जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

‘बिगुल’ का विगत

मोहन दुवाल मोहन दुवाल
प्रकाशित ३२ असार २०७९, शनिबार
सँस्मरण भित्र
0
‘बिगुल’ का विगत

‘बिगुल’ म सँगसँगै डोरिएर बजेको साहित्यिक आन्दोलनकै धुन हो । २०२७ सालमा प्रकाशन सुरु भएको प्रगतिशील सामयिक सङ्कलन ‘बिगुल’ प्रगतिशील साहित्यको बनेपा, काभ्रेबाट प्रकाशित पहिलो साहित्यिक दस्तावेज पनि हो । मित्र राजभाइ प्रधानसँग जोडिएर सुरु भएको यो ‘विगुल’ राष्ट्रमा नै उल्लेख भएको प्रगतिशील विचार–दृष्टि व्याप्त भएको राष्ट्रिय स्तरमै व्याप्त साहित्यिक आन्दोलनकै प्रगतिशील सामयिक धारकै इतिहास हो । मेरो जीवनमा भए–गरेका सिर्जनात्मक इतिहासकै धरातलमा देखिंदो जीवन–संघर्षको यो एउटा देखिंदो नाम बनेको छ – ‘विगुल’ ।

राजभाइसँग मेरो आत्मीयता जोडिएको पनि ५० सौं वर्ष नाघिसकेको छ; हालसम्म पनि जनमत साहित्यिक मासिकमा, जनमत वाङ्मय पुस्तकालय भवन बनाइदिने अभियानमा सँगसँगै यात्रामा क्रियाशील छौं ।

पहिलो अङ्क घण्टाघरस्थित साप्ताहिक मातृभूमिकै प्रेसबाट २०२७ सालमा प्रकाशित भएको हो । वरिष्ठ पत्रकार गोविन्द वियोगी र पत्रकार तथा साहित्यकार टी.आर. विश्कर्मासँग यही ‘विगुल’ प्रकाशनकै दौरानमा नजिकको सम्पर्क बढ्दै गएको स्मरण अद्यावधिसम्म पनि मनमा तरङ्गित भइरहेको छ । ‘मातृभूमि’ साप्ताहिक ‘जनदूत’ दैनिक यतैबाट प्रकाशित समाचारपत्रका नामहरु हुन् अर्थात् गोविन्ददाइ र टी.आर. विश्वकर्माका अक्षर–कर्महरु हुन् । २१ वर्षको युवा छँदाको स्फूर्ति नै बेग्लै । काठमाडौंमा धाइरहन्छु । आफूले सम्मान गर्न लायक देखिएका आदरयोग्य स्रष्टाहरुका घर–घर पुगिरहन्छु । विशेषगरी त्यसताका राजभाई र म गोविन्द भट्टलाई भेट्न डिल्लीबजारस्थित उहाँको डेरामा पुग्ने गर्थें । निकै प्रभावित थिएँ हामीहरु उहासँग । त्यहीँ नेपालका विविध जिल्लाका प्रगतिशील साहित्यकारहरुसँग भेटघाट गर्न पाउँथे ।

डिमाइ साइजमा ६० पृष्ठ छापिएको यस सामयिक संकलन ‘विगुल’ को पहिलो अङ्कमा गोविन्द भट्ट, मोहन दुवाल र टी.आर. विश्वकर्माका तीनवटा कविताहरु प्रकाशित छन् । तीनवटा कविता नै विश्व सन्दर्भ र घटनालाई लिएर लेखिएका छन् । गोविन्द भट्टले ‘मेरो हातको अखबारले यही भनिरहेछ’ कवितामा विश्वमा जताततै जनताले विजय कायम गरेका सन्दर्भहरुकै सन्दर्भमा उल्लेख गर्दै कवितामा लेखेका छन् – “पाँचै महादेशहरुमा जनआन्दोलनहरुको बाढी आइरहेछ ।’ यसैगरी मोहन दुवाल ‘काका होलाई लाल सलाम छ’ कवितामा ‘भियतनामको मुक्तिका लागि हामी आवाज दिन्छौं’ भनी साम्राज्यवादका विरुद्धमा आवाज उरालेका छन् । टी.आर. विश्वकर्माले पनि ‘एशियाः सिंह बनेर गर्जिरहेछ’ शीर्षकको कवितामा अन्तर्राष्ट्रिय स्वर उरालेर एशियामाथि भइरहेको ठूला–राष्ट्रहरुको विरोधमा, जनताको मुक्तिका सन्दर्भमा क्रान्तिकारी आवाज उरालेका छन् । यस अङ्कमा थाइलैण्डको एउटा कविता ‘एउटा गीतः क्रान्तिकारी वीरहरुप्रति’ र नेपालभाषामा कवि दुर्गालाल श्रेष्ठको ‘लेनिन दिवसया सुथय्’ र भक्तभोँमीको ‘लेँपंख्याःतय्त’ कविताहरु प्रकाशित छन् ।

कथामा खगेन्द्र संग्रौलाको ‘उज्यालो खस्नुभन्दा अघि’, गंगाराज राई ‘हतुवाली’ को ‘बर्सात्को मान्छे समसामयिक प्रगतिशील चेत् व्याप्त कथाहरु हुन् । अनुवाद कथामा प्यालेस्टाइनको कथा ‘यौटा तन्नेरी गुरिल्ला जोधाहा’ कथा र नेपालभाषामा नातिवज्रको लघुकथा ‘न्हयसःयात ल्वःगु लिसः प्रकाशित भएको देखिन्छ ।

लेख–निबन्धमा माओत्सेतुङको ‘सही विचार कहाँबाट आउँछ ?’ र आनन्ददेव भट्टको ‘देशको माया’ प्रकाशित छन् । समालोचना लेखमा ‘नरेन्द्रदाई’ को मूल्याङ्कन र विवेचना’ वासुदेव शर्माले गरेका छन् । पत्र–पत्रिका परिचयमा ‘जन–जागृति’ र ‘मन्त्र’ को टिप्पणी भएका छन् । सम्पादकीयमा ‘भ्रष्ट मरणासन्न पश्चिमाको पूँजीवादी साहित्य र प्रगतिशील क्रान्तिकारी साहित्य’को परिचय र सन्दर्भ चर्चा भएका छन् ।

बिगुलको सामयिक संकलन–२ कार्तिक २०२७ मा नै मातृभूमि प्रेस, घण्टाघर, काठमाडौंबाट प्रकाशित भएको थियो । यस संकलनमा प्रकाशित लक्ष्मीप्रसाद देवकोटाको अंग्रेजी कविताको अनुवाद सुपुत्रहहरु ए चीनका गोविन्द भट्टले गर्नुभएको थियो । र अर्को कविता जवाहरद्वारा लिखित ‘माटोका डल्ला आव्हान गर्छन्’ प्रकाशित छन् । यसमा केदार प्रधान र राजभाइ प्रधानका कथाहरु, निर्मलकुमार अज्र्याल र गोविन्द भट्टका लेख र समालोचना प्रकाशित भएका छन् । अनूदित साहित्यमा माओत्सेतुङ्ग, अन्ना लुइस स्ट्रोंग, सुतोजो (इण्डोनेसियाका कवि) लेख र कविता प्रकाशित हुनाका साथै ‘अफ्रो–एशियाली लेखक ब्यूरोको वक्तव्य’ पनि प्रकाशित छन् । नयाँ कलम स्तम्भमा श्रीकृष्ण धौभडेल, कृष्णराम श्रेष्ठ, किशोर श्रेष्ठ, भवानी राजवंशी, मोक्षबहादुर अमात्यहरु प्रकाशित छन् ।

यस अङ्कको स्थायी स्तम्भमा पुष्परत्न तुलाधर र काजीमान ‘जवा’ का दुईटा नेपालभाषाका कविताहरु, पाठक प्रतिक्रिया, पुस्तक परिचय, सम्पादकीय, प्रकाशकीयहरु छापिएका छन् । ७२ पृष्ठमा छापिएको यो अङ्क पनि पहिलो अङ्कका तुलनामा परिमार्जित भएर देखा परेको देखिन्छ । देशकै साहित्यिक वृत्तमा आफूलाई चिनाउन सफल ‘बिगुल’लाई तेस्रो अङ्क फुक्न प्रतिवन्ध लगायो ।

२०२८ मा तेस्रो अङ्कको तयारीमा राजभाइ प्रधान र म निरन्तर लागिरह्यौं । तेस्रो अङ्क तीर्थमान ज्यापूको न्हययाकंतलास्थित प्रेसमा छापिंदै थियो । प्रशासनले हाम्रो यात्रालाई हेर्न सकेनन् र हामीले बिगुलमार्फत् फुकेका धुनहरु सुन्न चाहेनन्; प्रेसबाट सबै पत्रिकाहरु जफत गरेर प्रशासनले लगे । तेस्रो अङ्कका् कभर नभएको दुईप्रति विगुल मैले सुटुक्क प्रेसबाट ल्याएको थिएँ; त्यो पनि सुरक्षित गर्न पाएनौं । राल्फाका दुई दर्जनजति क्रान्तिकारी गीतहरु र शक्ति लम्सालद्वारा लिखित ‘चेकोस्लोभाकियाको छातीमा रसियन संगीन’ चर्चित लेख त्यस अङ्कमा प्रकाशित थियो । घरमा ल्याएको दुई प्रतिमा राजभाइ प्रधान र मंजुलले लगेको सम्झना छ । तर प्राप्त भएन – तेस्रो अङ्कको फेहरिस्त राख्न पाएनौं ।

युवा जोश, जाँगरबाट प्रकाशित सिर्जनात्मक प्रगतिशील चेत् र दृष्टिलाई पञ्चायती शासकहरुले बलात् प्रतिवन्ध लगायो र सत्ताका उन्मादीहरुले हाम्रो प्रगतिशील–चेत्को बिगुल–ध्वनि फुक्न दिएनन् ।


अघिल्लो पोष्ट

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता

पछिल्लो पोस्ट

किरात एकेडेमी पुरस्कार

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
किरात एकेडेमी पुरस्कार

किरात एकेडेमी पुरस्कार

आमा र दुई छोरीहरुको पुस्तक विमोचन

आमा र दुई छोरीहरुको पुस्तक विमोचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गरे के पो हुँदैन

गरे के पो हुँदैन

६ चैत्र २०७८, आईतवार
डुंगाको इरेजर

डुंगाको इरेजर

७ चैत्र २०७७, शनिबार
नेपाल व्यावसायिक कलाकार संघवाट कलाकार सम्मान

नेपाल व्यावसायिक कलाकार संघवाट कलाकार सम्मान

६ चैत्र २०७८, आईतवार
अन्तिम चिठी खोली हेर्दा

अन्तिम चिठी खोली हेर्दा

७ चैत्र २०७७, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (567)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक