जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

जीवनका क्षणहरू : मेरा जीवन संगिनी र सुखद यात्राहरू

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १७ मंसिर २०७९, शनिबार
सँस्मरण भित्र
0
जीवनका क्षणहरू : मेरा जीवन संगिनी र सुखद यात्राहरू

जीवन भोग्नेहरू जो कोहीले पनि आफू सुहाउँदा जीवन संगीहरू खोज्दा रहेछन् । मैले पनि जीवन भोगेँ – यात्राका अनगिन्ती आयामहरू नापेँ त्यसैले त मैले पनि जीवन–सँगिनी खोज्ने धुनमा लागेँ । युवावस्थामा अलिक आफू संकोची, लजालु स्वभावको भएकै कारणले आफैले जीवन संगिनी खोज्ने क्रम मिलाउन जानिएन । मनमनमा राखेँ सुलोचना, पदमा, यमुना यस्तै–यस्तै थुप्रै नामहरू । यी नामहरू मनको मनभित्रै रह्यो । जीवन संगिनी बनाउने मेरा सोच भित्रका यी नामहरू कल्पनामा मात्र सीमित भयो मान्छेको जिजीविषा कस्तो हुनुपर्छ ? मान्छेको यात्रा कस्तो बनाउने ? म आफू कस्तो हुने ? यी आदि सोचहरू पूर्ति गर्न सबैले आफू मिल्दो सोचका सङ्गिनीहरूको खोज गर्नुपर्छ । अन्यथा यात्राहरू रमणीय हुँदैन ।  सामाजिक जीवनमा महत्त्वपूर्ण भूमिका खेल्नका लागि, सृजनशील कार्यक्रममा निरन्तर लागिरहन सक्नको लागि, मानव सम्बन्धमा रोचकता थप्नका लागि जीवन सङ्गिनीहरूको भूमिका घरका लागि उल्लेख्य मापक हुन् ।

म आफू पनि यस्तै खालका सोच बोकेर जीवन सङ्गिनीको खोजमा भौतारिंदा भौतारिंदै धेरै खालका बिम्बहरू मनमा कल्पेँ । विद्यालयमा पढ्दा एक खालको बिम्बले चिमोटिरह्यो । क्याम्पसतिर अध्ययनरत छदा अर्कै ढङ्गका प्रतिबिम्बले चिमोटी दियो । राजनीति, समाजसेवा र साहित्यमा मन दिन पाउँदा एक खालको बिम्ब बन्यो कल्पना र धारणाको । धेरै किसिमको कोणमार्फत जीवनलाई नियाल्न पाएकै कारणले धेरै खालका सँगिनी बिम्बहरू  सजिन आए । कल्पनामा बिम्ब जन्मिन्छन् । कल्पनामा नै ‘बिम्ब’को मृत्यु भएको अनेकौँ उदाहरणहरू छन् । यस्तै–यस्तै कल्पनाभित्रका अनेकौँ हाँगाबिँगाहरू नै त हुन् – मान्छ भित्रका जिजीविषाका पट–दृश्यहरू । मभित्रका यस्तै खालका कल्पनाले मलाई मान्छे बनाउने दुस्साहस गरे ।  

म मान्छे बन्न प्रयत्नरत छु । जीवनमा अनेकौँ घाम–पानी, असिना–बर्षाद  ,  भू–कम्प, मन–कम्पका धड्कनहरू, स्पर्शहरू, तरङ्गहरू भोग्दै आज म यस खालको आकारमा आएको छु । जीवन भनेको नै यस्तै भोगाई का स्पन्दनहरू हुन । म पनि जीवन भोग्दै छु । हिजो पनि जीवन भोग्दै आए, आज पनि जीवन भोगिरहेछु । भोग्नुको नाम नै हो – जीवन । भोग्न नसक्नेहरू हार खान्छन्, भोग्न सक्नेहरूले नै जीवनको सार्थकता पाउँछन् । जीवन आफैले बनाउने हो, जीवनका रेखाहरू खिच्ने आफैले हो – कुन बाटो र कहाँ पुग्ने यात्रा तय आफैले गर्ने हो । भोग्दै, सिक्दै, गर्दै बढ्नु हो – जीवन । जीवनसँग आत्मसात् गर्ने भनेकै यस्तै–यस्तै अर्थमा कुँड्ने हो । 
माथिका तरङ्गहरूमा जीवन घोल्दै मैले ४५ औँ वर्ष जीवन गुजारेको मलाई याद छ । मेरा यात्रा मेरो मनभित्रको तरङ्गकै तजबिज बन्यो । हन्डर खाएँ । अप्ठ्यारो सोचेँ । ढलमलिंदै यात्राका क्रमहरू गुजारेँ । राम्रो सोच्दासोच्दै नराम्रो गर्नुपर्दाको अनुभूति कति पीडादायक हुँदो रहेछ भन्ने कुरा जीवनमा थुप्रै पटक भोगियो । सुन्दर मान्छेको सङ्गत गर्ने परिकल्पना मनमा राख्दाराख्दै कुसङ्गत पाएर अप्ठ्यारो काममा आफू मुछिँदाका दृश्य पटहरू आँखामा झल्झल्ती आइदिन्छन् । बस् मान्छे कहिलेकाहीँ त कति निम्छरो बन्दा रहेछन् । म आफू कहिलेकाहीँ यस्तै मान्छेहरू भोगेर हैरानी गुमाएको धेरै कथाहरू छन् । 

यात्रामा जीवन संगिनीको खोज पनि यस्तै सन्दर्भलाई मनमा राखेर भएको हो । खोज्दाखोज्दै आफ्नो बिम्बभित्र कोही रम्न आएनन् । त्यसैले ४५ वर्ष अगाडि मेरा एक जना मित्रले मेरा लागि एउटी जीवन सङ्गिनी खोजी दिएको प्रसङ्ग बिर्सन गाह्रो छ । निनु/इन्दिरा भएर यात्रामा मेरो बिम्ब खोज्न र चिन्न गएको ४५ वर्ष नाघिसकेको छ । पहिलोपल्टको देखादेखमा नै मोहनी लगाइदिएको त्यो क्षण मेरो मानसपटलमा मेट्न गाह्रो भइरहेछ । शालीन ढङ्गको मुहार, सरल खालको अनुहार, साधारण लवाइभित्रकी भारतीसँग प्रथम पटक अभिवादन साटासाट भएका क्षणहरू कति मनमोहक र प्रभावकारी रह्यो त्यो क्षणको सम्झना ४५ वर्षपछि पनि बिर्सन मन मानिरहेको छैन । प्रभाव पर्नु भनेको पनि अनौठो नै हुँदो रहेछ । एक बसाई मा त्यो पनि क्षणिक समयमा नै माया बस्दा रहेछन् मान्छेको मर्म–मनमा । उनी भारती र म मोहन भएर प्रेममा गाँस्न खोजको त्यो क्षण घामजस्तै मनोरम होला भनी मैले कल्पनासम्म गरेको थिइनँ । आज मायालाई घामझै न्यानो भोगिरहेछु । 

धेरै खालका दुःखहरू झेल्दै, सिर्जना, संरचना फुलाउँदै सचेतका मर्म र कर्ममा भुल्दै पासाङ्संग–संगै इरा र इथरको पनि माया बोकेर संरचनाकी न्यूयोमी आभा पनि हामीभित्र नै समाहित भएको छ । यात्रा पथमा हामी सँगसँगै कुदिरहेका छौँ । छोरी सिर्जनाले पनि जनमत साहित्य डटकम मार्फत साथ दिएकी छिन् र सन्तोष जुवाईसाहेब र नातिनी नूरले पनि हाम्रो यात्रामा साथ पुर्‍याइदिएका छन् । क्षणिक खालका अन्तर्विरोधमा कहिलेकाहीँ हामी रण भूलमा पर्‍यौँ होला तर समझदारीमा सम्झौता गर्न जानेका कारणले नै हामी कहिले पनि लामो खालको वैमनश्यतामा अल्झ्निु परेन । दुःख, अप्ठ्याराका अनेकौँ जन्जालहरू चिर्दै हामी यात्रामा आज पर्यन्त रमिरह्यौँ । योजना बन्छन्, दुबैका परिश्रम बग्छन् । सिर्जना रोप्न सफल भयौँ । संरचनालाई हुर्काउन लागिपरिरह्यौँ । यात्रामा हामी दुवै जना सचेत रहँदा रहँदै थुप्रै पटक अचेत रूपी मारहरू पनि हामीले सही रह्यौँ । सङ्कटमा साथ दिनेहरू महान् हुन् – अचेल सुख र प्रगतिको राप मात्र ताप्न खोज्नेहरू बग्रेल्ती रहेको यस समाजमा हामी दुवैको लागि दुःख/सुख बराबर बाँडेर जीवन–क्रम गुजारी रहेका छौँ । सुखमा मात्तिने, दुःखमा आत्तिने स्वभाव नभएकै कारणले यात्रा हाम्रो रमणीय रह्यो । 
राजनीतिक कार्यकर्ता छँदा उनीसङ आफ्नै पार्टीको सम्झेर विवाह भएको हो । विवाह गर्ने कर्म जुरेपछि तुरुन्तातुरुन्ती मिति मिलाएर विवाह गरेको भर्खरको घटना जस्तो लाग्छ । ४५ वर्ष बितेको यादै भएन । तिसौँ वर्षको समय गुजारेको थाहा पत्तो नै भएन । अनेकौँ खालका खराब प्रवृत्ति जुझेर मलाई सुन्दर मान्छे बनाउने अभियानमा उनी लागेको हिजोजस्तै लाग्यो । मैले गरेका अप्ठ्यारा कामहरूलाई उनले सच्याइदिए – मैले ‘खराब’ सोच बनाएर ‘खराब’ गर्न खोज्दा उनले खराबलाई खराब भन्दै ममा रहेको खराब मेट्न दिलोज्यानले आफूलाई लगाए । धेरै खालका घटनाक्रमहरू बिताइयो यिनीसँग । ‘भारती’ मेरा लागि ‘भार ती’ (भार राख) भन्दै मेरो भार बोक्न आएकी जीवन सँगिनीजस्तै लाग्यो मलाई । खराबलाई असल नभन्ने, असललाई सधैँ आत्मसात् गर्ने उनको बानी ब्यहोरा अत्यन्तै सरल र मनमोहक छन् । 

तृष्णा कहिले गरेनन् यिनले । लोभ मनमा झुन्ड्याएको थाहा छैन । आपत् दुःखसँग यिनी लत्रेनन् । धन, सुनको माया मोहमा यिनी फसेनन् । मलाई कवि बनाउन यिनले नै हो आफ्नो सुनको सिक्री दिएको । मैले त्यही सुनको सिक्री बेचेर कविताको किताब छापेको मलाई याद आइरहन्छ । कहिले फिर्ता मागेनन् यिनले आफ्नो सुनको सिक्री । कहिले आफूलाई यो चाहियो, त्यो चाहियो भनेनन् यिनले । काममा खटिरहन्छन् । परिवारको सुखमा यिनी हाँस्न रुचाउँछिन्, दुःखमा अक्कल खोप्छिन् । यस्तै–यस्तै थुप्रै विशेषताहरू नै यिनका आभूषणहरू हुन् । 
घरलाई स्वर्ग वा नरक बनाउने श्रीमतीहरूकै भूमिका प्रमुख र महत्त्वपूर्ण हुँदो रहेछन् । यिनले आफ्नो सक्रियतामा मेरो घर मात्र सुन्दर बनाइ दिएनन्, मलाई र छोरा छोरीहरूलाई पनि सार्थक बनाउन यिनले महत्त्वपूर्ण भूमिका खेलिरह्यो ।

भारतीले मेरो राजनीतिक जीवनमा पनि साथ दिएकै हुन । कहालीलाग्दो सङ्घर्षका बेला मलाई बचाउन र सबल बनाउन समर्थन गरेकै हुन् । मेरो सामाजिक क्रियाशीलतामा यिनले मुक्तकण्ठले तारिफ गरेकै हुन् । मेरा असल मित्रहरूका गुणहरू यिनले मनमा राखिदिएकै हुन् । साहित्यिक यात्रामा यिनले सकेको आफू दुःख पाएर पनि साथ दिएकै हुन् । जीवनमा भोग्दै आएका मेरा मर्मभित्रका परिच्छेदभित्रका उनी मेरा सुन्दर अनुकृत हुन् । मैले गर्दै आएका थुप्रै सुन्दर कार्यहरूमा मलाई बल थपिदिने यी कर्म मूर्तिलाई मैले मेरो यात्रामा अभिवादन गर्न नसक्दा म जत्तिको नीच मान्छे अरू हुने छैन जस्तो लागेर यी हरफहरू उनैलाई सम्झेर लेखिरहेछु । 

म उनीसङ मिलेर जनमतकै यात्रामा रम्न पाएको छु । ४० सौं वर्ष भयो उनकै सक्रिय सहयोगमा जनमतलाई राष्ट्रमा पुर्‍याउन पाएको । जनमत बोकेर यात्रामा निस्कँदा उनले पुर्‍याई दिएको सहयोगकै कारणले म जनमत मार्फत राष्ट्रमा चिनाउन पाइरहेछु । जनमतको उन्नति र प्रगतिमा उनले पुर्‍याएको योगदान नदेखिँदो तर महत्त्वपूर्ण छ । २०३९ सालमा विचार प्रधानका रूपमा प्रकाशित जनमतमा मात्र नभई जनमत साहित्यिक मासिकमा पनि हालसम्म उनले लिइदिएको चिन्ता, चासो, समर्पणको बखान गरेर साध्य छैन । जसले राम्रो गर्न आफूलाई समर्पण गर्छन् उनको प्रशंसा गर्न म कहिल्यै कन्जुस्याइँ गर्दिन । यिनको सदाशयतापूर्ण धारणा मप्रति नरहेको भए, मेरो सिर्जना अनुभूतिलाई यिनले मन नपराइदिएको भए मेरो यात्रा अवश्य धरमर–धरमर हुने थियो । म यात्रामा धरमर–धरमर हुनु परेन । 
श्रीमती अर्थात् जीवन संगिनीका साथ नपाउनेहरू आर्थिक रूपले सम्पन्न भएर पनि दुःखी छन्, बौद्धिक रूपले प्रख्यात रहेर पनि बदनाम छन् । अर्थात् धेरै थोक आफूसँग रहेर पनि अशान्तिमा मन बेचैन गरेर बाँच्छन् । आफूभित्र कलह भएपछि अर्थात् आफू सँगसँगै रमेर जीवन गुजार्नुपर्ने श्रीमान्/श्रीमतीबिचमा बेमेल बढेपछि जीवन अवश्य खल्लो–खल्लो महसुस हुन्छ । अभिनयमा मात्र बाच्नु पर्नेहरू साचो जीवनमा असफल हुन्छन् । म यात्रामा छु – जीवनका प्रसङ्गहरूमा माथि उल्लेख भएका कष्ट साध्य क्षणहरू मैले बोक्नु परेन । यस खालको मेरो भाग्य जुराइदिने कार्य मेरै जीवन संगिनीले गरिन् । म यस अर्थमा भाग्यमानी छु ।  

४५ वर्ष पछि मेरो जीवनका प्रसङ्गभित्र एउटा अमूल्य क्षण प्राप्त भएको छ । उक्त क्षण जुराइदिने कार्यक्रम गरे सयपत्री प्रतिष्ठानले । सयपत्रीको माला पहिरेर जीवनसँगिनीसँग सम्मान हुने अवसर प्राप्त भएको यस सुखद क्षण मेरा निम्ति अविस्मरणीय अवसर भयो । मेरो कार्यक्षमतामा सक्रियता थपिदिएर मलाई बलशाली तुल्याइदिने मेरा अनन्य जीवन सँगिनी भारतीसँग स्वयंवर जस्तो कार्यक्रम गरेर हामी दुवै जनाको जुन सम्मान गर्‍यो, सयपत्री प्रतिष्ठानले । उक्त सुखद क्षण भुल्न गाह्रो भइरहेछ । सयपत्री प्रतिष्ठानको भित्री आँखाबाट भएको यो मूल्याङ्कन मेरो निम्ति ऐतिहासिक रह्यो । र साथै सिन्धुली वाङ्मय प्रतिष्ठान, सिन्धुली, गुगुल्डी वाङ्मय प्रतिष्ठान, महेन्द्रनगरमा पनि हामीलाई सँगसँगै सम्मान गरे । काठमाडौँमा पनि वासुदेव लुइँटेल पुरस्कार गुठी र अक्षलोक–सिद्धिश्वरमान स्मृति प्रतिष्ठानले हामी दुवैको सम्मान सँगसँगै गरेर जुन हौसला थपिदिनुभयो – यस्तै, यस्तै हौसलामा म गौरवपूर्ण ढङ्गले आफ्नो यात्रामा लागिरहेको छु ।


Tags: मोहन दुवाल
अघिल्लो पोष्ट

जम्नु हुँदैन पानीले

पछिल्लो पोस्ट

‘प्रज्ञा नेपाल भाषा-नेपाली-अंग्रेजी शब्दकोश’

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
‘प्रज्ञा नेपाल भाषा-नेपाली-अंग्रेजी शब्दकोश’

‘प्रज्ञा नेपाल भाषा-नेपाली-अंग्रेजी शब्दकोश’

‘छन्दसाधना पुरस्कार’ यस वर्ष कवि रामचन्द्र भट्टराई र सुदेश सत्याललाई

‘छन्दसाधना पुरस्कार’ यस वर्ष कवि रामचन्द्र भट्टराई र सुदेश सत्याललाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कवि मञ्जुलको एकल कविता वाचनमा

कवि मञ्जुलको एकल कविता वाचनमा

२५ जेष्ठ २०८०, बिहीबार
म तिमीलाई खुला आकाश दिन्छु

म तिमीलाई खुला आकाश दिन्छु

२५ जेष्ठ २०७८, मंगलवार
राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९

राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९

२५ जेष्ठ २०८०, बिहीबार
संगीतकार विनय वर्माको स्मृतिमा साङ्गीतिक कार्यक्रम

संगीतकार विनय वर्माको स्मृतिमा साङ्गीतिक कार्यक्रम

२५ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (557)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक