जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न

जनमत जनमत
प्रकाशित १४ श्रावण २०८१, सोमबार
साहित्य संक्षेप भित्र
0
११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न

नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा- प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा प्राज्ञिक सम्मिलन- २०८१ प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे।

प्रमुख अतिथि ,प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दीप प्रज्ज्वलन गरेर उक्त सम्मिलनको समुद्घाटन गर्नुभएको थियोे ।उक्त सम्मिलनलाई दुई सत्रमा विभक्त गरिएको थियोे ।उहाँले सम्मिलनलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानहरू ज्ञानको थलो भएकाले आआफ्ना ठाउँबाट विधागत रूपमा सबैले योगदान पुर्याउनुपर्ने बताउँदै व्यावसायिक रूपमा कर्मचारीहरूले सतत् राष्ट्रसेवा गरेका छन् कि छैन, यसको समीक्षा हुनुपर्ने बताउनु भएको थियोे । मन्त्री पाण्डेले राजनीतिभन्दा माथि उठेर प्रज्ञा-प्रतिष्ठानहरूले खोजअनुसन्धान गर्दै प्राज्ञिक सांस्कृतिक क्षेत्रको विकासका लागि ज्ञानचक्षुका साथ अघि बढ्नुपर्ने बताउनु भएको थियोे ।उहाँले हाम्रो भूगोल हार्डवेयर भए जस्तै भाषा ,साहित्य ,संस्कृति ,कला ,दर्शन र ज्ञानविज्ञान सफ्टवेयर हो ।सफ्टवेयरको पक्ष बलियो भएन भने निर्जीव वा स्थुल जस्तै हुन्छ ।त्यसकारण ‘ज्ञान खोज्न प्रज्ञा-प्रतिष्ठान जाओैँ’ भन्ने भावना जागृत हुने गरी काम गर्नुपर्नेमा जोड दिनुहुँदै तीनओटै प्रज्ञा-प्रतिष्ठानका समस्याको समाधानमा आफू लागिपर्ने बताउनु भएको थियोे ।

सम्मिलनका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले धन्यवादज्ञापन सहित समापनका क्रममा संस्कृति भनेको चिन्तन प्रणाली तथा सफ्टवयर हो ।संस्कृति जति बलियो हुन्छ, समाज त्यति नै गतिशील हुन्छ ।तसर्थ कुनै पनि प्रतिगमनविरुद्व गणतान्त्रिक प्राज्ञिक संस्कृतिलाई दह्रोसँग स्थापित गर्नुपर्नेमा जोड दिँदै विद्यमान मर्यादाक्रमको तोडफोड गर्नु न्यायोचित नभएको बताउनुभएको थियोे ।उहाँले प्रमुख अतिथि मन्त्री पाण्डेलाई प्रज्ञा-प्रतिष्ठानका विभिन्न प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियोे ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समसामयिक भावधारासहितको प्राज्ञिक संस्कृति ,प्रतिष्ठानबिचको आपसी सहकार्य र सद्भाव कायम गर्दै मर्यादाक्रम तोकिनु हुनुपर्नेमा जोड दिनुभएको थियोे।

सम्मिलनमा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ’ विमल निभा’ले प्रादेशिक ,पालिका र वर्डासम्मै प्रज्ञा-प्रतिष्ठान गठन भइरहेका छन् । ती प्रज्ञा-प्रतिष्ठान र सङ्घीय वा केन्द्रीय प्रज्ञा-प्रतिष्ठानबिचको भिन्नता प्रष्ट हुनुपर्छ । केन्द्रीय प्रज्ञा-प्रतिष्ठानकै नाम र पदको पुनरावृत्ति गरेको देखिन्छ ।यो अन्योलता हटाउनुपर्ने कुरा आफ्नो स्वागत मनतव्यका क्रममा बताउनुभएको थियोे ।
नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका उपकुलपति शम्भु राईले संस्कृति मानवजातिको ढुकढुकी हो ।यसमा आएको विकृति र विसङ्गतिले समाजलाई लथालिङ्ग पार्ने भय छ ।त्यसैले समयमा नै यसको नियमन र नियन्त्रण गर्ने अधिकार प्रज्ञा-प्रतिष्ठानहरूमा निहित हुनुपर्ने बताउनु भएको थियोे ।साथै लेखन,गायन,नृत्य र अभिनयमा देखिएको विकृतिलाई यथाशीघ्र नियमन गरिनुपर्नेमा जोड दिनुभएको थियोे ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले तीनवटै प्रज्ञा-प्रतिष्ठानबिच सहअस्तित्व र सहकार्यबारे धारणा राख्दै हाम्रो मौलिक संस्कृतिमाथि भएको अतिक्रमणविरुद्ध एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियोे ।उहाँले त्यसविरुद्ध नियमन वा नियन्त्रण गर्ने संयन्त्र र अधिकार प्रतिष्ठानमै रहनुपर्ने बताउनुभएको थियोे ।

सम्मिलनका उद्घोषक तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी,नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले आआफ्ना प्रज्ञा-प्रतिष्ठानको परिचय ,उद्वेश्य ,लक्ष्य ,भावी योजना र समस्याका बारेमा धारणा प्रस्तुत गर्नुभएको थियोे ।

उक्त सम्मिलनमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी ,डा.कृष्णराज अधिकारी ,डा.कौशिला रिसाल , अमर न्यौपाने तथा प्राज्ञसभा सदस्य चेतनाथ धमला ,धर्मेश पोखरेल ,पञ्चकुमारी परियार र शशिराम कार्कीले धारणा राख्नुभएको थियोे। नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमाल , डक्टर किरात , हिसन समाल तथा प्राज्ञसभा सदस्य हरिप्रसाद पौडेलले समेत आआफ्ना धारणा व्यक्त गर्नु भएको थियोे ।ललितकला प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सञ्जय बान्तवा,प्रदीप अधिकारी , दिनेश महतो तथा प्राज्ञसभा सदस्य झिग्मे लामा,प्रदीप शाक्य ,नरेन्द्रप्रसाद भण्डारी र चन्द्र रानाहान्छाले समेत आआफ्नो विचार व्यक्त गर्नुभएको थियोे।

प्राज्ञिक सम्मिलनबाट प्राप्त सुझावका आधारमा निम्नअनुसार ११ बुँदे घोषणापत्र जारी गरेको थियोे ।
(क) तीनओटै प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादाक्रम तीनओटै प्रज्ञा -प्रतिष्ठानका ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार कायम हुनपर्ने ।
(ख) प्रदेश स्तरका प्रज्ञा–प्रतिष्ठानहरू र स्थानीय रूपमा सञ्चालित प्रज्ञा–प्रतिष्ठानहरूका प्राज्ञहरूको मर्यादाक्रम प्रदेश र स्थानीय सरकारको मर्यादाक्रमका आधारमा तोकिनुपर्ने ।
(ग) सङ्घ, प्रदेश र स्थानीय स्तरका प्राज्ञिक निकायका प्राज्ञिक सदस्यहरूको पदीय नाम एउटै नराखी फरक गरिनुपर्ने ।
(घ) सांस्कृतिक क्षेत्रमा भएको हस्तक्षेप र विकृतिलाई अनुगमन, मूल्याङ्कन र नियमन गर्ने अधिकार सम्बन्धित प्रज्ञा–प्रतिष्ठानमा रहनुपर्ने व्यवस्थाका लागि आवश्यक पहल गर्ने।
(ङ) गण्डकी प्रज्ञा–प्रतिष्ठानमा भएको प्राज्ञहरूको भेलामा तयार गरिएको पोखरा घोषणपत्र तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भएको प्राज्ञिक भेलाबाट पारित घोषणापत्रलाई कार्यान्वयनका लागि आवश्यक पहल गर्ने ।
(च) प्राज्ञसभा सदस्यहरूको सेवासुविधा समयानुसार नभएकाले उचित सेवासुविधाको व्यवस्थाका लागि आवश्यक पहल गर्ने ।
(छ) नेपाली कला, संस्कृतिको संरक्षण, सम्वर्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपर्ने ।
(ज)नेपाल सरकारको औपचारिक अन्तर्राष्ट्रिय भ्रमणमा तीनओटै प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधित्व हुनुपर्ने ।
(झ) प्राज्ञिक लेखन, अनुसन्धान तथा सम्पादनमा एकरूपतालगायत तीनओटै प्रज्ञा–प्रतिष्ठानको उद्देश्य पूरा गर्न आवश्यक सहकार्य गर्ने ।
(ञ) पुस्तक, पत्रपत्रिका र सङ्गीतसँग सम्बन्धित प्राविधिक सामग्री तथा ललितकलासम्बन्धी कच्चा पदार्थ आदिमा भन्सारलगायतका समस्या हल गर्नका लागि आवश्यक पहल गर्ने ।
(ट) नेपाली भाषा, साहित्य, सङ्गीत, नाटक, ललितकलाको अभिलेख तथा सङ्ग्रहालय स्थापना गर्ने ।
(ठ) सबै विश्वविद्यालयमा कम्तीमा एक एक ओटा ललितकला, सङ्गीत, नाट्यकला, नृत्य आदि विषयको विभाग स्थापनाका लागि पहल गर्ने विषयमाथि विशद् विमर्शसहित घोषणापत्र जारी गरिएको थियोे ।


अघिल्लो पोष्ट

तीन देशका क्यानभासमा नारी शक्ति

पछिल्लो पोस्ट

जनमत वाङ्मय प्रतिष्ठानद्वारा सम्मानित प्रतिभाहरुको घोषणा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
जनमत वाङ्मय प्रतिष्ठानद्वारा सम्मानित प्रतिभाहरुको घोषणा

जनमत वाङ्मय प्रतिष्ठानद्वारा सम्मानित प्रतिभाहरुको घोषणा

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

दाफा पुकारको तेस्रो संस्करण पाटन संग्रहालयमा सम्पन्न

दाफा पुकारको तेस्रो संस्करण पाटन संग्रहालयमा सम्पन्न

२३ फाल्गुन २०७९, मंगलवार
‘पवन आलोक नियात्रा पुरस्कार–२०७८’ को घोषणा


‘पवन आलोक नियात्रा पुरस्कार–२०७८’ को घोषणा

२३ फाल्गुन २०७९, मंगलवार
अनेसास साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्त

अनेसास साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्त

२३ फाल्गुन २०७९, मंगलवार
छोरीलाई मानचित्र पढाउँदा

छोरीलाई मानचित्र पढाउँदा

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक