी न्यायको
अघि लम्कियो ।
१८
श्रम शोषण
चुसेर अरुलाई
आफ्नै पोषण ।
१९
भ्रष्ट आचार
भुत्ते हुन्छ हेर है
बाह्य विचार ।
२०
लेखनी भूत
मानुन् नमानुन् अरु
बीचैमा सुत ।१
२१
ऊर्जाको खानी
सातवटा प्रोजेक्ट
मोदीको पानी ।
२२
सोच विषालु
निल्नु न ओकल्नु भो
काँचो पिँडालु ।
२३
कति सजिलो
पीर सुर्ता नभए
मान्छे गमिलो ।
२४
हेरेर ऐना
रुई दुई र फुई
पुषे महिना ।