विश्व नेपाली साहित्य महासंघ भक्तपुर शाखाले रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले एउटा सर्जकले आफूले देखेका कुरा निर्धक्क भएर आफ्ना सिर्जनामा प्रस्तुत गर्न सक्नुपर्नेमा जोड दिए । सोअवसरमा कवि शैलेन्द्र साकार, विजय हितान, रेणु घिमिरे, मणिराज सिंह, राजेन्द्र गुरागाईं, अभय श्रेष्ठ, राजुबाबु श्रेष्ठ सागर, संगीता ठाकुर, राधिका गुरागाईं, अम्बिका खडका, तोयनाथ सुवेदीलगायतले कविता वाचन गरेका थिए ।