जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

साँचो इतिहासका प्रवक्ता नयराज पन्त

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २७ श्रावण २०७८, बुधबार
स्मृतिमा स्रस्टा भित्र
0
साँचो इतिहासका प्रवक्ता   नयराज पन्त

नयराज पन्त नेपालको इतिहास लेखनक्षेत्रका एउटा जिउँदो इतिहास हुन् ।यिनको जन्म १९७० साउन २६ गते महाबौद्ध, काठमाडौंमा माता यज्ञप्रिया र पिता कृष्णदत्त पन्तका सन्तानका रुपमा भएका हुन् । ८९ वर्ष बाँचे यिनी, २०५९ कात्तिक १८ गते यिनको अवसान भएको देखिन्छ । इतिहास लेख्नु भनेको कसैको प्रशस्ति लेख्नु र पुरानो घटनालाई मात्र सिलसिलाबद्ध ढङ्गले जोड्नु होइन । प्रमाण जुटाएर इतिहास लेख्न सक्नुपर्छ भन्दै आफ्नो पहिचान देखाउन सफल इतिहासकार नयराज पन्तले इतिहास लेखन सम्बन्धमा आफ्नो विचार यसरी लेखेका छन् –“इतिहास लेखन भनेको बयान र प्रशंसा मात्र होइन । पुराना कुरालाई सरसर्ती बयान गर्नु इतिहास होइन र इतिहास लेख्न कालको (समयको) निर्णय चाहिन्छ, हामीकहाँ यसको अभाव छ । इतिहास लेख्नका लागि वंशकालको निर्णय हुनुपर्छ, त्यसपछि प्रमाणका आधारमा इतिहास लेख्नुपर्छ, तब मात्र सही इतिहास लेखिन्छ । जथाभावी रुपमा अर्काको सारेर मौलिकपन नभएको, गुणगान मात्र गरिएको लेखन वास्तविक इतिहास होइन ।”

यस्तै विचार बनाएर इतिहासभित्र इतिहास खोज्न तल्लीन इतिहासकार कर्मयोगी विद्वान् नयराज पन्तले आफ्नो भावनालाई उजागर गर्न इतिहास संशोधन मण्डलको गठन र इतिहासको तथ्य र प्रमाण प्रकाशित गर्न पूर्णिमा छपाएका हुन् । नेपालको इतिहास लेखनमा आफ्नै किसिमको सोच र दृष्टि राखेर सधैं इतिहास खोजिरहन रुचाउने इतिहासकार, देशको इतिहास आफ्नै ढङ्गले लेख्न सिपालु विशिष्ट विद्वान्, लगनशीलताकै एउटा सुन्दर नाम नयराज पन्तले आफ्नै अडानलाई कायम राखेर आफ्नै प्रकारको विशिष्टता राख्न सफल भएका हुन् । आफूले सोचेको, भनेको विचारलाई परिपूर्ति गर्नका लागि लागिपरिरहन सक्ने दृढ भावनाकै कारणले आफूले लेखेको पुस्तकमदन पुरस्कार गुठीमा नबुझाइकन नै मदन पुरस्कार लिन सफल नेपालकै लागि अनौठो व्यक्ति हुन् – नयराज पन्त ।

इतिहासको खोजी गर्न सिपालु इतिहासकार । इतिहासलाई निर्णयकालको आधारमा व्याख्या गर्न सक्षम, प्रमाणिकता खोज्दै इतिहासको तथ्य स्पष्ट पार्न सफल इतिहासविद् अथवा प्रज्ञामनिषि नयराज पन्त आफूले ठम्याएका कुरा र आस्थामा दृढ भई लागिपरिरहन्छन् । थोरै मात्र मान्छेहरु हुन्छन् जसले इमान, जमान र दृढता बोकेर अविचल आफूले रोजेको बाटोमा हिँडिरहन्छन् । यस्तै मर्मज्ञ इतिहासका यात्री हुन पुगेका छन् नयराज–पन्त ।

सधैं अध्ययन, अनुसन्धान, अन्वेषण, निरीक्षण र परीक्षणमा नै जीवनलाई इतिहास बनाएर डुबुल्की मार्ने पं. नयराज पन्तजस्ता विद्वान्ले प्राच्यजगत्को ज्योतिषी विद्यालाई वैज्ञानिक आधार दिने काम पनि गरेका छन्। धनबज्र बज्राचार्य, ज्ञानमणि नेपाल, दिनेशराज पन्तजस्ता सुयोग्य चेलाहरुको साथ पाएर सत्य र तथ्यपूर्ण इतिहासको खोजी गर्नुका साथै नेपाल अनादिकालदेखि कसैको अधीनमा नरहेको ऐतिहासिक तथ्य प्रामाणिक ढङ्गमा लेखेर देशकै अस्तित्वका लागि मरिमेट्दै आएका इतिहासकार हुन् – नयराज पन्त ।

प्राचीन गुरुकुल शिक्षापद्धतिका प्रयोगकर्ता । प्रामाणिक इतिहासको खोजकर्ता । राजदरबारदेखि सिंहदरबारसम्मका सत्ताधारी ठूलाबडाहरुका लोभमा नफसेका देशभक्त । लक्ष्मीप्रसाद देवकोटादेखि लैनसिंह बाङदेलसम्मका साहित्यकारसँग बसउठ पाएका साहित्यका मर्मज्ञ इतिहासकार । बालचन्द्र शर्मादेखि सूर्यविक्रम ज्ञवालीसम्मका वैज्ञानिक आधार नभएका अप्रामाणिक इतिहासको खोइरो खन्दै इतिहासको सही खोजी हुनुपर्ने भन्दै आन्दोलन चलाउने इतिहासपुरुष नयराज पन्त भौतिक सुखको खोजीमा कहिल्यै लागेको देखिएन ।

वि.सं. १९९५ सालदेखि २०३५ सालसम्म पण्डितदेखि प्राध्यापक भई सेवा पुर्‍याइसकेका विद्वान् नयराज पन्तले इतिहासलाई प्रमाणकै आधारमा प्रमाणित गर्नका लागि आफूले सक्दो प्रयास गरेका छन् । ज्ञानगुनका कुराले आफ्नै ढंगको विश्लेषण गरी नाम दिइएको नेपालका सुकरातको विद्वता र विशिष्टताको आफ्नै पहिचान नै इतिहास बनिसकेको छ । उनले खोजेका सत्यान्वेषी इतिहासका पानाहरुले नेपालको जीवन्ततामा थप ऊर्जा प्रदान गरेका छन् । सत्य र तथ्य गणितकै आधारमा परिवेशको व्याख्या गर्न सिपालु प्रसिद्ध गणितज्ञ नयराज पन्तले नेपालको प्राज्ञिक जागरणका लागि थुप्रै पसिना बगाएका छन् र ती पसिनाका बुँदहरु नै इतिहासका तथ्यपूर्ण पानाहरु भइदिएका छन् ।

आफ्नो सिद्धान्त र आस्थामा फेरबदल नगरी निष्ठामा क्रियाशीलता पुर्‍याइरहन खोज्ने, सत्यवादी ज्योतिषजस्तै देखिने नयराज पन्तको अडान हेरेर हामीले भनिदिनुपर्छ – उनी नेपालका अद्वितीय प्रतिभा हुन् । इतिहासमा देशभक्तिपूर्ण भावना उजागर भइरहन र सत्य अन्वेषण गरी प्रमाणकै आधारमा इतिहास लेखनमा जोड दिइरहनुले उनको इतिहासप्रतिको धारणा र उद्देश्य प्रष्ट हुन्छ । इतिहास लेखन गर्नु भनेको अनुमान र तर्कको आधारमा विश्लेषण गरेर तर्कशास्त्र लेख्नु होइन । इतिहास तथ्यको आधारमा लेख्नुपर्छ । प्रमाण नभएको इतिहास तथ्यपूर्ण र सत्य इतिहास होइन, यस्तै भावनाले गर्दा उनको इतिहासमा भएको योगदान जीवन्त छ ।

