जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

रामनूरा

मोहित जोशी मोहित जोशी
प्रकाशित १७ आश्विन २०८०, बुधबार
कविता, काव्य भित्र
0
रामनूरा

ईश्वरको प्रार्थनामा बन्द राखिएका हातहरू,
जब खुला छोडिन्छन् अल्लाह(اللہ) को इबादत(عبادت)मा,
त्यही बेला प्रेम कैद हुँदोरहेछ।
स्वतन्त्र भनिने प्रेम फगत—
अक्षर र नामहरूमै कैद रहेछ !
जस्तो कि—
तिम्रो नाम सीता भइदिएको भए,
वा मेरो नाम रसूल,
हामी एकअर्काका हुन्थ्यौँ होला !
जस्तो कि—
मौलावीहरुको अल्लाहको नाम,
पण्डितहरुको लागि शङ्कर नभइदिएको भए पनि,
हामी एकअर्काका हुन्थ्यौँ होला ।
किन मैले नमाज़ (نماز) पढ्न पाउदिनँ?
किन तिमीले पूजा गर्न पाउदिनौ ?
किन मन्दिर र मस्जिदको बीचको दुरीमा,
लापता हुनुनैपर्छ “वसुधैव कुटुम्बकम्” ?
मज़हबको गुलामी तोड्ने—
प्रेमिल कर्कस आवाज हौँ हामी,
सिकाउनुछ— प्रेमको भक्तिभाव
चक्रव्यूहमा हामीलाई मास्न खोजीरहेका धर्मात्मालाई,
बसाल्नुछ— काफिरहरूबाटै एक सहर-
रूह खुदा, प्रेम इबादत भएको ।
रङ्गाउनुछ— मन्दिर/मस्जिदका भित्ताहरु,
क्रमश: हरियो/रातो रङ्ग।
लेखिदिनुछ; इतिहासका पानाहरुमा
नूरा कुनै साजिद, जुबेर वा मुहम्मदकी होइन,नितान्त रामकै हो,
अनि राम, उसकै नूराको ।
गुञ्जिरहनेछ; यो आवाज
सबै रामनूराहरूको सामुहिक विद्रोहको विगुल बनेर
र
घन्किरहनेछ मृत्यु पछिको एकोहोरो संखनाद जस्तै,
धार्मिक पिंजडाकाे मृत्युको उपमा बनेर ।
तिमी पवित्र हुन गएथ्यौ गंगास्नानमा,
म पनि त भोकै बसे थेँ रमजानमा ।
किन हामी मारिएनौँ;
कलिला पखेटा मात्रै काटिए—
न उड्नै दिइयो एकै आसमानामा,
न दफन नै भयौ एकै मसानमा ।
अरे! कुन आयात वा श्लोकमा लेखिएको छ—
“तिमी मेरो जोरु हुन पाउदिनौ; र म तिम्रो पति?”
हिन्दु-मुसलमान एक हुनु मन्जुर-ए-खूदा नै थिएन भने-
किन बच्छ ज्यान एकअर्काको रक्तदानमा?
कास! कास!! कास!!! चिच्याइदिन्थेँ यो कुरा
श्लोक र आयात गीता-कुरानका पानाबाट
बाहिर निस्केर,
मन्दिरको घन्टी र मस्जिदको अजानसंगै
पण्डित र मौलवीहरुका कानमा ।

नूरा,
हामी आफैले अब लड्नु नै छ प्रेमको यो धर्मयुद्ध ।
म पशुपति जानेछु
र/ फर्कनेछु महादेवलाई नमाज बुझाएर ।
तिमी जामे मस्जिदमा पढिदेऊन अल्लाहको लागि-
गीताको कुनै श्लोक।
ओढाइदिऊँ दर्गाहमा रातो सल
र
कृष्ण मुर्तिमा हरियो चद्दर,
थाल्नेछ भेटिन अल्लाहको पनि मुर्तिपत्थर,
हिन्दुहरू पुज्दै आफ्नो पुर्खाको खण्डहर,
मौलवी र पण्डितलाई हुनेछ एकअर्काको कदर,
बाढिनेछ मन्दिरमा तबर्रुक अनि मस्जिदमा प्रसाद !
भेटिनेछन् रामहरू
आफ्नो नूराको बुर्का भित्र माथामा कुमकुम भर्दै
चिच्याइरहेका—
“कूबुल हें- कूबुल हें- कूबुल हें!”
किन लड्नुपर्छ वेद र कुरान?
हामीले संगै पढेको वेद र कुरान
दुवैमा एउटै कुरो त छ,
“भगवान् सिर्फ एक हुन्।”
“एकमेवाक्षरम ब्रह्म,
ला इलाहा इल्लल्लाह मुहम्मादुर रसूलल्लाह”

नूरा,
मैले बुझेको एक खूदा
र
तिमीले बुझेको एक भगवान्
त्यो एउटै ऊर्जा त हो,
जो उत्पन्न हुन्छ,
हामी जस्तै एकअर्काको
तआ’क़ुब (تعاقب)मा रहेका रमनूराहरूको मिलनमा ।
आखिर मोहब्बतभन्दा ठूलो प्राथना नै के हुन्थ्यो र?
आखिर प्रेमभन्दा ठूलो इबादत अरु के नै हुन्थ्यो र ?
जौँ हिडन नूरा,
सात हजार समुद्र पारि,
जहाँ हिन्दु-मुसल्मान भन्ने छैन अरे,
छैन अरे मेनुकाले ईसालाई मन पराउन रोक ।
त्यहाँ सीता मोहम्मदकी हुन पाउछे,
घनश्यामहरु रदीफाका लागि दिल दिदैछन् ।
सुलेमान कृष्णको बासुरी बजाउदै छ,
जुन धुनमा मुग्ध छे हिजाब लगाएकी मीरा ।
त्यहाँ सङ्गै लेखौला अयोध्या र मक्काको बात
मन्दिरको आरती र मस्जिदको अजान एकै साथ
उर्दूमा गीता अनि संस्कृतमा कुरान अनुवाद !
नूरा तिमी रामकी हौ,
नूरा तिमी रामकी हौ,
नूरा तिमी रामकी हौ!


Tags: रामनूरा
अघिल्लो पोष्ट

हामी सबै एक होइन र ?

पछिल्लो पोस्ट

काठमाडौँमा कथक : भारतीय कलाकार रञ्जना फडकेको नृत्य

मोहित जोशी

मोहित जोशी

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
काठमाडौँमा कथक : भारतीय कलाकार रञ्जना फडकेको नृत्य

काठमाडौँमा कथक : भारतीय कलाकार रञ्जना फडकेको नृत्य

२०८० सालको भैरव पुरस्कार प्रदान

२०८० सालको भैरव पुरस्कार प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मध्यरातमा मुर्कट्टा सार्वजनिक

मध्यरातमा मुर्कट्टा सार्वजनिक

२३ फाल्गुन २०७८, सोमबार
प्रेम र विवाह

प्रेम र विवाह

२४ फाल्गुन २०८०, बिहीबार
अनिल श्रेष्ठको टाइगर हिलकी पुनमको परिचर्चा

अनिल श्रेष्ठको टाइगर हिलकी पुनमको परिचर्चा

२३ फाल्गुन २०७८, सोमबार
गठांमुगल पर्व मनाइयो

गठांमुगल पर्व मनाइयो

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक