किँरात एकेडेमीद्वारा प्रदान गरिने ‘किरात एकेडेमी पुरस्कार’ स्रष्टाहरु विप्लव ढकाल र राजकुमार दिक्पाललाई दिने घोषणा गरिएको छ । एकेडेमीको छनोट समितिद्वारा ढकाल र दिक्पाललाई ‘किरात एकेडेमी पुरस्कार’संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको हो ।
एकेडेमीका अनुसार पुरस्कार प्रयोजनको लागि प्राप्त कृतिहरूमध्येबाट ७ ओटा कृति सूचीकृत गरी ती कृतिमध्ये ढकालद्वारा लिखित‘भोजपुरको वाङ्मय’ र दिक्पालद्वारा लिखित ‘आदिवासी विद्रोहको इतिहास’लाई छनौट गरिएको हो ।
यसअघि यो पुरस्कार युग पाठकको उपन्यास ‘उर्गेनको घोडा’ र झलक सुवेदीको ‘ब्रिटिस साम्राज्यको नेपाली मोहोरा’ (इतिहास अनुसन्धान)लाई प्रदान गरिएको थियो । पुरस्कारको राशि ५०हजार रुपैयाँ रहेको छ ।