सिद्धान्त र व्यवहारमा पटक्कै भेद देखा नपर्नु, निरन्तर आफ्नै सोच र भावनामा कुदिरहन सक्नुले नयराज पन्तलाई गौरवशाली सुकरात बनाइदिएको छ । सत्यनिष्ठामा वरपीपलजस्तै ठिङ्ग उभिएर छहारी दिन सक्ने आफ्नै प्रकारको विहङ्गम चरित्र भएकोले नै उनको भावना निश्छल र कञ्चन देखिन्छ । उनको आफ्नै ढङ्गको चरित्रमा आफ्नै प्रकारको गाम्भीर्यता छ । तर्कपूर्ण ज्ञान सञ्चार गर्न सक्ने खुबी भएका उनले इतिहासमा, प्राध्यापनमा, छलफल वादविवादमा, इतिहास लेखनमा पनि आफ्ना तर्क र ज्ञानलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन् । समुद्रजस्तै गहन छन् उनका इतिहासका पानाहरु । आकाशजस्तै निश्चल छन् उनका भावनाका रेखांकनहरु, फूलजस्तै माधुर्यपूर्ण छन् उनका विश्वासहरु । त्यसैले उनी कवितामा आफ्नो चोखो भावना यसरी फुकाउने गर्छन् :

सच्चा नै इतिहासजन्य घटना यो देशमा फैलिऊन्
विद्यार्थीहरु पाठ्यपुस्तक पनि प्रामाणिक नै पढुन्
भन्ने आशयले कडा श्रम गरी यो साधना गर्दछु
धेरैका ननिका कुराकन सही बाँचिरहेकै म छु ।

सधैं र सबै बेला ज्ञानकै खोजमा भौतारिइरहेका जस्ता देखिने, कानले सुन्न छोडिसकेर पनि सत्य कुरा सुन्न लालायित भइरहेका तपस्वीजस्तै देखिने, आँखाले देख्न छाडिसकेका जस्ता भएर पनि सुन्दरताकै खोजीमा आँखाहरु चलाइरहेजस्ता देखिने विद्वान् नयराज पन्त नेपालका इतिहासभित्रका एकजना अविष्मरणीय इतिहासका नक्षत्र नै हुन् ।

अँध्यारामा रहेर पनि उज्यालोको खोजीमा रमिरहने नयराज पन्त वाङ्मयको क्षेत्रमा आफ्नै नाम र धाम बोकेर तथ्य प्राप्त गर्न कठिन अभ्यास गरिरहेका एकजना नेपालकै अद्वितीय विद्वान् इतिहासकार हुन्, जो इतिहासभित्रका इतिहास नैहुन् जसको अवसान भए पनि इतिहास मेट्न सम्भव छैन । नयराज पन्त सरल मात्र छैनन्, त्यागी पनि थिए । उनमा अध्ययनशीलता मात्र छैन तार्किकता पनि छन् । यस्ता गौरवशाली व्यक्तित्वहरुले नै राष्ट्रको इतिहास जीवन्त बनाइदिन्छन् । इतिहासकै एउटा कालखण्ड भइदिएका छन् – नयराज पन्त र उनको इतिहास ।

जनमत प्रकाशन नेपालवाट प्रकाशित स्मृतिमा सर्जकहरू पुस्तकवाट लिइएको ।


अघिल्लो पोष्ट

आशा

पछिल्लो पोस्ट

आजीवन तथा मानार्थ प्राज्ञ सदस्यता प्रदान गर्ने

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
आजीवन तथा मानार्थ प्राज्ञ सदस्यता प्रदान गर्ने

आजीवन तथा मानार्थ प्राज्ञ सदस्यता प्रदान गर्ने

रक्तपातबाट जमाना कहिले खाली थियो ?

रक्तपातबाट जमाना कहिले खाली थियो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कला विनाको साहित्य कोरा नाराजस्तो निरस हुन्छ : दीप्स शाह

कला विनाको साहित्य कोरा नाराजस्तो निरस हुन्छ : दीप्स शाह

४ जेष्ठ २०७९, बुधबार

जनमत कविता – समाश्री

४ जेष्ठ २०७८, मंगलवार
विजय हितानको ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

विजय हितानको ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

४ जेष्ठ २०८०, बिहीबार
नेपाल ललितकला प्रतिष्ठानको रणनीतिक योजना सार्वजनिक

नेपाल ललितकला प्रतिष्ठानको रणनीतिक योजना सार्वजनिक

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक