भनिन्छ अज्ञानताको अन्तिम दिन ज्ञानको पहिलो दिन हो । तर यो दिन कुन दिनदेखि प्रारम्भ हुन्छ भन्ने थाहा पाउन खोजेर पनि सकिँदैन । अज्ञानताको गोरेटोमा यात्रा गरिरहुन्जेल आफूलाई कहिले पनि अज्ञानी छु भन्ने लाग्दैन । यद्यपि त्यही यात्राले नै ज्ञानमार्गको यात्रा गराउँदोरहेछ । एउटा यात्राको ढोका बन्द भएको र अर्को यात्राको ढोका खोलिएको अनुभूति पटक्कै हुँदैन रहेछ ।
आफै आफ्नो लागि कहिले रोएको छु । खुसी भएर आप्mनो लागि आफै हाँसेको पनि छु । तर आफैले आफै सँग साउती, सल्लाह वा सङ्केत गरेको थाहा छैन । संयोगले म अहिले केही दिनदेखि बजिरहेको छु आफैसँग । यो बजाइको आवाज अरुका लागि नभएर आफ्नै लागि हो भन्ने पनि बुझेको छु । तर के भनिरहेको छ यो आवाजले ? के सोधिरहेको छ यो धुनले ? बुझ्न सकेको छैन अलिकति पनि मैले ।
जब म एक्लो र शान्त हुन्छु, बज्न थाल्छन् कानमा निरन्तर नदी सुसाएजस्तो एकोहोरो आवाज । सुन्छु, झन् ध्यान दिएर सुन्छु । बुझ्दिन केही पनि । सङ्केत पो हो कि केहीको भन्ने पनि लाग्छ । बुझ्न खोज्छु त्यसरी पनि । पाउँदिन कुनै अर्थ आवाजको ।
यसरी कानमा सुनिने आवाजलाई कसैले कमजोरीको सङ्केत भने । कसैले कानको खराबी भने । कसैले टाउकाको खराबी हुनसक्छ भने । कसैले दिव्यज्ञानको सङ्केत पनि भने । भनियो फरकफरक अर्थमा एउटै आवाजलाई । मलाई पनि लागेन कुनै खराबीको सङ्केतजस्तो । बरु लाग्यो, पूर्ण हुननसकेको कुनै ज्ञानको सङ्केत पो हो कि ?
जीवनमा धेरैजनासँग वार्ता गरियो । औपचारिक र अनौपचारिक पनि । भइरहेका छन् आवश्यक र अनावश्यक पनि । पत्रिकामा पाठकका लागि । रेडियोमा स्रोताका लागि । विभिन्न क्षेत्रकाहरुसँग गरियो कतिकति अन्तर्वार्ताहरु ।
अरुका निम्ति अरुसँगैका अन्तर्वार्ता थिए ती सबै । आपूmसँग भने एकपटक पनि गरेकोे छैन अन्तर्वार्ता । भए पनि होलान् धेरै नै कम यस्तो गर्नसक्ने । धेरै हुनसक्छन् मजस्तै । आफैले गरेको प्रश्नमा आफ्नै उत्तरले गरिने स्वयम्वार्ता ।
हुँदैन यो सजिलो वार्ता अरुसँग गरेजस्तो । सोध्ने के ? दिने उत्तर के ? नजानेको केही हुँदैन आफ्नो बारेमा । नबुझेको केही हुँदैन आफ्नो बारेमा । बाल्यकालका प्रसङ्ग पनि थाहा भएकै हुन्छ अरुमार्फत् । बुभ्mने भइसकेपछिका हरेक सन्दर्भ र घटनाहरु सुरक्षित भएकै हुन्छ मस्तिष्कमा । हुनसक्छन् लुकेका कतिपय घटना । लुकाइएका पनि हुन्छन् अरुका लागि र समाजका लागि । आफूसँग त कसरी ढाँट्नु ? कसरी लुकाउनु ? असम्भव भनेको यही मात्र होला मान्छेका लागि ।
अर्थ छैन घाउका पाप्राजस्तै उप्काएर दुख्नुको । गल्ती केलाएर कमजोर बन्नुको । असामाजिक कामलाई प्रदर्शन गर्नुको । चिमोटेजस्तै आफूले आफैलाई । कोतरेर दाग बसालेजस्तो । पारिवारिक र सामाजिक प्रतिष्ठामा घाटा लगाएजस्तो । भए पनि नभए पनि । सचेत र सतर्कताका लागि गरिरहनुपर्ने लाग्यो मलाई आफैसँगको संवाद । स्वयम्वार्ता ।
यही आवाजमार्फत् गरियो होला वार्ता धेरैपटक आफैसँग । वातावरण एकान्त हुनासाथ सुरु हुन्थ्यो होला वार्ता । गरियो होला वार्ता अनेक सन्दर्भका । थाहा नभएका र कल्पनासम्म नगरेका विषयमा पनि । समस्या आएपछि समाधान पनि आइहाल्छ भनेजस्तै । कतिपय प्रश्नका उत्तर खोज्न पुगियो टाढाटाढा पनि । त्यही कारण खोलिएका होलान् कहिले नखोलिएका मनका आँखा पनि ।
नजाने गाउँको बाटै नसोधेजस्तै भइरहेको रहेछु म । जहाँ जे देखिन्छ वा सुनिन्छ । भोगिन्छ वा सोचिन्छ । त्योभन्दा धेरै फरक पनि यथार्थ हुने भयो ज्ञान मलाई । एउटै देखिने बाटामा धेरै नदेखिने बाटा पनि हुँदारहेछन् । एउटै बाटोले दोबाटो र चौबाटो पुर्याउँदा रहेछन् । अरुका के कुरा ? आफै भित्रबाट पुुग्न सकिँदोरहेछ चाहेको गाउँ र ठाउँ पनि ।
मान्छे नै हो अनौठो र अद्भूत हुने । खन्नसके जति गहिरिँदै जाने । जति गहिरिँदै गयो त्यति अमूूल्य निधि भेटिँदै जाने । आफूलाई खन्न अर्को हातको कुनै अर्थ नहुने । देखिने माटो खनेर गहिरो बनाउन सक्छन् अरुहरु । नदेखिने खाल्डो बनाउन सक्दैनन् अरुहरु । धैर्यले खन्न सक्नुपर्छ विस्तारै आपूmले आफै भित्र । अनुभूति हुँदै गइहाल्छ गहिराइको आप्mनै ।
चलिरहन्छ यात्रा जीवनभरि अनेक रुपमा । जस्तोसँग जति लामो यात्रा गरे पनि । जतिजनासँग गरे पनि । यात्राको मूलअर्थ थाहा पाउन नसकिँदोरहेछ । आफूभित्र नै गर्नुपर्नेरहेछ पहिलो यात्रा । यात्रा नगर्नेहरु र गर्न नसक्नेहरु टाढा हुँदारहेछन् सार्थक उपलब्धिबाट । भएजस्तो लागे पनि हुँदोरहेछ निरर्थक ।
ऐना हेर्दा देखिने स्वरुप नै हुन्छ आप्mनो । पाल्दारहेछौँ भ्रम आफै नभएजस्तो । यात्राले आफूभित्रका सबल र निर्बल पक्षलाई देखाएजस्तै । भनिएको त्यसैले होला पूर्र्वीय दर्शनमा । आपूmभित्रको यात्रा गर्न, गर्नुपर्छ जपतप, ध्यान, तपस्या ।
आप्mनो कुरा जान्ने नै आपैmले हो । सबै नजान्न सक्छन् अरुले । हो सत्य नै यही । पढाइका जति नै ठूला प्रमाणपत्र भए पनि । आफूलाई धेरै जानेको छु भन्ने लागे पनि । आफूभित्रका अक्षरका ज्ञानका ताल्चा खोलिएको छैन भने हुँदोरहेछ व्यर्थप्राय: । एकप्रकारको बालुवामाथिको घरजस्तै । सपनाको सुखजस्तै । जादूले देखाउने सम्पतिजस्तै ।
साँच्चै, आफू आपैmजस्तो हुन । अरुका सामु आप्mनो परिचय र प्रभाव बढाउन । देव र दानवहरुले समुद्र मन्थन गरेजस्तै । गर्नुपर्दोरहेछ मन्थन आफैले आफैलाई । गर्न नसकुन्जेलसम्म आत्ममन्थन नचिनेरहेछ आपैmलाई ।
बाहिरी आवरणले मान्छेजस्तो देखिए पनि । भित्री मान्छे कमजोर भयो भने ओर्लनुपर्नेरहेछ नओर्लनुपर्ने भर्याङ । ठगिनुपर्नेरहेछ नठगिनुपर्ने ठाउँमा । यसैबाट बच्ने निहुँमा बनिरहँदारहेछौँ मान्छे कम र मेसिन बढी । बन्दारहेछौँ यान्त्रिक, हार्दिकभन्दा बढी । बनाउँदारहेछौँ कमलो मुटुलाई कठोर ।
मोह राख्छौँ सम्पन्न बन्ने । बनेपछि असुरक्षित ठान्छौँ परिवार र आप्mनै वरिपरि । घरलाई जेल बनाउँछौँ आपैm । अग्लो पर्खाल र फलामे डन्डीले घेरेर घर । राख्छौँ अरुलाई सुरक्षाकर्मी चौबीसै घन्टा । कुकुर पाल्छौँ अरुलाई निकालेर भए पनि । अनुहार देखाउँछौँ कुकुरको आफू बस्ने घरबाहिर । सावधानीको नाममा, सुरक्षाको नाममा ।
किन डराइरहेका छौँ यति धेरै मान्छेकै समाजमा ? प्रत्येक पाइतालालाई डरले पछ्याइरहेजस्तो । कतै भौतारिहनै पर्दैन यसको कारण खोज्न । रहेछ नसकेर चिन्न आपूmलाई, नसकेर बुभ्mन आपैmलाई र नसकेर पढ्न आपैmलाई । टेकेको धर्तीभन्दा फरक सपना देखेर आफूभन्दा धेरै टाढा पुगेजस्तै ।
सत्यको आवाज सुन्न सक्दैनन्, हृदयको आवाज सुन्न नसक्नेहरुले । सत्यको आवाज सुन्न नसक्नेले सुन्नै सक्दैन आफ्नो आवाज । आफ्नो आवाज सुन्न नसक्नेले हारिरहनुपर्छ आफैसँग । हो यही कारण हामी बाँच्नलाई मरिरहन्छौँ । सुख र सुविधाका लागि भोलि र भविष्यसँग भौतारिरहन्छौँ । खोजिरहन्छौँ जतासुकै तर जान्दैनौँ आपैmतिर फर्केर खोज्न । सबै कुराको मूलमन्त्र आपूmभित्र भएको थाहा पाउँदैनौँ । थाहा पाउँदा पनि विश्वास गर्दैनौँ । हामी पनि बनेका छौँ कस्तुरी मृगजस्तै । भौतारिरहने आफैसँग भएको वस्तु खोज्नलाई ।
आप्mनै लागि बनाएका रहेछौँ, नजिकको तीर्थ हेला भन्ने उखान । बनेका रहेछन् माध्यम मात्र देवता । आपूmभित्रको समुद्रलाई छोपेर अर्काको पँधेरोमा तिर्खा मेट्न गएजस्तै । दिँदैन पूर्णतृप्ति पँधेरोको पानीले । पानीको गीत गाएर पानीको प्यास मेटेजस्तो मात्र ।
मीठो भोजन कसलाई स्वादिष्ट लाग्दैन र ? राम्रो लाउँदा कसलाई आनन्द लाग्दैन र ? इष्टमित्रको भेट कसलाई रमाइलो लाग्दैन र ? तर मीठो कुरा सधैँ खाइरहँदैन । जति सुहाए पनि सधैँ लगाइरहन हुँदैन एउटै । जति नै नजिकको भए पनि सकिँदैन सधैँ मान दिइरहन । उखान त्यत्तिकै बनेको होइन फुत्केको माछा ठूलो हुने । नजिकको देवतालाई नटेर्ने ।
सत्यको अर्को सत्य हुँदैन । सत्यलाई आत्मसात् गर्न सकियो भने जताबाट पनि सत्य नै देखिन्छ । सत्य समयअनुसार परिवर्तन हुनसक्दैन । कसैलाई विश्वासघात गर्न पनि सक्दैन । सत्य स्वीकार्न नसक्नेहरु नै हुन् खुसी नहुने र सुखी पनि नहुने ।
नदी तर्नलाई डुङ्गा चाहिन्छ । यसको प्रयोजन जमिनबाट पानीबाटो भएर जमिनमा नै जानका लागि मात्र हो । नदी तरेपछि डुङ्गालाई छोडिदिनैपर्छ । नदी तरिसकेपछि डुङ्गामोह राख्नै हुँदैन । नदी तारिदिनेलाई छोडिएन भने त्यही डुङ्गा नै बन्छ दु:खको पहाड । पानीमा बग्ने डुङ्गा जमिनमा गुड्दैन र बग्दैन पनि । बोकेर साध्य हुँदैन डुङ्गाको बोझ । डुङ्गा आफैसँग भएको घमन्डले देखिन्छ दु:ख र दरिद्रता । त्यत्तिकै भनिएको होइन, लोभले लाभ, लाभले बिलाप भनेर ।
धनको तृष्णाले जीवनमा कहिले धनी हुनसकिँदैन । बाँच्नका लागि नभएर पनि हुँदैन । चाहिन्छ नै आवश्यकता पूरा गर्न । अरु सबै प्रदर्शनी हुन्छन् अरुका लागि । तनाव भने आप्mना लागि । धनीहरु धनले नै सुखी भएका कमै मात्र पाइन्छन् । धनपतिहरु अरुलाई सुख दिन्छन् । आफू बन्न सक्दैनन् । सयौँलाई रोजगारी दिन्छन् । हजारौँलाई शिक्षितदीक्षित बनाउँछन् । चाडवाड मान्न लगाउँछन् । चैनको निद्रा सुताउँछन् । खुसी बनाउँछन् । सुखी बनाउँछन् । उनीहरु भने धेरै कुराबाट बन्चित हुन्छन् ।
समय दिन सक्दैनन् घर परिवारलाई । बुझ्न सक्दैनन् परिवारको चाहनालाई । आफ्नै लागि पनि समय निकाल्न सक्दैनन् । सधैँको व्यस्त । सधैँको तनाव । छोड्नैन कहिले कामले । अलमलाइरहन्छ केही न केहीले ।
जति धेरै सम्पत्ति हुन्छ त्यति नै हुन्छ असुख । हतियार बोक्नेहरु नै असुरक्षित भएजस्तै । जति शक्तिशाली हतियार बोक्छन् त्यति नै बोकेका हुन्छन् खतरा । तिनीहरुकै हुन्छन् सुरक्षक र सुरक्षाघेरा । डर नभएको छिन हुँदैन । त्रासमा हुन्छन् हरपल । निजी बन्नै सक्दैन जीवन । जोगिँदैन कहिले समय आप्mनो लागि । धनमार्गमा हुन्छ सधैँको दौड । पैसा भए सबै गर्न सकिन्छ भन्ने ठान्छन् । मान्छेका मन र व्यवहारलाई पैसाले नै छोप्न खोज्छन् । भए पनि हँुदैनन् कहिले स्थायी । यस्ता धनका दु:खीहरुले कहिले एकान्त समय पाउनु र आफूसँग कुरा गर्नु ?
भगवान् बुद्धले भन्नुभएको छ – संसारमा दु:खीहरुका आँसु यतिधेरै बगिसकेका छन् कि ती सबैलाई एकै ठाउँमा सङ्ग्रह गर्ने हो भने समुद्रको पानी पनि थोरै हुनेछ । समुद्रको पानीभन्दा धेरै आँसुको अर्थ दु:खीहरु धेरै भए भन्ने नै हो ।
दु:ख बढ्नु भनेको सुखको तृष्णा बढ्नु हो । प्राप्तिमा पूर्णता नदेख्नु हो । सन्तोषी हुननसक्नु हो । यसरी नै अलमलिरहेकाछौँ भ्रममा हामी । सुखको ढोका खोल्न नजानेर दु:खको ताल्चामा साँचो मिलाइरहेजस्तै ।
सबैलाई थाहा छ जीवन यात्रा हो भनेर । यात्रामा जसले जति भारी बोक्छ उसले त्यति नै दु:ख पाउँछ भनेर । तर पनि केही छोड्न सक्दैनौँ हामी । थपिरहन्छौँ भारी जति पाए पनि । बोक्ने पनि आफै र थप्ने पनि आपैm । गीत गाउँछौँ अनि दु:खको । बिर्सन्छौँ आयुजस्तै अनिश्चित छ जीवन भन्ने । तृष्णा र मोहले बढाउँछ दु:खको भारी भन्ने ।
सुखी त ती हुन्छन् जसले केही देख्दैनन् । अरुका दृष्टिमा दु:खी देखिनेहरु नै हुन्छन् सुखी । देख्नै नपरेपछि राम्रा केही पनि । जाग्दैन कुनै मोह । नजागेपछि तृष्णा गर्नैपर्दैैन अन्याय अरुमाथि र आपूmमाथि पनि । चिताउनै पर्दैन पाप कसैमाथि पनि । भौतिकी र भोगको समाज हेर्न नपरेपछि नियन्त्रित बन्छ मस्तिष्क ।
आपूmले आफैसँग कुरा गर्नसक्नु । आफैलाई हेर्नसक्नु । हेरेर चिन्नसक्नु । होइन सानो कुरा । उपलब्धि हो महान् । यतिकै लागि गर्छन् मानिस ध्यान । योग र तपस्या पनि । भनेको त्यसैले होला बाहिर देख्न नसक्नेहरुकै हुन्छन् जीवन सार्थक ।
सजिलोसँग प्राप्त हुनसक्दैन सार्थक जीवन । तपस्याजस्तै हुनुपर्छ प्रतिबद्धताको । तपस्या भनेको ऋषिहरुको जस्तोमात्र होइन । अनेक रुप छन् तपस्याका । न गुरु थाप्नुपर्छ यसमा । न कुटीतिरै पस्नुुुपर्छ । मात्र गर्नसक्नुपर्छ सङ्कल्प बिहान उठ्नासाथ प्रत्येक दिन । गर्नसक्नुपर्दछ परहीतको प्रार्थना र शुभकार्यको कामना । मात्र सक्नुपर्छ आफैलाई साक्षी राखेर लिनुपर्छ आफै सँग शपथ ।
गर्न सक्नुपर्छ आत्ममूल्याङ्कन निदाउनुअघिका प्रत्येक रात । गर्नुपर्छ राम्रो काम दोहर्याउने सङ्कल्प । गर्नसक्नुपर्दछ आत्मलोचना नराम्रो कामको । प्रण गर्नुपर्छ नदोहर्याउने कहिले । आत्मसात् गर्ने तरिका हो यो शपथको आफैसँग ।
पानीले जति नुहाए पनि हुँदैन अन्तरआत्माको सफाइ । आफूभित्र आवाज पुर्याउन सकिँदैन माइकमा बोलेर । स्वयम्वार्ता गर्नसक्नेले मात्र गर्नसक्छ आत्मनिर्णय । पाउनसक्छ आत्मसम्मान पनि । बढ्छ आत्मज्ञान पनि । बन्छ शक्तिशाली पनि ।
कुरा गर्न सजिलो हुन्छ अरुसँग । गाह्रो हुन्छ निकै नै आफैसँग गर्न । यस्तै लागेको छ मेरा कान बज्न थालेदेखि । लागिरहेको छ यो सङ्गीत हो स्वयम्वार्ताको । उच्चारण हुनखोजिरहेको सङ्केत हो आत्मज्ञानको ।
त्यसैले हुनसम्मको खुसी भएको थिएँ बज्न थालेदेखि कान एकोहोरो । गर्छु प्रश्न आफैसँग फेरि । यस्तो उपलब्धिको हैसियत कहाँ बनिसकेको छ र मेरो ?