जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

उहिल्यै र अहिलेको म

नन्दलाल आचार्य नन्दलाल आचार्य
प्रकाशित २३ आश्विन २०७८, शनिबार
निबन्ध भित्र
0
उहिल्यै र अहिलेको म


शरीर ठीक थियो, बोली ठीक थियो । सारा संसार रिझिएको थियो । सर्वत्र नाम थियो, काम थियो र दाम पनि थियो । जीवन खुशीले झुमेको थियो । अभाव कुलेलम ठोकेको थियो । परिपूर्णताले जीवन अघाएको थियो ।

अहिले आएर एक पाटो शरीर सपाङ्ग र अर्को पाटो चाहिँ अपाङ्ग भयो । सारा संसार विरक्तियो । अब यो मान्छे न घरको न घाटको भयो भन्ठान्नेहरु पनि जन्मन थाले । जीवन कृष्णगर्तमा खस्यो । अभावको आगमन जताततै देखा पर्न थाल्यो । अपूर्णताले जीवन वैरागलाग्दो भयो ।

म यस्तै कुरा सोचेर दिन बिताउन थालेँ । हुने कुरा नभई नछाड्ने रहेछ । देश नै हल्लने गरी यस्तै विमारका घटना घट्न थाले । चुनावकै मुखमा प्रकाश दाहालले संसार छाडे । उनकै पछिपछि लोकप्रिय गायक समेत लागे । सोसल मिडियाहरु रक्तचापबाट बच्नका लागि अपनाउनुपर्ने सावधानी बारेका कहिरनले ढाकिन थाले । मैले पनि बल्ल थाहा पाएँ कि मलाई लागेको विमार खतरनाक नै रहेछ ।

पहिले म आफ्नो काममा सधैँ होसियार थिएँ । कसैलाई कुनै किसिमको दु:ख दिन्नथेँ । विद्यार्थीहरुका बीचमा उभिन पाउँदा रमाउँथे । विद्यार्थीहरु नै आफ्नो परिचय, पहिचान र गाँस–बास–कपासका माध्यम हुन् भन्ठान्थेँ । एकाग्र मनले उनीहरुका कुरा सुन्थेँ । आवश्यक परेमा पृष्ठपोषण दिने र आफ्ना कुरा सुनाउने गर्थेँ । प्रत्येक दिन कक्षामा कुनै न कुनै नयाँ कुरा सुनाएर कक्षाशिक्षणको सुरुआत गर्थें । कुनै विद्यार्थी झर्किए, बटारिए म झन् नौनी बन्थेँ । पिरमार्का बुझ्थेँ र निदानको प्रयास जरैदेखि थाल्थेँ । यसो गर्दा विद्यार्थीहरु प्रशन्न थिए । मलाई पनि आनन्दै थियो ।

अचेल मलाई उच्च रक्तचाप र पक्षाघातको बिमारले सताएको छ । शरीरको आधा अङ्ग नचलेर हैरानमा परेको छु । अचेल मलाई आफ्नो दुर्दशा कसैलाई देखाउन नपरे हुन्थ्यो भन्ने लाग्छ । एकजना सहयोगीको साथमा स्कूल जाने गर्छु । कसैसँग बोल्न पनि सकस पर्छ । सानातिना झमेलामा पनि धैर्यता राख्न सक्दिनँ । हर्दम मन चञ्चल भइरहन्छ । सबै कुरामा आफ्नै जित हुनुपर्छ भन्ने ठान्न पुग्छु । अझ विद्यार्थी सामु उभिनु पर्दा तर्सन्छु । उनीहरुका स्वाभाविक खालका अनगिन्ती प्रश्नले समेत हैरान हुन्छु र झर्कोफर्को गर्न थाल्छु । उनीहरु उल्टै नौनी बन्छन् र निरास मुहार लगाएर फर्कन्छन् । विमारले गर्दा म आफ्नो स्वभावको प्रतिकूल व्यवहार गर्ने भएको छु । अचेल म यस्तै छु

अहिले आफ्नो व्यक्तिगत कर्म पनि आफैँ गर्न सक्तिनँ । अहिले खाना खान होस् कि चर्पी जान वा ओछ््यानमा सुत्न–उठ्नसम्म अरुकै भर पर्छु । मेरा झिनामसिना काम गर्दागर्दा वाक्क भएर मेरी सहयोगी साथी लक्ष्मी समेत हैरान हुन्छे । मबाट कहिल्यै जस पाउँदिन । अचेल मेरो मनमा अरुप्रति दया, माया, करुणा छँदैछैन जस्तो लाग्छ । खाली रिस मात्र उठ्छ । आफूले गरेको झर्कोफर्को अरुले चुपचाप सहँदा पनि मलाई झन भाउन्न हुन्छ । मेरो खिल्ली उडाएजस्तै लाग्छ । प्रतिकारको भाषा प्रयोग गर्न थाल्यो भने त्यसलाई काँचै चपाउन मन लाग्छ । लचिलो भाषा बोलेर खुरुखुरु काम गरे पनि मलाई नै जिस्काएको ठानी शङ्का लाग्छ । कसै गरे पनि म अरुलाई धर दिन्न । उच्च रक्तचापको बिमारले गर्दा ठीकलाई समेत बेठीक देख्न थालेको छु । अचेल म यस्तै–यस्तै जीवन बिताइरहेको छु ।

अचेल म आफन्तजनले कुरा बुझेर आफूलाई नम्र तुल्याउन सक्नुपर्छ भन्ने ठान्छु । सहज मनस्थितिमा छँदा त कसैलाई दु:ख दिएको थिइनँ, अहिले असहज भएर पो पीडा दिनुपरेको हो । समय सधैँ एकनासको हुन्न । कुनै दिन पूर्णरुपले ठीक भए पछि कसैलाई दु:ख दिन्नँ । बरु पहिले मन दुखाएकोमा क्षमा याचना गर्छु । यद्यपि अहिले मेरो मनको यस्तो गन्थन बुझ्ने मान्छे विरलै छन् । म सबैलाई शङ्कालु नजरले हेर्छु । मलाई हेर्ने उनीहरुको नजर पनि त्यस्तै भएकाले समस्यामा छु । मलाई समस्यै समस्याको पहाडमै बसेको जस्तो लागेको छ । अचेल म यस्तै मनस्थिति र परिस्थितिमा छु ।

पहिले त मेरो हरेक कुरा राम्ररी सुन्ने, मनमा गुन्ने र सही लागेका कुराहरु अपनाउने बानी थियो । यत्तिखेर म न सुन्न रुचाउँछु न सुनाउन चाहन्छु । आफू मात्र जान्ने–बुझ्ने र ज्ञानी हुँ, अरुहरु चाहिँ अबुझ हुन् भन्ने ठान्न थालेको छु । साँच्चै अहिले मैले आफूले बुझेका र मनले खाएका कुरा अरुलाई सुनाउँदा सिकाइ दिगो हुन्छ भन्ने कुरा भुलेको छु । कुनै न कुनै रुपमा अरुलाई दिशानिर्देश गरी ऋण लगाउन सके आफ्नो मन आनन्दले पुलकित हुन्छ भन्ने बिर्सेको छु । सचेत मनस्थितिले हरेक काम कुरा गर्न सके बेहोसीपन कम हुने र होसीपन बढ्दै जाने बाटो छाड्न पुगेको छु । के गर्नु, अहिले म सबै कुरा पहिले झैँ बुझ्छु तर व्यवहार अर्कै गर्न रुचाउँछु । अचेल मेरो सोचसमझ यस्तै असामाजिक छु । तसर्थ म अन्जान मान्छेसँग भलाकुसारी गर्न डराउँछु । सानातिना कुरामा पनि विवादको पहाड खडा गरुँला कि भन्ने भयले पिल्सिरहन्छु ।

