मलाई नाच्न मन पर्छ
मन त मलाई फूल पनि पर्छ
तर टिप्नु हुदैंन
मन त शान्त स्वभाव पनि पर्छ
तर झुक्नु हुदैंन
मन त हराउनु पनि हो
तर लुकेर होइन
हार्नुमा पनि हुन्छ है खुशी
तर चुकेर होइन
सपनामा रमाउछ मान्छेले
विपना लुकाउन होइन
मनको सुन्छ मायाले
मस्तिष्क सुकाउन होइन
ठेस नपुगोस्, नझरोस् केश
बाच्न त पाइयो
रोपेर एउटा बोट
हांगा भाच्न त पाइयो
उसको सोच गलत नभनि
आस्था आफ्नो साच्न पाइयो
अनन्तमा गीत गुन्जिदा
त्यहि तालमा नाच्न नि पाइयो
तालले कसलाई चोट पुर्याउछ र
त्यसैले मलाई नाच्न मनपर्छ ।