डब्लुले रक्सी खाएको थियो तर ऊ पूरै मातेको थिएन । मात्न त ऊ हिजोआज धेरै मात्छ भन्छन् उसका छरछिमेकी । तर मकहाँ आउनुपर्दा ऊ त्यति धेरै मातेको हुँदैन । अलिअलि रक्सी नखाई त ऊ मेरोछेऊ नै पर्दैन कहिलै । पहिलेपहिले त म उसलाई सम्झाउँथेँ – यसरी रक्सी खानु राम्रो होइन । स्वास्थ्यको हानि गर्छ, पैसा खर्च हुन्छ, अर्काले हेप्छन्, घरमा जहान केटाकेटी जहिले पनि चिन्तित भइरहन्छन् । यसरी रक्सी खाने नगर डब्लु भनेर भन्ने गर्थेँ । ऊ मेरा कुरा गम्भीर मुद्रामा सुन्थ्यो र निकै प्रभावित हुँदै आज्ञाकारी छात्रलेझैँ टाउको हल्लाउँथ्यो । तर साँझ परिसक्दा ऊ मातिसकेको हुन्थ्यो । तर माते पनि ऊ अरूसँग भावुक हुँदै भनिरहेको हुन्थ्यो रे – धरावासी सरले मलाई रक्सी नखानु भनेर सधैं सम्झाउनुहुन्छ तर म यो छोड्न सक्दिन । दिनभरि कडा काम गर्नुपर्छ, बेलुका नखाई त सक्दै सक्दिन ।
जेहोस्, रक्सी खाएर ऊ प्रायः मेरो अगाडि पर्दैनथ्यो । तर आज अचानक ऊ मेरो घरमा पस्यो । निकै रिसाएको जस्तो, चित्त दुखाएको जस्तो, भावुक भएजस्तो थियो ऊ । डब्लुलाई आमनेसामने भएर नभेटेको झन्डै दुई वर्ष भइसकेको थियो । शनिश्चरेबाट बिर्तामोड बसाई सरेपछि शनिश्चरे जाने क्रम धेरै घटेको थियो मेरो । कहिलेकाहीँ कामविशेषले पुगिन्थ्यो र आफ्नो घरमा केही समय बेसी भाइबुहारी र भतिजीसँग गफगाफ गरी फर्किहाल्थेँ । बाटामा भेट हुनेहरूसँग पनि सामान्य भलाकुसारी हुन्थ्यो नै तर यस्तो यात्रामा पनि डब्लुसँग भने भेट हुन सकेको थिएन ।
निकै लामो अन्तरालपछि सीताजीसँगै शनिश्चरे पुगेका दिन आज एकाएक डब्लु कताबाट आइपुग्यो । परैबाट आउँदाआउँदै ऊ नमस्तेको अभिनयका साथ बोल्दै थियो –
सरले त हामीलाई छोडेर हि“डिहाल्नुभयो, हामी पो यस ठाउ“लाई छोड्न नसक्ने भयौं । नाभी गाडिएजत्तिकै भयो हामीलाई यो ठाउ“ त । मैले उसलाई छेउमै बस्न बोलाएँ तर ऊ अलिक टाढै मुडा सारेर बस्दै बोल्यो – सरका छेउमा किन बस्थें म, तपाईंले मन नपराउने भएर आएको छु आज । के गर्नु सर, बानी लागिहाल्यो । यो नखाइ त अचेल बोल्ने आ“ट पनि आउ“दैन ।