उमेरले आधा शताव्दी पचाएर शिक्षण पेशामा अढाई दशक बिताए पनि यत्तिखेर म पाँच वर्षमुनिको आलोकाँचा बालक भएको छु । शरीरमा तागत नभएको र अरुको दया–मायामा रहनु परेकोमा जीवनलाई बोझकै रुपमा लिएको छु । हर्दम बेहोसीपनमा बाँच्न पाउँदा आनन्द मान्न थालेको छु । त्यस्तै सोचले मलाई बिल्कुलै फरक मान्छे बनाइरहेछ । हातपाउ नचल्दा पनि आफ्ना कुरा देब्रे हातले भए पनि सकसले लेख्ने गरेको छु । विचार तलमाथि पलानर्् कि भनेर पटकपटक सुधार र संशोधनद्वारा लेखनलाई खार्न खोज्दै छु ।

उच्च रक्तचाप र पक्षाघातले पक्रनु अघि म श्री जनता मा. वि., गोलबजार–४, सिरहामा शिक्षणरत् थिएँ । त्यो दिन थियो – २०७४ कात्तिक १० गते । त्यस दिन अपरान्ह टाउको दुखेकाले डेरा मालिक सुवर्ण दाहालले गोलबजारको श्रीराम अस्पताल पुर्‍याए । रक्तचाप भने औधी उच्च रहेछ । मेरो त्यस हालतले त्यहाँका स्वास्थ्यकर्मी डराए । एक जनाले एउटा क्याप्सुल जिब्रोको फेदमा राखीदिए । विराटनगर रिफर गरियो । त्यत्तिञ्जेल मेरो दाहिने हात र खुट्टा लगायत आधा शरीरमै पक्षाघात समाते पनि मेरो चेतना भने ज्यँुका त्युँ थियो । म रातारात विराटनगरको विराट अस्पताल भर्ना भएँ ।

उच्च रक्तचाप कम गर्न र पक्षाघात भएको अङ्गलाई पूर्वरुपमा फर्काउन धेरैतिर सोधखोज, अध्ययन, मनन र चिन्तन गरेँ । धेरै कुराहरु बुझ्ने मौका पाएँ । आफ्नो जीवनशैली नै परिवर्तन गर्न पुगेँ । विहान उठ्नासाथ चार केस्रा लसुन र राती भिजाएको एक चम्चा मेथी चपाईचपाई खान थालेँ । यदाकदा काँचो सुपाडी समेत चपाउन थालेँ । दालचिनीको टुक्रो र चिराइतोको चोइटो हर्दम मुखमा राख्न थालेँ । मादक पदार्थ र धुम्रपान सेवन गर्न त सख्त मनाही रहेछ । रोगीलाई बजारका तयारी खानेकुराहरु घातक हुँदा रहेछन् । असन्तुलित जीवनशैली, खानपिनमा गडबड र तनावपूर्ण दिनचर्या बनाउँदा उच्च रक्तचाप रोग जन्मने रहेछ । बिमार जन्मिसकेपछि पनि त्यस्तै दिनचर्या अपनाए रोगबाट कहिल्यै छुटकारा नपाइने रहेछ । यत्तिखेर मैले धेरै कुरा बुझ्न सकेको छु यद्यपि पूर्णरुपले जीवनमा लागू गर्न सकेको छैन । त्यसैले अभिशप्त जीवन बिताउन वाध्य छु ।

सुरुआतका दिनमा अलमल अलमलमै एक हप्ता भातको माड मात्र पिएँ, सानो पाइपबाट पानी पिएँ । शरीर घटेर आधा भयो । रोगीले मोटापन घटाउनुपर्ने रहेछ, घट्यो, ठीकै भयो भन्ने ठान्न पुगेँ । बढी फाइबरयुक्त अर्थात् रेशादार र पोटासियम भएका खानेकुरा खान थालेँ । सोडियमयुक्त खानेकुरा खान बन्द गरेँ । कोलस्ट्रोल घटाउने खानेकुरा खान जोड दिएर उच्च रक्तचाप घटाउने काम गरे । गाँजर, छाली निकालेको दुध–दही, काँचो प्याज नियमित सेवन गर्न थाले । यसका अतिरिक्त शिलाजित, मह, मेवा, मरिच, करेला, गहुँको रोटीले समेत फाइदा गर्ने ठानेर सेवन गर्न थाले ।

