‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ले ओपनिङ सिनेमाका रूपमा ‘गाउँ आएको बाटो’ देखाउने भएको छ ।
ओपनिङ सिनेमाको रूपमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को अमेरिका प्रिमियर हुने भएको छ । जुन २० मा यो चलचित्र स्क्रिनिङ हुनेछ ।
आमोद राईले निर्माण गरेको चलचित्रमा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रशन राईको अभिनय छ ।
फेस्टिभल समापन चलचित्रको रूपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ । फिडेल देवकोटाले निर्देशन गरेको यो चलचित्र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा शीर्ष भूमिकामा छन् ।
आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीका अनुसार फेस्टिभल जुन २० देखि २३ (असार ६ देखि ९)सम्म आयोजना हुनेछ ।