हाँसिरहेँ, केही बोलिनँ । रिसाए–रिसाएजस्तै अनुहार पार्दै उसले पल्लोघरतिर देखाएर भन्यो – त्यो घर किन भत्काए उनीहरूले सर । त्यो घर भत्काएको देखेर मलाई साह्रै चित्त दुखेको छ । उसका आँखा रसिला–रसिलाजस्ता भए । गला अवरुद्धजस्तो भयो । बोल्दाबोल्दै ऊ एकाएक निकै नै भावुक भयो र भन्यो – हुन त अहिले मैले रक्सी खाएको छु । रक्सी खाएरै भए पनि त तपाईंस“ग झगडा गर्न आएको सर । हामीले बनाएको घर, हामीलाई नसोधी किन भत्काउ“छन् मानिसहरू ? घर तिनीहरूको भए पनि त बनाएको हामीले होइन र ? ती घरहरू बनाउ“दा हामीले कति दुःख गरेका छौं । ती घरहरूस“ग हाम्रो सीप छ, कला छ, पसिना छ । ती घरहरूमा हामीले मनका कोठाचोटाहरू बनाएका हुन्छौं । अनि तयार भएका ती घरहरूलाई टाढैबाट पुलुक्क हेर्र्दै भए पनि मनमा गर्व बोकेर हिंडिरहेका हुन्छौं । यी घर हामीले बनाएका हुन् र जब हेर्नेले परैबाट ती घरहरूको सुन्दरताको चर्चा गर्छन् हामी गर्वले फुल्छौं, हर्ष लाग्छ हामी पनि केही हौं भन्ने सोच्छौं । तर हामीले त्यत्रो मेहनत लगाएर बनाएका घरहरू मानिसहरू कति सजिलै भत्काइदिन्छन् । सर तपाईंले सम्झाउनु पर्दैनथ्यो तिनीहरूलाई ?
म अलमल्ल भएँ । डब्लुका कुरा बडा गहिरा र मार्मिक थिए । उसको ढङ्गबाट त मैले कहिल्यै सोचेको रहेनछु ।
आज ऊ छिमेकीसँग रिसाउँदै बोलिरहेको थियो मसँग । मेरो छिमेकी थिरबहादुर शिवाले पुरानो काठको घर भत्काइवरी बेचिसकेको मलाई पनि थाहा थिएन । निकै दिनपछि आज त्यहाँ पुग्दा मलाई नमिठो लागेको थियो । मेरै घरसँग गाँसिएर उभिएको त्यो घर थिएन अब । उघारो भएको थियो वरिपरि । मेरोभन्दा पहिलेको त्यो घर भत्काइएको मन परेन मलाई पनि । तर समयक्रमले बूढो पुरानो भएपछि भत्काइनु स्वाभाविक थियो ।
अचेल प्रायः पुराना काठका घरहरू भत्काएर मानिसहरू इँटाका पक्का घर बनाउन थालेका छन् । पुराना घरका काठपातहरू झ्यालढोकामा प्रयोग गर्ने र बाँकी बेचविखन गरी आएको पैसाले नयाँ घर निर्माणमा थपथाप हुन्छ भन्ने सोच्छन् । त्यसै सिलसिलामा भत्काइएको रहेछ त्यो घर पनि । तर डब्लुको मनदुखाइ अर्कै थियो । हामीले बनाएको घर भत्काउन पनि हामीलाई नै दिएको भए नबिगारीकन राम्ररी भत्काइदिने थियौं । यसको मेसो थाहा थियो हामीलाई, बुझ्नु भो सर । तर यो घर भत्काउ“दा साह्रै नोक्सान भयो काठपात । ती भत्काउनेहरूले जथाभावी हतियार चलाएर आधाभन्दा ज्यादा त कामै नलाग्नेगरी बिगारिदिए । तिनीहरूले भत्काएको देख्ता चसचस घोच्यो मेरो मुटु । मैले कति मेहनत गरेर बनाएको थिए“ त्यस घरको ढोका तर ती अनाडी मिस्त्रीहरूले बर्बाद गरे ।रिसाएर बोलिरह्यो ।
एकपल्ट त त्यो हथौडी खोसेर त्यसैको टाउकोमा हानिदिउ“जस्तो लाग्यो तर त्यसो गर्नुु नहुने ।
डब्लुको कुराले म अलमल भएँ । मातेको साधारण ज्यालादारी काठमिस्त्री डब्लुले त्यसरी पनि सोच्न सक्छ भन्ने मलाई अनुमानै थिएन । श्रम र कलाको मूल्य नभएको हाम्रो समाजमा ज्यालाको दलालीले नै प्रमुखता पाइरहेकै हुन्छ । कसरी कमभन्दा कम ज्यालामा बढीभन्दा बढी काम लिन सकिन्छ भन्ने सोचमात्र स्थापित भएको हाम्रो परम्पराले श्रमिकहरूको भावनाको कदर गर्न जानेकै कहाँ रहेछ र ? मैले नै पनि डब्लुभित्र त्यति राम्रो विचार देखेको थिइनँ । म त उसलाई देख्थेँ एउटा सस्तो रक्सी पिउने ज्यालादारी मिस्त्री, जसलाई जतिबेला पनि बोलाएर घरका भित्तातिर काँटी ठोकाउन सकिन्छ । बोलिरहेको थियो ऊ –
सर, यो गाउ“का सबै घरहरू हामीले बनाएका । प्रत्येक घरका चोटाकोठाहरू थाहा छ हामीलाई । यो घरका सजिला, अप्ठ्यारा, कमजोर पक्षहरू थाहा छ हामीलाई । हामीले बनाउ“दा–बनाउ“दै बिग्रिएको तर नबनाइएका कुरा पनि थाहा छ हामीलाई । तपाईंहरू ढुक्कले सुतिरहनुभएको घरमा कहा“कहा“ कमजोर का“टीकिलाहरू ठोकिएका छन् वा कुन कुनामा पोचिएको काठ परेको छ भन्ने पनि थाहा छ हामीलाई । हामीलाई कहिले पीर पनि लाग्छ । ठूलो आ“धीहुरी आउ“दा हामीले बनाएका यी घरहरू लड्लान् कि भन्ने पीर पनि लागिरहेको हुन्छ मनभरि तर तपाईंहरू कहिल्यै बुझ्नुहुन्न । ज्याला दिएपछि कर्तव्य पूरा भएको मान्नुहुन्छ तर त्यतिले सकिएको हु“दैन ।
गम्भीर थियो डब्लु । भन्दै थियो – तपाईंले लेखेका कथा–कविताजस्तै कृति हुन् सर यी घरहरू हाम्रा पनि । यी भत्कि“दा वा भत्काइ“दा हामीलाई पीर पर्दैन ? यो गाउ“मा डब्लुको योगदान के छ जस्तो लाग्दो हो तपाईंहरूलाई तर यो गाउ“का सबै घरहरू हामीले बनाएका हौं । प्रत्येक घरका धुरीको का“टी र जगको माटो हामीले खेलाएका छौं …. ।
सर, हामी गरिबको सीप र श्रमले नै संसार चलेको हुन्छ । सीप र श्रमको आफ्नो भन्ने कुनै भूमि हु“दैन तर श्रमिकहरूको त एउटा आधार हुनुपर्दैन र ? जहिले पनि हावाले उडाएजस्तो, पानीले बगाएजस्तो हामीचाहि“ बगिरहनु, उडिरहनु ?
तिमीलाई के पीर प¥यो डब्लु ? आज साह्रै भावुक भएका छौ त ?
आज धेरै दिनपछि तपाईंस“ग भेट भएको छ, सब मनका पीर पोख्न आए“ । तपाईंस“ग पनि गुनासो छ मेरो ।
हुन्छ, सब मनका पीर पोखेर जाऊ आज । म तिम्रा कुरा सुन्छु ।
कुरा सुनेर मात्र हु“दैन । ढुङ्गाले जस्तो, रुखले जस्तो चुपचाप सुनेर मात्र हु“दैन । देउतालाई जस्तो तपाईंलाई कुरा भन्न आएको होइन म । लाटो, अचल, निस्प्राण ढुङ्गाको देवतालाई जस्तो तपाईंलाई सम्झेको छैन मैले । बुझ्नुभो सर! देउता त साह्रै लाचार र कमजोर पो हुन्छ । त्यसलाई मानिसहरूले रुखका फेदमा, ढुङ्गामा, भीरमा, मन्दिरहरूमा कहा“कहा“ अप्ठ्यारोहरूमा लगेर थन्क्याइदिएका हुन्छन् । त्यो बोल्न नसक्ने, राम्रो सुन्न नसक्ने, देख्न नसक्ने छ । त्यसलाई बिहान–बिहानै ठूलो होहल्ला गरेर शङ्खघण्टाहरू बजाएर व्यु“झाउनुपर्छ । कडा धूपले त्यसको नाकलाई, बत्ती बालेर आ“खालाई, पानी खन्याएर जीउलाई सदा बिहानबिहानै होहल्ला गरी बिउ“झाउनुपर्छ तर पनि त्यो व्यु“झदैन । म तपाईंलाई त्यस्तो देवताजस्तो सम्झेर कुरा गर्न आएका होइन । म तपाईंस“ग मान्छेस“ग जस्तो कुरा गर्न आएको, मेरा कुरा सुनेर काम गरिदिनुप¥यो ।
डब्लु यति लामो लामो भूमिका बाँधी कुरा गर्न जान्दछजस्तो मलाई कहिल्यै लागेको थिएन । नमातेको बेला त त्यो चुँ …. समेत गर्न सक्दैनथ्यो मेरो अगाडि । म त्यसलाई जाँडरक्सी नखाने कुराहरू बताउँथेँ, ध्यान दिएर सुन्थ्यो र भोलिपल्ट आएर भन्थ्यो – सर अलिकति त नखाई सकिंदैन । दिनभरि काम गरेकोले साह्रै नै जीउ दुखेको हुन्छ । नखाई त निद्रै पर्दैन । तर हिजो त मैले एक ग्लास मात्र पिएथे“ ।
तर त्यसका अर्को दिन उसकी स्वास्नीले डोहो¥याउँदै घचेट्दै घरतिर लगिरहेकी हुन्थी । साँच्चै नै आजचाहिँ त्यो ठिक्क मातेको थियो । कुरा गर्न सक्नेगरी । मैले भनेँ – भन त तिम्रा कुराहरू ।
त्यही भन्न त आएको नि ।
एकाएक त्यसको अनुहार भावुक बन्यो । रसिलो भए आँखा, गला अवरुद्धझैँ भयो । एकक्षण बोलेन पनि । भन्यो – सर, म सबका घर बनाउ“दै हिंड्छु, सबैलाई सुरक्षित बनाउ“दै हिंड्छु । यस ठाउ“मा आउ“दा म १३ वर्षको थिए“ । आज पचपन्न वर्षको भए“ । यो सारा उमेरभरि यो गाउ“लाई सहरजस्तो घरैघरले सजाइदिए“ । आज पनि कुनै घरमा छानो चुहियो, का“टी खुस्कियो भने डब्लु नभई हु“दैन । तर यो गाउ“का लागि डब्लु को हो र ? के हो र यो डब्लु ? कसैलाई केही मतलब छ डब्लुको ?
तरतरी आँसु झारेर रुन थाल्यो त्यो । नाकको पानी पुछ्न थाल्यो त्यो ।साह्रै नमीठो लाग्यो । पचपन्न वर्षको एउटा प्रौढ पुरुष मेरो अघि साँच्चै नै रुँदै थियो । मैले त्यसलाई सम्झाउने कुनै कुराको मेसो नै भेटेको थिइनँ । उसको त्यति भावुक हुनुको कारण नै भेटेको थिइनँ । मैले भनेँ – डब्लु ! तिमी नरोइकन पहिला आफ्ना कुरा भन । तिमीलाई के पीर परेको छ त्यो भन ।
म त्यही कुरा त भन्न आएको नि सर । तर हेर्नोस् न त्यो कुरा भन्नुभन्दा अघि नै आ“सु आइहाल्छ, मन भरिइहाल्छ । निकैबेर चुप लागेर आँसु पुछिरह्यो । उठेर यताउता घुम्यो । ट्युववेलमा गएर हातमुख धोयो । अलिक चङ्गा भएर आएर फेरि बस्यो र एकोहोरो मलाई हेर्न थाल्यो । उसको हेराइ मलाई असजिलो लाग्यो । भन्न थाल्यो – सर ! वर्षैपिच्छे मैले मेरो झुप्रो सारिरहनुपर्छ । अर्काको जग्गामा यो वर्ष झुप्रो हाल्यो, अर्को वर्ष हटा भन्छन् । धेरै दिन बस्न दियो भने पछि जान मान्दैन भनेर मानिसहरू हामीलाई डेगिलो बास बस्न दि“दैनन् । सदा अर्काको घर बनाउ“दै हिड्ने म, मेरो आफ्नै घरको ठेगान छैन । स्वास्नीस“ग पनि यही कुराले सधैं झगडा भइरहन्छ । केही गर्न नसक्ने, एउटा घर पनि बनाउन नसक्ने भनेर त्यसले मलाई मुटु घोच्नेगरी भन्छे । किन नभनोस् त्यसले पनि, सारा जीवन बितिसक्यो, आजसम्म एउटा सानो घर अट्ने आफ्नो जग्गा छैन । त्यसले मस“ग सिंगो जिन्दगी बिताइसक्दा पनि मैले त्यसलाई शिर लुकाउने एउटा छाप्रो दिन सकिन उपहार । देख्दादेख्दै हिजोअस्ति विदेशबाट आएकाहरूले यहा“ जग्गा पाए, घर बनाए र उनीहरू यहा“का हकवाला भइसके, मेरो भने बाजे रौतहटमा थिए र बाबु जनकपुरमा । तीन सालमा भद्रपुर आएका । म भद्रपुरमै जन्मेको । लाटासोझा थिए बाबुआमाहरू । तिनीहरूलाई खान–लाउनकै पीर । न नागरिकता बनाए, न जग्गा जोडे । आमाबाबु दुवै खसेपछि म टुहुरो आज यही बूढो भए“ । मेरो छोरो पनि सोह्र वर्षको भइसक्यो । आजसम्म मेरो नागरिकता छैन । फेरि गम्भीर भयो ऊ । लामो सास तान्यो । एकछिन आफूलाई रोकेर राख्यो र बोल्यो – सरकारी जग्गामा बस्नेहरू सबले नागरिकता देखाएर जग्गा पाए । तिनीहरूले मनपर्दा घर बनाए । तिनीहरूको घर बनाइदिने पनि मै थिए“ । मभन्दा पछि विदेशबाट आएकाहरूले पनि पहिले नै नागरिकता बनाएका रहेछन् । तिनीहरूले पनि जग्गा पाए तर म यही देशको हावापानी, माटोले बनेको, सयौं पुस्तादेखि यही भूमिमा जन्मदै आएको, मेरो नागरिकता छैन । म यो देशको भइन“ ? मलाई यो देशको हुन पाउने अधिकार छैन ? सर, के म यो देशको होइन ? त्यसो भए म कुन देशको हु“ ? कि मलाई जाने ठाउ“ देखाइदिनुप¥यो, कि बस्ने ठाउ“ दिनुप¥यो । म अब खाली यसरी आकाशको चरोजस्तो उडिरहन सक्दिन“ । मैले त एउटा जीवन यसै पनि बिताए“छु, तर मेरो सोह्र वर्षको छोराले कसरी बिताउ“छ उसको जीवन ? ऊ कसरी बन्छ अब यो देशको नागरिक ? उसका बाबुका बाबुका बाबुका बाबुका बाबुहरू पनि यही देशका थिए । यो देश बन्दै उनीहरू यही देशका थिए, र नै ऊ यहा“ जन्म्यो तर आजसम्म उसका ती कुनै पुर्खाले नागरिकता पाएका छैनन् । अब उसले नागरिकता कसरी पाउ“छ सर ? ऊ यो देशको नागरिक अब कसरी हुने ?
साह्रै गम्भीर कुरा उठाएको थियो उसले । यो देशको नागरिकताको विकराल समस्याको जिउँदो प्रश्नचिह्न थियो ऊ ? विधानहरूले झिल्सिएको कालो ठुटो थियो ऊ । वर्षौंदेखि उठेको समयको जडतŒव थियो ऊ । मैले उसलाई सहजै के जवाफ दिन सक्थेँ र ? म उसको समस्या समाधान गराउन सक्ने कुनै प्रकारको पनि प्राविधिक क्षमता भएको मान्छे थिइनँ । तर उसले मलाई अर्कै मान्छेका रूपमा चिनेको रहेछ । भन्यो – तपाईंको घर बनाउ“दाका बेला तपाईंका कुरा सुनेर म धेरै प्रभावित भएको थिए“ । त्यसबेला देशभरि आन्दोलन चलिरहेको थियो । काठमाडौं र पोखरामा बम पड्क्यो । तपाईं भन्नुहुन्थ्यो – देशमा प्रजातन्त्र आएपछि सबैले न्याय पाउ“छन् । सबै समस्याको हल बहुदलमा छ । तपाईंका कुरा सुन्दा विश्वास लाग्थ्यो । छयालीस सालमा पनि रातिराति रा“को बालेर जुलुसहरूमा कुदियो । एउटै कुरामा विश्वास थियो, बहुदल आएपछि सबैथोक राम्रो हुन्छ । सोचेको थिए“ मेरो पनि नागरिकता हुन्छ । तर … ।
उसले के भन्न लाग्यो भन्ने मैले बुझेँ । मेरो मन अमिलो भएर आयो । मलाई २०४२ सालतिर सत्याग्रह चलिरहेका बेला मेरो घर बनाउँदै गरेको एउटा साधारण मिस्त्रीसँग क्रान्तिकारी कुरा गरेको स्मरण भयो । बहुदल र प्रजातन्त्र आएपछि देशमा हुने परिवर्तनको जुन सपना मलाई देखाइएको थियो त्यसैमा रङ थपेर उसलाई भनिरहँदा म पनि कम जोसिएको थिइँ । उसको तरसँग मेरो पनि अहिले ठूलो तर बनिसकेको थियो । तर त्यो मेरो ठूलो तर उसलाई देखाउन सक्ने मसँग हिम्मत थिएन । वास्तवमा म पनि उजस्तै गम्भीर हुन पुगेँ । निकैबेरपछि बोल्यो – सर ! बहुदल आएपछि त हामीलाई खै के भयो ? हामी सडकका मान्छे सडकमै छौं । पेट भोकै छ, जीउ नाङ्गै छ, घर चुहेकै छ, बस्ने भूमि छैन । गरिखाने ठाउ“ छैन, बजार भाउ डा“काजस्तो बढेकोबढेकै छ । खै के भो र त्यत्रो लडेर ल्याएको बहुदलमा ?
तर पनि मनमा कताकता खुसी लागेको छ । तपाईंजस्तो मान्छेले प्रधानमन्त्रीस“ग बसेर फोटो खिचाउनुभयो । मन्त्रीहरूले तपाईंलाई चिनेका छन् र तपाईं त यो डब्लुलाई चिन्नुहुन्छ । बोल्दाबोल्दै उसको अनुहार झपक्कै बल्यो । मलाई हेरिरहेका उसका आँखा अघिकाजस्ता निराश र निरीह थिएनन् । तिनमा केही शक्ति भरिएझैं चम्किएका थिए । तर त्यस्ता आँखाले देखिंदै गरेको म भने सायद निराश र कमजोर भइसकेको थिएँ । निकै नै निरीह र दयालाग्दो भएको हुनुपर्छ मेरो अनुहार ।
सरले प्रधानमन्त्रीलाई भनेपछि मेरो नागरिकता एकैछिनमा हुन्छ । तपाईंजत्तिको मान्छे भएपछि मलाई अब अरू किन चाहियो । छोरा सोह्र वर्षको नपुगेसम्म मलाई यसको मतलब पनि थिएन । पोहोरसालचाहिं नागरिकता चाहिने नै रहेछ भन्ने पनि लागेको थियो जब सबैले सुकुम्बासी आयोगबाट जग्गा पाउन थाले, नागरिकता नभएकाले नपाएपछि मलाई धेरै दुःख लागेको थियो । भाग्यमै नभएपछि के गर्ने, भाग्य भए यति दुःख पाइने पनि त थिएन होला । तर अब छोरालाई त नागरिकता चाहियो नि, होइन सर । ऊ उत्साही र जोशिलो थियो । उसले त्यति भनिसकेपछि अब नागरिकता बनिएकै जत्तिको खुसी देखिन्थ्यो । वर्षौदेखिको मनको पीर पोख्न पाएको थियो आज उसले । भन्यो – यत्ति कुरा भन्न पनि आज मैले रक्सी खानुप¥यो । के गर्नु सर, हेर्दाहेर्दै तपाईं पनि कति ठूलो मान्छे भइसक्नुभयो । तपाईंको नाम सधैं रेडियोमा आउ“छ । तपाईं आफै एफएममा बोलिरहनुहुन्छ । किताब पत्रिकामा पनि तपाईंको नाम आउ“छ । तपाईंले हरि खनालको कथाको किताब लेखिदिनुभएछ । मेरो कथा पनि लेख्नुस् सर सप्पैले थाहा पाओस् । अरू पनि केके कुराहरू भनिरहेको थियो डब्लु । भर्खरै बनाउँदै गरेको थापाको नयाँघर, तिम्सिनाको पुरानो घरका खम्बाहरू भत्काएको र फेर्नुपरेको, छोराले उसका साथीहरूसँग डुल्न जान पैसा मागेको अनेक कुरा गरिरहेको थियो । तर मैले उसले बोलिरहेका कुराहरूतिर ध्यान केन्द्रित गर्न सकिनँ । मेरो दिमागमा एउटै कुरा मात्र घुमिरह्यो ।
अनाथहरू, टुहुराहरू, बाबुको सनाखत नभएकाहरू, खातेहरू, विदेशी मूलका नेपालीहरू, नागरिकता नभएकैले अनेपालीहरू यी सबैका नागरिकताको समस्याको समाधान कसरी हुन्छ ? पहाडे मूलकाहरू पहाडमा जन्मेकाले नेपाली, तराई मूलकाहरू जहिले पनि शङ्कास्पद नेपाली ! यो समस्या कसरी निर्मूल हुन्छ ? नेपाली भाषा बोल्ने वा पहाडवासी वा पहाडमा मूलघर भएकाहरू सदा प्रथम दर्जाका नागरिक र तराईवासीहरू जहिले शङ्काको घेरामा कसरी हुन्छन् ? यो देशको सबैभन्दा ठूला रखवाला के यी तराईवासीहरू होइनन् ? देशको सिमानामा बसेर विदेशी दबाबसँग जुध्दै नेपालको सीमाको रक्षा कसले गरेको छ ? सयौं वर्षदेखि नेपाली भूमि यहाँदेखि हो, भारतीय भूमि यहाँदेखि हो भनेर ठुटा चिनाउनेहरू को छन् ? तर संसद्मा गएर हिन्दी भाषामा नेपाली समस्या बोल्ने गजेन्द्रनारायणहरू सदा शङ्कास्पद भए किन ? भारतमा जन्मी भारतमै हुर्किएर नेपाल पसेका रणधीर सुब्बा, निर्मल लामा, साहना प्रधान, कृष्णप्रसाद भट्टराई, सूर्यविक्रम ज्ञवाली, अम्बर गुरुङ, लैनसिंह बाङ्देल आदि नेता, साहित्यकार तथा कलाकारहरूको नेपालीत्वमा कुनै प्रश्नचिह्न किन लागेन ? तर देश एकीकरण हुनुभन्दा अघिदेखि यहाँको औलो भूमि भोगेर आएका चौधरी, सिंह, थारू, यादव, झा, मुसहर आदि सधैं किन ठूलाठूला प्रश्नसूचक दृष्टिका बारहरू उफ्रीउफ्री नाघ्न विवश छन् ? मैले डब्लुको नागरिकता निकाल्न के प्रधानमन्त्रीलाई भनेर सकुँला ? प्रधानमन्त्रीको संसदले नै त्यस्तो सजिलो कानुन बनाएको छैन, तिनले कसरी डब्लुलाई नागरिकता दिलाइदेलान् ?
मैले एकोहोरो हेरिरहेँ डब्लुको अनुहार र खोजिरहेँ नेपाली आकृति ।