घरेलु औषधीको रुपमा सौंप–जिरा–सख्खरको चूर्ण, सर्पगन्धाको जराको चूर्ण, अनार, स्याउ, अङ्गुर, नास्पती समेत खान थालेँ । अर्कातिर यदाकदा कमल फूलको रस, नरिवल दानाभित्रको पानी, कटहर र हिंगको सेवन समेत गर्न थालेँ । तरकारीमा ब्रोकाउली, लौका, हरिया सागसब्जी, मसरुम, चुकुन्दर, खरबुजा, तरबुजा, केरा, बदाम, माछा र सोयाबिनको प्रयोग गर्न थालेँ ।

खाना कमै मात्रामा खाने, नियमित व्यायाम गर्ने र बिहान नाङ्गो खुट्टाले हिँड्ने गर्नाले मलाई प्रशस्त फाइदा पुग्दै गयो । अर्कातिर पक्षाघात भएका अङ्गको मसाज गर्ने/गराउने काम गरेँ । दिनानुदिन स्वास्थ्य अवस्थामा सुधार हुँदै गयो । मेरी आमा समेत उच्च रक्तचापको बिरामी हुनुहुन्थ्यो । यो बिमार वंशानुगत गुणका रुपमा मैले पाएको रहेछु भन्ने लाग्दै छ । अहिले शरीरमा रोग पस्न नदिने उपाय अपनाउन नसकेकोमा पछुतो भएको छ । यद्यपि नलाग्नु रोग लागिसकेपछि न्युनिकरण गर्न प्रयास भने जारी राखेको छु ।

पहिले आनन्दले रात कटाउँथेँ । दार्शनिक ओशोको आनन्द यात्राको अनुयायी भएको थिएँ । ध्यानको गहिराइमा डुब्ने विधिविधान सिकेको थिएँ । ध्यानद्वारा निर्विचार मनोदशामा पुग्दा भररात उत्सवमय हुन्थ्यो । आनन्दको चरमोत्कर्षमा पुग्न पाउँदा आफूलाई संसारकै भाग्यमानी प्राणी ठान्थेँ । खाना खाँदा होस् या विश्राम गर्दा होस् वा काममा जुट्दा होस् ध्यानपूर्वक गर्थेँ । त्यही ध्यानले मलाई आनन्द दिन्थ्यो । आनन्द खोज्न बाहिर भौतारिनु पर्दैन भनेर आफैँभित्र खोज्थेँ । जताततैबाट आनन्द वर्षेको अनुभूत हुन्थ्यो । आन्तरिक रुपले म त्यसै त्यसै सफल व्यक्ति बनेको थिएँ । बाह्यरुपले पनि पूर्वाञ्चल विकास क्षेत्रबाट बाइस सय प्रतिस्पर्धीलाई उछिनेर माध्यमिक तहको नेपाली भाषा शिक्षक भएको थिएँ ।

शुरुमा सिरहाको कर्जन्हा स्कूलमा खटिएँ । प्रारम्भमा सन्तुलित जीवन थियो । बिस्तारै पहिलेको जीवनशैली छाड्दै गएँ । र, तनाव लिएर जीवनकै भूल गर्न पुगेँछु । खुट्टा पोल्ने र टाउको दुख्ने जस्ता बिमार देखिँदै थियो । वास्ता नगरी सहेर अर्को गल्ती गर्न पुगेँछु । अर्कातिर वर्ष दिन पनि नपुगी मेरो स्थानमा अर्को शिक्षक आयो । शिक्षा कार्यालयले गोलबजार सरुवा भएको मौखिक जानकारी दिइरह्यो । लिखित पत्र माग्दा स्कूलको नाममा पठाइसकेको जानकारी दिइरह्यो । प्रधानाध्यापक भने कुनै पत्रसत्र आएको छैन, तपाईंलाई यही प्रतिस्थापन गर्छु, ढुक्कले काम गर्नुस् भनी रहे । म पनि लिखित आदेश नआई कतै नजाने सोचमा पुगेँ ।

दशैँ आयो । सबै शिक्षक–कर्मचारीले तलब पाए । प्रधानाध्यापक भने दशैँपछि तलब दिलाउँछु भनिरहे । आफू रित्तो हात घर आएँ । जेनतेन चाडपर्व मनाइयो । स्कूल लाग्यो, हाजिर भएँ । तलब पाइएन । सोधखोज गर्दा शिक्षा कार्यालयले मेरो तलब गोलबजार स्कुल गइसकेको अनौपचारिक जवाफ दियो । म तनाव तनावमै गोलबजार स्कुलमा हाजिर हुन गएँ । जहाँ पुगे पनि भोलि, पर्सी भन्दा भन्दै तलब भेटिएन । तनावमै काम गरिँदै थियो । त्यही तनावले अकस्मात् उच्च रक्तचाप बढ्दा पक्षाघातको रोगी बनायो ।

हुन त सधैँ धरतीमा बाँच्न कोही पनि आएको छैन । यहाँ भएका हरेकले एक दिन न एक दिन विदा भएर जानैपर्छ । यद्यपि आत्मविश्वासका साथ आहारविहारमा सन्तुलन राख्न सके मृत्युलाई पनि पराजित गर्न सकिने रहेछ । आफन्तजनको प्रेमले रोगीलाई रोगसँग लड्ने तागत दिलाउने रहेछ । ध्यान, योग, प्राणायाम र व्यायाममा प्रत्येक दिन समय दिन सके सुखमय र स्वास्थ्य जीवन खोज्न अन्यत्र भौतारिनु नपर्ने रहेछ ।

मान्छेले जीवनमा जोखिम मोल्ने हिम्मत गर्नुपर्ने रहेछ । जे जस्तो भए पनि दु:ख भोग्ने साहास गर्नुपर्ने रहेछ । सजिलो बाटो पाए मात्तिने र अफ्ठ्यारा बाटामा भने आत्तिने काम किमार्थ असुहाउँदिलो रहेछ । मान्छेले आफ्नो स्वास्थ्यप्रति होसियार भई पहिले आफ्ना लागि बाँच्नु पर्ने रहेछ । त्यसपछि मात्र असल कर्मद्वारा संसार हँसाउनु पर्ने रहेछ । अचेल दिमागमा यस्तै कुराहरु आउँछन् । र, म यस्तै सोचले आनन्दित हुने कोशिस गर्दछु ।


अघिल्लो पोष्ट

लाकोजूको मकरको कथाको परिचर्चा

पछिल्लो पोस्ट

अनिल श्रेष्ठको टाइगर हिलकी पुनमको परिचर्चा

नन्दलाल आचार्य

नन्दलाल आचार्य

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
अनिल श्रेष्ठको टाइगर हिलकी पुनमको परिचर्चा

अनिल श्रेष्ठको टाइगर हिलकी पुनमको परिचर्चा

मुम्बईदेखि गोवासम्म

मुम्बईदेखि गोवासम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कम्पन

कम्पन

५ जेष्ठ २०७८, बुधबार
अनेसास जापानको १३ औँ अधिवेशन हुने

अनेसास जापानको १३ औँ अधिवेशन हुने

६ जेष्ठ २०८१, आईतवार
निर्मल लामाको अभिनन्दन : सम्झनामा

निर्मल लामाको अभिनन्दन : सम्झनामा

५ जेष्ठ २०८०, शुक्रबार
गीत

गीत

५ जेष्ठ २०७८, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक